Showing posts with label जानकारी. Show all posts
Showing posts with label जानकारी. Show all posts

27 September, 2008

अब श्राद्ध पनि अनलाईन…

ण्टरनेटको व्यापकता र हर क्षेत्रमा प्रयोग बढ्दै गएको कुरालाई ध्यानमा राखी, केहि समय पहिला vaartaलहडै लहडमा मैले यौटा लघुकथा लेखेको थिएँ । कुनै दिन हाम्रा कर्मकाण्ड पनि अनलाईन हुन सक्ने अनुमान गरी मैले यहि ब्लगमा टाँसेको त्यो लघुकथा यहाँ छ ।

हिजो दक्षीण भारबाट प्रकाशित हुने यौटा पत्रिका 'स्वतन्त्र वार्ता' को समाचार पढ्दा भने लाग्यो त्यो अब केवल कोरा कल्पना मात्र रहेन ।

 

(यो समाचार जस्ताको त्यस्तै पढ्न माथिको पत्रिकाको टुक्रामा थिच्नु होला।)

कुरा के भने, जयपुर र अन्य केहि शहरका 'हाई-टेक-पुरोहित' हरुले विदेशमा रहेका व्यक्तिहरुलाई पितृको श्राद्ध गर्न घर फर्कन पर्ने र ठुलो धनराशि खर्च गर्नु पर्ने समस्याबाट मुक्ति दिन, मेरो कथामा उल्लेख भएजस्तै गरी ईण्टरनेट, वेबक्याम र फोनको माध्यमबाट 'साईवर श्राद्ध' बाट अनलाईन तर्पण गरी जजमानलाई 'हाइ-टेक' सेवा दिने कार्य शुरु गरेका छन ।

07 September, 2008

खानदानी भिखारिहरुको यौटा गाउँ…

beggars3भिखारि र मगन्तेहरुको धेरै कथा तपाईहरुले सुन्नु भएको होला, तर के तपाईलाई थाहा छ?, भारतको मध्य प्रदेशमा यौटा पुरा गाउँनै भिखारिहरुको छ । हो! पुरै बस्ति!!, मध्य प्रदेशमा बैतूल जिल्लाको रानाडोगरी भन्ने गाँउमा पुरै समुदाय भीखारिहरुको छ ।

अनौठो कुरा के भने, यो गाँउमा रहेको १५० घर-परिवारहरु खेती-पाती पनि गर्छन, पशुपालन पनि गर्छन तर सम्पन्न घर नै भएपनि हरेक घरको मुखीया भने भिखारि हुन्छन।

भगवानको भजन गाँउदैं भीख माग्ने भएकोले ‘भजदेवा’ भन्दा भन्दै हाल यीनिहरु ‘बसदेवा’ समुदाय भनेर चीनिन्छन्। र उनिहरुमा यो प्रथा परापूर्व कालदेखी चलिरहेको छ।

घरको आर्थिक स्थिति जस्तो सुकै (राम्रै) भएपनि एकजना मुखियाले भने भिख माग्ने पर्ने, र भिख नमागे श्राप लाग्ने किंबदन्ति भएकोले हाल पनि दिपावली सक्कने बित्तिक्कै यि समुदायका मुखियाहरु भिक्षाटनको लागि देशका बिभिन्न स्थानहरुमा जान्छन। यो आफ्नो पुस्तैनि पेशा भएको र यसलाई कायम नराखे पूर्वजहरुको श्राप लाग्ने उनिहरुको विश्‍वास छ र उनिहरु यसलाई एकदमै सहज रुपमा लिन्छन।

23 July, 2008

… … जहाँ चोरहरु साधना गर्छन ।

भारतको बिहारमा पटना जिल्लाको फतुहा नजिक यौटा अनौठो साधना स्थल छ, अनौठो यस मानेमा कि यो चोरहरुकोलागी सिद्धस्थल हो । बास्तबमा यो यौटा मकबरा (स्मारक) हो र नूरि चोरका मकबरा वा 'चोर बाबा की मजार' नामले चिनिन्छ।

यहा आएर चोरीको सफलताको लागी पुकारा गरेमा चोरि गर्ने कार्य बिना कुनै समस्या र सजिलै हुने विश्‍वास लीई आजकल पनि यहा ‘समय मिलाई’ चोरहरुले कामना पूर्ण गर्न साधना गर्ने गरेको पाईन्छ ।

ईण्टरनेट र बिभिन्न पत्रीकाबाट जानकारी पाए अनुसार बास्तबमा “नूरी” मुगल शासनकालको यौटा कुख्यात चोर थियो र जस्तोसुकै सुरक्षा प्रबन्ध वा पहरा भएको ठाउँबाट पनि सजिलै चोरी गर्न सक्ने सामर्थ्य राख्थ्यो । फेरी धनिलाई लुटेर गरिवलाई बाँडने काम गरी गरिवहरु बिच लोकप्रिय रहेकोले पनि उसलाई तात्कालीन प्रशासनले समात्न सकेको थिएन ।

प्रचलित आख्यान अनुशार पटनाका तात्कालीन गवर्नरले यो चोरको बारेमा सुनेपछि नूरिलाई आफ्नो भवनमा चोरि गरेर देखाउन चुनौतिपुर्ण निम्ता दिएछन । नूरिले पनि “सरकारको आदेश यस्तै छ भने पक्कै पनि कमाल गरेर देखाउनेछु” भनेर जवाफ पठाएछ ।

02 June, 2008

आकाशबाट नोट वर्षेको दिन !

'वर्षा', यो शब्दको कुनै गहन अर्थ छैन त्यसैले यसको परिभाषा वा व्याख्या गरिरहनु नपर्ला। जमिनमा रहेको पानि वाष्पीकरणद्वारा आकाशमा पुगी चिसो हावा वा अनुकुल तापक्रमको सम्पर्कमा आएपछि पानि बादल पानि बनेर जमिनमा बर्षन्छ र यसैलाई हामी वर्षा भन्छौं ।

यदा कदा पुराण-कथामा सुन वा धन वर्षा भएको, कुनै स्थानमा अत्यधिक प्रदुषणले गर्दा अम्लीय वर्षा भएको हामिले सुने पनि आकाशबाट सोझै पैसाको (कागजी नोटको) वर्षा भएको भने यसपाला ईण्डोनेशिया वासीहरुले प्रतक्ष देखे र टिपे पनि

हो, यो कुनै कथा वा मनगढन्ते खबर होईन गत आईतबारका (जुन १, २००८) दिन जाकर्ता बाट करिब ६० कोलोमिटर टाडा रहेको सेरांग सहरको यौटा रंगशाला भित्र र वरिपरि पैसाको वर्षात भयो ।

23 May, 2008

Common substance...
... between Mangoes and Bombs !

bomb
Have you ever thought, what is common between a mango and a crude bomb?, Yes a MANGO and a crude BOMB (you read it right!).

You may think that I am kidding, but not, there is in fact some common elements in a bomb and a modern day mango. Shape wise, sometimes a mango may have similar look with crude bomb, which are depicted in our films and magazine. But this is not the thing I am talking about.

If I tell you that the sweet nice fruit you take with taste, may contain calcium carbide, a chemical which is also used to make crude bombs you will again think that I am joking, but no!. This has already become an 'ill-practice' in our region to fasten the ripening of mangoes.

05 February, 2008

फा मन मन्दिर -जहाँ बुद्धको औंलाको हाड सुरक्षीत छ-

गवान बुद्धको महापरिनिर्वाण र अग्नि संस्कार पछि बाँकी रहेका भस्म र अस्थि बिभिन्न देश र क्षेत्रहरुमा पुगेको आख्यान बुद्ध धर्म सम्बन्धि बिभिन्न ग्रन्थ र इतिहासमा पाईन्छ । त्यसै सम्बन्धमा काठमाण्डौको स्वयंभूमा पनि केहि भाग भस्म रहेको छ ।

यो भस्ममा अग्नि संस्कारको क्रममा पुरै नष्ट नभएका भगवान बुद्धका शरिरका केहि अंगका हाड पनि बाँकी रहेकोले यसलाई अस्थि भस्म पनि भनिन्छ । यसै क्रममा श्रीलंकामा बुद्धको दाँत र बिश्वका अन्य बिभिन्न भागमा अस्थिहरु रहेको र कतिपय स्थानमा बुद्ध पूणिर्मा र अन्य निश्चित दिनमा त्यसको र्सार्बजनिक प्रद्रर्शन पनि हुने गरेको छ।

तर जसरी हामीलाई श्रीलंकामा बुद्धको दाँत भएको ज्ञात छ त्यसैगरी छिमेकी राष्ट्र चिनको यौटा बौद्ध मन्दिरमा भगवान गौतम बुद्धको औंलाको हाड ईतिहास पर्यन्त सुरक्षीत छ भन्ने बारेमा भने आम जनसमुदाय र बुद्ध सम्बन्धमा खोज बिन र प्रचार प्रसार गर्ने संस्थाहरु समेत अझै प्रायः अनभिज्ञ रहेको पाईन्छ ।