Showing posts with label भिन्न आयाम. Show all posts
Showing posts with label भिन्न आयाम. Show all posts

01 September, 2012

एकाकार !

हर मार्ग, हर मात्रा, हर विधि स्विकार भो ।
न अभेद्य भेद्य भो, हरेक खोज बेकार भो ।

पढे पनि, सुने पनि, बुझे पनि, गुने पनि,
’जे थ्यो’ त्यो थियो तर अप्राप्य- निराकार भो ।

खोज्दा खोज्दा नभेटेर खोजीको खोज रोकिँदा,
न-खोजी नै, न-सोधि नै, त्यो अदृश्य साकार भो ।

09 August, 2012

संसारको सबैभन्दा घातक रोग- ‘जन्म’ !

पृष्ठभूमि:

केही दिन अगाडि एकजना नजिकको नातेदारको आकस्मिक मृत्यु भयो । मृत्युको खबर सबै परिवार आफन्तमा पुग्यो र त्यसै क्रममा एकजना विदेशमा बस्ने परिवारकै सदस्यले फेसबुकमा सोधिन : “के भएको थियो ?” । दिवङ्गत व्यक्तिलाई वास्तवमै केही भएको थिएन वा देखिने कुनै रोग थिएन । मैले फेसबुकबाटै उनलाई लेखेँ:

He was suffering from a very lethal disease called 'birth'. After seeing so many such cases, I've now come to the conclusion that 'birth' is the most dangerous disease, because everyone, born has to die ultimately. So, there is no more disease which is dangerous than birth itself.

People suffering from Cancer, DCM or even Aids might be cured, but however and whatever is done anyone who is born has to die without any way-out.

विषय प्रवेश:

समाजमा सबैले बुझेर पनि अबुझ लाग्ने, ज्ञात भएर पनि अज्ञात लाग्ने र हुनलाई अत्यन्त सामान्य प्राकृतिक प्रक्रिया भएर पनि जहिले पनि घटित हुने बेलामा वा जस-जसको वृत्तमा घटित हुन्छ तीनलाई अत्यन्त अप्राकृतिक लाग्ने एउटा शारीरिक प्रक्रिया छ । यही असामान्य पीडा बोकेर ल्याउने सामान्य घटना नै मृत्यु हो, जसको बारेमा मानिसहरू बोल्न, लेख्न वा सोच्न समेत हच्किने गर्छन् ।

विगतको करिब डेढ वर्षको अवधिमा मैले त्यो असामान्य तर प्राकृतिक घटनालाई एकदमै नजिकबाट व्यहोर्नु पर्‍यो । वा सामान्य शब्दमा भन्दा, गएको डेढ वर्षको समयावधिमा म आफ्नो परिवार र आफन्तको ४-५ वटा मृत्यु संस्कारमा सरिक हुनुपर्यो । ती मध्य पनि दुईवटा घटनामा म त्यस अबुझ घटनाको प्रत्यक्ष साक्षी समेत बनेँ । अर्थात् मैले हेर्दा हेर्दै वा मेरै आँखा अगाडि दुईवटा जीवन ऊर्जाहीन भएर मृत्युको मुखमा प्रवेश गरे ।

22 October, 2010

केही सुभाषितहरु !

दसैँको लामो बिदा र व्यस्तता पछि तुरुन्तै सुरु भएको कामको चापले गर्दा ब्लग लेख्न समेत राम्रो समयको तालमेल मिल्न सकेको छैन । यसै बीच ब्लग अपडेट नभएको केही समय भएकोले यो अन्तरालमा बिट मार्न मैले विभिन्न पुस्तकहरुमा पढेका र मलाई रोचक लागेका केही संस्कृतका सुभाषितहरु राख्दैछु आजको पोस्टमा ।

संस्कृत भाषाको कुनै ज्ञान नभएपनि अंग्रेजी, हिन्दी वा कुनै कुनै नेपालीमै पढेका सुभाषिताहरुको सामान्य अर्थ नेपालीमा सरलतम शब्दमा दिने प्रयास गरेको छु । त्यसै पनि संस्कृतका श्लोकहरुको भिन्न भिन्न वा बहुआयामिक अर्थहरु हुन सक्छन् र प्रयोगात्मक हिसाबमा पनि पृथक-पृथक अवस्थामा यीनका भिन्न भिन्न अर्थहरु लगाउन सकिन्छ । त्यसैले यीनका अन्य वा अझ रोचक अर्थहरु पनि निस्कन सक्छन् ।


काक: कृष्णो पिक: कृष्णो को भेदो पिककाकयो :।
वसंतकाले संप्राप्ते काक: काक: पिक: पिक ।।

काग कालो हुन्छ, त्यस्तै गरि कोइली पनि कालो नै हुन्छ । तब काग र कोइलीको भिन्नता के हो त ? । जव वसंत ऋतु आउँछ (र कोइलीले गाउन थाल्छ) तब काग र कोइलीको भिन्नता प्रष्ट हुन्छ । बाहिरि आवरण र समान रप-रंगले कसैलाइ समान बनाउँदैन्। गुणबत्ता भनेको आबरण भन्दा पृथक कुरा हो ।

सर्पदुर्जनयोर्मध्ये वरं सर्पो न दुर्जन: ।
सर्पो दशती कालेन दुर्जनस्तु पदे पदे ।।

सर्प र दुर्जनको बीचमा चयन गर्नु पर्‍यो भने सर्पलाई नै छान्नु बेस हुन्छ । किनकी सर्पले कहिलेकाहीँ मात्रै डस्छ तर दुर्जनले भने पाइला पाइलामा दुःख दिन्छ ।


अन्नदानं परं दानं विद्यादानमत: परम् ।
अन्नेन क्षणिका तृप्ति: यावज्जीवम च विद्यया ।।

07 October, 2010

परम्परा, धर्म र विज्ञान !

केही समय अगाडि मैले यही ब्लगमा एउटा शास्त्रभित्रका विज्ञान र शास्त्रको वैज्ञानिक अध्ययन ! भन्ने पोस्ट लेखेको थिएँ । वस्तुतः हाम्रा प्राचीन र परम्परामा रहेका केही धारणा र मान्यताहरूलाई अन्ध- अनुसरण वा अध्ययन बिना विरोध गर्नु दुवै गलत भएकोले त्यसको सम्यक् अध्ययन र आधुनिक वैज्ञानिक व्याख्या गरीनु पर्ने बारेमा सो टाँसो केन्द्रित थियो । अत: आजको पोस्टमा हामीले दैनादिन जीवनमा अनुसरण गर्दै आएका केही जीवन पद्धति वा हाम्रा शास्त्र वा पुराणमा रहेका केही कथा, रुपक वा मान्यतालाई भौतिक विज्ञानको कसीमा जोड्ने सानो प्रयास गर्दै छु:

वर्जित उत्तर शिरान र पृथ्वीको चुम्बकीय शक्ति: हामीले प्राय: सुन्दै आएको र सकेसम्म हामीले मान्दै आएको एउटा मान्यता के हो भने उत्तरतर्फ शिरानी गरेर सुत्नु हुँदैन । हाम्रो शास्त्रहरुले उत्तर शिरानी गरेर सुत्न वर्जित गरेको छ र लामो समयसम्म उत्तरतर्फ टाउको गरेर सुतेमा स्वास्थमा प्रतिकूल असर पर्ने मात्रै नभई मानसिक सन्तुलनमा समेत प्रभाव पार्ने बताएको छ । यस कुरालाई कत्तिले मान्छन् त कत्तिले ‘अन्धविश्वास’ भनेर मतलब गर्दैनन् पनि ।

httpearthsci.org

यस कुरालाई वैज्ञानिक आधारमा हेर्दा, हामी सबैलाई थाहा भएको कुरा हो हाम्रो पृथ्वी पनि एउटा विशाल र शक्तिशाली चुम्बक हो अनि जसरी पृथ्वीको दुई ध्रुवमा चुम्बकीय नेगेटिभ र पोजेटीभ शक्ति रहेका हुन्छन् त्यसैगरी मानव शरीरमा पनि एक प्रकारको चुम्बकीय तंरग रहेको हुन्छ भन्ने कुरा धेरै अघि नै प्रमाणित भैसकेको छ ।

चुम्बकको बारेमा हामी सबैलाई थाहा भएकोwww.lightandcolour.net मुख्य नियम के हो भने: विपरीत ध्रुव एक-आपसमा देखिने गरी चुम्बक राखेमा यसमा आकर्षण र समान ध्रुवमा विकर्षण पैदा हुन्छ । मानव शरीरको चुम्बकीय तंरगको कुरा गर्ने हो भने मानव मस्तिष्क वा शिरपट्टी उत्तरी ध्रुव र पैताला तर्फ दक्षिणी ध्रुव रहेको हुन्छ । यस अवस्थामा मानिस यदि उत्तरतर्फ सिरानी गरी सुतेमा दुवै समान ध्रुवमा विकर्षण पैदा हुन्छ । पृथ्वीको विशाल शक्तिशाली चुम्बकीय शक्तिको अगाडि मानव शरीरको चुम्बकीय तरङ्ग अत्यन्तै कमजोर वा शक्तिहीन हुन्छ । त्यसै कारण यी दुई समान ध्रुवलाई एक-अर्काको आमने-सामने हुने गरी धेरै समय राखेमा स्मरण शक्ति कमजोर हुने देखि लिएर मानव शरीरको आन्तरिक संरचनामै प्रतिकूल प्रभाव परेर बिस्तारै शरीर कमजोर र क्षीण हुँदै जान्छ ।

05 July, 2010

शास्त्रभित्रका विज्ञान र शास्त्रको वैज्ञानिक अध्ययन !

Dilip's Quoteवेद, शास्त्र वा पुराणको चर्चा हुने बित्तिकै प्राय: दुई खाले विचारहरू प्रष्ट रूपमा देखिन्छन् । एक खाले मानिसहरू त्यसलाई ईश्वरीय वचन भएकोले त्यसको प्रतिकार गर्नै नहुने र त्यसमा जेसुकै लेखिएको भए पनि त्यो सही नै हुन्छ भन्ने मान्यता राख्छन् भने अर्काथरी भने यो सब हावा गफ वा कथा मात्रै भएकोले यसको कुनैपनि महत्व नभएको बताउने गर्छन् ।

वास्तवमा माथिका दुवै विचारधाराहरू गलत छन् र सामान्य अवस्थामा यसको समर्थन र विरोध गर्ने दुवै पक्ष एक दृष्टिबाट हेर्दा सरल मार्गको चयन गरेर अध्ययन बाट बच्ने वा विवाद गरेर रमाउने मात्रै देखिन्छन् ।

केही समय अगाडि घरमा रहेका केही पुराना किताबहरू फेरि दोहर्‍याएर पढ्ने क्रममा एउटा रमाइलो तर उदेक लाग्दो तथ्य भेटें । वेद, शास्त्र वा पुराण वास्तवमै अझैसम्म पनि केवल अन्ध समर्थन वा अन्ध विरोधको ‘सामान’ मात्रै रहेका छन् । जुन तटस्थ वा सम्यक् अध्ययनको तुलनामा सर्वाधिक सरल छ । कारण कसैको कुरामा ‘हो मा हो’ मिलाएर त्यसको समर्थन गर्नु भनेको अध्ययन र जिम्मेवारीको जोखिमबाट बच्ने सबैभन्दा सरल उपाय हो ।

‘हैन’ भन्नलाई ‘हो’ भन्नभन्दा केही साहसको जरुरत त पर्छ । तर प्रामाणिक आधार वा स्वार्जित ज्ञान बिना अरू कसैको मत वा तर्कलाई आधार मानेर ‘हैन” भन्नु शाब्दिक रूपमा ‘हो’ भन्दा केही भिन्न देखिए वा सुनिए पनि यस्ता ‘हैन’ ले गुणात्मक रूपमा भने खासै फरक वजन राख्दैनन्। मेरो दृष्टिमा वेद, शास्त्र वा पुराणमा वर्णित भनेर कुनै कुराको अन्ध समर्थन गर्नु र मार्कस, नित्से वा माओको विचारसँग मेल नखाने भनेर सोही कुराको विरोध गर्नु एउटै कुराहरू हुन । यी दुबैमा कुनै विद्वता, बोध वा प्रज्ञाको किञ्चित् मात्र पनि उपस्थिति भेट्दिनँ म । अझ सिधा कुरा गर्ने हो भने माथि भने जस्तै यी सबै ‘सरलमार्गीहरु’ मात्रै हुन, जुन मार्गमा मानव चेतना, विवेक वा ज्ञानको कुनै जरुरत नै हुँदैन। जहाँ हरके वाद, मार्ग वा सोचको समर्थन वा विरोध दुवै कसैको उधारो ज्ञानमा आधारित हुन्छन् । मनुस्मृतिमा लेखिएको छ त्यसैले सही हो, शास्त्रमा उल्लेख छ त्यसैले अकाट्य छ भन्नु र मार्कसको ‘क्यापिटल’ मा लेखिएकोले ठीक छ वा फ्रायडको सिद्धान्तमा भएकोले वैज्ञानिक छ भन्नु एउटै कुरा हुन् । कारण बदलिँदो समाजिक परिस्थितिमा जसरी मनुस्मृतिका सबै श्लोक र नियमहरु सान्दर्भीक रहेनन् त्यसैगरी विज्ञानको विकाससँगै मार्कसका वैज्ञानिक भनिएका सिद्धान्तहरु समेत गलत प्रमाणित भैसकेका छन् ।

08 January, 2010

स्वर विज्ञान के हो ?

Breathing Yoga कुनै पनि मानिसको श्वास सधैं एकै प्रकारले चलेको हुँदैन। एकै व्यक्तिको श्वासको गति पनि क्रोधको बेलामा छिटो र अव्यबस्थित, आनन्दको समयमा मन्द र ढिला साथै अन्य पृथक पृथका शारीरिक वा मानसिक अबस्थामा पनि त्यस्तै किसीमले फरक फरक हुन्छन । जसरी शारीरिक र मानसिक स्थिति फरक हुँदा श्वासको गति फेरिन्छ, त्यसरी नै यसको उल्टो प्रयोग पनि सम्भव हुनसक्छ र आफ्नो श्वास प्रश्वासको गतिलाई सन्तुलन, नियन्त्रण वा विस्तार गर्दा त्यसले हाम्रो शरीरमा मानसिक र शारीरिक प्रभाव पार्न थाल्छ । यही श्वास प्रश्वासको विधि सम्बन्धि विज्ञानलाई नै स्वर विज्ञान वा स्वरोदय विज्ञान पनि भनिन्छ ।

सानो- सानो चिजबाट पनि ठुला ठुला परिवर्तन गर्न सकिन्छ र स्वर विज्ञान वा योग दर्शनका सिद्धान्तलाई मान्ने हो भने कुनै पनि चिज जति सुक्ष्म हुन्छ त्यसको शक्ति पनि त्यति नै विराट र बिस्तृत हुँदैजान्छ । यही सिद्धान्तको आधारमा हाम्रा प्राचीन रहशयदर्शीहरुले यस विज्ञानको विकास गरेका थिए।

30 December, 2008

आईन्सटाइनको सापेक्षबाद र वैदिक समयाकंन ।

हिन्दू शास्त्र, पुराण आदिमा कालको भेद र बिभाजनको आफ्नो छुट्टै गणनाहरु छन । हाम्रो शास्त्रले सृष्टि देखिको काल गणनालाई सत्य, त्रेता, द्वापर र कलि गरी चार युगमा बिभाजन गरेको छ र हरेका युगको भोग्यकाल पनि निश्चित गरेको छ । तर हाम्रै वैदिक बाङ्गमयमा फेरि यो चार युगको बारेमा भिन्नै अबधारणा भेटिन्छन् र यी चार युगहरुलाई निश्चित समयको सिमा भित्र नराखि मानव चेतनाको अग्रगमन वा चेतनाको बिकाससंगै गाँसिएको पाईन्छ । जस अनुशार कुनै पनि समय सिमा वा समयान्तर कुनै यौटा निश्चित युग बिशेषको दायरा भित्र पर्दैनन् ।

वैदिक मान्यता अनुशार बास्तवमा युगको अवधारणा नितान्त वैयक्तिक र सापेक्षिक हुने गर्दछन र यीनलाई समय सिमाङ्कन गरेर कुनै सिमा भित्र राख्न मिल्दैन । बास्तविकता के हो भने कुनै यौटा समय सिमा भित्र माथी उल्लेखित मध्य कुनै यौटा वा चारै युगहरु एकै चोटी घटित भई रहेका हुन सक्छन र भिन्न भिन्न व्यक्तिहरु एकै समयमा पनि आ-आफ्ना चेतनाका स्तरका अधारमा बिभिन्न युगमा रहेका हुन सक्छन । युगको परिभाषा समयको सिमाङ्कन भन्दा चेतनाको बिस्तारसंग बढि सम्बन्धित छन र यो सापेक्षीक आयामको कुरा हो ।

बास्तबमा अर्ल्वर्ट आईन्सटाइनको सापेक्षबादको सिद्धान्त जस्तै गरी हाम्रो युगको सापेक्षीक बिभाजनलाई पनि पनि बुझ्न सकिन्छ । संसारभरिका सम्पूर्ण चलायमान वस्तुको गति समयद्वारा मापन गरिन्छ, तर समयको पनि आफ्नै गति हुन्छ र यो पनि सापेक्षीक रुपमा कसैकोलागी ढिला र कसैको लागी चाँढो चल्छ। सो कुरालाई आईन्सटाइनले यौटा रमाईलो उदाहरण द्वारा प्रतिस्थापन गरेका थिए ।

04 December, 2008

‘आकास संस्कार’
-मृत्यु संस्कारको यौटा अबुझ पद्धति-

मान्छे जन्मे पछि मर्नै पर्ने प्राकृतिक नियम छ भने मान्छे मरे पछि गरिने दाह संस्कार भने बिभिन्न जाति, समाज र स्थान बिशेषमा फरक फरक छन् । यसरी आ-आफ्नै प्रचलन र परम्परा अनुशार कतै मृत शरिरलाई जलाउने, कुनै जातिमा गाढ्ने र यदा कदा विश्वका कुनै कुनै स्थानमा पानीमा बगाउने प्रथा समेत रहेको पाईन्छ । तर नेपालको छिमेकि मुलुक चिनको श्‍वशासीत क्षेत्र तिब्बतमा यौटा अत्यन्तै भिन्न र सामान्य मानिसको सोच भन्दा बाहिरको प्रक्रियाबाट मृत शरिरको दाह संस्कार गरिन्छ ।
मृत शरिरलाई जमिनमुनी गाढेको मात्रै देखेका केहि बिदेशीहरुलाई हिन्दूहरुको अग्नि संस्कार समेत एकदमै असामान्य र हृदय बिदारक लाग्ने गरेको कुरा यदा कदा सुन्नमा आउने गरेको छ । तर मृत शरिरलाई खसी बोकाको मासु भाग लगाउन लाई काटे जस्तै गरी टुक्रा टुक्रा पारिन्छ र त्यति मात्रै नभई चिल गिद्धलाई आह्वान गरेर त्यो मृत शरिरको मासु खुवाईन्छ भन्ने कुरा पहिलो पटक सुन्दा सबैको आङ जिरिङ्ग हुनसक्छ र कसैलाई विश्वास नलाग्न पनि सक्छ । तर यो यौटा बास्तबिकता हो र यो संस्कार अहिले पनि बिद्यमान छ र यसलाई तिव्बतमा एकदमै सामान्य रुपमा लिईन्छ । मृत शरिरको संस्कार गर्ने यहि पद्दतिलाई 'आकास संस्कार' भनिन्छ ।
त्यसै पनि तिव्बती समाजमा गरिने मृत्यु पछिको दाह संस्कारको प्रक्रिया अलि जटिल र अन्य बाह्य जगतको भन्दा अत्यन्त भिन्न र अबुझ देखिन्छ, त्यसमा पनि शरिर नष्ट गरिने यो आकास संस्कारको प्रक्रिया बाह्य समाजलाई झनै असामान्य र बिचित्र देखिन्छ ।

25 November, 2008

बुद्ध, अवतारवाद र रामबहादुर बम्जन

नेपालको लुम्बिनीमा करिव २५ सय बर्ष अगाडी बुद्धको आविर्भाव हुनु पक्कै पनि यौटा युग प्रवर्तक र दिव्य घटना थीयो। बुद्ध जन्मे, साधना गरे, मानव चेतनाको शिखरमा पुगे र ज्ञान प्राप्त गर्न सफल भए । तात्कालिन अबस्थामा एकजना राजकुमार भएर पनि सांसारिक मोह त्यागेर साधनाको बलमा बुद्धत्व प्राप्त गरेर उनले यौटा नया युगको शुरुवात गरे।

गौतम बुद्धको महापरिनिर्वाणको करिव २५ सय बर्ष पछाडी एकचोटि नेपालको भूमिमा फेरी बुद्धको पूनरागमनको चर्चा चलेको छ—राम कुमार बम्जनको रुपमा। यसबारेमा ईण्टरनेट, पत्र‍‍-पत्रीका र मित्रहरुका ब्लगहरुमा पनि निक्कै चर्चा र परिचर्चा भैसकेको छ । कतिपय व्यक्ति र संस्थाहरु उनलाई बुद्धको अवतार प्रमाणित गर्न दिलोज्यानले लागेकाछन भने, एकजना मानव चेतनाको परम शिखर छुन साधनारत बुद्धत्व प्राप्तिको बाटोमा अग्रसर किशोरलाई 'ठग' भन्दै अल्पबुद्धिको परिचय दिने जमात पनि ठुलै छ ।

म व्यक्तिगत रुपमा बुद्धत्व भनेको शास्त्रको सूचना संग्रह होईन परमानूभूतिको दिव्य अनूभव हो भन्ने मान्यता राख्‍ने भएकोले यस बारेमा तटस्थ सोच राख्दैछु । मेरो विचारमा राम कुमार बम्जनलाई बुद्धको अवतार भन्नु र ठग भन्नु दुबै गलत हुन।

सर्व प्रथम त बम्जन हाल साधनारत छन र शरिरमा लगाउने लुगा समेत एकसरो कपडा बेरेर गुजारा गर्ने र भौतिक संसारबाट टाडा बसेर साधना गर्ने मानिसलाई ठग भन्नु गलत मात्रै होईन अल्पज्ञान र कुण्ठाको पराकाष्टा नै हो । दुनीयाको कुनै पनि ठग २-३ बर्ष अन्न पानी नलिई साधना गरेर बस्दैन र कुनै व्यक्तिले बुद्धत्व प्राप्त गर्दा अरु मान्छे कसरि ठगिन्छन भन्ने मैले बुझ्न सकेको छैन ।

31 August, 2008

फङ स्वेई के हो ?

ज्योतिष, तन्त्र र योग जत्ति सुलभ नभए पनि करिव करिव संसारभरि नै र नेपालका सहरी क्षेत्रको लागी हाल "फङ स्वेई" (风水-- fēngshui )पनि एकदमै नयाँ कुरा भने रहेन । सहरी क्षेत्रमा "फङ स्वेई" मा बिश्वास गर्ने र यसबारे सल्लाह लिनेहरुको संख्या कम छैनन् भने यसका ज्ञाताहरु पनि भेटिन्छन् । तर यो "फङ स्वई" के हो त ?

"फङ स्वेई" को धारणा प्राचिन चिनबाट पार्दुभाव भएको हो । चिनिया भाषामा "फङ" को अर्थ हावा र "स्वेई" को अर्थ पानी हुन्छ, यसरी हेर्दा "फङ स्वेई" को अर्थ "हावा-पानी" हुन जान्छ । बास्तबमा हावा र बिशेष गरी पानी संग यसको गहिरो सम्बन्ध रहेपनि फङ स्वेई को बृहत अर्थ र अबधारणा लाई हावा र पानीमा मात्रै सिमीत गर्नु भने पक्कै पनि बुद्धिमानी हुदैंन ।

फङ स्वेई बास्तबमा चिनको आफ्नै बास्तुशास्त्र हो, तर बास्तुशास्त्र भए पनि यसको क्षेत्र भवन निर्माण र कुनै संरचनाको ढाँचासंग मात्रै सम्बन्धित नभएर मानव जिवनको सबै क्षेत्रमा बिस्तारित छ । जहाँ पूर्विय बास्तुशास्त्र करिब करिब भवनको संरचना र त्यस भित्रका बस्तुहरुको उचित स्थानान्तरमा केन्द्रित देखिन्छ भने चिनिया फङ फङ स्वेईले यी भौतिक संरचनाको ढाँचा र त्यसभित्रका सामानहरुको व्यबस्थापन बाहेक मानव जिवन र प्रकृति बिच तालमेल गर्ने सेतुको समेत गहिरो तलसम्मको सोध गरेको पाईन्छ ।

त्यसो त आजकल फङ स्वेइको नाम जताततै सुनिन्छ र यो पनि बिस्तारै ज्योतिषी र झारफूकको समेत पर्याय बन्दैछ । तर बास्तबमा फङ स्वेई कुनै भविश्यबाणि गर्ने बिद्या, ज्योतिष शास्त्र वा कोरा झारफूक र भूत भगाउने बिधि भने हुदैं होईन । यदाकदा यसलाई बुद्ध धर्म र ताओ धर्म संग जोडेर पनि हेर्ने गरिन्छ । तर चिनिया इतिहास र संस्कृतिमा फङ स्वेई कुनै धर्म संग सम्बन्धित बिधि नभई यौटा छुट्टै बिद्या र पृथक बिधान हो ।