25th. May, 2145
आज पनि मिटिङ जारी थीयो, तर कुनै निर्क्योल भने निक्लन सकेको थिएन । संसारभरका बुद्धिजीवी, वैज्ञानिक, राजनीतिज्ञ अनि विविध क्षेत्रका वरिष्ठतम व्यक्तिहरुको सहभागितामा भएको यो यो विशाल बैठकको विषय थियो:- भविष्यको लागि पानी ।
पृथ्वीको सतहमाथी रहेको पिउन योग्य पान त अघिल्लो शताब्दीको अन्त्यतिर नै सक्कीसकेको थीयो, त्यसैले संसार अहिले सतहमुनिको पानिमा निर्भर थीयो। तर करिब ३ महिना अगाडि वैज्ञानिक र भूगर्भशास्त्रीहरुको एउटा अन्तराष्ट्रिय टोलीले एउटा ज्यादै नै विष्फोटक तथ्य प्रकाशमा ल्याएका थीए :- सतह मुनिको पानी आउँदो दश वर्षमा सक्कीने ।
यो समाचारको प्रकाशनले संसारभर हाहाकार फैलीयो, के वैज्ञानिक, के राजनीतिज्ञ, के साधारण नागरिक सबै गहन चिन्तामा डुबे । दश वर्ष पछि के हुन्छ ?, अब कसरी बाँच्ने?, के अब पृथ्वी पनि जीवन रहित ग्रह हुने भयो त? । हरेक व्यक्ति आफूलाई मृत्युले पच्छ्याईरहेको ठान्न थाल्यो । प्रकृति माथि नै विजय हासिल गर्न अगाडि बढेको मानिस प्राकृतिक सम्पदाको समाप्तीसंगै आफ्नो अस्तित्वको पनि अन्त हुने प्रष्ट देख्दा तर्सीन थाल्यो । अभिमानी, हठि र अति महत्वाकांक्षी मानव समाजले वातावरणको संरक्षणमा मात्रै आफ्नो अस्तित्व रहने कुरा स्विकार्यो। तर ...अपशोच !, मानिसले आफ्नो गल्ती स्विकारेर अस्तित्व जोगाउन अब निक्कै ढिला भैसकेको थियो ।
दश वर्षपछि पृथ्वि जीवन रहित ग्रह बन्ने कहाली लाग्दो सन्नाटालाई सम्झेर सुन्दर सृष्टी विनाशको भयले सम्पूर्ण मानवजाती भयभित हुन थाले । तुरुन्तै विश्वका सबै देशहरुमा सभा, गोष्ठी र खोजहरु हुन थाले। पिउने पानीको कुनै उचित समाधान पत्ता नलागेपछि संयुक्त राष्ट्र संघको आयोजनामा मे २३, २१४५ मा एउटा बृहत अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्यो । सबै देशका वैज्ञानिक, बुद्धिजीवी, पत्रकार र भूगर्भशास्त्रीहरु फेरि एक पटक जेनेभामा भेला भए –भेलाको एउटै मात्रै उद्देश्य थीयो :- भविष्यको लागि पिउने पानीको खोज ।