Showing posts with label पुस्तक चर्चा. Show all posts
Showing posts with label पुस्तक चर्चा. Show all posts

09 June, 2023

“ग्याब्रियले” पढेपछि

हेर्‍यो भने जिन्दगी त,

लेख्यो भने कथा हुन्छ।

कथै बन्छ जीवन सबको,

हर कथामा जीवन हुन्छ ।

मित्र हरिश ‘कल्पित’ को कथा सङ्ग्रह “ग्याब्रियले” घरको दराजमा सजिएर बसेको वा अझ भनौं सो पुस्तकले मलाई सिशाको दराजबाट गिज्याउन थालेको धेरै भइसकेको थियो । कुनै पुस्तक पढ्न बसेपछि पूरै नपढी ‘किस्ता’मा पढ्न थाल्यो भने त्यसको स्वाद आउँदैन् मलाई। अझ्, विगतको अनुभव सुनाउने हो भने, २-४ पन्ना पढेर छाडेपछि त्यो पुस्तक ‘फेरि’ पढ्न जाँगरै आउँदैन् र यसै कारण ‘नामी’ भनेर चर्चा कमाएका केही किताबहरू २-४ पन्ना पढेर छाडेपछि अल्छी लागेर पूरा नपढेका कारण त्यत्तिकै रहेका धेरै उदाहरणहरू छन् । यसै विषयमा आफैँले पनि मैले एउटा कथै समेत लेखीसकेँ ।

यसैबीच हिँजो फुर्सदको उपयोग गर्दै एकै आसनमा बसेर कथा सङ्ग्रह अध्योपान्त पढीयो। ...साँच्चै, किताब पढ्ने बेलामा आफ्नो फेरि गज्जबको खराब बानी छ । किताबको शीर्षक देखि प्राक्कथन, द्रष्टव्य, उपसंहार वा समष्टीमा गाताको आवरण भित्र रहेका सबैकुरा पढ्नै पर्छ मलाई। कमसेकम, लेखक स्वयं, प्रकाशक वा अरू कोही भूमिका लेखकको पुस्तकप्रतिको विचार पढेपछि मात्र विषय प्रवेश गर्छु म।