Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts

15 July, 2022

चरैवेति ! चरैवेति !!

Capture

न्नलाई पाठककोलागि लेख्ने भनिएपनि लेखन वास्तवमा प्रथमत: आफ्नै लागि नै हो । कुनै एउटा विषय वा प्रसङ्गको बारेमा मनमा उथुलपुथुल भएपछि यो लेखेको लेख फलाना फलाना पाठक वा ‘टार्गेटेड ग्रुप’ले पढलान वा नपढलान भन्दा पनि, पहिला त आफैं त्यो मनमा चलेका तरङ्ग र विचारको भारीलाई कतै सेफल्याण्डिङ गर्नको लागि लेखिन्छ । लेखक इमानदार छ भने, आफ्नो मनको भाव, विचार वा मानसपटलमा तयार कुनै बिम्बलाई लेखौटमा नउतारेसम्म उसलाई चित्त बुझ्दैन् र यो तरङ्ग एउटा बोझ बनेर मथिङ्गलमा बसीरहन्छ । भलै त्यो विचार कुनै विधामा प्रकट भएपछि त्यसका आफ्नै पाठक, प्रशंसक वा त्यसको समर्थन व विरोधमा छुट्टाछुट्टै जमात नै जम्मा हुन सक्छन्, तर त्यो भन्दा पहिला लेखक स्वयं नै सो विचारको एकल मालिक हुन्छ।

06 July, 2013

कथाको ‘अन्धेर नगरी’, चोर र मेरो देश !

चोर

पुरानो कथा हो: उटा चोर चोरी गर्नको लागि झ्याल चढेर घर भित्र घुस्न लागेको हुन्छ । झ्यालको काठ भाँच्चिएर भूईमा थचारिन्छ । चोरको खुट्टा भाँचिन्छ र उ दोस्रो दिन सिधै अदालतमा घर मालिकलाई मुद्दा हाल्न जान्छ ।

अदालतले घर मालिकलाई तुरुन्तै बोलाउँछ र चोरको क्षतिपूर्तिको लागि आदेश दिन्छ । उल्टो चोरले मुद्दा हालेर फसेको घर मालिक कुनै उपाय न सुझेपछि यो व्यर्थको जिम्मेवारीबाट बच्न झ्याल बनाउने सिकर्मीमाथि दोष थोपर्छ । सिकर्मीलाई बोलाईन्छ, उ पनि आफुले चौकोस खापा सबै राम्रो बनाएको तर डकर्मीले जोडाइ गर्ने बेलामा गाह्रो नराम्रो लाएकोले झ्याल कमजोर भएको दलिल दिएर बच्छ ।

कथामा फेरि डकर्मीलाई पनि बोलाइन्छ । आफ्नो दोष स्वभावगत रूपमा अरूमा थोपर्ने क्रममा डकर्मीले पनि आफूले गाह्रो लगाउन लाग्दा बाटोमा एउटी सुन्दर स्त्री देखेको र त्यसैलाई हेर्दा ध्यान भङ्ग भएर गाह्रो बाङ्गीएको बखान दिन्छ । तुरुन्तै सो स्त्री लाई अदालतमा हाजिर गराइन्छ । चतुर स्त्रीले आफू सुन्दर नभएको तर त्यसदिन एउटा रङ्गीन ओढने ओढेर हिँडेकोले डकर्मीको ध्यान अकर्षण भएको हुनसक्ने बताएर अन्तिम दोष कपडा रङ्गाउने मा पुर्‍याउँछिन् ।

अन्धेर नगरीको राजमा अन्तमा सो कपडा रङ्गाउने को खोजी गरिन्छ बोलाइन्छ । कथाको अन्तमा गजब मोड आउँछ। त्यो कपडा रंगाउने अरू कोही नभएर चोर स्वयं नै हुन्छ ।

20 May, 2013

के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त ?

पहिलो घटना: करिब १५ वर्ष जत्ति भयो होला । केही दिनदेखि पेट दुखेकोले म त्यति बेला रामशाह पथ नेर रहेको मेडिकेयर हस्पिटलमा गएँ । समस्या ठूलो थिएन तर ४-५ दिन देखि असजिलो भएकोले सिधै त्यहाका एकजना यादव थर भएका gastroenterologist लाई भेटें । उनले मसँग सामान्य सोधपुछ गरेपछि सिधै भिडियो एक्सरे, स्टुल र अन्य २-३ थरी टेस्ट गर्नु पर्ने पर्चा थमाइ दिए ।

ती टेस्टहरू सबै गर्नुपर्ने झमेला एकातीर थपियो भने अर्कोतर्फ ती सबै टेस्ट नसक्केसम्म कुनै ठूलै रोग लाग्यो कि भन्ने शङ्का पनि मनमा गडी रहयो । ३-४ दिनमा सबै प्याथोलोजीको रिपोर्ट आयो । हालजस्तो इन्टरनेट र गुगल बाबाको ज्ञान दृष्टि सुलभ भइसकेको थिएन तर रिफरेन्स रेन्जमा झ्वाट्ट नजर पार्दा कुनै हाइलाइट गरिएको प्यारामिटर थिएनन् । रिपोर्ट लिएर म फेरि तीनै स्पेसलिष्टकहाँ पुगेँ । उनले सर्रर रिपोर्ट हेरे अनि “खासै केही समस्या देखिएन ...’यो’, ‘यो’ र ‘यो’ औषधी ५ दिन खानुस..” भनेर हातमा पर्चा थमाइदिए ।

फोक्कडमा ३-४ दिन टेस्ट गराउने हैरानी, र २-४ हजारको खर्च पछि ‘केही पो भएछ कि ?’ भन्ने गहन चिन्ता बोक्नु परेको थियो । अब त्यो रहेन तर पनि तिनले दिएका ती ‘यो’, ‘यो’ र ‘यो’ औषधिले मलाई केही फाइदा भएन । फाइदा नभएपछि फेरि घरेलु र अन्य वैकल्पिक उपचार विधि भने जारी राखियो । त्यस्तैमा एकदिन मेरै घरमा बस्ने एकजना डक्टरसँग कुरै कुरामा आफ्नो समस्या बताएँ (स्मरण रहोस ती gastroenterologist वा पेट सम्बन्धी रोगका विशेषज्ञ भने थिएनन्, त्यसैले आफ्नै घरमा बसेपनि मैले उनीसँग सल्लाह लिएको थिइन) । उनले आफ्नो हातले मेरो कम्मर र पेटको बिचको भागमा पर्ने गरी बिस्तारै दबाए र भने “भाइ!, तपाईलाई त अमिबाले दु:ख दिएको रहेछ ... ल यो औषधी ५ दिन खानुस्, ठीक हुन्छ ....” । तुरुन्तै उनले दिएको औषधी किनेर खान शुरु गरेँ ....दोस्रो दिन देखी नै मेरो पेट दुख्न कम भयो र तेस्रो दिन साँझ सम्ममा मलाई पेट दुखेको थियो भन्ने समेत याद रहेन् ।

29 January, 2013

खोक्रो आदर्श, हावा छेकुवा गफ र @brb_laaldhwoj का ट्वीटहरू

सन १९९९ मा 'टलिउड' को नामले प्रसिद्ध दक्षिण भारतको तामिलनाडुमा Mudhalvan (முதல்வன்) अर्थात् 'मुख्य मन्त्री' नामक एउटा चलचित्र बन्यो र सुपर हिट पनि भयो । एकजना हक्की र जवान पत्रकारलाई मुख्य पात्र बनाएर साँच्चै नै देश सुधार्ने हो भने एकै दिनमा पनि धेरै काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने सो चलचित्रको २००१ मा हिन्दी भर्सन पनि सार्वजनिक भयो । कथावस्तु, भेषभूषा र सम्बाद समेत दुरुस्तै उस्तै राखेर बनाएको सो चलचित्रको हिन्दी संस्करण पनि सुपर-डुपर हिट भयो र त्यसले पनि अत्यन्त सफल व्यापार गर्‍यो ।

आम जनतासँग प्रतक्ष अन्तरक्रिया गरेर भ्रष्टाचार, कालो बजारी र समाजमा व्याप्त अन्य समस्याको हल गर्न सकिने सङ्केत गर्ने सो चलचित्र बनेको करिब १२ वर्षपछि नेपालमा पनि ठ्याक्कै त्यस्तै कार्यशैली अपनाएर 'नायक' बन्न खोज्ने एउटा चरित्र देखिए । उनले पनि आफू शक्तिमा आउने बित्तिकै न्युरोडको गुदपाक देखि राममार्गका भाते-होटलको अनुगमन गरेर कालो बजारी हटाउने नाटकीय अध्याय शुरू गरे । उनको यो कार्यलाई गलत भन्न मिल्दैन तर ठ्याक्कै 'नायक' शैलीको 'हेल्लो सरकार' र 'रेडियोमा प्रधानमन्त्री' विस्तारै सस्तो लोकप्रियता कमाउने भाँडोमा मात्रै परिणत भयो ।

उता उनले नाङ्लो ठटाएर हात्ती तर्साउने शैलीमा 'कालो बजारी' हटाउने नाटक मञ्चन गरिरहँदा यता मिडियामा भने देशका खुँखार अपराधी छुटाउन, ज्यानमारालाई आममाफी दिन मन्त्रि परिषदबाट निर्णय गराउन उनि लागि परेका समाचारहरू आइ नै रहे । हुँदा हुँदा अपराधीले आफैँ अपराध कबोल गरेर सजायको माध्यमबाट पश्चाताप खोज्दा समेत यस्ता कार्यहरूबाट शान्ति प्रक्रियामा खलल पुग्ने सन्देश दिन पनि चुकेनन् यी रियल लाईफका नायक। रियल लाइफका नायक 'फ्लप' भए त यहीँनेर । जहाँ, 'नायक' मा नायकका हरेक प्रयास बोल्नमा भन्दा गर्नमा बढी लाग्थे, त्यहीँ हाम्रा नायक भने उपलब्ध मिडियाका हरेक श्रोतबाट जनतालाई खोक्रो आदर्श छाँटन, मनोरञ्जक सपना देखाउन र बुद्धि विलास गरेर रमाउनमै मात्रै लागे ।

10 December, 2012

पृथ्वीको अन्त्य, हल्लाको व्यापार र फेसबुकका त्रिशूलबाबाहरू !

End of the worldहल्लाको शुरुवात:

केही वर्ष अगाडि र त्यसमा पनि पश्चिममा २०१२ मा संसारमा भयानक प्रकोप घट्छ भन्ने एउटा चलचित्र बनेपछि २०१२ को डिसेम्बर २१ पछिका दिनमा संसारमा प्रलय नै मचिन्छ भन्ने हल्लाले आकाश छुन थाल्यो । रमाइलो कुरा, त्यहि चलचित्र बनाउनेले भने एउटा अन्तरवार्ताको क्रममा “के साँच्चै नै २०१२ मा संसार ध्वस्त हुन्छ त?” भन्ने प्रश्नको जवाफमा “गुगलमा खोज्नुस न...” भन्ने मात्रै जवाफ दिएका थिए ।

चलचित्र बन्यो, चल्यो र उत्र्यो पनि । अनि हल्लाको बजार पनि विस्तारै कम हुन थाल्यो । अहिले फेरि त्यो हौवाको मिति नजिकिदैं जाँदा डिसेम्बर २१ पछि पृथ्वी र पृथ्वी वासीले अभूतपूर्व दुर्घटनाको सामना गर्नुपर्ने हल्लाको बजार गर्माएको छ ।

कथित प्रलयको प्रकृति:

हल्लाको बजार गर्माउँदै जाँदा यसको भिन्न भिन्न भर्सन पनि सार्वजनिक भएका छन् । पृथ्वी नै ध्वस्त हुने, पृथ्वीमा अर्को कुनै ग्रह ठोक्किने, भयङ्कर सुनामी र भुइचालो आउने देखि लिएर हामी रहेको पुरै सौर्य मण्डल समेत नै हुर्रिएर अन्तै कतै पुग्ने समेतका चर्चाले अहिले सामाजिक सञ्जाल र पत्र पत्रिका समेत भरिएका छन् । त्यसमा पनि यही डिसेम्बर २२ देखि ३ दिनसम्म संसारभर घाम नलाग्ने र पृथ्वी आफ्नो अक्ष छाडेर अन्तै पुग्ने गँजडी गफले सामाजिक सञ्जाल भरिएका छन् ।

14 September, 2012

तीज, धर्म र ‘शरीर-धर्म’

Teejअचेल तीज लाग्नु भन्दा अगाडि नै हाम्रा मिडिया र विशेषगरी सामाजिक सञ्जालहरू ‘तीजमय’ हुन्छन् । सामाजिक सञ्जालका महिलाहरू धेरै अगाडि देखि नै शुभकामना आदान-प्रदान गर्छन् र प्रोफाइल फोटो पनि रातो सारी वा रातो लुगा लगाएको हाल्छन् । एक किसिमले तीजको आगमनले पुरै सामाजिक सञ्जाल ‘रातै’ देखिन्छन् ।

एकातिर सामाजिक सञ्जाल रातो हुन्छ भने अर्को तर्फ भने यही तीजको बारेमा दुईथरी एकदमै पृथक र पूर्ण विपरीत आलेखले पत्रिकाका पन्नाहरू पनि भरिन्छन् । तीनमा एक थरी वैदिक मान्यता, परम्परा र धार्मिक आस्थामा विश्वास राख्ने हुन्छन् र यस चाडलाई आदर्श चाडको रूपमा लिन्छन् । अर्को एकथरी आफूलाई ‘सचेत’ र विद्वान सम्झने खेमाका उपबुज्रुक जमात पनि हुन्छन्, जो आफूलाई खाँटी नारीवादी बताउन उत्सुक हुन्छन र समाजको सम्पूर्ण अव्यवस्थाको जड नै यही चाड भएको झै गरी यसमाथि खनिन्छन्। जो दुई अक्षर पढेको भरमा सबै सांस्कृतिक धरोहर र मान्यतामाथि ठाडो प्रहार गर्छन र तीनका मूल्य मान्यता र अन्तर्निहित गुह्य मनोविज्ञानको छेउ-टुप्पो समेत नबुझेर तीनलाई सिधै रूढिवादी भन्न रुचाउँछन् ।

सामाजिक सञ्जालमा मात्रै हैन्, देशको राष्ट्रिय दैनिकहरूमा समेत तीनका आख्यान र ‘आर्टिकल’ छापिन्छन् र त्यसमा गरमा-गरम बहस नै हुन्छन् । भनिरहनु नपर्ला आख्यान छपाउनेहरू यस मान्यताको पक्षमा हुन्छन् त ‘आर्टिकल’ वाला(वाली)हरू यसको पूर्ण विरोधमा । एकाथरी यसको पारम्परिक मान्यतामा एक अङ्गुल तलमाथि नगरी यसलाई अक्षरस पालन गर्नेमा विश्वास राख्छन त अर्का थरी यस चाड प्रति यसरी खनिन्छन्, मानौं यही एउटा चाड मनाउन छाड्यो भने नारीहरूको भरपूर उत्थान हुन्छ र देशले विकासको लामो फड्को नै मार्छ ।

02 August, 2012

के तपाई गलत कृत्यको विरोध गर्नुहुन्छ ?

“All that is necessary for the triumph of evil is that good men do nothing.” :- Edmund Burke

आइरिस लेखक, विचारक र राजनैतिक सिद्धान्तकार अनि दार्शनिकका रूपमा प्रसिद्ध एडमन्ड बर्कले कतै भनेका छन् :“दुष्टले विजय पाउने एउटै शर्त हो असल मानिसले केही नगर्नु” । हरेक पल्ट कुनै गलत कार्य वा प्रक्रिया हावी हुने अवस्था आउँदा मलाई यही वाक्यको याद आउँछ । अनि  देश काल र परिस्थिति जे जस्तो रहे पनि यो वाक्यको गुणात्मक सत्यतामा कुनै फरक आएको छैन् । जुन सुकै समाज, देश वा परिवेशमा पनि खराव नियत र क्रियाकलापको बर्चस्व असल कार्य वा चरित्रको प्रकटन नहुन्जेलसम्म मात्रै रहन्छ ।

प्रसङ्ग केही समय अगाडि नेपालका गैह्र जिम्मेवार र निर्लज्ज नेताहरूले गरेका पूर्व राष्ट्रपतिदेखि प्रधानमन्त्री अनि अन्य विशिष्टहरूले पाउने आजीवन सुविधाको हो । उसै पनि गरिब देश, त्यसमाथी अन्तरिम संविधान र सङ्क्रमण कालमा गुज्रिरहेको मुलुक । अनि ति सबैभन्दा माथि छिन-छीनमा सरकार र उच्च पदस्थ व्यक्तिहरूको नियुक्ति फेर बदल भइ रहने देश । यस्तो देशले धान्नै नसक्ने त्यो व्ययभार र सिधै भन्दा जनमारा अध्यादेश कुनै हालतमा पनि पास गर्नै नहुने थियो । तर पद पैसा र सुविधाको हवसमा निर्लिप्त सबै दल, नेता र यहाँ सम्म कि नेपालका प्रथम राष्ट्रपतिले समेत विना सङ्कोच त्यो अध्यादेश पारित गरे (खान पाउने कुरामा यहाँ कुनै राजनैतिक मतभेद कहिल्यै रहेको थिएन पनि ) । जे होस काले- काले मिलेर खाउँ भाले भन्ने पारामा देशको ढुकुटी रित्याउने कुरामा देशका सबै दल र नेताको एकबद्धता देखियो।

20 April, 2012

लोकतन्त्रका रैती र गणतन्त्रका राजाहरू !

नेकपा एमालेका नेता भूपू प्रम झलनाथ खनालले अबका ५ दिनमा ऐतिहासिक कार्य हुने अभिव्यक्ति दिएको दोस्रो दिन नै नेपाली पातामा एउटा समाचार आयो । जसले नेपाल र नेपालीहरूको भविष्यमा साँच्चै ऐतिहासिक असर (पिडा) छाड्ने प्रस्टै छ । गरिब देशका गरिब जनताले खाइ-नपाइ कमाउने केही कमाइको भाग खाएर र डकारेर मात्रै नपुगेर अबका दिनमा यी गरिबका कमाइमा उग्राउने समेत भएका छन हाम्रा भातमारा नेताहरू ।

कुरा सरकारले अध्यादेश मार्फत ल्याएको जनताको करमा नेताले आजीवन मस्ती गर्ने व्यवस्थाको हो । जारी अध्यादेश अनुसार:

  • पूर्व राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मकै लागि आजीवन इन्धनसहित गाडी र सरकारी आवास सुविधाका अतिरिक्त सरकारी कर्मचारी रहेको स्थायी सचिवालयसमेत उपलब्ध गराउने भएको छ ।
  • पूर्व राष्ट्रपतिलाई २००, पूर्व उपराष्ट्रपतिलाई १७५, पूर्व प्रधानमन्त्रीलाई १५०, पूर्वसभामुखलाई १५० लिटर पेट्रोल र आवश्यकताअनुसार मोबिल तथा मर्मत खर्च दिइने व्यवस्था अध्यादेशमा गरिएको छ ।
  • पूर्व प्रधानन्यायाधीश, पूर्व सभामुखलाई गाडी र सचिवालय सुविधा तथा पूर्व गृहमन्त्रीहरूलाई इन्धनसहित गाडी सुविधा दिने व्यवस्था गरिएको छ ।

जस अनुसार अब:

11 February, 2012

हेल्लो सरकार, ग्यास दे !, बिना कसूरको सजायँ न दे !!

केही महिना देखि हामी नेपालीले बिना कसुर भोग्नु परेको अभाव र अन्यायको बारेमा हाल कोही अनभिज्ञ छैनन् । यसको चर्चा परिचर्चा विवाद र विरोध पनि त्यत्तिकै चल्दैछ । केही समय अघि देखि मेरा विदेशमा रहने केही फेसबुक-साथीहरूले फेसबुक र केहीले ईमेल मार्फत यस विषयलाई सम्बोधन गरेर ब्लगमा पोस्ट राख्न पनि सल्लाह दिई रहनु भएको थियो ।

दिन दहाडै ग्यासको गाडी ‘कब्जा’, मूलाधारका मानिएका पत्रिकाका विरोध र देशका वुद्धिजीवी वा दिग्गज वर्गको कुरो समेत नसुन्ने सरकारले म जस्तो साधारण व्यक्तिको ब्लगमा आँखा लगाउला वा त्यसमा छापिएको कुरालाई ‘गम्भीरता’का साथ लेला भन्ने सोच्नु म आफैलाई पनि हास्यास्पद लाग्थ्यो । तर फेरि मेरो नागरिक अधिकार वा बाँचन पाउने न्यूनतम मानव अधिकार हनन् हुँदा यसरी चुपचाप बस्नु पनि मेरो नैतिकताले दिएन।

मेरो नागरिक अधिकार भनेको चार वर्षमा आउने चुनावमा एकजना नालायकहरू मध्यका कम नालायकलाई भोट हालेपछि अर्को चार वर्ष चुपचाप बस्नु (वा नेपालको स्थितिमा भन्दा त दशकौँ चुप लगेर बस्नु) मात्रै हो त ? । सुन्नेले सुनेन भन्दैमा बोल्नेले बोल्न पक्कै पनि छाड्नु हुन्न् । जहाँ बोल्ने आफैँ बोल्न धक मान्छन्, त्यहाँ सुन्नु पर्नेले झन् झन् आ-फ्नो कर्तव्य बिर्सन्छन् र समस्याको जटिलता झनै बढ्दै जान्छ । कम्तीमा पनि काम गर्नु पर्नेले काम नगरेको स्थिति वा कर्तव्य निर्वाह गर्नु पर्ने वा जिम्मेवारी ‍बहन गर्नु पर्नेले आफ्नो जिम्मेवारी बहन नगरेको अवस्थामा बोल्नेले आफ्नो विचार सम्प्रेषण गर्न छाड्नै हुन्न् । अनि मलाइ लाग्छ बोल्नेले बोलेपछि कुने न कुनै माध्यमबाट सो ‘वेबलेन्थ’ सुन्नेसम्म अवश्य पुग्छ । अत: आजैका दिन मैले नेपाल सरकारले सुरु गरेको जन गुनासो सुन्ने ‘हेल्लो सरकार’ मा आफ्नो विचार पठाएको छु । सो पत्रलाई जस्ताको त्यस्तै प्रधानमन्त्री बाबुराम भट्टराइको सार्वजनिक इमेल र मेरो ब्लगमा पनि जस्ताको त्यस्तै प्रेषीत गरेको छु । प्रस्तुत छ मैले ‘हेल्लो सरकार’ र प्रम बाबुराम भट्टराइलाई इमेल मार्फत पठाएको पत्र जस्ताको त्यस्तै:

28 January, 2012

ओझेल परेका समाचार र खबर बनेका गँजडी गफ !

नेताहरू बोल्छन्, बोली नै रहन्छन्, तिनको काम नै त्यही भा’छ । अनि आफैँले बोलेको कुरा पनि दोहर्‍याने, तेहर्‍याने वा समय र स्थिति हेरेर बङ्गाउने वा बिलकुल उल्टा वक्तव्य दिन पनि तिनिहरू पछि पर्दैनन् । तर के तीनले जति चोटि बोल्छन्, त्यति पटक नै त्यही पुरानो, बासी र नितान्त बोल्नको लागि मात्रै बोलिएका अर्थ हीन वक्तव्यहरू दोहर्‍याएर, तेहर्‍याएर छाप्दैजानु वा देखाउँदै जानु नै मिडियाको काम हो त ? । मलाई लाग्छ जहाँसम्म तीनका बोलाइमा समेत कुनै नवीनता हुँदैनन्, त्यति बेलासम्म तिनका बोली र वक्तव्यलाई मिडियामा स्थान दिनुको कुनै महत्व हुँदैन् ।

कुरो सानो जस्तो लाग्न सक्छ, तर म प्राय: सोच्ने गर्छु यसरी खबर नबन्नु पर्ने चर्चाले मिडिया भरिदाँ, समाचार बन्न सक्ने कत्ति घटना ओझेल परे होलान् ।

· सरकार असफल भइसक्यो,

· सहमतिय सरकार विना शान्ति र संविधान असंभव,

· सहमतिको सरकार बनाउन शीर्ष नेता सहमत,

· बाबुराम कै नेतृत्वमा सहमतिय सरकार बन्छ,

29 December, 2011

मैले नलेखेको निबन्ध - -शहीद - - !

“बाबा !... खै आज पनि सिकाइ दिनु भएन ...” चार कक्षामा पढ्दै गरेकी छोरीले भन्दै थीई “के सिकाउने....र “ मैले उसको कुरामा ध्यानै नदिई सोधेँ । “स्कूलमा शहीदको बारेमा एउटा निबन्ध लेखेर लानु छ ... पर्सी लास्ट दिन हो...” । अलिकता फुर्सद मिल्यो मलाई “...पर्सी हो?,... उसो भए भोलि सिकाइ दिउँला है !” मैले झारा टार्ने विचार निकालेँ ।

छोरीले नभनेकी हैन्, सायद २-३ दिन देखि यही कुरा सोद्धै थिइ ऊ, ... तर न समय मिलेको थियो न त ठ्याक्कै ‘यस्तै लेख’ भनेर सिकाइ हाल्ने ‘प्लट’ बनेको थियो मेरो दिमागमा । त्यसैले हरेक दिन टार्दै गएको थिएँ मैले । “भोलि त पक्का है त !” उसलाई पनि कक्षामा आफ्नो टाउको जोगाउनु होला सायद । “ल , ल पक्का ..” मैले जबाफ दिएँ । बिजुली नभएको चिसो रातमा दिमागमा कुनै कुराको ‘प्लट’ पनि त्यत्तिकै बनि रहेको थिएन “... आज रातभरि सोचौंला र भोलि अफिसबाट आएर छोरीलाई सिकाउँला .....” म मनमनै सोच्न थालेँ । आखिर यो विषय आफैँले पनि स्कूल जीवन देखि लेख्दै बोल्दै आएको विषय न हो ... तर किन किन २-४ दिन देखि यस विषयमा केही सोच्नै सकिरहेको छैन...यहाँ सम्म कि चार कक्षाको लागि निबन्ध लेख्न समेत बढो मुस्किल भइरहेको छ । कसरी सिकाउने...? के लेख्न लगाउने??...कसरी चिनाउने ??? ओछ्यानमा पल्टेर सोच्दा सोच्दै मन बोझिलो भयो ‘....जे सुकै होस, भोलि अफिसबाट फर्के पछि १ पेजको निबन्ध लेखाउँला नै ...’ मनमा अन्तिम विचार यही नै रह्यो ।

छोरीको निबन्धको बारेमा सोच्दै म घर फर्कने बाटोमा थीएँ । अचानक बाटोको अगाडि केही पर कुनै समारोह भइरहेको आभास भयो । त्यहाँको वातावरण उल्लासमय थियो वरिपरि हरियाली थियो र फूलहरू ढकमक्क थिए । लाग्थ्यो शहरको बीचमा अवस्थित एउटा सुन्दर उद्यान लाई कुनै कार्यक्रमको लागी भव्य रूपमा सिँगारिएको थियो । उद्यानको बीचको भागलाई अलिकता माथि उठाएर मञ्चको स्वरूप दिइएको थियो र ध्वजा, पताका, तुल र तस्विरहरूले अनौठो आकर्षण बनाएको थियो ।

11 October, 2011

चोर जी, कृपया ध्यान दिनुस्, डाँका महोदय कृपया सजग हुनुस !

केही समय अडि देखि सुरु भएको बजार अनुगमन र सम्बन्धित निकायको उपभोक्ता प्रतिको दायित्वबोध र स्व कर्तव्य बोधले ‘यहाँ केही हुँदैन’ भन्ने भावमा पनि ‘केही गरे त अवश्य केही हुने रहेछ’ भन्ने एक किसिमको आस जगाएको थियो । गर्दै नगरे त केही पनि हुँदैन, तर प्रयास गर्ने हो भने केही न केही त अवश्य नै हुन्छ भन्ने एउटा लहर पनि वर्षौसम्म सुतेर बसेको निकायको कुम्णकर्णे निन्द्राको अन्तसँगै पुनः-जागृत भएको थियो। असल काम गर्नेले पुरस्कार नपाए पनि गलत कार्य गर्नेले दण्ड भने अवश्य नै पाउनुपर्छ भन्ने मेरो राय छ । किनकी असल काम गर्नेले पुरस्कार नपाउँदा पनि यदि काम गर्ने ‘सच्चा असल’ हो भने उसको गराइमा भिन्नता आउँदैन तर गलत काम गर्नेले सजायँ नपाउने हो भने समाज बस्न लायक ठाउँ रहँदैन र त्यस्तो समाजमा सामाजिक, आर्थिक, सांस्कृतिक सबै रूपमा तहसनहसको बाटोमा लाग्छ ।

माथिकै कुरालाई अलिकता भिन्न तवरले सोच्ने हो भने, असल काम गर्नेलाई पुरस्कार वा प्रोत्साहन दिन अबेर गरेर केही बिग्रँदैन तर खराब कार्य गर्नेले दण्ड वा सजायँ पाउन भने ढिलाई गर्नु हुँदै हुँदैन । अनि यदि गलत कार्य गर्नेले सो गल्ती वा अपराधलाई बारम्बार दोहर्‍याई रहेको छ भने के गर्ने त ? । सबैको एउटै जबाफ हुनसक्छ “तुरुन्तै कार्यवाही गर्ने” । अझ सो गल्ती वा हेलचेक्र्याइँ मानव स्वास्थसँग प्रत्यक्ष सम्बन्ध राख्ने संवेदनशील विषयसँग सम्बन्धित छ भने आम जनता वा सम्बन्धित निकायको धारणा के हुनु पर्ने हो त ? । “यथाशीघ्र कारबाही !”, “यथाशीघ्र कारबाही !!” र “यथाशीघ्र कारवाही !!!” ।

30 July, 2011

Big Bang Theory, जेनेभा कन्भेन्सन र...

...Mark Twain का ईडियटसहरू !

“…there was a time when all matter, all energy; all space was condensed into something the size of a pin point…”  केही समय अगाडि चार कक्षामा पढ्ने आफ्नो छोरीको परीक्षाको तयारीको लागि उसलाई पढाउने क्रममा उसको किताबमा भेटिएको लाइन हो यो । उसको सामाजिक शिक्षा अन्तर्गत “Origin of the Earth” भन्ने पाठमा माथिका लाइनहरू छन् । पृथ्वी र पूरै ब्रह्माण्डको उत्पत्ति कसरी भयो भन्ने बारेमा “Big Bang theory”को जानकारी राखिएको थियो सो पाठमा ।

“ …then a huge explosion occurred ….about 300000 years later …atoms formed The element hydrogen and helium was created….gravity brought them in together in clumps” . हो जत्ति सरल बनाउन खोजिए पनि Big Bang theory आफैँमा एउटा जटिल विषय हो र जे जस्तो तरिकाले बताए पनि चार कक्षाका साना साना केटाकेटीले यो कुरा बुझ्न सक्दैनन् भन्ने मेरो निर्क्योल थियो । तर जे जस्तो सोच भए पनि जाँचको लागि पढाउनु नै थियो र म उसलाइ सो कुरा बुझाउन भरमग्दुर प्रयत्न गर्न थालेँ ।

अँ त, निकै माथापच्ची र वरिपरि उपलब्ध केही सर्जामहरूको प्रयोग गरेर कोठामै एउटा सानोतिनो  Big Bang उत्पन्न गराउने कोसिस समेत गरेर छोरीलाई यो पाठ बुझाउने प्रयास गरियो । तर यो पुरा विश्व ब्रह्माण्ड कसरी एउटा पिन प्वाइन्टमा अट्छ र कसरी फेरि अथाह रूपमा जत्ति फैलिए पनि यसको फैलावट को अन्त हुँदैन भन्ने कुरा करिब नौ वर्षकी छोरीलाई बुझाउन भने कसैगरी पनि सम्भव भएन । अन्तमा छोरीले करिब करिब “...बाबा, मैले कुरा नबुझे पनि जाँचमा लेख्न सक्छु..” भन्ने किसिमको अभिव्यक्ति दिएपछि भने यो सबै कुरा पढाउन हैन, देखाउन र बुझाउन हैन, कण्ठ गराउन मात्रै किताबमा राखिएको रहेछ भन्ने ज्ञान भने आफैँलाई भयो ।   

सामाजिक शिक्षाकै अर्को एउटा पाठमा रहेको “Child rights have been adopted in the Geneva Convention and passed by the United Nations  Organization” भन्ने वाक्यांश सम्झाउन पनि बडो मुस्किल भा’थ्यो । पुराना कुनै पाठमा  न वाल अधिकार, न संयुक्त राष्ट्र संघ  र न त ‘जेनेभा कन्भेन्सन’ कै कुरा छन् । अब एउटै वाक्यमा ती सबै कुरा आएपछि कि त यो पूरै लाइन ‘स्किप’ गर्ने वा यो भारी-भरकम शब्दहरूलाई उनीहरूले बुझ्न सक्ने तर वास्तविकता भन्दा धेरै परको अर्थसँग अनुवाद गर्नु बाहेक अर्को उपाय पनि रहेन् ।

24 June, 2011

भुसतिघ्रे अपराधी, पीडित पत्रकार र निरीह प्रधानमन्त्री !

देशको कुनै स्थानमा एकजना भुसतिघ्रेले आफ्नो बारेमा समाचार छापेको रोषमा एकजना कलमजीवीलाई मर्ने गरी भकुर्छ, कलमजीवी १७ दिन अस्पतालको शैयामा बसेर अझै पूर्ण स्वस्थ न भइसकेको अवस्थामा अस्पतालबाट डिस्चार्ज हुन्छन् । यता पत्रकार डिस्चार्ज भएको दिनबाट पनि ४-५ दिन बितेपछि देशका प्रधानमन्त्रीले वक्तव्य दिन्छन्; 'फरार अपराधी पनि न्यायको कठघरामा आउने छ ।'

समाचार पढ्दा नै उदेक लाग्छ । आज, याने २०६८ असार १० गतेको कान्तिपुरको अनलाईन संस्करणमा छापिएको यही समाचारको शिर्षकले सोच्नै पर्ने बनायो । त्यसो त समाचारको शीर्षक आफैँमा भने उदेक लाग्नु पर्ने खालको थिएन । 'पत्रकार आक्रमण गर्नेलाई पक्राउ गर्न निर्देशन दिएको छु' । शीर्षकमा छापिएको सो समाचारमा हाम्रा बहालवाला प्रधानमन्त्रीले जेठ २२ गते पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणकारीलाई पक्रने कुरा बताएका छन् । अपराधीलाई कारबाही हुन्छ भन्ने समाचार उदेक लाग्ने हुनु नपर्ने हो । तर कहिले हुन्छ?, कसरी हुन्छ ?? वा कुन तरिकाले हुन्छ ??? भन्ने प्रश्न भने यस विषयमा गहिरिएर नसोच्नेको मानसपटलमा पनि आउनसक्ने स्थिति छ अहिले ।

एक जना अपराधीले एकजना नागरिकलाई मरणासन्न हुने गरी कुटपिट गराएपछि सो अपराधी सामान्य रूपमै कानुनको दायरामा आउनु पर्ने हो । विषयलाई हल्का रूपले लीन खोजिएको हैन, तर एउटा आपराधीक घटना घटेपछि सो घटनाका योजनाकार, कार्यान्वयनकर्ता सामान्य तरिकाबाटै सजायका भागी हुनु पर्ने हो र यसमा देशको उच्चतम पदमा आसीन प्रधानमन्त्री जस्तो व्यक्तिले बोल्नै नपर्नु पर्ने हो ।

02 June, 2011

रूजवेल्ट, सस्ता नेता र नेपाली राजनीतिको रियालिटी शो ।

“In politics nothing happens by accident. If it happens you can bet it was planned that way.”  :~Franklin Delano Roosevelt

नेपालको राजनीतिलाई नजिकबाट हेर्ने जो कसैले पनि एउटा कुरा याद गरेको हुनुपर्छ । कि यहाँ हरेक विवाद वा विषयको बारेमा कुनैपनि निर्णय वा फैसला अत्यन्त अन्तिम घडी वा आखिरी अवस्थामा आएर मात्रै हुन्छ । गत साल जेष्ठ १४ गते भएको संविधान सभाको समयावधि बढाउने सहमति होस वा अघिल्लो हप्ता फेरि आधा रातमा (सिधैँ भन्दा जेष्ठ १५ गते बिहान) गरिएको संशोधन, दुबै घटना अन्तिममा आएर गरिएको निर्णय जस्ता देखिन्छन् । यहाँ कहिले सत्तासीन शक्तिशाली प्रधानमन्त्रीले ‘आवेश’ मा आएर राजीनामा दिन्छन् त कहिले कुनै नेता वा मन्त्रीको बारेको ‘गोप्य’ कुरा ‘अचानक’ सार्वजनिक हुन्छन् । कहिले कुनै राजीनामा दिई सकेको सरकार अपत्यारिलो तरिकाले अनन्त समयसम्म राज गर्छन भने कहिले भर्खरै नियुक्ति लिएका मन्त्री बाध्यात्मक परिस्थितिका कारण राजीनामा दिएर निस्कन्छन् । सरसरती हेर्दा यी र नेपाली राजनीतिका यस्तै अनेकौँ घटनाक्रम अकस्मात् घटित भएको जस्तो देखिए पनि वास्तविकता भने त्यो भन्दा धेरै पर छ ।

नेपालकै राजनीतिलाई नजिकबाट हैन ‘भित्रै बाट’ हेर्ने हो भने, यहाँ हुने हरेक संयोजन, विभाजन वा अकस्मात् आउने निर्णयहरू नितान्त सामान्य र अझ सिधै कुरा गर्दा नियमित वा योजनाबद्ध रहेको कुरा थाहा पाउन केहि माथापच्ची गर्नु पर्दैन् ।

नेपालको राजनीतिमा त्यही हुन्छ, जुन योजना अनुसार नै हुन्छ । फरक यत्ति छ कि योजना कसले, कहाँ बनाउँछ र कति बेरसम्म योजनाकार र योजना भित्रका ‘सक्रिय कलाकारहरू’ समेत सो योजनालाई योजना हैन “आकस्मिक संयोग” हो भन्ने तुल्याउन टेलिभिजनमा चल्ने सस्तो ‘रियालिटी शो’ को हदमा गएर नौटंकीमा उत्रिन्छन् भन्ने हेक्का मात्रै राख्नु पर्छ । जसरी जनता झुक्काउने र दर्शकको भावनासँग खेल्ने सर्वोत्तम उपायको रूपमा संसारभरिकै टेलिभिजन च्यानलले रियालिटि शो लाई लिएका छन् र प्राय: गरेर ठूला पर्दामा फ्लप हुने कलाकार त्यसमा सहभागी गराइन्छन्, त्यसरी नै हरेक योजनाबद्ध आकस्मिक घडिमा चल्ने राजनैतिक रियालिटी शोमा पनि हाम्रा फ्लप वा सस्ता नेताहरू सक्रिय भएर लाग्छन् ।

19 May, 2011

मागी खाने भाँडो र नेपाली "जनता"!

Ryunosuke Satoro“Individually, we are one drop.
Together, we are an ocean.”

:~ Ryunosuke Satoro.

केही दिन देखि देशको एक आम जनता जनताको रूपमा आफ्नो र समष्टिमा पुरै देशको नागरिकको परिचय र परिभाषा खोज्ने क्रममा जापानका प्रसिद्ध कवि Ryunosuke Satoro को माथीको हरफहरू भेटिए ।

“व्यक्तिगत रूपमा हामी एउटा थोपा र एक साथ हुँदा महासागर हौँ” ।

विगतका केही वर्ष देखि “नेपाली जनता” को नाममा आ-आफ्नो अभीष्ट सिद्ध गर्न अग्र स्थानमा रहेका चारपासे देखि भातमारा अगुवाहरू र आफूलाई महान र विद्वान् ठान्ने देखि जनतालाई अझै पनि पटमूर्ख र भेडो सम्झने नेतासम्मले हरेक पटक आफ्नो स्वार्थ पूर्ति गर्न ‘जनता’ कै नाम लिएका छन् ।

यहाँ नेपाल बन्द देखि लिएर २ वर्ष म्याद तोकिएको संविधान सभाको म्याद चार वर्ष बनाउने जनमारा कार्यलाई समेत ‘जनता’ कै नाम दिएर गरिन्छ भने ‘जनता’ शब्दको अन्त कति मानमर्दन वा शोषण होला सहज विचार गर्न सकिन्छ । पोहोर साल वैशाखको मध्यतिर भएको माओवादीको आमहडतालको सेरोफेरोमा एकजना साधारण जनताले सोधेको प्रश्नमा कामरेड प्रच्णडले न शब्दकोष न सामाजिक परिवेश वा कानूनी मान्यताको आधार हुने एकदमै हास्यास्पद तरिकाले ‘जनता’ शब्दको परिभाषा दिएका थिए । जे होस जनताकै लागि भनेर गरेको त्यतिबेलाको आन्दोलन जनताकै विरोध र असहयोगका कारण चल्न सकेन र माओवादी नेतृत्वले सो अन्तिम आन्दोलन बिचैमा रोके ।

14 April, 2011

आमाको पुकार, देशको अस्मिता र तुच्छ चियाको अनुराग !

Mother Nepalयो सत्य घटना हो । सायद पाँच कक्षा पढने बेलातिर होला, म पशुपति पुगेको थिएँ । आर्यघाटबाट माथि उक्लने बेलामा अचानक मेरो नजर घाटमा भएको बिरामी राखिने एउटा सत्तलमा पर्‍यो । "...जा न बाबु, एकचोटी घाटे बैद्य लाइ बोलाएर लेरा..." एकजना करिब ६०-६५ वर्ष जत्ति देखिने बुढी आमा करिब २०-२२ को एउटा लाठे (सायद छोरा होला) लाई भन्दै थिइन "...हिजो भन्दा चापेको जस्तो छ..." । म सानै थिएँ तर त्यो ठाउँमा अन्तिम अवस्थामा पुगेका बिरामीहरूलाई राखिन्छ भन्ने ज्ञान भने थियो मलाई । "ह्या ! के कराइ रा..." मेरो अनुमानको विपरीत सो जवान व्यक्तिले ती बुढी आमालाई अटेरी र करिब करिब हप्काउने शैलीमा भन्यो "...एकैछिन पर्खनुस न ...चिया नै खाएको छैन" ।

जीवनको आरोह-अवरोह वा परिवार र सामाजिक जटिलताको भेउ नपाएको भए पनि मलाई सो लक्का जवान छोरोको जबाफ सुनेर ज्यादै उदेक लाग्यो । सो परिवार को थिए, कहाँबाट आएका थिए केही थाहा थिएन र बिरामीको हाल के कस्तो थियो भन्ने बारे पनि बाटो काट्दा एकचोटी दुई जनाको संवाद सुनेर थाहा हुने कुरा थिएन । आफ्नो कतैबाट कुनै पनि साइनो नभए पनि तिनको अति गैह्र जिम्मेवार र कृतघ्न व्यवहार देखेर मलाई साह्रै रिस पनि उठ्यो । सायद दीर्घ रोग वा दैनिक समवस्थका कारण ती जवान व्यक्तिको व्यवहारमा त्यस्तो रूखोपन रहेको पनि होला । तर हालत जे जस्तो भए पनि ती जवान व्यक्तिको उदासीनता र बुढो बाऊको अन्तिम अवस्थाको चिन्ता भन्दा तुच्छ चियामाथिको अनुराग देखेर धेरै दिनसम्म मेरो बाल मस्तिष्कमा एकदमै नरमाइलो भावहरू आइ रहे । 

28 March, 2011

'अपावन धर्म' र 'पवित्र पाप' !

Saptah“...त्यसपछि भगवानले भन्नु भयो ...” , “भक्ति सूतेतौ तरूणा गृहत्वा...” , “श्रीकृष्ण गोविन्द हरे मुरारे...”  यी वाक्यांशहरू वा यस्तै प्रवचन वा भक्ति सङ्गीतका धुनहरू तपाईँले पनि धेरै पटक चाहेर वा नचाहेरै पनि सुन्नु भएको होला । हो, मेरो जोड यस बेला ‘नचाहेर सुन्नु परेको’ धार्मिक आख्यानतर्फ केन्द्रित छ ।

कुरोको चुरोतर्फ सिधै जाँदा, केही दिन अगाडिदेखि मेरो घरको दुबैतर्फ देशमै नाम कहलिएका विद्वान् र प्रसिद्ध वाचक र पण्डितहरूद्वारा विविध ज्ञान महायज्ञ भइरहेको छ ।   त्यसैले आजकल घरमा भएको बेलामा ‘धार्मिक’ हुनै पर्ने मेरो बाध्यता बनेको छ । आफ्नो निवास देखि दुबैतर्फ करिब करिब उत्तिकै दूरीमा २ जना प्रकाण्ड विद्वानहरूको महायज्ञ चल्दैछ र दुबैतर्फ उचाइमा जडिएका लाउडस्पीकरका ध्वनि –प्रतिध्वनि र मिस्रित ध्वनिले मेरा कानहरू पवित्र भइरहेका छन् । हावाको बहाव, पुराणको अन्तराल र कथा भित्रको उतार चडावका कारण छिनछिनमा ठूलो सानो हुने आवाजसँग आफ्नो लयवद्दता बन्न नसक्दा र कहिले एकातर्फ त कहिले अर्को तर्फबाट प्राविधिक कारणका कारण निस्कने प्रतिध्वनि र कर्कश नादका कारण बिस्तारै भजन र धार्मिक कृत्यमाथि नै वैराग्य उत्पन्न हुन थालेको छ अचेल ।

02 March, 2011

नेपाली टाइमका कुरा

Nepali Time"अहिले कति बज्यो होला ...?" केही दिन अगाडि एकजना कार्यालयका साथीले आफ्नो घडीको समय मिलाउने तरखर गर्दै सोधेका थिए । "३:५०", "३:५६", "चार बज्यो !", कोठामा उपस्थित अन्य तीन जनाले आ-आफ्नो घडी, मोबाइल र कम्प्युटर हेरेर जबाफ दिए । घडी मिलाउन खोज्ने साथी झनै दुबिधामा परे। अब कुन चाही समयलाई सहि मान्ने भनेर । यता उपस्थित तिन जना नै आ-आफनो घडी ठीक भएको दावा गर्न थाले। "मैले बिहान मात्रै नेपाल टेलिभिजनसँग मिलाएको ", "मेरो घडी कान्तिपुरसँग ठ्याक्कै मिल्छ" , "मेरो घडी रेडियो नेपालको समयसँग मेल खान्छ" ।

दावा र प्रमाणका जे जस्तोसुकै प्रयत्न जारी रहे पनि कुनै न कुनै रूपमा सबैको समयको आधिकारिकता के हो त भन्नेमा भने एउटा प्रश्नचिन्ह खडा भयो । हेर्दा सानो कुरा जस्तो लागे पनि एउटा देशको आधिकारिक समयमा तीन जनाको बीचमा नै करिब ६ मिनेटको फरक हुनु भनेको सामान्य भने पक्कै थिएन र छैन पनि । साधारण अवस्थामा २-३ मिनेटको फरकको एकदमै महत्व नभए पनि विभिन्न समयमा भने यो समयको आधिकारिकता र आधा मिनेट वा केही सेकेन्डको फरक पनि ठूलै कुरा हुनसक्छ । तर नेपालको आधिकारिक समय कुनलाई मान्ने भन्ने बारेमा कुनै निश्चित उत्तर भने भेट्न सकिएन ।

31 October, 2010

कथाको राजा, अचेतन निर्णय र पुड्को व्यक्तिको खोज !

Freedom of speech in nepalसानैमा सायद पञ्चतन्त्र हो कि कुनै कमिकमा एउटा कथा पढेको थिएँ । कुनै देशमा एकजना ‘महामूर्ख’ राजा हुन्छन् ( राजा र राजनेताको पछाडि यो ‘अलङ्कार’ सायद प्राकृतिक रूपमै युग पर्यन्त स्वतः विभूषित हुन्छन् ) । अँ त, कथाको लम्बाइलाई घटाएर मुख्य अंशमा आउँदा, एकदिन राज्यमा कुनै अपराधी समातिन्छ र उसलाई फाँसीको सजाय सुनाइन्छ ।

अपराधीलाई फाँसी दिन तयार गरिएको ‘मचान’ मा लगिन्छ । तर अपराधी अग्लो भएकोले फाँसी दिने डोरी घाँटीमा हाल्दा पनि उसको खुट्टाले भुइँमा छुन्छ र उसलाई झुन्ड्याउन मिल्दैन । उसै त स्वभावै ले सन्की राजा, त्यसमा पनि महामूर्ख। अपराधी अग्लो भएकोले झुन्ड्याउन नमिलेको कुरा जाहेर नगरी अरू कुनै सजाय दिँदा पछि ‘राज कोप’ सहनु पर्ने गाम्भीर्यलाई मध्यनजर राखेर तीनका भारदार तुरुन्तै राजा कहाँ पुग्छन् । “...महाराज!, अपराधी साह्रै अग्लो भएकोले त्यसलाई फाँसीको ‘तख्त’ मा झुन्ड्याउन सकिएन” । तीनका दिग्गज भारदारले महाराजमा बिन्ती चढाउँछन् । “...अपराधी अग्लो भएर के भो त...”, सिंहासनमा गद्दीसीन महाराज फरमान जारी गरे “... कुनै एउटा होचो मान्छे खोजेर झुन्ड्याउन सक्दैनौ तिमीहरु...जाओ कुनै एकजना होचो मान्छे खोजेर झुन्ड्याओ ...” ।

सायद पाँच वा छ कक्षामा पढने बेलामा यो कथा पढेको थिएँ मैले । समाज, राजनीति र सासक भनेका कस्ता हुन्छन् भन्ने नबुझीसकेकोले त्यतीबेला यो कथा पढ्दा शासन पक्षमा बसेका मानिस यत्तिसम्म मूर्ख हुनै सक्दैनन् र यो नितान्त हास्य कथा मात्रै होला भनेर धेरै दिनसम्म हाँसेको थिएँ ।