12 August, 2009

लौ चिन्नुस, अमेरिकामा बस्ने नेपाली चोर !

केही दिन अगाडि ईन्टरनेट चहार्दै हिँड्दा अचानक एउटा साईटमा मेरा आधा दर्जन जती रचनाहरु बिना सूचना र मेरो नाम र पूर्व प्रकाशित मेरो ब्लको व्याकलिन्क समेत नदिई छापिएको भेटें । ति मध्य केही कथाहरु धेरै अगाडी गोरखापत्रमा प्रकाशित र एउटा भने राष्ट्रव्यापी लघुकथा सम्मेलनमा पुरस्कृत समेत थियो । आफ्नो रचना सिधै चोरेर व्यवसायीक प्रयोजनकासाथ अर्काको साईटमा राखेको देखेपछि रिस उठ्नु स्वाभाविक नै हो, तैपनि भुलवस भएको पनि हुनसक्ने अनुमान गरेर सभ्य ढंगले सो साईटको कमेण्ट बक्स, च्याट बक्स र त्यसका एडमिनलाई पनि सो रचनाहरु आफ्नो भएको जानकारी गराएँ ।

तर, न त मेरा कमेण्ट प्रकाशित भए न त मेरो ईमेलको नै जबाफ आए । सुरु देखी नै अरुहरुको लेख-रचना र सामाग्रीहरु चोर्दै पस्कदैँ गरेका त्यस साईटका कसैले पनि सामान्य ‘रेस्पोन्स’ समेत गरेनन्।

त्यसपछि अरु केही उपाए नलागेर सो साईट होस्टीङ गर्ने कम्पनी र यस्ता गलत कार्य भएमा भन्न मिल्ने ठाउँमा पनि सो बारेमा जानकारी पठाएँ । तुरुन्तै एकठाउँबाट रेस्पोन्स त आयो तर दुबै साईटमा भएका सामाग्रीहरु “Unknown language” मा भएकाले यस कार्यमा विलम्ब हुन सक्ने जानकारी पनि प्राप्त भयो । तर एउटा सकारात्मक कुरा के भयो भने त्यस साईटका हर्ताकर्ता रहेर यो सबै कामलाई ‘अन्जाम’ दिने व्यक्ति ह्युस्टन, टेक्ससमा रहने साकार भुसाल रहेको जानाकरी र निजको फोन नम्बर, ईमेल ठेगाना र घर-कार्यालयको ठेगाना समेत मलाई उपलब्ध गराईयो ।

त्यसपछि मैले सो व्यक्तिलाई आफ्नो सबै रचनाको लिन्क समेत दिएर सो रचनाहरु उनको साईटबाट हटाउन वा मेरो नाम र ब्लगको लिन्क समेत राखेर मात्रै त्यहाँ राख्‍न ईमेल गरें । यस पटक भने उताबाट चोर महाशयको ईमेल आयो । तर, अर्काको रचना चोरेर राखेकोमा गल्ती स्विकार्नु वा माफी माग्नुको बदला उल्टै मलाई सो रचनाहरु मेरो भएको प्रमाणित गर्न भने चोरले ।

मेरो ब्लगमा सबै रचना भएको लिन्क तिनलाई पठाईसके पछी मैले सो कार्य गरीरहनु आवश्यक थिएन, तर पनि स्थितिलाई छिट्टै सल्टाउने हिसाबले मैले मेरा पत्रिकामा प्रकाशित केही रचनाका स्क्यान कपी पनि तिनलाई पठाएँ । तर ति ठिस चोरले आजका मितिसम्म पनि तिनका साइटबाट न त मेरो रचना हटाएका छन, न त मेरो नाम वा ब्लगको व्याकलिन्क नै दिएका छन ।

हुन त यस्तो चोरीको घटना पहिलो हैन र पहिला पनि बेला बेलामा हाम्रा रचनाहरु चोरीने गरेका छन। तर ति पहिलेका चोरहरु कोही लहडमा चोर्ने, कोही टापटुपे त कोही भने यो बेहोसीमा चोर्नेहरु थिए र तिनलाई साधारण नसिहत दिने बाहेक अरु पछी लागेर हेर्नु परेन/ हेरिएन । तर यसपाला भने व्याबसायीक चोर परेकोले उल्टै जो चोर उसकै ठुलो स्वर भएकोले चुप लागेर बस्नु ठिक पनि भएन ।

नेपाली भाषामा एउटा उखान छ, मुला चोरे पनि चोर, सुन चोरे पनि चोर” । त्यसैले ति व्यक्ति जो सुकै होउन, कुनै रेस्टुरेण्टको वेटर, ‘ह्वाईट कलर’ एक्जुकेटीभ, साइट एडमिन वा कुनै कर्पोरेट कम्पनिका सिईओ, मेरो लागि तिनको हैसियत केवल चोर हो र आज उप्रान्त तिनीसंग साधारण शिष्टता हैन चोरसंगको व्यबहार गर्नुको विकल्प पनि रहेन ।

यि ठिस चोर भएकाले यो पोष्टको के कस्तो रिस्पोन्स आउँछ भन्ने पनि हेक्का छ । तर एउटा समाज, जहाँ चोर छाती फर्काएर हिँडछ भने त्यहा सामान चोरीने मालीक उल्टो डराउने पक्कै पनि हुँदैन । म ति सम्पत्तिका मालिक हुँ र त्यो व्यक्ति चोर।

अरु कारणले नभएपनि मेरो नयाँ रचना चोर्ने बेलामा भए पनि सो चोर पक्कै यहाँ आईपुग्ने छ । अब चोरले यहि पोष्टको कमेण्ट बक्स वा कमसेकम मेरो ईमेलमा तथानाम लेख्ने पनि निश्चीत छ –चोर न हो, त्यो भन्दा राम्रो बुद्दी के नै होला—तर म ति सबै कुराको हेक्का राख्दै आफ्नो मालकियतको लागी लड्ने छु । ति चोरको ‘चोरी उपरसे सिना जोरी’ गर्ने स्वभावले भने मलाई पनि हौसला दिएको छ । एउटा अपराधि नडराउने ठाउँमा म किन डराउने !

ल हेर्नुस मेरो रचनाहरु मेरो आफ्नो ब्लगमा कहाँ छ र चोरको घरमा कहाँ छ त :

साथै सो साईटमा बसन्तजीका पनि दुईवटा कथा विना सूचना टाँसीएका रहेछन अरु साथिहरुको पनि हुनसक्छन् ।

साथै यसरी लेख रचना चोरी भएर चोरबाट कुनै रिस्पोन्स नआएमा साईट सर्भर कम्पनी वा Section 512(c) of the Copyright Act. वा Digital Millennium Copyright Act अनुसार यहाँ गएर उजुरी हाल्न सकिन्छ । त्यसको लागि सजिलो विवरण यहाँ पनि छ ।

मलाई भर्खरै निम्न बमोजिमको प्रतिउत्तर प्राप्त भएको छ :

Hello Dilip,

We have received your DMCA complaint regarding http://nepal123.com/ We are currently reviewing the complaint and will contact you when we have completed processing the request. We appreciate your patience with this process.

Digital Millennium Copyright Act

हेरौं अगाडि के हुन्छ .

टापटुपे चोरबाट आफ्नो सम्पति सुरक्षा पहिल्यै पनि गरीएकै हो, तर यो काममा ‘कर्पोरेट’ र पेशेवर चोर लागे पछि भने हामीले केही गम्भिर हुनै पर्छ । म मेरा सम्पूर्ण ब्लगरमित्रहरु, प्रबुद्द पाठकवर्ग र सबै शुभचिन्तक वर्गहरुमा यस्ता चोरहरुसंग प्रतिकार गर्न र यिनलाई बेनकाब गर्न मेरो साथ दिनुहुन पनि आह्वान गर्छु ।

Happy Blogging!

(यि चोरको बारेमा साझाको यो धागोमा पनि केही कुरा पहिलै भैसकेको रहेछ )

(यि चोरका तिनपुस्ते नाम र फोटो पनि मसंग सुरक्षीत छ !, केही लागेन भने बौद्धिक सम्पत्ति चोरी भएको वारेमा नेपालाका राष्ट्रिय दैनिकमा सार्वजनिक सूचना दिनेछु)

25 comments:

  1. tyo badnam manche ho ! teslai yeti lekhera kehi hudaina.

    ReplyDelete
  2. well done mama....oho k saro ho afno article afno ho bhanna ni aaba proof dinu parne re kaslai bhanda tehi chor lai hahahaha bit funny......malai ta sarai ris pani uthyo hai testo lai ta jati gali gare ni kam nai huncha....

    ReplyDelete
  3. kasto achama pani hudo raicha . teslai tasai kaha chodnu huncha ki ta tes lae tapai ko blog ko lionk rakhnu paryoo ni

    ReplyDelete
  4. सर, यो संसार मा अनेक प्रकारका मानिसहरू भेटीन्छन भन्ने कुरा हामि सबैलाइ थाहा छ,
    तर गल्ती गरेर पनी गल्ती स्विकार्नु को सट्टा अझ आफै ठुलो कुरा गर्छ भने मेरो बिचार मा त्यो ब्यक्ती संसारकै सबैभन्दा गएगुजरेको ब्यक्ती हुनुपर्छ,
    यस्ता चोरहरुसंग प्रतिकार गर्न र यिनलाई बेनकाब गर्न मेरो तर्फ बाट हजुरलाइ हरदम साथ दिनेछु

    ReplyDelete
  5. हाहाहा दिलिप ब्रो लाई रिस उठेको देखेर मलाई त हास पो उठेर आयो...सारी है दिलिप ब्रो हाहाहा

    मेहनत पनि कत्ती गरेको होला चोर् पक्रन हामी भए त आ के गर्नु त अब भन्थेउ होला

    दिलिप ब्रो लाई त नेपाल को अनुसन्धान बिभाग को चिफ बनाउनु पर्ने... हाहाहा

    ReplyDelete
  6. लेख्ने र मेहनत गर्ने सर्जकलाई मात्रै थाहा हुन्छ एउटा सानो लेख, रचना या कुनै बिषयलाई प्रस्तुत गर्न कति सोचनिय ईमान्दारीका साथ लाग्नु पर्छ भनेर । यसरी आर्काका बिषयबस्तुहरुलाई बिना सुचना आफ्नो बनाई प्रकासित गर्नु अति नै निन्दनिय काम हो । दिलीप दाजु यी चोरहरुसंगको लडाईमा हाम्रो पनि पूर्ण समर्थन छ । सिर्जना र कलम चोर्ने चोरले सजाएको भागी हुनै पर्छ ।

    ReplyDelete
  7. यतिका विधी रचनाहरु बिना अनुमति अझ रचनाकारको नाम समेत उल्लेख नगरी ब्यावशायिक प्रयोजनको वेबसाईटमा राख्नेलाई त चोर हैन डाँका नै भने हुन्छ । यस्तो डाँकालाई प्रतिकार गर्न र बेनकाब गर्न तपाईंलाई मेरो पनि पूर्ण समर्थन रहनेछ दिलीपजी ।

    ReplyDelete
  8. दौतरी भेलामा हामी थोरै रमाइला गफ्गाफ गरेका थियौ। दिलिपजी लाई दौतरीको अदालत बिभागमा मुद्दा दर्ता गराएको सम्झिनु भा'को होला नै। यसपाली भने दिलिप जी ले नै सार्वजनिक मुद्दा दर्ज गराइदिनु भएछ। अरुको मेहनतमा जुका हुने हरुलाई जिरे खुर्सानी र टिमूरको धुलो पिधेर लगाइदिनु पर्छ अनी होस आउछ यस्ताको। चोर्न पनि निर्लज्ज र सर्बाङ्ग धोती खुस्काएर चोर्नेलाई हदै सम्मको करबाही गर्‍यो भने बल्ल अहो चोरीको फल यस्तो पो हुदोरहेछ भन्ने बनाउनु पर्छ अनि मात्रै सतर्क हुन्छन नकच्चरोहरु।

    ReplyDelete
  9. लेख्ने ले मन लगाएर लेख्छ, अनि चोर्ने ले खुसुक्क टिपेर त्यसैको आडमा ब्यवसाय गर्छु भनेर सोच्दछ भने गए ति दिन । "पाठाकले नै बुझाएको रचना हो" भनेर खोके पनि बुझाउने पाठकको विवरण त लिने गरेको होला नि ? ब्यवसाय नै गरेर बसे पछी त त्यसको verify गर्नु पर्‍यो नि ?
    दिलिप जि, एकदमै राम्रो तरिकाले यो समस्या समाधानको approach लिनु भएको छ, त्यसमा सबै नेपाली ब्लगरको समर्थन छ, अनि कानुनको पनि । नेपाली ब्लगर को संगठन पनि यस्तो बेलानै त हो चाहिने, सबै चोरहरुको ब्यवसाहिक ब्लग चाहार्ने कसैको फुर्सद हुंदैन; त्यसैले अरु कसैले देखे पनि अवगत गराइदिने पारीपाटी बसाउनु पर्छ (जस्तै तपाईंले बसन्त जि लाई गराइदिनु भयो)।

    ReplyDelete
  10. At first, I admire you for showing exceptional enthusiasm and energy in dealing with the plagiarism issue. It's been said that if an article is duplicated so many times, it loses its originality. If the website becomes more popular than yours, then chances are there that you might have to try hard to establish ownership of the copyright. I think the site owner (in the present case) should unconditionally apologize even if he has accepted the plagiarized work unknowingly via email or alike. And of course, we extend our unconditional support to you in the whole issue.

    ReplyDelete
  11. यो त अति नै भयो । 'जो चोर उसकै ठूलो स्वर' आफुले चोरेको चिज पनि कबूल गर्दैन बा । यस्ताहरुको गिद्धे दिमागले नै गर्दा तपाई हामीजस्ता सिर्जनशील व्यक्तित्वहरु ओझेलमा परेको । यस्तालाई ठिक पार्न हामी सबै ब्लगर साथीहरु 'होस्टेमा हैसे' लगाउनुपर्छ ।

    एँ चोर महाशय अब के गर्छस् ! अब आउने भयावह स्थितिको आफैँ सामना गर है । के गरिस् मङ्गले आफ्नै ढंगले ।

    ReplyDelete
  12. हैन ल राख्यो रे, अरु कसैले पठाएको रहेछ भने पनि त उसले कसैको चोरेको हो कि भनेर सोच्नु पर्छनी। ल त्यो पनि गरेन, जब लेखको मालिकले नै मेरो हो भने पछि त राम्रो संग रेस्पोन्स गर्नु पर्छ नि। राम्रो संग लेख्नु भयो दिलिपजी तपाईसंग हामी छौ र म मेरो तर्फबाट खेद प्रकटगर्न चाहन्छु यस्ता चोरीहरु प्रति।

    ReplyDelete
  13. मेरो पनि भर्खरै ‍चोरी भएको छ। यहाँ अरु पनि थुप्रै साथिहरुको कबिता र गजल राखिएको छ जस्तो लाग्छ सबे जनाले, यो पनि एक पटक हेर्नु होला है। मेरो "कसरी तिम्रो नयाँ पति खोजु म????" भन्ने कबिता कपि र पेष्ट गरेछन् महाशयले।
    http://aajakodin.blogspot.com/2009/07/blog-post_17.html
    जय होस

    ReplyDelete
  14. मैले पनि फेरी एक पटक भनें : यस्ता चोरहरुको भण्डाफोर हुनै पर्छ | अरु सबै ब्लगर साथि झैं मेरो पनि दाइलाइ पूर्ण समर्थन छ |

    तर यो ब्लगको शिर्षकले मान्छेलाइ अलिक झुक्याउने रहेछ, बरु शिर्षक यस्तो राख्ने कि :

    "लौ चिन्नुस, अमेरिकामा बस्ने एक नेपाली चोर !"

    ReplyDelete
  15. चोरीमा पनि उद्यम बनाउनेहरू अरूतिर त थिए नै, लेखनमा पनि कम्मर कसेर देखा परेछन् ए बाबा !
    एउटा सिकारू फुच्चेले लहडमा फुरुङ्गिएर लेख-रचना सारेको कुरा भए बिचराको दिमागले भ्याएन भनेर बेवस्ता गर्न सकिन्थ्यो । तर यसरी डोकै बोकेर खेतबारीमा पसेपछि र 'धारावाहिक' रूपमा बाली उठाउन थालेपछि त कुन किसानको आत्मा नरोला र ? व्यावसायिक प्रयोजनको त्यति 'मिहिनेत' गरेर बनाएको वेबमा अर्काको बौद्धिक धन विनाअनुमति, त्यो पनि बेनामे रूपमा सँगाल्ने ती चोर हजुर कति महसूर रहेछन्, तीनछक पर्ने कुरा त यही लाग्यो ।
    डटेर लाग्ने चोरको ओखती पनि डेटरै गर्नुपर्छ । मेरो आफ्नै रचना पनि एकाध पटक राष्ट्रिय पत्रिकाबाट टिपनटापन बनाएर अर्को राष्ट्रिय पत्रिकामा छपाउने दाइकै शब्दमा 'सारक महोदय' फेला परेका छन् ।
    तर ती 'अबोध'लाई उतिबेला क्षमादान गरेँ मैले । तर दाआइको समस्या भने विकराल देखियो । यस अभियानमा हामी साथ छौँ । सचेतना जगाऔँ, थालनी यही हुन्छ ।

    ReplyDelete
  16. khai k vanura daju tara testa chorlai vane tesai chhodnu hunna hai...............

    ReplyDelete
  17. lau khojdai jada ta mero yeuta kabita pani chori vayechha daju k garne hola.

    chorle prakashit gareko link : http://samirpradhananga.blogspot.com/2009/08/blog-post.html
    mailey forum tatha mero blog ma prakashit gareka link haru :
    http://www.forum.welovenepal.com/index.php/topic,10650.0.html
    http://bhaikoblog.blogspot.com/2009/07/blog-post_05.html
    http://www.blog.luvnepal.com/?p=12

    ReplyDelete
  18. samsya aajako aajai suljhyo hai sathi haru mailey usko blog ma comment gareko thiye ani usle pani postive response nai dekhayo ra aba mero URL source lekhchhu vanya chha......

    ReplyDelete
  19. चोर ले मैले चोरेको हो भनेर कहिले भन्छ र।

    ReplyDelete
  20. ब्यबसायिक रुपमा लागेको मान्छेले पनि त्यस्तो निच कार्य गरेको देख्दा मेरो पनि पारो तातेर आयो ..... यदि सकिदैन भने किन साइट चलाउनु पर्यो नि ? कस्तो प्रुफ मागी रा'नी जब कि पुरै स्रोतको रुपमा लिंक नै उपलब्ध गराए पछी पनि | हुन् त चोर न पर्यो चोर लाइ यस्ता अर्ति उपदेश कहा लाग्छ र ... जति सम्झाउनु थियो उति त दिलिप जी ले पनि पहिला नै सम्झाउनु नै भएको रहेछ नि ! यो त अति नै हो |
    अब ठाडो कारवाही तर्फ लाग्नु पर्छ | मेरो पनि साथ छ दिलिप जी ! म आजै देखि ३ पल्ट सम्म तपाइको यो पोस्ट लाइ फेस बुक मा लिंक राखेर सबै मित्र सामु त्यसको कटुता पोख्ने कोसिसमा लाग्ने छु |

    ReplyDelete
  21. राम्रो प्रयास दिलिप दाइ! मेरा दुई कथाहरु पनि देखें मैले र प्रतिकृया लेखेको थिएँ, जवाफ मरु। अब अगाडि बढ्नै पर्ला।

    मेरा दुबै कथाहरु त्यो चोरले साझाबाट टिपेर लगेको हुनुपर्छ, त्यो चोर साझामा निकै सकृय र बदनाम रहेछ। अब साझामा केहि टाँस्न पनि छोड्नुपर्ला जस्तो छ।

    ReplyDelete
  22. बर्बादै दिलिप जी, निकै नै खप्पिस चोर रहेछ। सबैलाई उल्लु बनाएर वाह वाही पाउने। तर तपाई झनै खतरा निस्कनु भयो दिलिप जे धन्यबाद शायद उस्ले पनि देखी सक्यो होला यो तपाईंको अप्डेटिङ फेरी फेरीत् यो कार्य गर्दैन होला हुन सक्छ डिस्ब्यान्ड गर्न सक्छ।

    ReplyDelete
  23. दिलीपजी
    कसरी तह लाउने होला, यो चोरलार्इ ? मेरो पनि एउटा कविता चोरेछ, त्यो पनि तपाइँले लिंक पठाएपछि था भो । हरामी नै रहेछ के गर्ने ?

    ReplyDelete
  24. लेख रचना चोरीलाई दूरुत्साहन गर्न मलाई सहयोग र समर्थन गर्ने सबैमा हार्दिक आभार ।

    मेरो रचना चोरीएको यो पहिलो पल्ट थिएन र सायद व्यबसायीक प्रयोजनमा नराखेको र मेरो शिष्ट भाषाको कमेण्ट र ईमेलको सहि 'रेस्पोन्स' भएको भए मलाई पनि यो सब गर्न फुर्सद थिएन । तर लेखक स्वयंले प्रमाण सहित सभ्य तरिकाले भन्दा पनि केही नलागेपछि मसंग अर्को कुनै विकल्प पनि बाँकी रहेन ।

    हामीहरु, आफ्नो घर-कार्यालयका व्यस्तताका बाबजूद मनोरञ्जन वा अन्य कुनै सामाजिक जमघटको समय कटौती गरेर लेख्‍छौ, त्यसैले लेख उत्कृष्ट भए वा नभएपनि यी सबै हाम्रा मौलिक रचना हुन र यिनको 'सर्बाधिकार' ब्लगरमै रहनु पर्छ भन्ने मेरो मान्यता हो ।

    हाल, यो पोष्ट राखेपछि सो साईटमा राखीएका रचनाहरुमा मेरो नाम राखीएको छ । मलाई लाग्छ अब उप्रान्त सो साईटका सञ्चालकले यसरी अनाधिकृत रचना राख्‍नु पहिले पक्कै पनि २ पटक अवश्य सोच्नेछन् ।

    अर्को एउटा जानकारी पनि सबैको लागि:

    सुरुमा रचना चोरीएपछि कहीँ कतैबाट केही गर्न नमिल्ने पो हो कि जस्तो मलाई पनि लागेको थियो । तर यही चोरीको प्रकरण पछि केही अध्ययन पनि गरें र यसरी रचना चोरी भएकोमा लागी परेमा चोरको "दोहोलो" गर्न सकीने कुरा पनि थाहा भयो ।

    तोकिएको फर्म्याटमा हस्त लिखीत वा फ्याक्स द्वारा गुगललाई उजुरी गरेमा साईटवालाको साईटमा रहेको "मागीखाने भाँडो" जसलाई google adsense भनिन्छ बन्द गराउनुको साथै अन्य कारवाही गर्न पनि मिल्ने रहेछ । यसको बारेमा केही जानकारी यहाँ र अझ सरल जानकारी यहाँ पनि छ ।

    केही नभए पनि त्यस्ता साईट र साईट सञ्चालकलाई समाजमा बेनकाब र सामाजिक बहिष्कार गर्नु पर्छ हामीले । मलाई लाग्छ माथि बेदनाथजीले भन्नु भएजस्तै हामी ४०-५० जना ब्लगरहरुले मात्रै आ-आफनो फेसबुकमा राख्यौं भने पनि चोरहरुहरु पक्कै हतोत्साही हुन्छन र घुँडा टक्न बाध्य हुनेछन ।

    मेरो मान्यतामा चोर जतीसुकै बलियो होस, त्यो सधैं मालिक देखी डराउँछ र डराउनै पर्छ ।

    यस बीचमा मैले यही कुरा मझेरी मा पनि राखेको थिएँ र मझेरीका कुमारजीको एउटा वाक्य यहाँ राख्दैछु:
    चोरी नगरौं। चोरी नगराऔं। चोरी नसहौं।

    पून: सबैमा धन्यवाद्।

    दिलीप आचार्य

    ReplyDelete