19 September, 2011

दुई सुत्रकथा !

जनता र नेता

Election in Nepal“यी नेताहरू सबै फटाहा हुन...” कुनै लाममा बसेका एकजना लक्का जवानले गफ निकाले ।

“हो त नि... कसैले केही गर्ने हैनन् ...सबै आफ्नो भूँडी भर्न मात्रै नेता भा’छन्” एकजना अधबैँसे उमेरकाले कुरो तन्काए ।

“एउटा- दुईटा मात्रै हैनन् ... के गर्ने जम्मै उही ड्याङका मुला छन्” अलि अगाडि रहेकी अर्की महिलाले पनि सहि थपिन ।

“के गर्नु... कली बलेको छ जाली फटाहा मात्रै नेता हुन्छन्” अर्का पाका उमेरका ले निचोड निकाले ।

“हैन यो लाइन पनि कत्ति ढिला बढेको...२ घण्टा घाममा उभ्भिदा- उभ्भिदाँ खुट्टै दुखी सक्यो ...” लाममा पछाडि रहेका एकजना बुढा बा ले भने: “...आफ्नो भोट हाल्ने पालो आए त घर गएर आराम गर्थे ।

जस- अपजस

आकस्मिक कक्षमा भर्ना हुन आएको बिरामीलाई सकुशल बिदा गर्दै चिकित्सकले बिरामीका परिवारलाई रोगको जटिलता बताए । “आधा घन्टा मात्रै ढिला भएको भए पनि ज्यानको खतरा थियो ...” “...समय रहँदै आई पुगेकोले हामी बिरामीलाई बचाउन सफल भयौँ


सात दिन देखि अस्पतालमा भर्ती भएको बिरामीको अचानक मृत्यु हुन्छ । “के गर्नु....उपचारमा त कुनै कसर छाडेका थिएनौ तर मर्ने र बाँच्ने त कहाँ हाम्रो हातमा छ र ! “ तीनै चिकित्सकले बिरामीका परिवारलाई सान्त्वना दिन्छन् ।

6 comments:

  1. हामी नेपालीहरू कुराको खेती अर्थात् गफको बेपारमै मस्त हुन्छोँ । महिला हुन् कि पुरूष, वाहियात् अर्काको कुरो काट्यो बस्यो र त्यो पनि अझ चिया दोकान तीर । घरमा सिन्को भाँच्ने हैन फेरि तिन्कै कुरो युरोप र अमेरिका देखि चेचन्या सम्म पुग्छ । विज्ञान देखि भुगर्वशास्त्र सम्म नी गफ दिन भ्याएकै हुन्छन् । अझ यसमा पनि अर्काको आलोचना गर्न हामी सधैँ उत्तेजित हुन्छोँ । जुलुस र नारा को गन्ध पाउनु मात्रै के पर्छ हामी टायरको बादल थुपार्छोँ । तपाइको यो लेख निकै गज्जब लाग्यो ।
    धन्यवाद

    ReplyDelete
  2. katha sarai ramro lagyo, nepalko rajniti yestai chha bhotma matrai simit, ani dr haru pani ustai hun

    ReplyDelete
  3. “...समय रहँदै आई पुगेकोले हामी बिरामीलाई बचाउन सफल भयौँ”..........“के गर्नु....उपचारमा त कुनै कसर छाडेका थिएनौ तर मर्ने र बाँच्ने त कहाँ हाम्रो हातमा छ र !“ यस्तै खालका अभिब्यक्ती नेपालका डाक्टरको मात्रा नभै अरु देशका डाक्टरको पनि हुदोँ रहेछ ।

    ReplyDelete
  4. हा हा हा गज्जब छौँ हामी जनताहरु पनि! जाली फटाह नेताहरु भन्दै गाली पनि गर्ने र तिनै जाली फटाहहरुलाई माथि पुर्‍याउन भर्‍याङ् बनेर घण्टौँ घाममा पनि सुकुटी हुने !!

    ReplyDelete
  5. What to do for these all fellows don't know!!

    ReplyDelete