भिखारि र मगन्तेहरुको धेरै कथा तपाईहरुले सुन्नु भएको होला, तर के तपाईलाई थाहा छ?, भारतको मध्य प्रदेशमा यौटा पुरा गाउँनै भिखारिहरुको छ । हो! पुरै बस्ति!!, मध्य प्रदेशमा बैतूल जिल्लाको रानाडोगरी भन्ने गाँउमा पुरै समुदाय भीखारिहरुको छ ।
अनौठो कुरा के भने, यो गाँउमा रहेको १५० घर-परिवारहरु खेती-पाती पनि गर्छन, पशुपालन पनि गर्छन तर सम्पन्न घर नै भएपनि हरेक घरको मुखीया भने भिखारि हुन्छन।
भगवानको भजन गाँउदैं भीख माग्ने भएकोले ‘भजदेवा’ भन्दा भन्दै हाल यीनिहरु ‘बसदेवा’ समुदाय भनेर चीनिन्छन्। र उनिहरुमा यो प्रथा परापूर्व कालदेखी चलिरहेको छ।
घरको आर्थिक स्थिति जस्तो सुकै (राम्रै) भएपनि एकजना मुखियाले भने भिख माग्ने पर्ने, र भिख नमागे श्राप लाग्ने किंबदन्ति भएकोले हाल पनि दिपावली सक्कने बित्तिक्कै यि समुदायका मुखियाहरु भिक्षाटनको लागि देशका बिभिन्न स्थानहरुमा जान्छन। यो आफ्नो पुस्तैनि पेशा भएको र यसलाई कायम नराखे पूर्वजहरुको श्राप लाग्ने उनिहरुको विश्वास छ र उनिहरु यसलाई एकदमै सहज रुपमा लिन्छन।
परम्परा अनुशार करिव आठ महिना भीख माग्नु पर्ने भएकोले घरबाट भीक्षाटनका लागि निक्लेका ‘मुखीया’हरु बर्षा महिनामा मात्रै आ-आफ्नो घरमा फर्कन्छन् । मुखीयासंगै घरमा धन पनि आउने र धन साक्षात लक्ष्मी भएकोले उनिहरु यो भीख माग्ने पेशलाई लज्जाको हैन बरु परम्परा धान्ने पुरानो पेशाको रुपमा लिन्छन ।
यो गाँउमा हाल केहि परिवारहरु सामान्य दृष्टिमा हेर्दा समपन्न देखीन्छन तर परम्परा कायम राख्न र पूर्वजको कोपबाट बच्न भिख माग्ने कार्य भने यथावत चलिरहेछ ।
खै, खासै अचम्म मान्नुपर्ने त केही देख्दिन । नेपाल मा पनि त्यस्ता जातिहरु छन् । जस्तो कि, फेरी लाउने जोगिहरु को एउटा समूह नै छ, या भनौँ एउटा निश्चित थातथलो नै छ र उनीहरुको पुर्ख्यौली पेशा फेरी लाएर माग्नु नै हो, चाहे सम्पन्न नै होस् ।
ReplyDeleteआकारजीले भनेजस्तै, नेपालका फेरी लगाउनेहरुलाई पनि यसै कोटीमा राख्न सकिन्छ।
ReplyDeleteतर यसरी दुनियाँ डुली-डुली माग्नु पनि आफैंमा एउटा रमाइलो र रोमाञ्चक काम हो नि, हैन र?
हाम्रो देशको प्रधानमन्त्रीजस्तै त रै'छ नि भारतको मध्य प्रदेशको मुखिया पनि ! एक लाखको खाटमा सुतेपनि विदेशीसँग भीख माग्न जाने ! भर्खर चीन पुगेर आए, अब भारत अनि अमेरिका जान्छन् भीख माग्न । उनको व्यापक आर्थिक क्रान्ति भनेकै यहि त हो रै'छ ।
ReplyDeletemagne bani bhaye pachhi yestai ho!
ReplyDelete