02 June, 2008

आकाशबाट नोट वर्षेको दिन !

'वर्षा', यो शब्दको कुनै गहन अर्थ छैन त्यसैले यसको परिभाषा वा व्याख्या गरिरहनु नपर्ला। जमिनमा रहेको पानि वाष्पीकरणद्वारा आकाशमा पुगी चिसो हावा वा अनुकुल तापक्रमको सम्पर्कमा आएपछि पानि बादल पानि बनेर जमिनमा बर्षन्छ र यसैलाई हामी वर्षा भन्छौं ।

यदा कदा पुराण-कथामा सुन वा धन वर्षा भएको, कुनै स्थानमा अत्यधिक प्रदुषणले गर्दा अम्लीय वर्षा भएको हामिले सुने पनि आकाशबाट सोझै पैसाको (कागजी नोटको) वर्षा भएको भने यसपाला ईण्डोनेशिया वासीहरुले प्रतक्ष देखे र टिपे पनि

हो, यो कुनै कथा वा मनगढन्ते खबर होईन गत आईतबारका (जुन १, २००८) दिन जाकर्ता बाट करिब ६० कोलोमिटर टाडा रहेको सेरांग सहरको यौटा रंगशाला भित्र र वरिपरि पैसाको वर्षात भयो ।

कुरा के भने त्यहाका एकजना व्यापारी र लेखक जसको नाम अनलाईन पत्रीकाहरुमा Tung Desem Waringin दिईएको छ, ले आफ्नो यौटा नयाँ किताबको विज्ञापन गर्नकोलागी हवाईजहाजबाट कागजि नोटको वर्षा गराएकाछन त्यो पनी नेपाली करिब रु ७ लाख भन्दा पनि बढि।

करोडौ मानिसहरुको आय प्रति दिन १ डलर भन्दा कम भएको ईण्डोनेशियामा केहिदिन अघि देखि नै सो "धन वर्षा" हुने हल्ला चलेकोले सो अवसरमा हजारौंको उपस्थिति रहेको थियो । बढि भन्दा बढि नोट समात्ने घम्सा-घम्सिमा केहि व्यक्तिहरु सामान्य घाईते पनि भएको खबर छ ।

४२ बर्षिय लेखक स्वयंले विज्ञापनको यो शैली 'सनकी' भएको बताएका छन । जाकर्ताको आकाशमा पैसाको वर्षा गराउने उनको चाहना भए पनि स्थानिय प्रशासनबाट अनुमति नपाएपछि उनले यो कार्यको लागि नजिकैको सहरको चुनाव गरेका थिए ।

लौ उनको किताब बिके पनि नबिके पनि यो बर्षातले केहि व्यक्तिहरुलाई पक्कै खुशि बनायो होला। आशा गरौं हाम्रा नेपाली लेखकहरुमा पनि यो सनक सरुवा रोग जस्तै गरेर लागोस र कुनै दिन हाम्रो आकशमा पनि यस्तै धनको वर्षा होस । त्यो भन्दा पहिला सो वर्षाको भिडियो हेर्नु छ भने यहाँ वा यहाँ क्लीक गर्नु होला ।

स्रोत: बिभिन्न पत्रिका र अनलाईन मिडियाहरु

5 comments:

  1. 'कास् मसंग यौटा प्लेन हुन्थ्यो र मसंग बर्षाउन पैसा हुन्थ्यो म हुनेथिएं नेपालमा त्यस्तो सनकी लेखक ।'

    'अनि किताब नि किताब ? किताब नभई कसरी लेखक हुन्थिस ?'

    'ए लाटा , नेपालमा पैसा भए अर्काको सिंगै किताब किनेर आफ्नो नाममा छपाउन पाईन्छ भन्ने थाहा छैन ?'

    भै गो दिलिप जी , हाम्रो नेपालमा त्यस्ता सनकी लेखकहरु नभएकै राम्रो होला । एकदिन भिडमा बटुलेको सयपचासले कसैले चुरोट र रक्सी बाहेक केहि किन्दैनन ।

    ReplyDelete
  2. सन्की लेखक भन्ने कि के भन्ने खै ? किताब को प्रचार गर्ने उपाय त राम्रै लगाको'छ ।

    ReplyDelete
  3. लेखन र तस्बीरले नै प्रष्ट बुझिने समाचारको विज्ञापनको तरिकातिर जान्न म अहिले । मैले भिडियो हेर्न खोज्दा असफल भए । त्यत्ति भन्नु थियो । मेरो ढंग नपुग भा'को हो या अरु नै गडबड हो कुन्नी ?

    ReplyDelete
  4. Such utter madness should be banned, especially in the countries where many people are very poor. It is a grave insult to these poor people.

    This so-called 'writer' doesn't seem to have any sensitivity to other people's feelings.

    ReplyDelete
  5. आफ्नो व्यस्तताको समय खर्चेर कमेण्ट गरिदिनु हुने सबैलाई धन्यबाद् ।

    बास्तबमा यो 'सनक' भन्दा पनि पागलपन हो, जसले आफ्नै गरिव दाजुभाई-दिदी बहिनिहरु प्रति गहिरो मजाक गरेको छ ।

    मैले सोहि कारण यस पोष्टमा सो किताबको नाम पनि लेखिंन (किनकी म सो किताबको विज्ञापन गर्न चाहन्न, खाली व्यङ्य मात्रै गर्न चाहन्छु)।

    कैलाश जी !

    सो भिडियो त्यो 'लिन्क' मा अझै पनि छ ,शायद तपाईको software वा browser ले support गरेन की!

    ReplyDelete