16 March, 2009

ब्लगपेज लाई छरीतो र सर्च ईन्जिनमा भेटिने बनाउनुहोस ।

पाई Blogger (blogger.com) मा ब्लग चलाउनुहुन्छ र ब्लगरको मूल टेम्पलेटमै, कोडहरु हेरफेर नगरी ब्लगीङ गर्नुहुन्छ भने, यौटा कुरा याद गर्नु भएको हुनसक्छ । तपाईका हरेक पोष्टहरु ईण्टरनेट एक्सप्लोरर, फाएरफक्स वा अन्य कुनै ब्राउजरबाट हेर्दा, पोष्टको शीर्षक मात्रै नदेखीकन तपाईको ब्लगको नाम अनी पोष्टको शीर्षक दुबै जोडीएर देखिनेछ (हेर्नुहोस चित्र नं१)। यो पोष्टमा म कसरी सो लामो नामबाट छुटकारा पाउने र हरेक टाँसोलाई छुट्टै पहिचान दिने भन्नेमा केन्द्रित रहने छु । कुरालाई छोटो गर्दा यो सामान्य ह्याकको प्रयोग गरेपछि तपाईको पेजहरु तल दिएका चित्रमा जस्तै परिवर्तन हुनेछन ।(चित्रलाई ठुलो पारेर हेर्न चित्रमै क्लिक गर्नुहोला)

b4 and aftr

(तर यसको फाईदा भने यो सामान्य देखावटी परिवर्तन मात्रै पक्कै हैन, पुरै टाँसो पढनुहोला)

सामान्य अबस्थामा तपाईको ब्लगको हरेक टाँसो वा पेजमा ‘पेज टाईटल’ भन्दा पहिला ब्लगको नाम पनि आफैं झुण्डीन्छ नै । जसले गर्दा तपाईको पेजको टाईटल भद्दा देखीनुको साथै गुगल, याहु वा अन्य कुनै सर्च ईन्जिनमा कसैले तपाईको कुनै लेख-रचना खोजेमा पनि, त्यो समेत ब्लगको नामसंग जोडिएर आउने हुँदा सर्च ईन्जिनमा तपाईको लेख-रचना राम्ररी भेटिदैंनन।

आज म यहा एउटा एकदमै सजिलो ह्याकको बारेमा चर्चा गर्दैछु जसको प्रयोग पछि तपाईको बल्गका हरेक भिन्न पेजहरु (भिन्न टाँसोहरु) आफ्नै शीर्षकले मात्रै चिनिनेछन र यसको प्रयोग पछि ब्राउजरका ट्याबहरुमा मात्रै लामा नाम नदेखिने हैन, तपाईको लेख रचनाहरु पनि सर्च ईन्जिनमा सजिलै (शीर्षककै आफ्नै नामबाट) भेटिनेछन ।

साथै यदि तपाई कुनै पनि सामाजिक संजालमा आफ्ना लिन्कहरु राखेर आफ्नो पोष्टहरु साथिहरुसंग बाँढने गर्नुहुन्छ भने त्यहा पनि अब तपाईको रचनाको शीर्षक मात्रै देखिने छन र पाठकहरु ब्लगको नाम सहितको लामा लामा शीर्षक देखेर अल्मल्लिने छैनन् ।

उदाहरणको लागि यदि तपाईको ब्लगको नाम “This is my world” छ र तपाईले त्यसमा “नया नेपालको खोजी” भन्ने कविता लेखेर फेशबुकमा शेयर गर्नु भयो भने त्यहा करिब करिब यस्तो लिन्क बन्ने छ : “....has posted a new link: ‘This is my world: नया नेपालको खोजी’। तर यो ह्याकको प्रयोग पछि भने तपाईका रचनाहरु चुस्त हुनेछन र केवल “....has posted a new link: “नया नेपालको खोजी” भनेर देखिनेछन ।

आउनुहोस अब यो टाईटल ट्याग परिवर्तन गर्नतर्फ लागौं। यसको लागि सबैभन्दा पहिला आफ्नो प्रयोगकर्ता नाम र कुट शब्द प्रयोग गरी ब्लगरको Dashboard मा जानुहोस अनी Layout हुँदैं Edit HTML मा।

अब त्यहा निम्न कोडहरु खोज्नुहोस:

<title><data:blog.pageTitle/></title>

अब सो को सट्टा तलको कोड कपी गरेर त्यहा पेष्ट गर्नुहोस:

<b:if cond='data:blog.pageType == &quot;index&quot;'>

<title><data:blog.title/></title>

<b:else/>

<title><data:blog.pageName/></title>

</b:if>

अर्थात पुरानो कोड (<title><data:blog.pageTitle/></title>) मेटाएर त्यसको ठाँउमा यो नया कोड हाल्नुहोस अनी "SAVE TEMPLAE" दबाउनुहोस, बस !। अब तपाईको टाईटल ट्याग छरितो देखिने मात्रै हैन, तपाईको टाँसोहरु सर्च ईन्जिनमा पनि पहिला भन्दा सजिलोसंग भेटीनेछन ।

(नोट: कुनै पनि कोडहरु परिवर्तन गर्नु पहिला आफ्नो पुरानो टेम्पलेट ब्याक-अप गर्न भने नभुल्नुहोला )

Enjoy!

20 comments:

  1. Dilipjee,
    Great suggestion.
    I used it and working great!

    ReplyDelete
  2. PS: Btw, will you have idea to create blogroll in different page (instead of side bar)like in Wordpress?

    ReplyDelete
  3. उपयोगी जानकारी को लागि धन्यवाद !

    ReplyDelete
  4. मैले पनि ट्राइ गरेँ । तर खै कता कता अलि खल्लो लाग्यो । अनि केही साइटहरु खोलेर हेरेँ, प्रायजसो: मा साइट को नाम सबैमा हुँदोरहेछ, कन्टेन्ट को शीर्षक सहित । अत: यो खल्लोपना दुर गर्न फेरी म पुर्ववत अवस्थमा फर्किँए ।

    ReplyDelete
  5. राम्रो जानकारीको लागी दाईलाई धन्यबाद... मैले चाहीं ट्राई गर्न बाँकी छ

    ReplyDelete
  6. उपयोगी जानकरिको लागि धन्यबाद दिलिप जी । कपि त गरेसके फुर्सदमा टाँस्ने छु ।

    ReplyDelete
  7. मलाई पनि उपयोगी लाग्यो यो टाँसो र यसमा उठाइएको प्राविधिक पक्ष । पक्कै अपनाएर हेर्नेछु । यति चाँजोपाजोका लगि धेरै आभार दिलीप दाइलाई ।
    अरू त के भनूँ र, मुखले जनाउ दिनु न हो ।

    ReplyDelete
  8. this is better, but I am not sure about the search engine issue.

    ReplyDelete
  9. Good information! I will try soon.

    ReplyDelete
  10. दिलीप जी तपाईको लेआउट राम्रो छ तर हिजो आज लेफ्ट साइड मा भएको तपाई को फोटो र ' अल पोस्ट ' ले तपाई को लेखाईलाइ अलीकती छोपेको देखिन्छ ... त्यसैले पुरा कुराहरु पढ़न अलिक गाह्रो भएको छ ... मैले हेर्दा त .........

    ReplyDelete
  11. Sumiran Ji!

    If you mean to create a blogroll in 'post page' it can be done manually by simply by adding hyperlinks to those specific Blog names. As blog lists are also added in blogroll manually (not as HTML,script or widget) I am not aware if any Gadget are available for that.

    But manually you can do it by listing all your blog list in a page and giving a tab or link in your main page for that.
    -------------------------------

    आकारजीले खल्लो लाग्यो भन्नु भयो, मलाई भने यसो गरेपछि अलिकता 'सफा' जस्तो लागेको छ हे हे।
    ----------------------------------
    Blogger Dai!

    I did googled again and found that it is referred by a lot of Blog Guru's also. They are also claiming that the existing tag lines are not good for SEO (search engine optimization.)

    It actually helps to show the keywords, which appear in your post titles to searchers. In this way your blog will not be restricted to only the blog title, so people will not only know about blog title but also about what you write.

    You can give a try... if not satisfied you can always revert it back to it's default status.
    ---------------------------------
    बेदनाथजी र सबै साथिहरुलाई टिप्पणीको लागि धन्यवाद् ।

    ReplyDelete
  12. i like it. I will try soon. thanks for nice information.

    ReplyDelete
  13. thanks for the information dai !! i will surely use it when i have time !!

    ReplyDelete
  14. मलाई मनपर्ने रंगमा दाईको ब्लग देख्दा ख़ुशी लाग्यो...

    ReplyDelete
  15. dilip dai hajur le yo html lekheko kasri display hun6? malai ni sikai dinu na. maile html post ma lekhe bhane bilai hal6?

    ReplyDelete
  16. Ashish जी, ब्लगरको पोष्ट पेजमा केही कोडहरु सिधै टाईप गरेर पब्लिस गर्न खोजेमा ईरर मेसेज आउँछ । त्यसैले कोड पोष्ट गर्न सबैभन्दा सजिलो उपाए Windows Live Writer प्रयोग गर्नुहोस । यस बारेमा मैले यही ब्लगमा पनि यहाँ सो सफ्टवेयर कसरी प्रयोग गर्न सकिन्छ भनेर लेखेको छु ।

    तर कहिलेकाही मात्रै कोड प्रयोग गर्नु छ भने, यो कोड पब्लिस गर्ने साधारण सूत्र याद गर्नु पर्छ । ब्लगरको कमेण्ट बक्समा केही कोडहरु हाल्न मिल्दैन त्यसैले मैले सो सूत्र मेरो साईडबारको ‘गफ-गाफ’ मा दिएको छु, हेर्नु होला ।

    .

    ReplyDelete
  17. Thanx Dilip jee, this is too wonderful information. Really your work is so initiative.

    ReplyDelete
  18. namaskar Dilip Daju,tapailai dherai dherai dhannebad yo useful tips ko lagi ,maile pani yo tips ko prayog gare tar kam garena kin hola ek kehi sujhab paune aashama chhu .thanks

    ReplyDelete
  19. Thank You Very Much for Good Idea !!

    ReplyDelete