15 December, 2010

आकाशे यात्रा र वैभवशाली हिमालहरु

लेख्ने मुड र विषयहरू प्रशस्तै हुँदा हुँदै पनि समयको उचित व्यवस्थापन नहुँदा यसपाला केही लेख्न भ्याइएन । मनमा भएका विषयहरु फुर्सद हुने बेलासम्ममा 'बासी' भएनन् भने पछि लेखौँला भन्ने विचार गर्दै यसपाला भने केही तस्विरहरुले ब्लग भर्दै छु ।

यही डिसेम्बर महिनाको ७ तारिख देखि चिनको यात्रामा निस्केको थिएँ । काठमाण्डौँबाट ल्हासा उड्ने जहाजको उडान समय जम्मा एक घण्टा मात्रै हुने भएपनि मौसम राम्रो भएको अवस्थामा त्यो एक घण्टा आँखा नै झीम्क्याउन नभ्याउने गरि वैभवशाली हिम श्रीङ्खलाहरु को दर्शन हुन्छ । त्यसपछि ल्हासाबाट छङ्तु जाने उडानबाट पनि अनगिन्ती थुम्काहरु देखिन्छन् । क्यामरा नबोक्ने पुरानो बानीका कारण यसपाला पनि त्यो वैभवलाई केवल मोबाइलको सहारामा कैद गर्ने प्रयास गरीयो । आउनुस आजको पोस्टबाट तपाईँ पनि आकाशे यात्रा गर्नुस (तस्विरहरु ठूलो गरेर हेर्न कुनै पनि तस्विरमा क्लिक गर्नुहोला--तस्विर आफैँ अर्को पेज वा ट्याबमा ठूलो आकारमा खुल्ने छ)

Himal (2)

(जहाजको सिसा भीत्रबाटै र मोबाइलबाटै भएपनि खिचियो तस्विर !)

Himal (1)

(वैभवता क्लोजअप गर्ने यो सानो प्रयास Smile )

Thumka

(ल्हासा-छङ्तु उडानबाट देखिने अनगिन्ती बेनामी थुम्काहरु)

All in one

(लेक-वेसी,हिमाल-पहाड, आकाश-क्षितिज एकै ठाउँमा- ल्हासा-छङ्तु उडानको अर्को दृश्य)

Distance view

(केही धमिलो नै भएपनि मलाइ मन परेको एउटा अर्को तस्विर)

7 comments:

  1. निकै नै राम्रा तस्बिरहरु...

    ReplyDelete
  2. फोटोहरु मन पर्यो दिलिप दाई

    ReplyDelete
  3. तस्विरहरु साह्रै राम्रा र खुलेका छन् तर सेताम्मे हिउँहरु देखिनुपर्ने समय मा पनि काला थुम्काहरु देख्दा भने, मन साह्रै अमिलो भएर आउँछ ।

    ReplyDelete
  4. Mobile bata nai yesto ramro photo, Dilip dai yeuta ramro camera kinera rakhnu paryo hai aba :)

    Rajiv

    ReplyDelete
  5. वैभवशाली हिमालहरुको दर्शन गराउनुभएकोमा दिलिप सरलाई धन्यवाद! मौसम खुलेको दिनमा काठमाण्डौँ-ल्हासा उडानको अनुभव साँच्चिकै वर्णनातीत हुँदो रहेछ।

    ReplyDelete
  6. मोबाइल बाट र शिशा भित्रै बाट भएपनि तस्विर निकै सुन्दर र लोभलाग्दा पाइयो दिलीप दाजु । मन प्रफुल्ल पार्ने हिमाली छायाहरु ।

    ReplyDelete