11 May, 2010

नयाँ नेपाल !, नयाँ परिभाषा !!


एक बोरा चामल,
दुई धार्नी आलु,
एक घ्याम्पो ग्यास ।
आगामी आन्दोलनको तयारी !


म नै ठीक,
म नै राम्रो,
म नै योग्य ।
नेपाली नेता !


सुकिलो लुगा लाउने,
वसन्तपुर धाउने,
शान्ति गीत गाउने ।
वेईमान जनता !

४ 
दलको झण्डा बोक्ने,
बौद्धिकता नि खोक्ने,
पाए जनतालाई ठोक्ने।
मानव अधिकारवादी !


रिक्साको हावा फुस्काउने,
ज्यामीको ढाड खुस्काउने,
हाहाकार देखेर मुस्काउने ।
सर्वहाराको क्रान्ति !

20 comments:

  1. नेपाल फर्किएबाट निकै राजनितिले छोएको छ जस्तो छ हाम्रो दिपिपजीलाई.। देशको अबस्था पनि यस्तै छ, असर नगरोस पनि किन।। तर केही त पक्कै चेतना भया...। हे हे

    ReplyDelete
  2. गतिला परिभाषाहरू यिनै हुन |

    ReplyDelete
  3. राम्रो र रमाईलो लेख ।

    ReplyDelete
  4. ब्यङ्ग्य मिश्रित राम्रो रचना।

    ReplyDelete
  5. नयाँ नेपालको असली परिभाशा, दाजु । डाडु पन्यू खेलाउनेहरुको हालिमुहाली अनी निमुखाको कन्तबिजोक । यस्तै रहेछ नयाँ नेपाली चलन ।

    ReplyDelete
  6. असली परिभाषाहरु! देशको दुर्गतिको सही-सटिक अभिब्यक्ति

    ReplyDelete
  7. सटिक परिभाषाहरू । वास्तवमा यथार्थ यस्तै थियो अन्तिको आन्दोलनको । अनि जन्मदिनको धेरै धेरै शुभकामना पनि है दाजुलाई ।

    ReplyDelete
  8. Superb definition , naya nepal ko , hehehe

    ReplyDelete
  9. गजब परिभाषाहरु ।

    ReplyDelete
  10. व्यंग्यात्मक परिभाषा !

    ReplyDelete
  11. एकदम गज्जब दाइ !!! मनपर्यो...वसन्तपुरवाला अझै मनपर्यो..ताजाताजै अनि आफू पनि भएको भएर होला...

    ReplyDelete
  12. हरेक आन्दोलनमा सडकभन्दा बाहिर पो बढ्ता जुझारु आन्दोलनकारी हुने रहेछन् ।
    एक घ्याम्पो ग्यास वा एउटा खटारो स्टोभको विम्बले त्यस्तै दर्शाउँछ ।
    सदाबहार सङ्क्रमणकालको चित्र सफा छ, धमिलोपनको । रिक्साको हावा फुस्काउने कतिपय घटनाको साक्षी म पनि हुँ ।

    ReplyDelete
  13. हरेक पक्षमा मिश्रित यथार्त व्यंग्य हरु! रमाइलो र चेतनामुलक

    ReplyDelete
  14. sabai ramro. yo chhai ali maan pareko.
    रिक्साको हावा फुस्काउने,
    ज्यामीको ढाड खुस्काउने,
    हाहाकार देखेर मुस्काउने ।
    सर्वहाराको क्रान्ति !

    ReplyDelete
  15. हा हा हा !
    सर्वहारा को क्रान्ति नै सबैभन्दा कडा दनक रह्यो !

    ReplyDelete
  16. नया परिभाषा बडो चोटिलो लाग्यो दिलिप जी, काव्यिक राग सधैजस्तै कडा छ है तपाइको हरकैले भुतुक्क पार्ने ।

    ReplyDelete
  17. समसामयिक र चोटिला परिभाषाहरु !!

    ReplyDelete
  18. dai tapaita murkha ..

    ReplyDelete