Showing posts with label कम्प्युटर कुना. Show all posts
Showing posts with label कम्प्युटर कुना. Show all posts

25 November, 2010

URL shortner -- सुविधा, खतरा र सुरक्षा --

url shortner वा लामा वेब एड्रेसलाई छोटो बनाउने अनलाइन सर्विस कुनै नौलौ कुरा होइन । इन्टरनेट सञ्जालको महासागरमा रहेका धेरै लामा लामा ठेगानालाइ यिनले छोटो बनाइदिन्छन् र छोटो लिन्क ट्विटर, फेसबुक वा अरु सामाजिक सञ्जाल लगायत इमेल आदिबाट पनि अरूलाई बाँड्न सजिलो हुन्छ ।

उदाहरणको लागि यदि तपाईँले गुगलको क्रोम अपरेटीङ सिस्टमलाई कसरी पेन ड्राइबबाट चलाउने भन्ने तलको लिन्क हेर्नु भयो भने यो लिन्क ८२ अक्षरको छ:

http://www.makeuseof.com/tag/download-google-chrome-os-and-run-on-a-real-computer/

अब तपाईँले http://goo.gl/ मा गएर यही लिन्कलाई घटाउनु भयो भने यही ठेगाना जम्मा १९ अक्षरको मात्रै हुनेछ अर्थात http://goo.gl/OPSVJ हुनेछ । (तलको चित्र हेर्नुस) ।

Google URL Shortener

त्यस्तै http://tinyurl.com/ बाट यसलाई घटाउनु भयो भने यही ठेगाना जम्मा २६ अक्षर अर्थात http://tinyurl.com/yb8ozjr मा परिणत हुन्छ ।

27 October, 2010

के तपाईँको मोबाईल ब्राउजरमा नेपाली अक्षर देखीदैँन ?

मोबाइल नेटवर्कको विस्तार सँगै जिपिआरएस, ३ जी सर्विस र कतै कतै ‘मोबाइल अफिस’ आदि भनिने मध्यम र द्रुत गतिका इन्टरनेट सुविधा पनि सुलभ हुँदै जाँदा, मोबाइल बाटै इन्टरनेट चलाउनेहरुको जमात पनि बढ्दै छ । अर्को तर्फ नेपाली युनिकोडको विकाससँगै इन्टरनेटमा अंग्रेजी भाषाकै मात्रै अधिपत्य समाप्त भैसकेकको छ र अहिले बढी भन्दा बढी साइटहरु नेपाली भाषामै उपलब्ध छन् । पत्रिका वा ब्लगकै कुरा गर्ने हो भने नेपाली भाषामा लेखिने यस्ता पेजहरु गन्न मुस्किल पर्ने हिसाबमा बढ्दै गएका छन् ।

तर...., हो तर यदि तपाईँको मोबाइलले नेपाली भाषा सपोर्ट गर्दैन भने के गर्ने त ? । आजको यो पोस्ट तपाईको नेपाली नचिन्ने मोबाइल सेटको ब्राउजर लाई कसरी नेपाली चिन्ने बनाउनेमा केन्द्रित छ ।

सामान्यतया नेपाली भाषा 'नचिन्ने' मोबाइल लाइ नेपाली ‘चिन्ने’ बनाउन निम्न तरिकाहरु छन् :

  • मोबाइलको ‘फर्म वेयर’ ह्याक (सम्पादन) गरेर ।
  • उपलब्ध भएको खण्डमा मोबाइलमा ‘ल्याङ्वेज प्याक’ हालेर ।

तर यी दुबै तरिका आपनाउन निश्चित प्राविधिक ज्ञान हुनु आवश्यक छ र यो सम्पूर्ण प्रकृया एकदमै संवेदनशील भएकोले निकै सावधानी आपनाएर गर्नु पर्छ । त्यसैले म यो जटिल प्रकृयातर्फ जान्न पनि । अत: आजको पोस्टमा म यी दुई बाहेकको एकदमै सरलतम विधिको चर्चा गर्दै छु ।

01 September, 2010

फेरि केही नि:शुल्क सफ्टवेयरहरु !

हाम्रो दैनिक जीवनमा कम्प्युटर एउटा सहयोगी मात्रै हैन्, करिब करिब छुटाउनै नमिल्ने साधन बन्दै गएको छ। कम्प्युटरको विकास सँगै हरेक कामलाई सहज र सरल बनाउन दिनदिनै झन् झन् नयाँ नयाँ र उपयोगी सफ्टवेयरहरु बन्ने क्रम जारी छ। केही वर्ष अगाडिसम्म कार्यालयको काम वा अध्ययन आदिमा मात्रै बढी प्रयोग हुने कम्प्युटरको प्रयोग-क्षेत्र आज सोच्नै नसकिने हिसाबले बढेको छ । अनेकौँ सफ्टवेयरको उपलब्धता र विविधताका बीच आजको मानिस हरेक जटिल वा बढी समय लाग्ने कामको लागि सरलतम र सूक्ष्मतम सफ्टवेयरको खोजीमा लागेको छ ।

आउनुस, आजको पोस्टमा हामी पनि हाम्रा केही लामो कामलाई छोटो बनाउने वा जटिल कार्यलाई सरल बनाउने केही सफ्टवेयरहरुको चर्चा गरौँ । आजको पोस्टमा दिइएका सबै सफ्टवेयरहरू कानुनन नि:शुल्क र portable अर्थात् वहनीय सफ्टवेयरहरु हुन। जसलाई डाउनलोड गरेर सिधै चलाउन सकिन्छ । यीनलाई कम्प्युटरमा स्थापना गर्नु पनि जरुरी छैन र यी सबै सफ्टवेयरहरू पेन ड्राइव, कुनैपनि मेमोरि कार्ड वा एक्सटर्नल ड्राइबमा राखेर जुनसुकै कम्प्युटरमा बिना इन्स्टलेसन सिधै चलाउन सकिन्छ ।

Mouse Jiggle वा कम्प्युटर झुक्याउने साधन: अनजिप गर्दा पनि जम्मा 50 kb मात्रै हुने यो एउटा सानो तर एकदमै उपयोगी पोर्टेवल सफ्टवेयर हो (कमसेकम मलाई भने एकदमै काम लागेको छ Hot smile)।

नामबाटै थाहा हुन्छ यो कम्प्युटरको माउसलाई सक्रिय राखिरहने सफ्टवेयर हो । सामान्यतया, हामीले कप्म्युटर खोलै राखेर केही समयसम्म कुनै ‘कि’ वा माउसको प्रयोग गरेनौँ भने निश्चित समय पछि कम्प्युटरको स्क्रिनसेवर सक्रिय हुन्छ। अथवा कम्प्युटरको डिफल्ट सेटिङ वा प्रयोगकर्ताले चयन गरेको विकल्प अनुसार केही समयपछि कम्प्युटर लगअफ हुने, वा तोकिएको समय पछि ‘स्लीप’ मोडमा जाने वा बन्द हुने गर्छ । साधारण अवस्थामा यो उपयोगी भए पनि कहिलेकाहीँ भने यो समस्या बन्छ। जस्तै:

25 July, 2010

के तपाईँलाई गुगलका यी ‘जादूहरु’ को बारेमा थाहा छ ?

गुगल, ईन्टरनेट प्रयोगकर्ताको लागि एकदमै परिचित नाम मात्रै हैन, प्राय: कुनै पनि सूचना वा जानकारी लिनको लागि रोजिने एउटा खोजी सहायक र ज्ञान भण्डार नै पनि हो । तर प्राय: गुगललाई केही शब्द, वाक्य वा सिमित सूचना प्रविष्ट गरेर सो बारेमा जानकारी लिने सयन्त्रको रुपमा मात्रै बढि प्रयोग गरिने गरेको छ ।

वास्तबमा गुगलबाट कुनै शब्द वा वाक्यांशको आधारमा जानकारी खोज्ने मात्रै हैन, अन्य धेरै कामहरु गर्न सकिन्छ। साथै केही यस्ता तरिकाहरु छन्, जसका मद्दतले हामी आफूलाई चाहिएको सूचना वा जानकारी अझ छिटो वा सरल तरिकाले प्राप्त गर्न सक्छौं । आजको पोस्टमा गुगलका यस्तै उपयोगी तर कम जानकारीमा रहेका केही उपयोगिताहरूको चर्चा गर्दै छु :

गुगलका केही छरितो उपयोग वा जादूको कुरा गर्नु अगाडि एउटा कुरा: यसका कुनै कुनै अनुप्रयोगहरुले अंग्रेजी भाषा माध्यममा मात्रै काम गर्ने हुनाले यदि तपाईको गुगलको भाषा माध्यम अंग्रेजीमा छैन भने पहिला www.google.com मा गएर पेजको माथील्लो दायाँ भागमा भएको विकल्पबाट भाषालाई अंग्रेजीमा बदल्नुहोस । (Search Settings>>Interface Language मा गएर ‘English’ चयन गरी ‘Save Preferences’ वा प्राथमिकताहरु>>माध्यम भाषा मा गएर ‘अँग्रेजी’ चयन गरी ‘मेरो रोजाइहरु सम्झनुहोस्’ गर्न सकिन्छ)

गुगललाई शब्दकोषको रुपमा प्रयोग गर्नुहोस: माथी भनेजस्तै गुगलले, सर्च इन्जिनको मात्रै नभइ शब्दकोषको पनि काम गर्न सक्छ। यदि तपाईँलाई कुनै (अंग्रेजी) शब्दको माने आएन भने तपाईँ www.google.com मा जानुहोस र आफूले नबुझेको शब्दलाई define: लेखेर सो भन्दा पछाडि खोजी कोष्ठमा हाल्नुहोस् । उदाहरणको लागि यदि तपाईँलाई quantum को अर्थ थाहा भएन भने गुगलको सर्च बक्समा define: quantum लेख्नुहोस् र कम्प्युटरको इन्टर दबाउनुहोस। तपाईँको स्क्रिनमा तुरन्तै सो शब्दको विविध अर्थ र प्रयोगहरुको सूची देखिने छ । चित्रमा हेर्नुहोस:(चित्रमा ‘Siddhi’ शब्दको अर्थ खोजिएको छ)

21 June, 2010

के तपाईँको कम्प्युटरमा Nepali Spell Checker छ ?

Nepali spell checker नेपाली भाषाको हिज्जे वा ह्रस्व दीर्घको शुद्धाशुद्धि गर्ने काम सजिलो छैन । कम्प्युटरमा काम गर्ने र त्यसमाथी पनि नेपाली युनिकोडमा लेख्ने हामीहरू मध्ये धेरैले, अंग्रेजीमा जस्तै नेपाली भाषामा लेखिएका कुराहरूको पनि कम्प्युटर आफैँले शुद्धाशुद्धि गरी दिए कत्ति सजिलो हुन्थ्यो भनेर सोचेका वा खोजेका हुनसक्छौं ।

प्राय: माइक्रोसफ्टका अपरेटिङ् सिस्टम र माइक्रोसफ्टकै अफिस चलाएर पनि हामीहरू मध्ये धेरैलाई सायद यो कुराको जानकारी छैन होला कि माइक्रोसफ्टकै अफिसमा पनि नेपाली भाषाको ह्रस्व दीर्घको शुद्धाशुद्धि गर्ने अनुप्रयोग जडान गर्न र चलाउन सकिन्छ ।

हुन त माइक्रोसफ्ट अफिसका सिडी वा डिभिडीसँगै यो सुरुमै ‘बन्डल’ भएर नआउने भएकोले पनि यस्तो भएको हुनसक्छ । अनि माइक्रोसफ्टले शुद्धाशुद्धि जाँच गर्ने छुट्टै सफ्टवेयर नभै Nepali LIP (Language Interface Pack) मा मात्रै यसलाई समावेश गरेकोले पनि कम्प्युटर क्षेत्रमै कार्यरत रहेका मेरा धेरै ‘कम्प्युटर भेटरान’ साथीहरूलाई समेत यस बारे थाहा नभएको पाएँ ।

15 June, 2010

तपाईँकै कम्प्युटरका केही कुरा-जुन तपाईलाई थाहा नहुन सक्छ-

कम्प्युटर आफैंमा छिटो र छरितो काम गर्ने यन्त्र हो। तर कुनै पनि काम गर्न यसका पनि आफ्नै प्रक्रियाहरु हुन्छन् र फरक फरक कामका लागी किबोर्डका फरक फरक कि दबाउनु वा माउसका दाँया वा बाँयातर्फ क्लिक गर्नुपर्ने हुन्छ । तर यस्ता केही सर्टकट र प्रक्रियाहरु छन जसका मद्दतले कम्प्युटरमा २-३ स्टेप लगाएर गर्नुपर्ने कामलाई एकै क्लिकमा गर्न मिल्छ भने, साधारण अबस्थामा कम्प्युटरमा उपलब्ध नभएका केही नयाँ उपयोगहरुलाई कम्प्युटरमा सक्रिय गराउन सकिन्छ । यस्ता प्रयोगले कम्प्युटरलाई झनै छिटो र सरल बनाउँछन् । आजको यो पोस्टमा कम्प्युटर ‘कि’ र माउसको मद्दतले कामलाई छोट्याउन र केही नयाँ अनुप्रयोगहरुलाई सक्रिय गराउनेतर्फ केन्द्रित गर्दैछु । यि कुनै नयाँ कुरा होईनन्, तर सबैलाई थाहा नहुन भने सक्छन्:

PrtScrn Print Screen को प्रयोग र स्क्रिनशट: हुन त कम्प्युटरमा भएका कुनै पनि ईमेजको स्क्रिनशट लिनकोलागि आजकल खोजेभन्दा बढी सफ्टवेयरहरु पाईन्छन् । तर विण्डोजको अपरेटिङ सिस्टममा आफैं र धेरै पहिलेदेखी यो सुविधा उपलब्ध छ। यदि तपाई कम्प्युटरमा देखिएका कुनै पनि चित्र, फाईल आदिको छिटो स्क्रिनशट लिन चाहनुहुन्छ भने आफ्नो कम्प्युटरको किवोर्डमा हेर्नुहोस। कम्प्युटर किवोर्डमा प्राय: माथीको लहरमा एउटा “PrtScrn”  (वा Print Screen/ SysRq)लेखिएको कि हुन्छ (बायाँपट्टी चित्रमा हेर्नुस)। सो कि लाई दबाउने बित्तिकै तत्काल कम्प्युटर मोनिटरमा रहेको दृश्यको स्क्रिनशट तयार हुन्छ ।

13 April, 2010

केही उपयोगी नि:शुल्क संसाधनहरु !

आजको कम्प्युटर युगमा मानिस मानिस हरेक समस्याको समाधान वा जानकारी कम्प्युटर बाटै खोज्छन्। कम्प्युटरबाट विभिन्न समस्याको समाधान गर्ने वा जानकारी लिने कार्यसंगै हजारौं, लाखौं सफ्टवेयरहरु पनि बनेकाछन् ।

यस अघिका योयो पोस्टहरुमा मैले केही नि:शुल्क तर उपयोगी सफ्टवेयरहरुको जानकारी बाँढेको थिए । यस पोस्टमा भने केही वेब-एप्लिकेशन अर्थात, कम्प्युटरमा डाउनलोड वा ईन्सटल नगरीकनै सीधै “अनलाईन” उपयोग गर्न सकिने केही नि:शुल्क अनुप्रयोगको जानकारी गराउँदै छु ।

हुन त अनलाईन एप्लिकेशन भन्दा आफ्नै कम्प्युटरमा ईन्स्टल गरिएका सफ्टवेयरहरु प्रयोग गर्न सरल वा सहज हुनसक्छन् तर केही यस्ता कार्यहरु पनि हुनसक्छन जसका लागि अनलाईन एप्लिकेशन वा ‘Webapp’ अझ प्रभावकारी हुनसक्छन । आउनुहोस आज केही यस्तै एप्लिकेशनको जानकरी लिउँ:

Virus scan Virus Chief- कम्प्युटर भाईरसको अनलाईन उपचार: कम्प्युटर भाईरसबाट कुनै न कुनै समयमा प्राय: सबैजना प्रयोगकर्ताहरु प्रभावित भएकै हुन्छन् । बजारमा सशुल्क र नि:शुल्क गरी कैयौं भाईरस ‘तह लगाउने’ सफ्टवेयर भएपनि ति कुनैपनि एण्टी भाईरसले तपाईको कम्प्युटरलाई १००% सुरक्षीत राख्न सक्दैनन् । कहीलेकाही त यस्तोसम्म पनि हुन्छ कि तपाईको भाईरस किलरले कम्प्युटरमा भाईरस भएको जानकारी त दिन्छ तर त्यसलाई ‘मार्न’ सक्दैन ।

सायद यस्तै बेलामा तपाईलाई यो Virus Chief काम लाग्छ । एउटै पेजमा मल्टिपल भाईरस हटाउने एप्लिकेशनहरु रहने भएको र ति सबै सधैं तत्काल प्राप्त अपडेटसंग सुसज्जीत हुने भएकाले तपाईले आफ्ना कम्प्युटरमा भएका सन्दिग्ध फाईललाई यहि एउटै पेज मार्फत एकै पटक तर भिन्न भीन्न एप्लिकेशनको मद्दतले ‘सफा’ गर्न सक्नुहुन्छ ।

17 March, 2010

चलाउने हैन त नि:शुल्क अनलाईन अपरेटिङ सिस्टम ?

सर्च ईन्जिनबाट सुरु गरेर सफ्टवेयर हुँदै अपरेटीङ सिस्टम समेत विकास र वितरण गर्न तयारी गर्दै रहेको गुगलले केही समय पूर्व उसको आगामी अपरेटीङ सिस्टमको बारेमा जानकारी दिएको थियो । पूर्णतया वेबबेस्ड रहने उसको यो अपरेटीङ सिस्टम अबको केही महिनापछी सार्बजनिक पनि हुँदैछ ।

हुन त गुगलकै अपरेटीङ सिस्टम वा ‘Google O.S.’ को विकासक्रमसंगै यस्ता क्लाउड कम्प्युटिङका कुराले बढि चर्चा पाउन थालेको भएपनि वेबबेस्ड अनलाईन अपरेटीङ  सिस्टम ईन्टरनेटमा रम्नेकालागि खासै नयाँ कुरा भने होईन ।

ईन्टरनेटमा खोज्दैजानु भयो भने सशुल्क र नि:शुल्क यस्ता धेरै अनलाईन अपरेटिङ सिस्टमहरु पाईन्छन । आजको यस पोस्टमा म नि:शुल्क उपलब्ध यस्ता केही अपरेटीङ सिस्टमका बारेमा जानकारी दिने प्रयास गर्दैछु ।

नि:शुल्क रुपमा उपलब्ध यस्ता केही अपरेटीङ सिस्टमको जानकारी भन्दा पहिला यसको उपयोगिता र फाईदाका बारेमा सामान्य बुँदाहरु:

:- ईन्टरनेटको सुबिधा भएको खण्डमा आफ्नो कम्प्युटरमा इन्स्टल नगरीकनै चाहिएको बेलामा प्रयोग गर्न सकिने ।

:-संसारको जुनसुकै कुनाबाट पनि चलाउन सकिने भएकाले तपाई जहाँगएपनि तपाइ आफ्नै अनुकुल र परिचित सेटीङमा काम गर्न सक्नुहुन्छ ।

:-कामको सिलसिलामा यताउती हिँडदा यसलाई अनलाईन ‘व्याकअप’ को रुपमा प्रयोग गर्न सक्नुहुन्छ र यो अन्य अनलाईन व्याकअप भन्दा फरक सरल र सहज भएकाले आफ्ना फाईल-फोल्डर र डाटाहरु कुनै पनि स्थानबाट हेर्न, सम्पादन गर्न र सेयर गर्न सक्नुहुन्छ ।

21 February, 2010

विण्डोज एक्सपी लाई चुस्त र छरितो बनाउनुहोस

हुनत माइक्रोसफ्टको विण्डोज ७ बजारमा आएको पनि केही समय भैसकेको छ र माइक्रोसफ्टका ईन्जिनियरहरु विण्डोज ८ को विकासक्रममा छन । तैपनि केही समय अगि मात्रै गरिएको एउटा सर्वेक्षणले अझै पनि माईक्रोसफ्टको अपरेटीङ सिस्टम मध्य सबैभन्दा बढि प्रयोग भैरहेको अपरेटीङ सिस्टममा विण्डोज एक्सपी रहेको तथ्याकं सार्वजनिक भएको छ ।

सामान्यतया कुनै पनि अपरेटिङ सिस्टम केहि समयको निरन्तर प्रयोग पछि सुरुको भन्दा ढीला हुनथाल्छन । तर केही सामान्य विधिको प्रयोगबाट यसलाई पून: छरितो बनाउन सकिन्छ । कम्प्युटरको गतिलाई बढाउने २ वटा उपाएहरु छन । पहिलो त्यसमा प्रयोग हुने रिसोर्से वा हार्डवेयर अपग्रेड गरेर वा बढाएर। अनि दोस्रो हो उपलब्ध रिसोर्सहरुको न्यूनतम प्रयोगबाट अधिकतम फाईदा लिने । आउनुस हामी रिसोर्सहरुको अपग्रेड नगरीकनै हाम्रो पुरानो, प्यारो विण्डोज एक्सपीलाई छरितो गर्नतर्फ लागौं

26 December, 2009

केही नि:शुल्क तर उपयोगी सफ्टवेयरहरु ।

सामान्यतया कुनै पनि चिज जत्ति महंगो भयो उत्ती राम्रो हुन्छ भन्ने मानसिकता प्राय: सबैमा हाबी हुन्छ। तर सफ्टवेयरको कुरा गर्ने हो भने यो सधैं लागु हुँदैंन। नि:शुल्क पाईने धेरै यस्ता सफ्टवेयरहरु छन, जुन पैसा तिरेर पाईने जत्तिकै वा त्यो भन्दा पनि राम्रा पनि हुन सक्छन ।

आजको पोस्टमा म, मैले प्रयोग गर्दै आएको केही यस्ता नि:शुल्क तर अत्यन्तै उपयोगी सफ्टवेयरको बारेमा चर्चा गर्दै छु ।

Team Viewer: (File size 5.69 MB)

यो एउटा रिमोट कन्ट्रोल सफ्टवेयर हो । अर्थात यसको प्रयोगबाट (ईण्टरेनटको सुबिधा छ भने) तपाई आफ्नो घरको कम्प्युटर संसारको कुनै पनि कुनाबाट चलाउन सक्नुहुन्छ वा आफ्नो कम्प्युटर अरु कसैलाई चलाउन दिन पनि सक्नुहुन्छ ।

साधारण भाषामा भन्दा, संसारको कुनै पनि कुनामा इण्टरनेट सञ्जालमा रहेको अर्को कम्प्युटरलाई आफ्नै कम्प्युटर जस्तै गरेर चलाउन सकिने र सो कम्प्युटरको हार्डवेयर, सफ्टवेयरमा पुर्ण नियन्त्रण गर्नुको साथै आफ्नो र अर्को सिस्टममा रहेको फाइल तथा डाटाहरु एक अर्कासंग बाँढन (सेयर गर्न) र आवश्यक परेको बेलामा हजारौं किलोमीटर परबाट पनि अर्को कम्प्युटर मर्मत तथा सुधार गर्न समेत यो काम लाग्छ ।

05 December, 2009

फायरफक्सलाई छरितो र बहुउपयोगी बनाउनुहोस ।

ईण्टरनेट चलाउने तर फायरफक्स वा Mozilla Firefox को बारेमा नसुन्ने सायदै कोही होलान । नि:शुल्क भएकोले मात्रै हैन, यसमा जडान गर्न सकिने विभिन्न एडअन र यसलाई आफुले चाहेजस्तो गरी छेड-छाड गर्न सकिने लचकताका कारण ईन्टरनेट चलाउनको लागि फायरफक्स सधैं मेरो पहिलो छनोट रहने गरेको छ ।

आजको पोष्टमा फायरफक्सलाई अझ उपयोगी, सरल र छिटो बनाउने केही उपयोगी टिप्स र एडअनको चर्चा गर्दैछु:

एक क्लिकमा आफुलाई मनपर्ने साइटमा पुग्न: हामीहरु आफु बारम्बार छिर्ने साईटलाई छीटो पुग्नको लागि बुकमार्कमा राख्‍ने गर्छौं । तर यदि तपाई बुकमार्कमा राखिएको साईटमा अझै छिटो पुग्न चाहनुहुन्छ भने यसो गर्न सक्नु हुन्छ:

सबैभन्दा पहिले बुकमार्कमा भएको कुनै साईटको ठेगानामा राईट क्लिक गर्नुहोस र त्यसको Properties मा जानुहोस। अब खुल्ने सानो विण्डोको “Keywords” लेखिएको खाली ठाउँमा आफ्नो सुबिधाको कुनै अक्षर वा अक्षर समुह टाईप गर्नुहोस र “Save” थिच्नुहोस।  अब जब जब तपाइ सो ‘कि वर्ड’ एड्रेसबारमा टाईप गरेर ईन्टर दबाउनुहुन्छ, तपाइ एक्कै चोटी उक्त साईटमा पुग्नुहुन्छ । उदाहरणको लागि तलको चित्र हेर्नुहोस ।

28 October, 2009

के छ त विण्डोज ७ मा ?

केही महिना अगाडि आफ्नो बिटा भर्सन पहिलो पटक नि:शुल्क रुपमा डाउनलोडको लागि उपलब्ध गराएको भएपनि माईक्रोसफ्टको अपरेटिङ सिस्टमको नयाँ अबतार “विण्डोज ७” भर्खरै सार्वजनिक भएको छ । राम्ररी चलाउन नभ्याएकोले यसका विविध पक्षबारे जानकारी नभए पनि यसको स्टार्ट मेनु, डेस्कटप र टास्कबारका केही नयाँ उपयोगीताहरुबारे यो पोष्टमा सामान्य जानकारी दिने कोसिस गर्दै छु ।

जम्प लिस्ट: साधारणतया विण्डोजका पुराना भर्सनहरुमा हामीले हालसालै खोलेका फाईलहरु ‘रिसेन्ट डकुमेन्ट’ बाट हेर्न सकिन्थ्यो । यसरी रिसेन्ट डकुमेन्टमा सिमीत संख्यामा फाईलहरु सूचिकृत हुने भएको र सबै प्रकारका फाईलहरु एकै ठाउँमा रहने भएकोले आफूलाई चाहिएको फाईल खोज्न मुश्किल हुन्थ्यो । तर विण्डोज ७ मा भने जम्प लिस्ट एक्टिभेट गरेको खण्डमा हरेक प्रोग्रामद्वारा खोलिएका फाईलहरु जुन जुन प्रोग्रामबाट खोलिएका हुन त्यसैमा सूचिकृत भएर बस्छ । जसका कारण फाईलहरु खोज्ने र खोल्ने कार्य छिटो हुन्छ ।

साथै कुनै पनि प्रोग्राम टास्कबारमा रहेको बेलामा सो टास्कबारमा राईट क्लिक गर्दा पनि हालै खोलिएका फाईलका सूची हेर्न सकिन्छ, तलको स्क्रिनशट हेर्नुहोस:

13 October, 2009

Holy Hacks – केही कम्प्युटर ह्याकहरु !

कम्प्युटर प्रयोग गर्ने आफ्नो गति कम होउन्जेल र यसका अनुप्रयोगहरुसंग राम्ररी नभिज्दा सम्म आफ्नो सिस्टममा भएका सबै विकल्पहरु सबैलाई पर्याप्त लाग्छन । तर आफ्नो गति र प्रयोगात्मक आवश्यक्ता बढन थालेपछि भने सबैलाई आफ्नो सिस्टममा भएका विकल्पहरु कम भएको महशुस हुन्छ, अनि सुरु हुन्छ नयाँ नयाँ विकल्पको खोजी ।

हामीले प्रयोग गर्ने कम्प्युटरमा यस्ता केही लुकेका विकल्पहरु हुनसक्छन, जुन साधारण रुपमा कम्प्युटरमा देखीदैन । तर  कम्प्युटरको रजिष्ट्रिमा सम्पादन गरेर त्यसलाई सक्रिय गराउन सकिन्छ । यो भन्दा पहिला मैले यो पोष्टमा पनि यस बारेका केही कुरा लेखेको थिएँ । आजको पोष्टमा पनि त्यस्तै केही सामान्य ह्याकहरु दिँदैछु ।

टास्कबारका आईकोन साईजलाई घटाउनुहोस:

विण्डोजका सिस्टममा कुनै पनि फाईल वा फोल्डर खोलेपछि सो फाईल वा फोल्डरहरु टास्कबारमा लहरै मिलेर बस्छन । एक पटकमा १-२ वटा फाईल वा सफ्टवेयरहरु मात्रै चलाउँदा त समस्या हुँदैन, तर यदि तपाई पनि म जस्तै एकै पटकमा धेरै फाईल व फोल्डरहरु खोलेर काम गर्न बस्नुहुन्छ भने टास्कबारमा आफुलाई चाहिएका चिज खोज्न मुश्किल हुन्छ । किनकि विण्डोजको डिफल्ट सेटीङमा यसको साईज निक्कै ठूलो हुन्छ र दुई तीन वटा फाईल वा प्रोग्राम चलाउने बित्तीककै त्यो भरिन्छ । (तलको चित्रमा हेर्नुहोस:)

17 April, 2009

Yahoo ! अब कुनै पनि ईमेल क्लाईण्ट बाट ।

ईमेल प्रदायकहरुमा चलेको प्रतिस्पर्धाका कारण २ एम. बि. बाट शुरु गरीएको निशुल्क हटमेल ५ जिबिमा पुगेको मात्रै छैन, त्यो संगै अन्य भिन्न भिन्न सुबीधा उपलब्ध गराउन पनि जिमेल, याहु र हटमेल लगाएतका सबै प्रदायकहरु प्रयत्नरत छन। यसै क्रममा हटमेलले केहि समय अघि मात्रै आफ्ना सबै नि:शुल्क प्रयोगकर्ताहरुकोलागी समेत Free Hotmail POP3 access शुरु गरेको थियो । जसका कारण अब तपाईले कुनै पनि ईमेल क्लाईन्टको प्रयोग गरेर हटमेल हेर्न, लेख्‍न र पठाउन सक्नु हुनेछ र ईमेल हेर्न www.hotmail.com मै गईरहनु आवश्यक छैन। पहिला Hotmail Plus users का लागि मात्रै रहेको यो सुबिधा अब सबैले निशुल्क: पाएका छन।

त्यस्तै याहूको Yahoo! Mail Plus प्रयोग कर्ताले मात्रै उपभोग गर्दे आएको सुबिधा पनि आफ्नो सेटिङमा सामान्य परिवर्तन गरेर सबैले पाउन मिल्ने भएको छ। हुन त, यस अघि पनि एउटा YPOPs! भन्ने नि:शुल्क सफ्टवेयरको प्रयोग गरी याहुका मेलहरुलाई कुनै पनि ईमेल क्लाईण्टका माध्यमले हेर्न र पठाउन सकिन्थ्यो, तर थर्ड पार्टि सफ्वेयर प्रयोग नगर्ने हो भने विना झन्झट याहु मेललाई कुनै पनि मेल क्लाईन्ट जस्तै Outlook Express, Incrediamail, Netscape आदि प्रयोग गरेर हेर्न आफ्नो सेटिङमा निम्न परिवर्तन गर्नुहोस ॥

25 February, 2009

केहि नि:शुल्क तर उपयोगी र उत्कृष्ट सफ्टवेयरहरु ।

पैसा तिरेर किनेको चिज समेत राम्रो गुणस्तरको भेटन मुस्किल हुने समयमा कसैले तपाईलाई नि:शुल्क पाईने चिज पनि राम्रो हुन्छ भनेमा झट्ट विश्‍वास नहुनु स्वावाभिक नै हो । तर नि:शुल्क चिज सबै बेकाम हु्न्छन् भन्ने कुरा चाहि सधैं सहि हुँदैन ।

आउनुहोस, आजको यो टाँसोमा म त्यस्ता केहि नि:शुल्क सफ्टवेयरहरुको वारेमा चर्चा गर्दैछु, जुन नि:शुल्क हुनुको साथै उत्कृष्ट पनि छन । अझ यि सबै सफ्टवेयरहरु सबै 'वहनीय' अर्थात portable समेत भएकाले तपाईले आफ्नो कम्य्युटरमा यि सबै सफ्टवेयरहरु राख्दा कम्य्युटरको रजिष्ट्रीमा कुनै परिवर्तन हुने छैन भने, सिस्टममा कुनै अतिरिक्त भार नपर्नेगरी तपाई यिनलाई पेनड्राईभ, मेमोरी कार्ड वा अन्य कुनै फ्याल्स ड्राईभ आदिमा राखेर ईन्सटल नगरिकनै कुनै पनि कम्प्युटरमा सिधै चलाउन पनि सक्नुहुन्छ ।

आजकल यस्ता ईन्सटल नगरीकनै सिधै पेनड्राईव आदिबाट चलाउन मिल्ने portable software निकै लोकप्रिय हुँदैछन र तपाईले गुगल वा कुनै सर्च ईन्जिनमा गएर खोज्नु भयो भने फोटोसपको नविनतम अवतार देखि लिएर अफीस २००७ र लिनक्सका नविनतम अपरेटिङ सिस्टम देखि विन्डोज भिस्टा समेत भेटन सक्नु हुनेछ, तर म यो पोष्टमा केवल नि:शुल्क (मतलब कानुनन नि:शुल्क) संसाधनको मात्रै चर्चा गर्दैछु ।

01 February, 2009

Harmless Hacks.

अंग्रेजीमा hack शब्दको धेरै अर्थहरुछन। कम्प्युटर शब्दाबलीमै पनि यस्को सकारात्मक र नकारातम्क दुबै अर्थहरु भेटिन्छन् । अर्काको कम्प्युटर वा नेटवर्कमा विना अधिकार प्रवेष गर्नु, त्यसमा भएका फाईल, डाटा वा कोडहरु चोरीगर्नु वा परिवर्तन गर्नु आदिलाई  नकारात्मक रुपमा लिईन्छ भने यस्ता केहि उपाएहरु पनि छन, जस्को मद्दतले आफ्नै निजी कम्प्युटरमा पनि कुनै प्रोग्राम वा कोडहरुलाई केहि सामान्य समायोजन, सम्पादन र परिवर्तन गरी सधारण अबस्थामा उपलब्ध नभएका केहि नया र त्वरित विकल्पहरु बनाउन र चलाउन सकिन्छ । यस्ता अलीखित विकल्पहरु सुलभ बनाउने क्रियाविधिलाई Harmless hack भन्ने गरिन्छ । आउनुहोस यो पोष्टमा त्यस्ता केहि Harmless hack हरुको चर्चा गरौं र आफ्नो कम्प्युटरमा केहि केहि नयापन थपौं ।

यो पोष्टमा दीईएका ह्याकहरु पुराना ह्याक हुन र यसलाई Harmless hacks मात्रै नभै old hacks भन्दा पनि हुन्छ । (खासगरी यस पोष्टमा दिईएका ह्याकहरु Windows Xp मा प्रयोग हुन्छन र त्यस अघि र पछिका सिष्टममा लागु नहुन पनि सक्छन )।

एक क्लिकमा कम्प्युटर सटडाउन, रि-स्टार्ट वा लगअफ गर्न:

साधारणतया कम्पुटर सटडाउन गर्न हामीहरु Start>>Turn off Computer अनी Turn off गर्ने गर्छौं, तर तलको तरिका अपनाएर तपाईले आफ्नो डेस्कटपमा एकै क्लिकमा सटडाउन हुने सर्टकर्ट राख्‍न सक्नु हुन्छ । त्यसको लागी:

24 September, 2008

Stand-alone Versions of WLW and WLM.

Last week Microsoft released long awaited beta versions of their “live suites”, which contained latest avatar’s of Windows Live Mesenger, Windows Live Mail, Photo Gallery etc.

Though the leaked versions of Live Messenger and Live writer were available in the net from past few months and I was also using it, but the formal release contains much more than the leaked version.

But, yes! But…., as usual Microsoft has included it in all-in-one package making it a huge 134 MB size, which will be a painful experience to download for dialup users.

And there is good news also. Some sites, has already made it’s stand-alone version available, for easier and selective downloads.

Being a blogger, I’ll start with Windows Live Writer (v. 14.0.5025.904); a nifty utility to write, edit and publish blogs, first.

13 July, 2008

Blog on the go, surf anonymously...

...and do more with Portable Applications

According to Wikipedia a portable application or software is “a computer software program that does not need to be installed or copied onto a computer's mass storage device to be executed…” meaning; software, which you can carry in pen drives, CD’s or even in your mobile phones memory card and use it as and when necessary, by just plugging the drive in your PC or laptop.

In this post I am going to share some of the nifty portable applications, which I found very much useful, easy to carry and use. So just read the descriptions, download and begin to use it. Yes! It is that much easy, because all the software’s I am going to recommend here are 100% freeware.

So, Once downloaded and kept into your pen drive or any removable drives; you can use it wherever you go and whenever you need. 

Yes! If you want you can also use all of these software’s by installing it in your hard drive, so lets begin:

16 June, 2008

Refresh Your Mobile Phone !

Once there was a time, when Mobile Phones or cellular phones were only ‘phones’, and the only difference was that, it could be carried in our pockets.

Time changed and technology also evolved with it. Now a days mobile phones are not only phone, it is can also be a radio, a camera a MP3 player, a fax machine, a scanner and so and so…..

As technology is evolving, those cute, handy and attractive sets of yesterdays has already became an antique piece, and today every new model is said to be carrying a newer and unique functions and utility to make the consumers work easier.

Though upgrading hardware (changing the sets) frequently, may not be possible for all of us, but we still can add some new functions and expand the usability of our old sets. In this post I am going to share some of the freeware software’s which I found useful and hope will be useful for you too:

30 May, 2008

Search fast !, Search smart !!

What do you do when you need to find an information, software, image or any other data you need?. The answer may be similar like googling or yahooing (meaning searching in the Internet through google, yahoo or any other popular search engines.

But, what do you do to search something from any of those search engines?, well naturally first you will open the Internet Explorer, and type www.google.com or www. yahoo.com. And when the specific page loads, you will again type the key words and hit Enter or click on "Go" button and wait for the search engine to find the needed information.

Though you may have been habitual of these process, but there are more smart way to find anything or everything just in a single click.

In this page I am going to describe a simple registry tweak that will give you extra power to search;