13 June, 2012

#भातमाराहरू !

विगतका केही समयमा मेरो ट्वीटरफेसबुकमा मैले #भातमारा का बारेमा केही स्टाटस र सन्देशहरू बाँडेको थिएँ । न मैले कुनै स्टाटस वा सन्देशमा यी भातमारा भनेका को हुन भनेर बताउनु पर्‍यो न कसैलाई #भातमारा भनेको को वा कसको समूह भन्ने बारेमा नै भ्रम पर्‍यो । र निकै हदसम्म त्यो एउटा #भातमारा भन्ने शब्दले कुनै एउटा पदीय दायित्व पुरा नगर्ने व्यक्तित्व वा चारित्रिक, नैतिक वा मानवीय गुणबाट समेत स्खलित रहेका र आफ्नो कर्तव्य प्रति गैह्र जिम्मेवार रहेका एक समूहलाई चिनाउन सफल रह्यो ।

बीचमा केही दिन फेरि यी #भातमाराहरूको बारेमा लेखिएन । त्यस अवस्थामा मलाई फेरि पनि सामाजिक सञ्जालकै माध्यमबाट त्यो ‘#भातमारा सिरीज’ जारी राख्न आग्रहहरू आए । मैले सुरूमा सोचेँ एउटा पुरै पोस्ट किन खलनायकको परिचर्चामै न टाँसु त ? । यसैपनि खलनायक नै भएपनि यी चर्चित खलनायकहरू हुन् । र हलिउड र बलिउडमा समेत खलनायकै बारेमा र खलनायककै नामबाट समेत चलचित्रहरू बनेका छन् । अत: आजको पोस्ट पुरै खलनायकहरूकै चर्चामै खर्चेको छु:

तपाईँले पक्कै थाहा पाउनु भयो होला को हुन त यी भातमाराहरू । छैन भने तलका हरफहरू पढ्नुस । तपाईले चिन्ने मात्रै हैन, तीनका अनुहार पनि तपाईँका आँखा अगाडि नाच्नेछन् :

शब्दमा मात्रै सीमित तिनका नाराहरू ।
तैपनि ‘मैं हुँ’ भन्छन् निकम्मा भातमाराहरू ।

न लेखे कानुन, न संविधानका धाराहरू ।
त्यसै लुटे ढुकुटी, असती भातमाराहरू ।

न बाले बिजुली न बनाए पानीका धाराहरू ।
खाए, पिए, बसे रिसोर्ट लुटेरा भातमाराहरू ।

देखाउन त देखाए स्वप्नमा सूर्य, चन्द्र ताराहरू ।
काम त के पो गर्थे, नालायक भातमाराहरू ।

न यीनका सीङ देखिन्छन् न नङ्ग्रा र दाह्राहरू ।
मानवताका खोल ओढ्ने छली भातमाराहरू ।

फुटाए एकताको भवन, झ्याल, ढोका गाह्राहरू ।
अनि ‘मिलौं’ भन्छन् सबलाई ती नै भातमाराहरू ।

न देशको भक्ति गरे न तिरे दूधका भाराहरू ।
पाए सिङ्गै देश बेच्छन् देशद्रोही भातमाराहरू ।

2 comments:

  1. दूधका भाराहरू धाराहरु होला

    ReplyDelete
  2. yo desh nai yasta bhat mara harule khaya.

    ReplyDelete