04 March, 2012

Windows 8 पहिलो प्रयोगका अनुभव । डाउनलोड लिन्क सहित !

अबको केही महिनामा आधिकारिक रूपमा सार्वजनिक गरिने तयारी गरिएको माइक्रोसफ्टको विन्डोज ८ को ‘कन्ज्युमर प्रिभ्यू’ भर्खरै सार्वजनिक भएको छ । अपरेटिङग सिस्टमको बजारमा करिब करिब एकलौटी आधिपत्य जमाउँदै आएको विन्डोजलाई विगतका केही समयमा लिनक्स लगायत, गुगलको क्लाउड कम्प्युटिङमा आधारित अपरेटिङ्ग सिस्टम आदिले चुनौती दिन थालेपछि विन्डोजको यस पटकको इन्टरफेसमा व्यापक परिवर्तन गरेको छ । झ्वाट्ट हेर्दा कता कता लिनक्स वा एन्ड्रोएड सिस्टमको झलक मिल्ने गरी भएको यस पटकको परिवर्तन दसौँ वर्षसम्म लगातार माइक्रोसफ्टकै अपरेटिङग सिस्टम मात्रै चलाउनेलाई भने बानी पार्न र अभ्यस्त हुन केही समय लाग्ने र असजिलो हुने देखिएको छ ।

भर्खरै मात्र डाउनलोड गरेर चलाउन थालेको विन्डोजको यो नयाँ अवतारको बारेमा धेरैकुरा जान्नै बाँकी छ । तर पहिलो पल्ट चलाउँदाका मेरा केही अनुभवहरू यस पोस्टमा लेख्दै छु :

स्टार्ट बटनको विस्थापन र मेट्रो युजर इन्टरफेसको सुरुवात: विन्डोजको मात्रै अपरेटिङ्ग सिस्टम चलाउने बानी लागेकाहरूलाई पत्याउनै गाह्रो पर्ला । तर हो, माइक्सोसफ्टले आफ्नो यो नविनतम् अवतारमा विन्डोज 95 देखि निरन्तरता दिँदै आएको स्टार्ट बटन (वा पछील्लो समयमा Start Orb भनिने बटन) र पुरै स्टार्ट मेनु नै हटाएको छ । (तलको चित्र हेर्नुस—चित्रलाई ठूलो बनाएर हेर्न तलका कुनै चित्रमा नै क्लिक गर्नु होला, सो चित्र आफैँ अर्को पेज र ठूलो आकारमा खुल्नेछ )

Windows 8 Start

त्यसको बदलामा ‘मेट्रो यु.आइ’ को प्रारम्भ गरेको छ। अत: माथि भनेजस्तै विन्डोजको अपरेटिङ्ग सिस्टम मात्रै चलाउने बानी परेका प्रयोगकर्ताहरूलाई कुनै प्रोग्राम वा फाइल फोल्डर कहाँबाट खोल्ने वा खोज्ने भन्नेमा केही झन्झट लाग्न सक्छ । कम्प्युटरमा विन्डोज ८ स्थापना गरेपछि वा कम्प्युटर बुट गर्दा पुरानो स्टार्ट बटन सहितको डेस्कटपको सट्टा तपाईको स्क्रिनमा ‘Duck’ वा ‘Gaget’ को सुधारिएको स्वरूपमा विभिन्न प्रोग्रामहरूको सर्टकट सहितको माथीको जस्तो इन्टरफेस खुल्नेछ

Pin to start

हुनत, आफूलाई चाहिएको कुनैपनि प्रोग्राम वा फोल्डरलाई राइट क्लिक गरी “Pin to start” को मद्दतले सो इन्टरफेसमा समावेश गराउन सकिन्छ (वायाँतर्फको चित्र हेर्नुस)। तर पनि विन्डोजको यो परिवर्तनमा घुलमिल हुन प्रयोगकर्ताहरूलाई केही समय लाग्छ नै ।

प्रोग्रामहरूको खोजी र खोल्ने तरिका: कम्प्युटर चलाइरहेको बेलामा कुनैपनि बेलामा स्क्रिनको देब्रेतर्फको तल्लो कुनामा माउस लगेर क्लिक गर्दा यो ‘मेट्रो यु.आइ’खुल्छ भने यो खुलेको बेलामा स्क्रिनमा भएको कुनै पनि खाली स्थानमा राइट क्लिक गरेपछि तल्लो भागमा एउटा “All Apps” भन्ने बटन देखिन्छ । सो “All Apps” मा क्लिक गरेपछि भने कम्प्युटरमा हालसम्म स्थापना भएका सबै प्रोग्रामहरू करिब करिब एन्ड्रोइड वा आइफोनका मेनुमा जस्तै गरि स्क्रोल गर्न मिल्ने गरी देखिन्छन् । ‘टच स्क्रिन’ प्रविधिलाई ध्यानमा राखेर पनि यो पन्नाहरू पल्टाउन मिल्ने किसिमले डिजाइन गरिएको हुनसक्छ । तर सुरूमा भने यो पेजभरि भएर खुल्ने प्रोग्राम मेनुमा आफुले खोजेको प्रोग्राम ठ्याक्कै खोल्न पनि अभ्यस्त हुनै पर्छ ।

Windows 8 All Apps

Windows 8 quick accessबहुप्रयोगी संसाधनको सर्टकट: त्यसो त माथि भने जस्तै प्राय: सबै प्रोग्राम वा फोल्डरलाई मूल पेज वा नयाँ डेस्कटपमा नै राख्न सकिन्छ । तर कम्प्युटर चलाइरहेको बेलामा कुनैपनि बेला माउसलाई तल्लो बायाँ कुनामा लग्दा एउटा सानो ‘Start’ लेखिएको पप-अप मेनु देखिन्छ र त्यसमा राइट क्लि गर्दा कम्प्युटर प्रयोगकर्ताले प्राय: चलाइरहने ‘Control Panel’, ‘Run’, ‘Search’ , ‘Device Manager’ आदि को छरितो मेनु देखिन्छ । जसबाट सिधै कुनै पनि सेटिङ्गमा प्रवेश गर्न सकिन्छ । (देब्रेतर्फको चित्र हेर्नुस)

Charms Sidebar र सेटिङग अप्सन: मैले माथि लेखेजस्तै मलाई लाग्छ यस पटकको विन्डोजको अवतार लिनक्सका केही अनुप्रयोगहरूबाट प्रेरित भएको छ । चार्मस बार वा ‘चार्म्स साइडबार’ विन्डोज ८ मा भएको यस्तै एउटा नयाँ अनुप्रयोग हो ।

कम्प्युटर चलेको बेलामा कुनैपनि समयमा माउसलाई स्क्रिनको दायाँपट्टिको माथिल्लो कुना वा तल्लो कुनामा लैजाँदा वा Win+C मा क्लिक गर्दा यो साइडबार पप-अप हुन्छ। यसमा Search, Share, Start, Devices र Settings गरी पाँचवटा बटनहरू छन् । साथै यो ‘चार्म्स साइडबार’एक्टिभ हुँदा स्क्रिनको बायाँतर्फ तल्लो भागमा मिति, समय र ईन्टरनेट कनेक्सन आदिको नोटिस पनि देखिन्छ । कम्प्युटरको कुनै पनि प्रोग्राम वा फाइल,-फोल्डर सक्रिय भएको बेलामा वा इन्टरनेट ब्राउज गर्दा समेत सिधै यो सेटिङ चलाउन वा सक्रिय गर्न मिल्ने भएकोले एक हिसाबमा कुनै पनि बेला कुनै पनि सेटिङ्गमा छीर्न पहिला भन्दा सरल र छरितो भएको छ ।(तलको चित्र हेर्नुस)

Charms Bar

छोटकरीमा, सर्चले कम्प्युटरमा रहेका फाइल, फोल्डर, प्रोग्राम, मेल आदिमा खोजी गर्न मद्दत गर्छन् भने सेयरले एक्टिभ प्रोग्रामको सेयर अप्सन हेर्न मद्दत गर्छ । स्टार्टले कम्प्युटरको स्टार्ट पेज वा मेट्रो युआइमा पुर्‍याउँछ भने डिभाइसले कम्प्युटरसँग जोडिएका वाह्य डिवाइस र सेटिङ्गले कम्प्युटरका विविध सेटिङ्गहरू परिवर्तन गर्न सघाउँछ ।

सुधारिएको एक्सप्लोरर: विन्डोज ९५ देखि ८ सम्म आउँदा गरिएको यो अर्को उलेख्य सुधार हो । फाइल वा फल्डरहरू कपि, पेस्ट, कट गर्न र नयाँ फोल्डर बनाउन मात्रै हैन् । होमग्रुप वा अन्य कम्युटरसँग सेयर गर्न पनि यसले पहिलेको भन्दा धेरै सजिलो बनाएको छ । पुरानो मेनुको सट्टा प्रयोगमा ल्याइएको रिबनले सबै अनुप्रयोगहरू सरलिकृत रूपमा प्रयोग गर्न सघाउँछ ।

Windows 8 Explorer

नयाँ रूपको टास्क मेनेजर: विन्डोज ८ को टास्कबार पनि उल्लेख्य रुपमा सुधारिएको छ । टास्कबारमा राइट क्लिक गरेर वा Ctrl+Alt+Del गरेर एक्टिभ गराइने यो टास्कबारले चालु प्रोग्रामहरूको स्थीति, कम्प्युटरले खपत गरेको संसाधनको आँकडा र कम्प्युटर बुट हुँदा सँगै खुल्ने प्रोग्राम र सर्विसहरूको सूचना पहिला भन्दा सजिलो गरेर दिन्छ र त्यसलाई सम्पादन गर्न पनि अझ सजिलो भएको छ ।

Windows 8 Task Manager

अनलाईन सर्विस सँगको समाहितता: ‘Mail’, ‘Calendar’ , “Message’ र ‘People’ जस्ता अनुप्रयोग र ‘Skydrive’ को समिकरणका कारण अब ईन्टरनेट कनेक्सन भएको अबस्थामा आप्नो हटमेल मात्रै हैन, जिमेल र अन्य मेल लगाएत ट्विटर र फेसबुकका अपडेटहरू हेर्न र गर्न समेत ब्राउजर खोलिरहनु नपर्ने भएको छ । साथै ती सामाजिक सञ्जालसँग आफ्नो विन्डोज लाइभ आइडि कनेक्ट गरेको खण्डमा ती सबैमा भएका साथीहरूसँग“Message’ को प्रयोग गरी सिधै डेस्कटपबाटै कुराकानी गर्न सकिन्छ ।  स्काइड्राइवमा फाइल फोल्डर व्याकअप गर्न र सेयर गर्न सोचेभन्दा सजिलो भएको छ। लाग्छ माइक्रोसफ्ट पनि विस्तारै क्लाउड कम्प्युटिङमा जाँदैछ ।

अन्य केही तुरुन्तै देखिएका सुधारहरू:

  • विन्डोज सेवेनमा चल्ने प्राय: सबै प्रोग्रामहरू यसमा सजिलै चल्छन् ।
  • फाइल वा फोल्डर आदिको नाम नेपाली युनिकोडमा राख्दा अक्षर सानो हुने समस्या समाधान भएको छ।
  • न्यूज रिडर वा अन्य प्रोग्राममा नेपाली युनिकोड पहिला भन्दा ठुलो आकारमा र पढ्न सजिले हुने गरि देखिन्छ ।
  • स्टार्टमा भएको ‘डेस्कटप’ मा क्लिक गरेर कुनैपनि बेला पुरानो इन्टरफेस भएको ‘ट्रेडिसनल डेस्कटप’मा पुग्न सकिन्छ ।
  • लिनक्सका अपरेटिङ्ग सिस्टम जस्तै यसलाइ पनि कम्प्युटरमा इन्स्टल नगरी पेन ड्राइब बाटै चलाउन सकिन्छ
  • स्क्रिनको देब्रेतर्फको माथिल्लो कुनामा माउस लगरे विस्तारै तलतर्फ सार्दा व्याक ग्राउन्डमा चलेका कुनै पनि प्रोग्राम खोल्न र बन्द गर्न सकिन्छ ।
  • कम्प्युटर खोल्ने बित्तिकै मोबाइल डिभाइसमा जस्तै मेल र मेसेजको नोटिस देख्न सकिन्छ ।

समष्टिमा, मैले हेर्दा विन्डोज ८ विन्डोज मात्रै हैन्, केही लिनक्स, केही एन्ड्रोइड र केही अरू पनि छ र यसको प्रयोग सुरुमा केही झन्झटिलो देखिए पनि यसमा रहेका नयाँ नयाँ अनुप्रयोगका कारण यो ‘ट्राइ’ गर्न योग्य छ ।

यदि तपाई पनि विन्डोजको यो नयाँ अवतार डाउनलोड र प्रयोग गर्न चाहनुहुन्छ भने यो पेजमा गएर 32-bit (x86) वा 64-bit (x64) को आइएसओ इमेज डाउनलोड गर्न सक्नुहुन्छ ।

जाँदा-जाँदै अन्य केही स्क्रिनशटहरू:

Computer

Contacts in WIndows 8

 

Other Accounts in WIndows 8

Messaging

26 comments:

  1. RAMRO INTERFACE BANAYECHHA....DOWNLOAD GARERA INSTAL NAGARI PENDRIVE BATA NAI CHALAUNA MILCHHA BHANNA LE DAJU?

    ReplyDelete
  2. जानकारी को लागि धन्यबाद है . अब चलाउनु पर्ला हैन सर को ब्लग को धेरै हेर्ने ठाउँ नै कम्प्युटर कुना हो

    ReplyDelete
  3. Thank u so much for information , हजुर ले दिएको Window 7 नै पहिलो पल्ट चलाएको थिए, अब ८ पनि डाउनलोडमा लगाएको छु धेरै धेरै धन्यवाद,

    ReplyDelete
  4. It seems Microsoft might have hit the right chords this time.
    Thanks for sharing!
    :)

    ReplyDelete
  5. ok sir yo hamro lagi nikai naya ra naulo lagyo tar you demo verson cha ki crack bhayako cha licence magera dukha ta didaina????

    ReplyDelete
  6. दिलिप सर धेरै धेरै धन्यवाद मिठो कुरा पस्कनु भएकोमा अनि सर पेन ड्राईभबाट कसरी चलाउने बिस्तार मा बताइ दिनुस न। पहिला पेन ड्राइभ बाट ट्राइ गरेर बल्ल कम्पयुटरमा जोड्नु पर्यो।

    ReplyDelete
  7. माथी नाम नलेख्ने भाइ,
    इन्स्टल नगरी पेन ड्राइव बाटै चलाउने भनेको, कम्प्युटरको हार्डडिस्कको सट्टा पेन ड्राइबमा नै अपरेटिङ सिस्टम स्थापना गरेर सिधै पेन ड्राइव बाटै सिस्टम चलाउने तरिका हो । जुन लिनक्सको लागि नौलौ कुरा होइन । विन्डोज एक्सपि लाई पनि यसरी सिडिबाटै लाइव चलाउन सकिन्छ तर माइक्रोसफ्टले आधिकारिक रूपमा यसलाई रिलिज नगरेको मात्रै हो ।

    दीपक जी,
    यो डेमो भर्सन वा क्य्राक्ड ओ.एस हैन्, माइक्रोसफ्टले नै आधिकारिक रूपमै उपलब्ध गराएको सिस्टम हो । तर यो फाइनल भर्सन भने हैन् है :) । यसको लागि चाहिने सिरियल कोड माथिको डाउनलोड लिन्कमा माइक्रोसफ्टले नै उपलब्ध गराएको छ ।

    लक्ष्मण जी,

    पेन ड्राइवबाट मैले विन्डोज एक्सपि र विन्डोज सेवेन चलाएको छु । त्यो दुबै "अन डकुमेनेन्टेड' प्रोसेस बाट बनाएको हो । जुन माइक्सोसफ्टले आधिकारिक रूपमा दिएको तरिका हैन् ।

    विन्डोज ८ को भने माइक्रोसफ्टले नै लाइव भर्सनको तयारी गर्दैछ क्यार । मैले आफैँले भने बनाउन भ्याएको छैन् र यसको सजिलो तरिका पनि होलान । तुरुन्तैको लागि अलिक लामो तरिका भने यो पेज यो पेजमा छन् ...फुर्सदमा हेर्नु होला :)

    ReplyDelete
  8. thank you Dilip Sir maile chalauna thale yes ma na vaneako kura Copy Paste garda pani naya styal ko visul raicha it's nice.. thank you

    किरण अनविज्ञ तेह्रथुमे

    ReplyDelete
  9. सर म windows 8 चलाउन चाहान्छु म सँग windows 7 छ यसलाइ upgraded गरी 8 बनाउन मिल्छ भन्ने सुनेको छु कसरि होला बताई लिनु भए तपाईले दिनुभएको जानकारीलाई पढेर खुसी मात्र नभई used गरी आफुलाई भाग्यमानि ठान्ने थिय

    ReplyDelete
  10. @ Anonymous
    Windows 7 लाई अपग्रेड गरेर Windows 8 बनाउन मिल्छ । तर अहिले रिलिज भएको भर्सन 'फाइनल भर्सन' नभएकोले यसबाट आफ्नो पुरानो Windows 7 अपग्रेड नगर्नु होला । यो केवल प्रयोगकर्ताहरूको 'फिडव्याक' को लागि मात्रै रिलिज गरिएको भर्सन भएकोले केही महिना पछी रिलिज हुने 'फाइनल भर्सन' बाट मात्रै आफ्नो Windows 7 लाइ विस्थापित गर्दा राम्रो होला :)

    ReplyDelete
  11. Dilip je Namaste
    Malai tapaiko computer kuna dherai nai man par6a. ma tapaiko blog sadhai khol6u ra her6u ktai kunai naulo kura halnu bhaeko 6a ki nai vanera. computer kuna bata maile dherai kura sikisakeko 6u eskolagi tapailai dherai dherai dhanne bad.
    Mero euta question 6a dai solve hun6aki vanne purna aasaa 6a
    windows 8 ma samsung (scx-4521f) ra Canon (lbp 2900) support garena k garne hola.

    ReplyDelete
  12. दीलिप दाई मेरो नेट स्लो हो कि के हो ? डाउनलोड हुन धेरै समय लाग्ला जस्तो छ ? मैले त १७ घण्टा पो कुर्नुपर्छ भन्दछ यो नेट पनि अनि यस्तो लोडसेडिङमा के यो सम्भव् होला त ?

    ReplyDelete
  13. पवन भाइ,
    यो करिब 2.5 GB को साइजमा छ। नेटको स्पिड कम छ भने त टाइम लाग्न सक्छ :( । म पनि १-२ दिन काठमाण्डौ बाहिर हुन्छु .... नत्र मसँग कपि गरेर लान सक्नुहुन्छ :)

    ReplyDelete
  14. दीलिप दाई डाउनलोड हुँदैछ । तपाई १/२ दिन काठमाडौं बाहिर जानुपर्ने भएछ । नभए त दाई सँग पनि भेट हुने किन धेरै दुःख गर्नु पथ्र्यो र कस्तो नै होला भनेर मनमा खुलदुली मच्चिएको छ ।

    ReplyDelete
  15. सर्बप्रथम त जानकारीको लागि दिलिप दादालाई धेरै धेरै धन्यबात! अनी दादा जस्तै हामीले कुनै एउटा कम्प्युटरबाट पेन्ड्राइभमा विन्डोज इन्स्टल गरिसकेपछी त्यो पेन्ड्राइभलाई अर्को कुनै कम्प्युटर हलेर पेन्ड्राइभमा इन्स्टलभयको विन्डोजलाई चलाऊन सकिन्छकी सकिदैन ?

    ReplyDelete
  16. Dilip dai Namaska..........
    Khai ta mero problem solve garni vaena ni....
    Kahile ho mero problem solve garne...

    ReplyDelete
  17. म आफ्नो डेस्कटप मा नेपाली मिति र समय सहितको ग्याडजेट राख्न चाहन्छु,येसको लागि कुन लिंक्स बाट डाउनलोड गर्ने बताई दिनु भए आभारी हुने थिए|

    ReplyDelete
  18. कृष्ण जी,
    मलाई आफ्नो ईमेल उपलब्ध गराउनु होला। म तपाईँलाई डेस्कटपको लागि उपयोगी नेपाली मिति (तिथि सहितको) पात्रो पठाइदिन्छु :)

    ReplyDelete
  19. दिलिप दाजु..मैले विन्डोज ८ को कन्जुमर प्रिभ्यू इन्सटल गरे...तर Wireless Connection 'Off' हुन्छ अन गर्ने अप्सन नै डिसेवल छ...मेरो ल्यापटप Acer Aspire 5250 हो । केही सहयोग गर्न सक्नुहुन्छ कि ?

    ReplyDelete
  20. विष्णु भाइ,
    तपाईँले भनेकै Acer Aspire 5250 मैले नचलाएको ले ठ्याक्कै भन्न त सक्दिन । तर ल्यापटपहरूमा प्राय: Wireless अन र अफ गर्ने कि कम्बिनेसन फङगसन कि (Fn) र 'F2', 'F3' आदिमा हुन्छन् । त्यसैले एक पटक आफ्नो किबोर्डबाट फङगसन कि (Fn) समेत दबाएर Wireless एक्टिभेट गर्ने ट्राइ गर्नुस त :) । भएन भने ड्राइवर अपडेट गर्नु होला ।

    ReplyDelete
  21. Thank you daju, now it;s working properly..

    ReplyDelete
  22. Hello Dilip daju, hajurko blog malai yekdamai manpar6.......mero pani khi problem haru share gareko 6u....win XP lai genuine Banauna k garnu par6 hola..?

    ReplyDelete
  23. windows 8 ko cd nepali बजार माआको छैन sir?

    ReplyDelete
  24. @ बिदुर अधीकारी,

    विण्डोज ८ को फाइनल भर्सन अझै रिलीज भएको छैन्, त्यसैले नेपालमा आउने पनि कुरा भएन :)

    ReplyDelete
  25. दिलिप जी मैले यो clean up!भन्ने गरेको मेरो Microsoft office word 2007 नै गैदियो अब कसरि एस्लाई चलाउने होला केहि समाधान

    ReplyDelete