13 December, 2011

...स्वर्गादपि गरियसी !

केही समय अगाडि फेरि एक पटक देश दर्शनमा निस्किने मौका मिलेको थियो । ‘मार्ग चित्र’ ले काठमाण्डौ देखि नारायणगढ-बुटवल हुँदै प्यूठानसम्मको यात्रा गराउने कुरा इङ्गित गरेको थियो । २-४ पटक यही रूटमा हिँडी सकेकोले यो बाटोमा केही नौलो कुरा देखिँदैन भन्ने सोचका कारण यस पटक पनि न क्यामरा बोकिएको थियो न त तस्बिर खिच्ने विचार नै थियो।

त्यसो त तस्विर खिच्ने कला नजानेकोले पनि क्यामरा बोक्न अल्छी लाग्छ । ... लाग्छ, म कहिल्यै पनि आफूले देखेकै दृश्य फोटोमा उतार्न सफल हुँदिन । सायद हेरिने कोण, फोटो खिच्ने बेलाको चित्त दशा र प्राकृतिक परिवेश र तस्विर हेर्ने बेलाको मानसिक अवस्था फरक भएर पनि सजीव अस्तित्व निर्जीव फोटोमा अट्दैन होला । तैपनि हरेक पटक ‘केही’ देखेपछि फेरि खिचौं खिचौं हुन्छ र मोबाइलबाटै भएपनि केही तस्विरहरू उतारिन्छन् । यस पाला पनि त्यस्तै भयो .... धेरै पटक हिँडिसकेको त्यही पुरानै बाटोमा एस पटक फेरि धेरै नयाँ कुराहरू देखिए ।

पुरानो बाटोमा देखिएका तीनै 'नयाँ' कुराहरू मध्यका केही फोटोहरू यस पालीको पोस्टमा:

11032011173 (यात्रा बाटोबाटै सुरू हुन्छ, त्यसैले सुरूमा बाटो कै फोटो)

09022011009

(नदि, पहाड र सङ्गलो पानी देखे पछि फोटो नखिची बस्नै सकिएन Open-mouthed smile)

DSCF5569

(पानीको खोजमा सायद रूखले पनि आफ्नो जरालाई 'डिप बोरिङ्ग' गर्ने जमर्को गर्दै छ)

DSCF5812

(कथाको जस्तै गाउँ, कल्पनाको जस्तै सुन्दर घर-आँगन)

DSCF5610

(यी खरका छाना भएका घरमा पनि अजीव आकर्षण थियो)

DSCF5565

(अवसरको पर्खाइमा एउटा बाँदर--सायद सोच्दै होला सिँह दरबार पुगेको भए म पनि ठूलो मान्छे बन्थेँ)

9 comments:

  1. स्वर्ग यही हो दिलीपजी । म पनि यहि मान्छु । सुन्दर तस्वीरहरु..........

    ReplyDelete
  2. सुन्दर तस्वीरहरु स्वर्गका!

    ReplyDelete
  3. Rajesh Ghimire13/12/11 3:47 PM

    कथाको जस्तै गाउँ, कल्पनाको जस्तै सुन्दर घर-आँगन!
    साँच्चै सुन्दर ठाउँ !
    अमृत गुरुङको कसैले सोधे कुन हो तिम्रो गाउँ गीतको याद गराउने तस्विरहरु साँच्चै सुन्दर छन्|

    ReplyDelete
  4. सुन्दर तस्विरहरु !

    ReplyDelete
  5. तपाई पुग्नु भ को ठाउँमा हाम्लाई पनि पुर्याउनु भो शुन्दर सजिब
    तस्बिर मार्फत -- तपाईलाई धन्यबाद .

    ReplyDelete
  6. यस्ता राम्रा तस्वीर खिच्ने अनि खिच्न आउँदैन भन्ने ? हामीलाई थाहा छैन र.........

    ReplyDelete
  7. छ्यांग खुलेका बडो राम्रा तस्बीरहरु ! खिच्नेको मनै सफा भएपछि क्यामेराले पनि छल गर्न नसक्ने होला !

    ReplyDelete
  8. Nirmala khadka21/12/11 1:58 AM

    प्राकृतिक सौन्दर्यतालाइ छपक्कै छोपेका अति मनमोहक तस्बिरहरु अति नै सुन्दर छन् .....

    ReplyDelete
  9. स्वर्गका तस्विरहरु.. तश्विर छनौट साह्रै राम्रो लाग्यो, अनि अन्त्यमा यो क्यापस्न पनि सिँह "दरबार पुगेको भए म पनि ठूलो मान्छे बन्थेँ"

    ReplyDelete