19 May, 2011

मागी खाने भाँडो र नेपाली "जनता"!

Ryunosuke Satoro“Individually, we are one drop.
Together, we are an ocean.”

:~ Ryunosuke Satoro.

केही दिन देखि देशको एक आम जनता जनताको रूपमा आफ्नो र समष्टिमा पुरै देशको नागरिकको परिचय र परिभाषा खोज्ने क्रममा जापानका प्रसिद्ध कवि Ryunosuke Satoro को माथीको हरफहरू भेटिए ।

“व्यक्तिगत रूपमा हामी एउटा थोपा र एक साथ हुँदा महासागर हौँ” ।

विगतका केही वर्ष देखि “नेपाली जनता” को नाममा आ-आफ्नो अभीष्ट सिद्ध गर्न अग्र स्थानमा रहेका चारपासे देखि भातमारा अगुवाहरू र आफूलाई महान र विद्वान् ठान्ने देखि जनतालाई अझै पनि पटमूर्ख र भेडो सम्झने नेतासम्मले हरेक पटक आफ्नो स्वार्थ पूर्ति गर्न ‘जनता’ कै नाम लिएका छन् ।

यहाँ नेपाल बन्द देखि लिएर २ वर्ष म्याद तोकिएको संविधान सभाको म्याद चार वर्ष बनाउने जनमारा कार्यलाई समेत ‘जनता’ कै नाम दिएर गरिन्छ भने ‘जनता’ शब्दको अन्त कति मानमर्दन वा शोषण होला सहज विचार गर्न सकिन्छ । पोहोर साल वैशाखको मध्यतिर भएको माओवादीको आमहडतालको सेरोफेरोमा एकजना साधारण जनताले सोधेको प्रश्नमा कामरेड प्रच्णडले न शब्दकोष न सामाजिक परिवेश वा कानूनी मान्यताको आधार हुने एकदमै हास्यास्पद तरिकाले ‘जनता’ शब्दको परिभाषा दिएका थिए । जे होस जनताकै लागि भनेर गरेको त्यतिबेलाको आन्दोलन जनताकै विरोध र असहयोगका कारण चल्न सकेन र माओवादी नेतृत्वले सो अन्तिम आन्दोलन बिचैमा रोके ।

धेरै पुरानो ईतिहासमा नगई ५-७ वर्ष अगाडि मात्रै फर्कने हो भने पनि जनताकै लागि भनेर राजा मात्र भएर नपुगि तात्कालिन राजा ज्ञानेन्द्रले देशको प्रधानमन्त्री पनि हुने सपना पनि देखे । स्मरण रहोस यसरी जनातको लागि भनेर राजा र प्रधानमन्त्री दुबै हुने कोसिसमा लागेका ज्ञानेन्द्र आखिर त्यही कारण स्वयं पनि ‘जनता’ हुनुपर्‍यो ।

कुरा प्रष्ट छ। बज्रस्वाँठ लाउके, अदूरदर्शी नेता, वा सत्तालोलुप भाँडले जे जसो गरेर जनताको परिभाषा गरे पनि तीनका परिभाषा पूर्ण वा सही छैनन् । जनता भनेको तीनका सङ्कीर्ण सोच, अव्यवहारिक कथन वा विना अध्ययन र उत्तेजनाका साथ दिईएका अभिव्यक्तिका सिमित हिस्सा मात्रै हैनन् । नेपाल राष्ट्रको भित्र वसोवास गर्दै आएका सम्पूर्ण नेपाली नागरिकहरू नै समष्टिमा नेपाली जनता हुन ।

समकालीन नेपाली शब्दकोश, Essential English Dictionary देखि लिएर हिन्दी भाषाको शब्दकोश लगाएत विश्वका प्राय सबै भाषाको भाषाकोशले ले समेत ‘जनता’ शब्दको यसरी नै परिभाषा गर्छ । कि जनता कुनै वाद, राजनैतिक विचारधारा वा कुनै नेता विशेषको पिछलग्गु भरौटे मात्रै हैन, जनता भनेको कुनै पनि देशमा बस्ने सर्वसाधारण मानिस; नागरिक हुन ।

केही समय अगाडि हाम्रा प्रधानमन्त्रिले समेत जनताकै लागि संविधान सभाको म्याद थपको प्रस्ताव ल्याएको कुरा गरेर फेरि आफ्नो सिमित र सङ्कीर्ण सोचको प्रदर्शन र परिचय दुबै दिनुभयो । जनता संविधान चाहन्छन् , यसमा कसैको दुई मत छैन। तर माफ गर्नुस प्रधानमन्त्रीज्यू, नेपाली जनता देशले नै थेग्न नसकीने गरी तपाईँ लगाएतका ६०१ हात्ती वर्षौसम्म विना काम पालेर राख्ने पक्षमा भने छैनन् । त्यसैले “जनताकै लागि संविधान सभाको म्याद थप्ने” भन्नु भन्दा पहिले ‘जनता’ भनेको के वा को हुन भन्ने बारेमा पक्कै बुझ्नुहोस् । साथै पून: एक पटक भन्छु : “जनता संविधान सभाको म्याद थप्न हैन, संविधान बनेको देख्न मात्रै चाहन्छन् ” ।

अन्तमा, म काङ्ग्रेस, एमाले, माओवादी, राजावादी, मधेशवादी मध्य कोही हुनसक्छु । वा यी सबै मध्य कुनैपनि नहुन पनि सक्छु । तर म कुनै वादको हिमायती वा विपक्षी भएकै नाताले मात्रै नेपाली जनता नहुन भने कदापि सक्दिन । म माथिका कुनै विचारधारा बाट प्रभावित भए पनि ती वादका समर्थक भन्दा पहिला नेपाली जनता हुँ र माथिका कुनै विचारसँग सहमत नभए पनि आखिरमा नेपाली जनता नै हुँ । नेपालका राष्ट्रपति, प्रधानमन्त्री, कुनै दलका नेता वा सामाजिक ठेकेदारको ‘जनता’ को परिभाषा भित्र म पर्दिन भने त्यो मेरो गल्ती हैन, तीनै परिभाषाकार वा व्याख्या-उपव्याख्या र अपव्याख्या गर्नेको वैचारिक दरिद्रताको मात्रै प्रमाण हो त्यो । म नेपालमा जन्मेको, नेपाललाई माया गर्ने र सम्पूर्ण नेपाली जनताको दु:ख सुखको सहयात्री र नेपालको नागरिकको हैसियतले सत प्रतिशत नेपाली जनता हुँ ।

हो, व्यक्तिगत रूपमा म यो विशाल देशको लागि एक थोपा मात्रै हुँ भने समष्टिमा म जस्तै एक-एक थोपा मिलेर नै नेपाल राष्ट्रको जन-सागर बनेको छ । यही जनसागरले विगतमा कैयँन “मै हुँ” भन्नेलाई बगाइ सकेको छ र ‘जनता’ लाई ‘जनता’ नमान्ने वा आफ्नै गुटका लाई मात्रै जनता ठान्ने धेरैलाई यसले भविष्यमा पनि बगाउने छ । कसैको परिभाषा भीत्र परे पनि, नपरे पनि म फेरि भन्छु: “म नेपाली जनता हुँ र मलाई यो ‘जनता’ हुनुमा गर्व छ ।”

9 comments:

  1. दिलिप जी, तपाइका विचार र आजका प्रत्येक युवा पुस्ताका विचाहरू मलाइ जहाँ सम्म लाग्छ एकै छन् तपाइकै शब्द लिँदै म पनि यही कुरामा सहमति को हात दिन्छु र भन्छु,
    "हो, व्यक्तिगत रूपमा म यो विशाल देशको लागि एक थोपा मात्रै हुँ भने समष्टिमा म जस्तै एक-एक थोपा मिलेर नै नेपाल राष्ट्रको जन-सागर बनेको छ । यही जनसागरले विगतमा कैयँन “मै हुँ” भन्नेलाई बगाइ सकेको छ र ‘जनता’ लाई ‘जनता’ नमान्ने वा आफ्नै गुटका लाई मात्रै जनता ठान्ने धेरैलाई यसले भविष्यमा पनि बगाउने छ । कसैको परिभाषा भीत्र परे पनि, नपरे पनि म फेरि भन्छु: “म नेपाली जनता हुँ र मलाई यो ‘जनता’ हुनुमा गर्व छ ।"

    ReplyDelete
  2. "...म काङ्ग्रेस, एमाले, माओवादी, राजावादी, मधेशवादीध्य कुनैपनि नहुन पनि सक्छु । तर म कुनै वादको हिमायती वा विपक्षी भएकै नाताले मात्रै नेपाली जनता नहुन भने कदापि सक्दिन ।" - हो दिलीप जी अब फेरी एक पटक केवल नेपाली जनता भएर गोल्बन्द हुने बेला भएको हो कि जस्तो लाग्दै छ।

    ReplyDelete
  3. त्यही त लाज पचेका भतुवाहरु! कल्ले नबुझ्या हो र - संविधान नबनेका बिषयमा जे भने पनि यो चोरहरुका लुटी खाने दाउ मात्र हुन । फेरि यसरी लुट्न नदिउँ न त भनेर गरिने हाम्रा बिरोध चाहि दिनदिनै भुत्ते हुदै गैरहेको छ, त्यो देख्दा चाहि अचम्म लाग्या छ । कि सबैलाई झापु ठोक्ने पर्ने हो कि? फेरी झापु खाएर पालैपालो मन्त्री भए भने ।

    ReplyDelete
  4. dilip ji, namaskaar! khoee ta mero articles ?Wasn"t it good enough to publish?I was hopping that you will publish as you told.May i know why?

    ReplyDelete
  5. रमेश जी, तपाईको इमेल मात्रै आयो तर त्यसमा article एटेच भएको छैन् । मैले तपाईँलाई त्यहि दिनमा ईमेल पनि गरेको थिएँ ...एक पटक हेर्नुस त । मेरो acharyadilip@indiatimes.com मा तपाईँको आर्टिकल पठाउनुस ।

    ReplyDelete
  6. I am really sorry to trouble you, I did not see your message,my mistake .I have sent it again ,but you asked me to send it in doc format [word format] ,what is that ?please tell me little bit . Will you? About the attachment of article , i did everything i know and i use to do as before but i don no what went wrong.hopping this time it will be all right. Looking for your kind co-operation with my apologize and thanking you. ramesh, gyaneshore

    ReplyDelete
  7. Ramesh Ji,

    Till now (11:00 AM, 20/10/2012) I have not received your file. As I will mostly be online at day time, I'll be checking my mails frequently and so will inform you as soon as it is received.

    About the 'format', don't be confused, just send me your typed 'word file' and that will do.

    ReplyDelete
  8. dear sir ! till now four time i have sent th e same matter ,i believe if you have got you would have published. Could please tell me what is wrong? I am confused what should i do ,as i told you i know very little about computer.please suggest me.

    ReplyDelete
  9. sorry sir ! forget all above mentioned ,because again i made a mistake . after i rote this then i went through your mail ,still i am confused why it took three times to reach you, although i applied the same processor every time. Isn"t this funny for the person like me ?ha ha ha !!!! finely all is well!!!

    ReplyDelete