17 September, 2010

केही ब्लग ह्याकहरु
--Some Old Blogger Tricks--

नि:शुल्क ब्लग चलाउन अरू धेरै प्लेटफार्महरु उपलब्ध भएपनि, इच्छा भए र जानेको खण्डमा उपलब्ध टेम्प्लेटलाई जे-जस्तो आकार प्रकारमा पनि ढाल्न सकिने र अन्य विभिन्न संसाधनको प्रयोग गरेर ब्लग भित्तालाई रंगाउन, आकर्षक र बहुउपयोगी बनाउन सकिने हुनाले ब्लगर वा blogspot.com प्राय: ब्लगरहरुको पहिलो चयन हुने गरेको छ ।

नेपाली भाषामा ब्लग चलाउनेहरुको सङ्ख्या हेर्दा पनि वर्डप्रेस वा अन्यमा भन्दा ब्लगरमै नेपाली भाषाका ब्लगहरु बढी चलेका देखिन्छन् । यस्तै ब्लगरमा नेपाली ब्लग चलाउने केही नयाँ ब्लगर भाइहरूले केही दिन देखि ब्लगलाई ‘छेड-छाड’ गर्ने केही यस्तै कुराहरु बारे जिज्ञासा राखेकाले आजको पोस्टमा ब्लग पेजलाई आफ्नो अनुकूल बनाउने केही टिप्सहरु राख्दै छु ।

आफ्नो ब्लगमा Favicon राख्नुहोस: Favicon वा favorites icon, जसलाई website icon, bookmark icon, र यदाकदा shortcut icon पनि भनिन्छ । यो एउटा सानो इमेज हो, जसले कुनैपनि ब्लगलाई ब्लगरले चाहे अनुसारको पहिचान दिन्छ । तलको चित्र हेर्नुहोस:

Favicons
आफूलाई मन पर्ने वा आफ्नो ब्लगको पहिचान झल्काउने कुनै पनि चित्रलाई हामीले आफ्नो ब्लगको Favicon बनाउन सक्छौँ । हुन त ब्लगरमा Favicon राख्ने धेरै तरिकाहरू छन, ती मध्ये सबैभन्दा सजिलो एउटा तरिका म यहाँ राख्दै छु ।

१. सबैभन्दा पहिला आफूलाई मनपरेको वा आफ्नो पहिचान दिने चित्र छान्नुहोस वा 16×16 वा 32×32 pixel square साइजको चित्र बनाउनुहोस। यसको लागि चित्रको फर्म्याट .ico हुनु जरुरी छैन। .ico फर्म्याटका फाईल जहाँपनि अपलोड गर्न नमिल्ने भएकोले म .png, .jpg, .gif आदि फर्म्याटकै चित्र चयन गर्न वा बनाउन सल्लाह दिन्छु ।

(चित्र ठूलो छ भने फोटोसप वा अन्य कुनै ईमेज ईडिटरको सहायताले त्यसको साईज घटाउन सक्नुहुन्छ । यदि तपाईँ फोटोसप वा अन्य कुनै सफ्टवेयर प्रयोग नगरी अनलाईन एप्लिकेसनको माध्यमबाट Favicon बनाउन चाहनुहुन्छ भने:
Favicon.cc, Favicon Generator, Animated Favicon, iConverticons, Favicon Tool आदिको सहायताबाट आफू खुशी चित्र बनाउन वा तपाईसँग भएका कुनैपनि चित्रलाई बिना झन्झट सही साइजको Favicon मा बदल्न सक्नुहुन्छ । )

२. अब सो चित्रलाई कुनै नि:शुल्क सर्वरमा अपलोड गर्नुहोस । व्याण्डविड्थ क्रस हुने वा अन्य समस्याबाट बच्नको लागि र गुगलकै एकाउन्टबाट चलाउन मिल्ने भएकोले Picasa मै अपलोड गर्दा सजिलो र भरपर्दो पनि हुन्छ । चित्रलाई अपलोड गरेपछि त्यसको लिन्क नोट गर्नु होला ।

३. अब ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा। अब “Edit Template” भन्दा मुनी देखीने कोड बक्समा निम्न कोड खोज्नुहोस्:
</head>
४. अब सो </head> भन्दा ठ्याक्कै माथि तलको कोड राख्नुहोस:
<link href='http://www. XXXYYYZZZ' rel='shortcut icon' type='image/x-icon'/>
याद गर्नुहोस माथिको http://www. XXXYYYZZZ को सट्टामा माथि नं २ अनुसार नोट गरिएको आफ्नो चित्रको लिन्क राख्नु पर्छ ।

५. अब "SAVE TEMPLATE" थीच्नुहोस्। तपाईको Favicon तयार भयो ।
मोजिला फायरफक्स, गुगल क्रोम, ओपेरा आदि ब्राउजरमा यो Favicon देखिए पनि इन्टरनेट एक्सप्लोररबाट भने यो नदेखिन पनि सक्छ ।

Navbar लाई हटाउनुहोस: Navbar अर्थात ब्लगरको डिफल्ट टेम्प्लेटहरुमा सबैभन्दा माथि हुने Navigation bar, जसमा कुनै ब्लग सेयर गर्ने, ब्लगरको ड्यासवोर्डमा प्रवेश गर्ने आदि लिन्कहरु रहेका हुन्छन् । तलको चित्र हेर्नुहोस:

Navbar
सामान्य अबस्थामा यसमा भएका लिन्कहरु उपयोगी नै भएपनि त्यसका अन्य विकल्पहरु भएका र यसलाई हटाउँदा ब्लग केही हदसम्म सफा वा ‘प्रोफेसनल’ देखिने भएकोले प्राय: ब्लगरहरुले यो Navbar हटाउने गर्छन् ।

यदि तपाईँ पनि आफ्नो ब्लगको Navbar हटाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला सबैभन्दा पहिला ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा।

अब “Edit Template” भन्दा मुनी देखीने कोड बक्समा निम्न कोड खोज्नुहोस्:

<b:skin>
अब सो कोडभन्दा पछाडि तलका कोडहरु थप्नुस:
div.navbar {
opacity:0.0;
display:none;
}
कोडहरु थपेपछि यो कोड सेक्सन करिब करिब यस्तो देखिने छ:
<b:skin> div.navbar {
opacity:0.0;
display:none;
}<![CDATA[/*

अब "SAVE TEMPLATE" थीच्नुहोस्। तपाईको Navbar हराउने छ ।

ब्लग पोस्टमा Subtitle वा उप-शीर्षक जोड्नुहोस्: साधारण अवस्थामा यो आवश्यक हुँदैँन। तर कुनै बेलामा ब्लगपोस्टको शीर्षक धेरै लामो भएमा वा कुनै Subtitle वा उप-शीर्षक लाई विशेष रुपमा हाइलाइट गर्नु परेमा भने यो काम लाग्छ । उदाहरणको लागि मेरै ब्लगको यो पोस्ट हेर्नुस :

Nepali Blog tips 1 
माथिको पोस्टमा शीर्षक लामो भएकोले दुइ लाईनको बनाइएको छ । सो बाहेक मेरो यो पोस्टयो पोस्टमा पनि त्यस्तै प्रयोजनको लागि ब्लगको शीर्षकलाई दुई लाईनमा बिभाजन गरिएको छ ।

यदि तपाई पनि कुनै विशेष प्रयोजनको लागि ब्लगको शीर्षकलाई २ लाइन वा धेरै लाईनमा विभाजन गर्न चाहनुहुन्छ भने सिधै ब्लगको पोस्ट Title मा <br/> ट्यागको प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणको लागि यहि पोष्टको शीर्षक ब्लगरको पोस्ट इडिटरमा यस्तो देखिने छ:

Nepali blog tips
माथिको चित्रमा Title: “केही ब्लग ह्याकहरु <br/><center> Some Old Blogger Tricks </center>” राखीएको छ ।

यसमा <br/> ट्यागले त्यो भन्दा पछाडिका शब्दहरु दोस्रो लाईनमा हाल्ने निर्देश दिन्छ भने <center></center> ले दोस्रो लाइनलाई शीर्षक बक्सको बीचमा राख्छ ।

यदि तपाई उप शीर्षकलाई बीचमा नराखी शीर्षकको ठ्याक्कै मुनि राख्न चाहनु हुन्छ भने तपाई <center> र </center> हटाएर यसको शीर्षक यसरी राख्न सक्नुहुन्छ:

केही ब्लग ह्याकहरु <br/>Some Old Blogger Tricks

यसो गर्दा शीर्षकको ठ्याक्कै मुनि उप शीर्षक बस्ने छ । त्यो बाहेक उप शीर्षकका अक्षरलाई मुख्य शीर्षकको अक्षर भन्दा सानो बनाउन चाहनुहुन्छ भने सामान्य रुपमा <small> र </small>ट्यागको प्रयोग पनि गर्न सक्नु हुन्छ । जस्तै:

केही ब्लग ह्याकहरु <br/><small>Some Old Blogger Tricks</small>

यसो गर्दा मुख्य शीर्षक ठुलो आकारको अक्षरमा र उप शीर्षक केही सानो अक्षरमा देखिने छ ।

यी बाहेक तपाईँ <br/>, <center>, <small>, <b> आदि २ वा २ भन्दा बढी ट्यागहरु पनि ( क्रम मिलाएर र क्लोजिङ ट्याग राखेर) एउटै शीर्षकमा सामुहिक रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।यसरी उप शीर्षकका शब्दहरुलाई बोल्ड, इटालिक गर्न वा तीनका रंगहरु पनि ट्याग र कलर कोडका मद्दतले बदल्न सक्नुहुन्छ । केही कोडहरुसँग खेल्नुहोस र आफ्नो शीर्षकलाई छुट्टै पहिचान दिनुस Open-mouthed smile

Happy Blogging !

50 comments:

  1. मुरी मुरी धन्यबाद ! मैले नी यो बारेमा त सोचेकै रहेन'छु ! र तरिका पनि थाहा थिएन !
    जाति भो !
    धन्यबाद जानकारीको लागि -दिलिप दाइ !

    ReplyDelete
  2. धेरै धेरै धन्यबाद नव जानकारीका लागि दिलिप सर |

    ReplyDelete
  3. उपयोगी जानकारीको लागि धेरै धेरै धन्याबाद!
    "how to stream live radio and TV in Blogger Blog" यो बारेमा पनि जानकारीको आशा गर्दछु।

    ReplyDelete
  4. नयाँ पुराना सबैको लागि उत्तिकै उपयोगि टाँसो दाई । धन्यबाद जानकारीको लागि ।

    ReplyDelete
  5. ओ हो कस्तो काम लाग्ने कुरा । न्याय नपाए गोर्खा जानु ब्लग टिप्स चाहिए दिलीप सरको ब्लग छिर्नु । तर औला दिँदा डुडुलो निल्ने भने जस्तो भयो दिलीप सर अब मलाई तपाईंको ब्लगजस्तै दुई, तीन फ्रेम बनाउने तरीका पनि चाहियो ।

    ReplyDelete
  6. धेरै धेरै धन्यबाद दिलिपजी, मैले जुन बेला दिलिपजीको ब्लगसाईटमा नेपालको झन्डा फर्फराएको website icon देखेका थिए त्यति बेला नै मेरो मनमा आफ्नो ब्लग साइतमा पनि त्यस्तै आफुले सोचेको जस्तो website icon राख्न दिलिपजी संग सोध्ने बिचार गरेका थिए, तर मेरो मनको आवाजलाई आज दिलिपजीको ब्लग साइटको तासोमा देख्दा म धेरै खुशी छु,एक चोटी फेरी धन्यबाद जानकारीको लागि -दिलिपजी....!!!

    ReplyDelete
  7. भकारीका भकारी धन्यवाद है दिलिप जी तपाइलाइ । साह्रै उपयोगी लाग्यो ।

    ReplyDelete
  8. सबैजनाको लागी उपयोगी हुने जानकारी !! :-)

    ReplyDelete
  9. कतिपय कुराहरुमा Wordpress नै राम्रो छ जस्तो कि Read More (बाँकी यता/पुरै पढ्नुहोस् ई.) राख्ने सुबिधा ई.। तर Blogspot का आजकाल आएका नयाँँ Template ले अझै "जे-जस्तो आकार प्रकारमा पनि ढाल्न सकिने र अन्य विभिन्न संसाधनको प्रयोग गरेर ब्लग भित्तालाई रंगाउन, आकर्षक र बहुउपयोगी बनाउन" सजिलो बनाइदिएको छ ।
    उदाहरणको लागि http://tips-hindi.blogspot.com/ ले हिन्दी भाषामा (अरु पनि छन्) blog को tips र प्रवर्ड्ढन मा सहयोग पुर्याए जस्तै नेपाली भाषाको लागि यहाँले गर्नु भएको अथक् पर्यास सराहनिय छ ।

    ReplyDelete
  10. very useful post for bloger. thank you dilip dai

    ReplyDelete
  11. अमर जी, सकेसम्म सबैलाई उपयोगी हुने किसिमका टिप्सहरु दिने कोसिस हो मेरो... मौका मिलेमा अन्य कुराहरु पनि लेख्ने नै छु ।

    परेश जी, तीन फ्रेम भनेर टेम्प्लेटलाई तीन कोलममा लाने कुरा गर्नु भएको हो भने त्यस बारेमा मैले ब्लग टेम्प्लेट फेर्ने हो ? (नयाँ ब्लगरका लागि) भन्ने पोस्टमा केही कुरा लेखी सकेको छु। फुर्सदमा हेर्नुहोला ।

    विष्णु जी, सुरुमा मैले पनि वर्डप्रेस र ब्लगर दुबैमा एकै पटक ब्लग खोलेको हो । पछी यता अलि 'छुक-छुक' गर्ने स्पेस देखेकोले वर्डप्रेस छाडेको हुँ :) ।

    Read More को सुविधा ब्लगरले सुरु गरेको एक वर्ष भैसकेको छ । त्यस बारेमा मैले करिब एक वर्ष अगाडि नै अब ब्लगरको आफ्नै “Read More” भन्ने एउटा पोस्ट लेखेथैँ । समय रहँदा हेर्नु होला।

    तर यति हुँदा-हुँदै पनि मलाई पनि धेरै कुरामा अझै पनि वर्डप्रेस राम्रो छ जस्तो लाग्छ । वर्डप्रेसको कमेण्ट सिस्टम, चाहिएको मात्रै मिति, ट्याग, क्याटगोरी वा अथको मात्रै पोस्ट र पेज एक्सपोर्ट र इम्पोर्ट गर्ने सुविधा, ड्यास वोर्डमा एकै पेजमा ब्लगको पुरै 'स्टाटस' देखिने सुविधा, ट्यागिङ, 'अटो पिङ' र पोस्ट इटिटर अनि मल्टि मेडिया (म्युजिक समेत) सीधै अपलोड गर्ने सुविधा भने अहिले पनि ब्लगरको भन्दा धेरै राम्रो छ ।
    त्यहि हो घरको 'नक्शा' भने फिक्स गरिदिन्छ वर्सप्रेसले अनि लिपपोत वा पार्टिसन गर्न भने मिल्दैन :) ।

    प्रोत्साहन-मूलक टिप्पणीका लागि सबैमा धन्यवाद ।

    ReplyDelete
  12. अति उपयोगी धेरै जानकारीहरुका लागि धेरै-धेरै धन्यबाद!

    ReplyDelete
  13. ब्लगरलाई धनी बनाउने फेरि अर्को सौगात ।
    मलाई यदाकदा महसुस हुन्थ्यो यसको अभावको, Favicon राख्‍ने उपाय साह्रै चित्तबुझ्दो र सजिलो गरी उल्लेख गर्नुभयो दाइले ।

    ReplyDelete
  14. मुरी मुरी धन्यबाद ! यस्तो लेखिए ता पनि भन्न खोजिएको 'भुरी भुरी धन्यवाद!' हो कि?

    ReplyDelete
  15. लौ धन्यबाद है दाजु मैले त नेपालको झन्डा राखेँ फभिकोन । कति राम्रो देखियो।

    ReplyDelete
  16. हेल्लो दिलीप सर नस्मकार
    सर मेरो ब्लॉग को माथि को हाम्रो अर्घाखाँची (header ) को साइज बहुत ही ठुलो छ
    र मेरो ब्लॉग मा पेज को पछाड़ी लगायेत सबे मा सेट्टिंग को बार यानि निसान दिखाईदिन्छ किन होला
    please सर बताई दिने कोसिस गरीदिनु होला ?

    ReplyDelete
  17. गोकुल भाइ,

    हेडरको साइज सानो गर्न ब्लगरको Dashboard बाट Design हुँदै "Template Designer New!" मा क्लिक गर्नुस। अब खुल्ने पेजमा “Advanced” मा क्लिक गर्नुस । अब “Advanced” को दायाँपट्टी "Blog Title" मा क्लिक गरी त्यो भन्दा दायाँमा भएको 'Font' को साइज आदि चेन्ज (सानो) गर्नु होला ।

    सेटिङ को पछाडिको निसान भनेको चाही मैले राम्ररी बुझीन है ☺ !

    साथै तपाईँको ब्लगमा मेरो १-२ वटा कथाहरु पनि रहेछन। तीनलाई या त हटाउनु होला या मेरो नाम र मेरो ब्लगको लिन्क दिएर मात्रै राख्नु होला । (तपाईँ नयाँ ब्लगर हुनुहुन्छ ... मूल लेखकको नाम र लिन्क नदिइ कपि पेस्ट गर्नु सहि हुँदैन...आशा छ सच्चाउनु हुनेछ )

    ReplyDelete
  18. धेरै-धेरै धन्यबाद! :)

    ReplyDelete
  19. सबैका धन्यबादमा म पनि एउटा 'धेरै' थप्छु |

    ReplyDelete
  20. sir Namaskar
    sir mero blog http://hamrostudy.blogspot.com lai facebook ma pani share garna chahan6u .. ekantipur, nagariknews jastai gari kasari facebook ma like garna milne banaune ?? kripaya sahayog ko aasha gareko 6u..

    ReplyDelete
  21. Ram Mani Baral Ji, if you mean to embed Facebook Like button in your blog you can go to this page and make your choice.

    Alternately you may find detail about it in this page and this page too.

    ReplyDelete
  22. dilip jee google ko blogger templates ko size change garna milcha ki mildaina..
    exmp: main post page... .
    sidebar right+sidebar left..

    ReplyDelete
  23. माथि नाम न लेख्नुहुने मित्र,

    यदि ब्लगरकै टेम्प्लेट प्रयोग गर्नु भएको छ भने कुनै पनि साइड बार वा मेन पेज आदिको साइज सजिलै चेन्ज गर्न सकिन्छ । यस बारेमा मैले केही समय अगाडि नै एउटा ब्लग टेम्प्लेट फेर्ने हो ?(नयाँ ब्लगरका लागि) भन्ने पोस्टमा लेखेको छु। सो पोस्टको तलतीरको

    ब्लगरको आफ्नै टेम्प्लेट ईडिटर:

    भन्ने भाग हेर्नुहोला ।

    ReplyDelete
  24. ho tara maile entire ko ma 1200px rakhna chahanchu
    ani left sidebar 260 px
    ani left sidebar 260 px
    ra main pag.. 780px
    kasari banaune hola plz help meeee.

    ReplyDelete
  25. तपाईँले फेरि पनि आफ्नो नाम वा ब्लगको ठेगाना नलेख्नु भएकोले कुन टेम्प्लेट प्रयोग गर्नु भएको हो भन्ने थाहा हुन सकेन । तर तपाईँको प्रश्नको बारेमा भने एउटा मूलभूत कुरा याद गर्नुस् । तपाईँले भने जस्तै मेन पेज 780 px र दुईटा साइडबार 260 px गर्दा 780+260+260 = 1300 हुन्छ । यस्तोमा तपाईँले मेन कन्टेन्ट लाई 1200px राख्दा टेम्प्लेट बिग्रन्छ नै ।

    अर्को कुरा ब्लगको मेन चौडाइ १००० वा १०५० भन्दा बढी राख्दा ब्लग बेसाइजको वा अलि नमिल्दो देखीन्छ । त्यसैले ब्लगरको टेम्प्लेट ईडिटरमा पनि सायद चौडाइ १००० भन्दा बढी राख्न नमिल्ने बनाइएको हुन्छ ।

    तर..., यदि तपाईँ अझै पनि आफ्नो पेजलाई चौडा गर्न चाहनुहुन्छ भने ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा। अब “Edit Template” भन्दा मुनी देखीने कोड बक्समा निम्न कोड खोज्नुहोस्: (प्राय: <![CDATA[ भन्दा ठ्याक्कै माथि हुन्छ)

    <b:variable default='930px' name='content.width' type='length' value='930px'/>
    <b:variable default='0' name='main.column.left.width' type='length' value='180px'/>
    <b:variable default='360px' name='main.column.right.width' type='length' value='180px'/>

    अब त्यसमा रहेको 'length' value='930px' लाइ 1200 र दुइटै ‘'length' value='180px' लाई 260 गर्नुहोस ।

    यदि तपाईँले चौडाइ चेन्ज गरिसक्नु भएको भए यो value तपाईँकोमा फरक हुनपनि सक्छ—तर जे भए पनि यो तिनटा value चेन्ज गरेर ब्लगको चौडाइ बढाउन भने सकिन्छ ।

    ReplyDelete
  26. thank you very much dilip jee..

    ReplyDelete
  27. Thanxx Sir Hajur lai dhari dhari sukerya marbani hajur

    ReplyDelete
  28. dilip jee maile blogger template halda yesto thulo ani teti dherai bhadda kina dekhini hola yek choti hernus na.
    http://surendrasapkota.blogspot.com/

    ReplyDelete
  29. सुरेन्द्र जी, तपाईँको ब्लगमा ब्लगरकै आफ्नै टेम्प्लेट छ । तर साइडबारका ग्याजेटहरुको साइज साइडबारको कुल चौडाइ बन्दा बढि भएकोले सबै ग्याजेट ब्लग पोस्टमाथी परेको वा मार्जिन बाहिर गएको छ । अब कि त साइडबारको चौडाइ बढाउनुस कि त ग्याजेटहरुको चौडाइ घटाउनुस । हेडरको साइज पनि सानो गर्दा छरितो देखिन्छ ।

    ब्लगरकै आफ्नै टेम्प्लेट भएकोले त्यसलाई आफूले चाहेजस्तो 'सेप वा साइज' दिन सकिन्छ । यसको लागि मैले केही समय अगाडि लेखेको ब्लग टेम्प्लेट फेर्ने हो ?(नयाँ ब्लगरका लागि) भन्ने पोस्टको तल तीरको

    ब्लगरको आफ्नै टेम्प्लेट ईडिटर:

    भन्ने भाग हेर्नुहोला ।

    ReplyDelete
  30. Picasa मा पनि favicon ko .ico file upload hunchha ra vanya!! Maile ta janina ho Dilip sir!!

    Yo Icon banaune kam le ni nikai tension po diyo ta!!

    ReplyDelete
  31. मिलन जी, मैले माथि पोस्टमा पनि लेखेको छु, मैले यो पोस्टमा लेखेको तरिका अनुसार Favicon राख्नको लागि चित्रको फर्म्याट .ico हुनु जरुरी छैन।

    .ico फर्म्याटका फाईल Picasa मा अपलोड गर्न पनि मिल्दैन । तर Favicon बनाउनको लागि .ico नचाहीने र .png, .jpg, .gif आदि कुनैपनि फर्म्याट काम लाग्ने हुनाले तीनै फर्म्याटका कुनै पनि इमेज Picasa मा अपलोड गरेर फेविकन बनाउनु होला :)

    ReplyDelete
  32. Tehi ta kura ali half matrai bujhechhu sir maile... .ico le matrai hune raichha vanne bujhe suruma... Pachhi Idea furyo... Many Thanx Dilip jee...

    ReplyDelete
  33. Dilip Acharya ji maile mero blogspot banayako 6u tara tesma ................home,gallery,contact us jasta kura haru rakhna janina ke garne hola sir??

    ReplyDelete
  34. समिन जी, तपाईँको प्रश्नको उत्तरको लागि मेरो ब्लग विधालाई ट्याबमा राख्‍नुहोस –Easy CSS Menu भन्ने पोस्ट र त्यसमा भएका कमेन्टहरु पनि हेर्नु होला ।

    ReplyDelete
  35. mero blog ma mahile read more tab rakheko tara mero blog ma 2 ota read more tab aauchh can u help me about it

    ReplyDelete
  36. दिपक जी, तपाईँले ब्लगरको आफ्नै वा थर्ड पार्टि कोड के प्रयोग गर्नु भएको हो थाहा भएन । कहीलेकाही थर्डपार्टी टेम्प्लेट प्रयोग गर्दा त्यसमा सुरु मा नै यस्ता कोडहरु बन्डल भएर आएका हुन्छन् ।

    यस बारेमा मैले धेरै अगाडि एउटा अब ब्लगरको आफ्नै “Read More” भन्ने पोस्ट लेखेको थिएँ । एक चोटि त्यो पोस्ट र त्यसमा भएका कमेन्टहरू पनि हेर्नुहोला ।

    ReplyDelete
  37. dilip ji mero blog www.dipakbhattarai.blogspot.com ma pages ra picture bannar bich ko gap kasari hataun sakiyela yeso bataidinuhunthyo ki?

    ReplyDelete
  38. dilip ji maile afno blog ma third part Favicon rakheko thiye yesle google crome ra internte explorma kam gardaina matra firefox kam garchha yyeslai internate explorma ra google crome ma pani kam garene banauna k garnu parccha hola ya yeslai hatuna k garnu parchha hola yeso bataidiye abhari hunethiye

    ReplyDelete
  39. रमेश जी,
    यो पोस्टमा लेखेको तरिकाबाट राखिएको फेविकन पनि इन्टर्नेट एक्सप्लोररबाट भने देखिँदैन । तर क्रोम र ओपेराबाट भने देखिन्छ ।

    तपाईँले थर्ड पार्टी भनेर कुन तरिकाबाट फेविकन हाल्नु भयो थाहा भएन। सम्भव भएमा त्यतिबेला टेम्प्लेटटमा थपेको कोड झीकेर माथी बताएजस्तै तरिकाबाट फेविकन हाल्नुहोला :)

    ReplyDelete
  40. रमेश सर
    सर्वप्रथम नमस्कार । यँहाले ईन्टरनेटको माध्यमबाट म जस्ता ईन्टरनेटमा जिज्ञासा राख्ने व्यक्तिहरुका लागि dacharya.blogspot.com नामक Blog बनाएर हाम्रो समस्या समाधान गर्ने प्रयास गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु । धेरै अघाडि देखि मलाई समेत आप्नो ब्लग बनाउने ईच्छा थियो । मैले Blogspot and wordpress मा समेत Blog बनाएको छु / तर तर मलाई आप्नो साईट customize गर्न आएन । अर्थात मैले भन्न खोजेको के हो भने कसरी नेपाली भाषमा content बनाउने । कसरी content हरुमा hiperlink जोडने/ कसरी मुख्यपृष्ठमा फोटोहरु राख्ने etc. यहाले मेरो यि समस्याहरुको समाधान गर्नुहुने छ भन्ने आशमा छु । मेरो साईटको नाम nmeamechinagar.blogspot.com हो ।

    ReplyDelete
  41. दिलीप जी मलाई पानी अली ली अस्को बारेमा सिकना मन लागेको छ अस्मा कसरी होम पेज माँ http://nepal-songs.blogspot.com/ यो साइड को जस्तो बनौना चाहन्छु तर सकीना तपाई लाई थाहा छ की त्यों download माँ छूने बितिकै अरु पानी देखिनचा कसरी हो ?

    ReplyDelete
  42. sir how to make the looks of comment as your blog. can you help me.
    paniphoto

    ReplyDelete
  43. how to feature live tv,radio nd online news paper in blog dai?biswas chha arko blog tips ma include garnu hunechha.
    thank you

    ReplyDelete
  44. dai ani next navbar hatauda ta dasshboard mathi ko design new post icon haru sabai hara yo plz help

    ReplyDelete
  45. गिरी जी, तपाईँको प्रोफाइलमा क्लिक गर्दा ब्ल्यान्क पेजमा पुगिएकोले तपाईँले कुन टेम्प्लेट प्रयोग गर्नु भएको छ थाहा भएन।

    कुनै थर्ड पार्टि टेम्प्लेट प्रयोग गर्नु भएको छ र त्यसमा navbar लाई मोडिफाई गरिसकिएको भए मात्रै हो नत्र यस्तो समस्या आउँदैन :)

    ReplyDelete
  46. dai iam very much new in using blog so i dnt know while trying something the other goes wrong hope u nevr mind with my 1 after another qstns.
    dai i hav tried changing my blog address from xxxxx.blogspot.com to peinepal.blogspot.com but now label tabs are not opened while clicked as it says the blog has been removed.so what can i do to update them aswell in my new blogadress?plz just dnt get bored hai dai.thank you

    ReplyDelete
  47. nd how to remove blank space afer evry posts?

    ReplyDelete
  48. blogma download ko lagi file rakna k garnu k garnu parla

    ReplyDelete
  49. dilip sir blogma add gadgml et garda html kaha rakne there is noplace for html

    ReplyDelete