24 May, 2010
आफ्नो ब्लगमा अदृश्य कन्ट्रोल प्यानल बनाउनुहोस !
BLogger hidden control panel हामीहरु प्राय: ब्लगरको Navbar लाई आफ्नो टेम्प्लेटबाट हटाउँछौं । ब्लगको सबैभन्दा माथी रहेको र खासै उपयोग पनि नहुनाले सो Navbar हटाएपछि ब्लगपेज केहि छरितो र सफा पनि देखिन्छ । तर यो हटाउने बित्तिकै आफ्नो ड्यासबोर्डमा जान, नयाँ पोस्ट लेख्न वा ले-आउट आदि परिवर्तन गर्न पर्‍यो भने फेरि अर्को पेज वा ट्याब खोलेर ब्लगरको लगईन पेजमा जानु पर्ने हुन्छ ।
यसको विकल्पको रुपमा ब्लगरको साईडबारमा वर्डप्रसको जस्तै "Meta Widget" पनि राख्न मिल्छ र सो वारेमा मैले धेरै पहिला यो पोस्टमा लेखेको थिएँ । तर सो "Meta Widget" ले पनि साइडबारको "ठाउँ खान्छ" र ब्लगका आगन्तुक सबैले देख्छन पनि ।अत: आजको यो पोस्टमा ब्लगको एडमिन वा ब्लग चलाउनेले मात्रै देख्ने तर ब्लगका आगन्तुकले नदेख्ने अदृश्य कन्ट्रोल प्यानल कसरी बनाउने बारेमा लेख्दैछु ।
यो अदृश्य कन्ट्रोल प्यानल बनाउने तरिका एकदमै सरल छ र यसलाई तपाई आवश्यक्ता अनुसार आफ्नो ब्लगको कुनै पनि कुनामा (साइडबार, हेडर वा फुटर) राख्न सक्नुहुन्छ । ब्लग एडमिन गुगलमा लगईन भएपछी मात्रै देखिने तर अरु आगन्तुकले नदेख्ने भएकोले यसको प्रयोग गर्दा ब्लगको "ठाँउ खेर" नजाने मात्रै हैन ब्लगर आफैंलाई भने कुनै पनि सेटिङ वा पेजमा एकै क्लिकमा पुग्न एकदमै सजिलो हुन्छ ।
अब आउनुहोस, यो अदृश्य कन्ट्रोल प्यानल बनाउनतर्फ लागौं । जम्मा तीन स्टेपमा तयार हुने यो कन्ट्रोल प्यानल बनाउन सबैभन्दा पहिला यसको लागि ब्लगरले आफ्नो "Unique Blog ID Number" पत्ता लगाउनु पर्ने हुन्छयसको लागि क्रमैसंग तलका तरिका अपनाउनु होला:
१) पहिला आफ्नो ब्लगरको युजर नेम र पासवर्ड प्रयोग गरेर ब्लगरको ड्यासबोर्ड हुँदैं Design मा जानुस। अब तलको चित्रमा जस्तै तपाईले आफ्नो ब्राउजरको एड्रेसबारमा हेर्नुभयो भने http://www.blogger.com/rearrange?blogID=8958497507507351243 जस्तै लाईन देख्नु हुनेछ । त्यसमा "blogID=" भन्दा पछाडि रहेका केही अंकहरुको समुह नोट गर्नुहोस । यो हरेक ब्लगरको छुट्टै हुन्छ र अदृश्य कन्ट्रोल प्यानल बनाउन आवश्यक हुन्छ ।
id clear 1
२) अब तलको कोड कपि गर्नुहोस र सो कोडमा भएको "1234567890" को सट्टामा माथी नं १ को तरिका अनुसार पत्ता लागाईएको आफ्नो Unique Blog ID Number हाल्नुस । (अर्थात कोडमा रहेका सबै "1234567890" लाई आप्नो युनिक ब्लग आईडिले बदल्नुहोस)।
कोड:
मेरो कन्ट्रोल प्यानल
New Post |
Settings |
Template Designer  |
Design |
Edit HTML
Fonts and Colors
Moderate Comments
Sign Out
३) अब आफ्नो ब्लगरको ड्यासबोर्ड हुँदैं "Design" मा जानुहोस र "Add a gadget मा क्लिक गर्नुहोस। त्यसपछि खुल्ने पेजमा “HTML/JavaScript clip_image001” मा थिच्नुहोस अनि खुल्ने बक्समा “Title” खाली नै राख्नुहोस र Content मा भने माथिको कोड कपि गरेर (आईडि नम्बर अर्थात सबै ‘1234567890’ को सट्टामा आफ्नो यूनिक ब्लग आईडि हालेर) पेष्ट गर्नुहोस । र सेभ गर्नुहोस ।
अब तपाईको अदृश्य कन्ट्रोल प्यानल तयार भयो ।
गुगलको कुनैपनि पेज वा सर्विसमा लगईन भएपछि ब्लग एडमिनले मात्रै यो कन्ट्रोल प्यानल देख्ने र अरु आगन्तुकले नदेख्ने भएकोले तपाई आफ्नो सुविधा अनुसार यो कन्ट्रोल प्यानललाई ब्लगको दाँया-वायाँ साइडबार, फुटर वा हेडर मुनि पनि राख्न सक्नुहुन्छ । तलका चित्रहरु हेर्नुहोस:(पहिलो हेडर मुनि र दोस्रो भने ब्लग फुटरमा राखिएको छ)
Invisible Control Panel Under Header
Control Panel --Footer
यसमा रहेको कोड लाईन मध्य यदि तपाई “कमेण्ट मोडरेशन” गर्नु हुन्न भने यो लाईन:
पुरै हटाउन सक्नुहुन्छ । वा आफ्नो आवश्यक्ता अनुसार अन्य विकल्पहरु पनि यो कोडमा थप-घट गर्न सक्नुहुन्छ ।
Happy Blogging !
Update (18-01-2012)
यो पोस्ट करिब २ वर्ष जत्ति अगाडि लेखेको थिएँ। त्यस बेलामा र अहिलेमा ब्लगरले आफ्नो पुरै नाप-नक्शा नै परिवर्तन गरेकोले अहिले यो कोडहरूलाई सिधै ग्याजेट बनाएर राख्दा यसले काम गर्दैन र यस बारेमा मैले यही पोस्टको कमेन्टमा पनि लेखि सकेको छु । तर अझै पनि यो ‘ह्याक’ ले काम गर्छ र ब्लग एडमिनले मात्रै देख्न सक्ने कन्ट्रोल प्यानल अहिले पनि बन्छ । त्यसैले धेरैजना साथीहरूको आग्रहमा यसमा फेरि केही थपथाप जोड्दै छु।
आफ्नो ब्लगमा यदि तपाईँ यस्तो अदृश्य कन्ट्रोल प्यानल राख्न चाहनुहुन्छ भने यसो गर्नुस:
१ पहिला आफ्नो ब्लगरको युजर नेम र पासवर्ड प्रयोग गरेर ब्लगरको ड्यासबोर्ड हुँदैं Settings मा जानुस। अब आफ्नो ब्राउजरको एड्रेसबारमा हेर्नुभयो भने तपाईँले तलको चित्रमा जस्तै http://www.blogger.com/rearrange?blogID=8958497507507351243 जस्तै लाईन देख्नु हुनेछ ।
Blog ID
त्यसमा "blogID=" भन्दा पछाडि रहेका केही अंकहरुको समुह नोट गर्नुहोस । यो हरेक ब्लगको छुट्टा छुट्टै हुन्छ र अदृश्य कन्ट्रोल प्यानल बनाउन आवश्यक हुन्छ ।
२ अब तलको ‘कोडग्रुप’ कपि गर्नुस र त्यसमा भएको हरेक "1234567890" को सट्टा आफ्नो blogID हाल्नुस । (तलको सबै कोडग्रुप लाई वर्ड, नोटबुक वा कुनै वर्ड प्रोसेसरमा पेस्ट गरेर Find>>Replace गर्नु भयो भने यो सजिलो सँग हुन्छ ।)
‘कोडग्रुप’:
मेरो कन्ट्रोल प्यानल
New Post |
Settings |
Template Designer  |
Design |
Edit HTML |
Fonts and Colors  |
Moderate Comments |
Sign Out
३ अब आफनो ब्लगको ड्यासबोर्ड बाट पुरानो इन्टरफेस चलाउनुहुन्छ भने
Dashboard>>Design>>Edit HTML मा जानुस
अनि नयाँ इन्टरफेस चलाउनुहुन्छ भने, Dashboard>>Template>>Edit HTML>> (Proceed) गर्नुस ।
र टेम्प्लेट कोड बक्समा निम्न मध्य कुनै एउटा ‘कोड लाइन’ खोज्नुस:
<b:section class='header' id='header' maxwidgets='1' showaddelement='no'>
<b:section class='header' id='header' maxwidgets='1' showaddelement='yes'>
(यी दुई कोडमा maxwidgets='1' को सट्टामा '2', '3' वा '4' आदिपनि हुनसक्छन्)
<b:section class='sidebar' id='sidebar2' preferred='yes'>
<b:section class='sidebar' id='sidebartop'>
<b:section class='sidebar' id='sidebar' preferred='yes'>
<b:section class='sidebar' id='sidebar1' preferred='yes'>
४ अब माथि आफ्नो blogID परिवर्तन गरेर बनाइएको पुरै ‘कोडग्रुप’ लाई
भेटिएका कुनै एक ‘कोड लाइन’ भन्दा माथि पेस्ट गर्नुस र टेम्प्लेट ‘सेभ’ गर्नुस । तपाईँको ब्लगमा तपाईँले मात्रै देख्ने कन्ट्रोल प्यानल बन्नेछ Party smile
Happy Blogging Again !!!
43 comments:
1. अति उपयोगी सुझाव! मैले अहिलेसम्म नेभिगेशन बारमा blogger को लिंक राखेर काम चलाऊँदै आएको थिएँ, अब यसै गर्नुपर्ला जस्तो छ।
ReplyDelete
2. यो 'छुपारुस्तम प्यानल' पनि बडो कामको देखियो । मैले पनि Navbar सफाचट पारेकोले विकल्पको खोजी थियो नै । यो उपयोगी हुने देखेँ ।
ReplyDelete
3. एकदम उपयोगी टिप्स,
इमेल साइन इन भएको बेला डाइरेक ब्लग एडरेस बाट गएर इडिर गर्न मिल्ने रहीछ,्र
सुझाबको लागी धन्यबाद
ReplyDelete
4. अहा! धेरै नै उपयोगी टिप्स रहेछ, यो अदृश्य कन्ट्रोल प्यानल पालैपालो सबै ब्लगहरुमा राख्न थाले है मैले त ... ।
ReplyDelete
5. उपयोगी सल्लाह नै रहेछ ! अधिक मात्रा मा काम लाग्छ, साइन इन, साइन आउट, अनि नयाँ पोस्ट आदि गर्न । अब एकपटक ट्राइ गरेर हेर्नु पर्यो । अहिले सम्म त आफू कि सिधै ब्लगर मा लगइन गर्छु या ब्लग को सबैभन्दा तल राखिएको ब्लग लिंक बाट भित्र छिर्थे । समयानुकल सुझाव को लागि धन्यवाद !
ReplyDelete
6. निकै उपयोगी होला जस्तो लग्यो मलाई यो जानकारी । फुर्सदमा पक्कै मौकाको फाइदा उठाउनु पर्ला। प्रस्तुतिको लागि धन्यवाद दिलीप दाई ।
ReplyDelete
7. दिलिपजी तपाईको सुझाव धेरै राम्रो छ । खुशी लाग्यो ।
धन्यबाद ।
ReplyDelete
8. A great tool indeed. Thanks for sharing.
It is very useful for bloggers with multiple blogs.
ReplyDelete
9. अति उपयोगी जानकारी !!
जानकारीको लागी धन्यवाद दिलीप सर !
ReplyDelete
10. बहुउपयोगी टिप्स रहेछ, सेयर गर्नुभएकोमा दीलिप सरलाइ धेरै धेरै धन्यबाद | प्रयोग गरियो !
ReplyDelete
11. टिप्स उपयोगी सिद्द नै होला जस्तो लाग्यो । फुर्सदमा चलाएपछि आएको परिणाम पछि म फेरि दाइलाई जानकारी गराउनेछु ।
धन्यबाद ।
ReplyDelete
12. Thank you for sharing such tips
ReplyDelete
13. धन्यबाद ! दिलिप दाइ ! उपयोगी जानकारीको लागि !
ReplyDelete
14. Dilip dada, a lot of thanks for this tip..
ReplyDelete
15. नयाँ जानकारीको लागि धन्यवाद ! दिलिप दाई ।
ReplyDelete
16. एकदमै बहुमुल्य जानकारी पाइयो एकपल्ट फेरी । मेरो ब्लगमा सफल्तापूर्वक लगाउन सके । दाईलाई हार्दिक धन्यवाद ।
ReplyDelete
17. अति उपयोगी जानकारीको लागी धन्यवाद दिलीप सर !
ReplyDelete
18. दिलिप जी नमस्कार!
मैले एडमिन कन्ट्रोल प्यानल बनाउँने कोसिस गरेँ तर सफल हुँन सकिन ।
मैले सायद टेम्प्लेट नयाँ प्रयोग गरेर हो कि? मेरो Template को HTML मा यो कोड छैन । यदि कुनै अन्य कारण भए झर्को नमानी कुनै लिङ्क पठाई सहयोग गरिदिनुहुन बिनम्रअनुरोद गर्दछु ।
बिष्णुनन्द चाम्लिङ्ग ।
ReplyDelete
19. बिष्णुनन्द चाम्लिङ्ग जी,
यो पोस्ट मैले मे महिनामा लेखेको थिएँ । त्यसपछी ब्लगरले आफ्नो सेटिङ्ग र कोडमा केही परिवर्तन गरेकोले यस्तो भएको हो ।
केही समय अगाडि हामीले 'Layout' भनेर चलाउने सेटिङ्ग लाई अहिले 'Design' भन्ने नाम दिईएको छ । त्यस्तैगरी ब्लगरले अन्य केही कोडहरु पनि परिवर्तन गरेकोले तपाईँले खोज्नु भएको कुरा नभेट्नु भएको हो ।
हाल मैले माथिको कोडहरुलाई परिवर्तन गरेर ब्लगरको अहिलेको कोडसँग अपडेट गरेको छु । अब यो पोस्टमा लेखिए अनुसार नै गर्दा तपाईँको कन्ट्रोल प्यानल पक्कै बन्नेछ ।
मेरो ब्लग पढेर प्रोत्साहन र कोडहरु अपडेट गर्न सम्झना गराईदिनु भएकोमा धन्यवाद् ।
ReplyDelete
20. दिलिप जी नमस्कार !
मैले यी माथिका तरिकाहरु प्रयोग गरिसकेको छु । Control panel देखिन्छ तर त्यसमा क्लिक गरे पछि urlमा http://draft.blogger.com/rearrange?blogID=xxxxxxx यस्तोको सट्टाblogid=xxxxxxx योidअक्षर सानो लेटरमा आउँछ । त्यसलाई क्यापिटल गर्न कुने उपाय होला कि ?
तपाईले दिनु भएको जुन कोड छ त्यसमा मेरो आईडी नंबर लगाएर gadgetमा HTML/javascript क्लिक गरेर त्यसमा past गरे र Save गरे पछि त्यो blogIDखो IDआफैँ सानो id भएर आउँछ । कुनै सरल उपाए भय लिङक पठाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोद गर्द छु ।
प्रर्थी
बिष्णुनन्द चाम्लिङ्ग
ReplyDelete
21. चाम्लिङ्ग जी,
कहीलेकाही कुनै कुनै टेम्प्लेटले यसलाई राम्ररी सपोर्ट गर्दैन । तर त्यसको पनि उपचार छ:
पहिला ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा।
अब “Edit Template” भन्दा मुनी देखीने कोड बक्समा तलका मध्य कुनै एक कोड खोज्नुहोस्:
<b:section class='sidebar' id='sidebar1' preferred='yes'>
<b:section class='sidebar' id='sidebar2' preferred='yes'>
<b:section class='sidebar' id='sidebartop'>
<b:section class='sidebar' id='sidebar' preferred='yes'>
प्राय: सुरुका तीन वटा मध्य कुनै एक वा दुइटा सम्म कोड भेटिन सक्छ ।
अब कन्ट्रोल प्यानल बनाउने कोडलाई ठ्याक्कै ती भेटिएका कोड भन्दा माथी पेस्ट गर्नुस। (यसो गरे पछि Add a gadget >>HTML/JavaScript आदि गरिरहनु पर्दैन ।)
प्राय:
<b:section class='sidebar' id='sidebar2' preferred='yes'>
भन्दा माथि कोड हाल्नु भयो भने कन्ट्रोल प्यानल पेजको दायाँ पट्टी
<b:section class='sidebar' id='sidebar1' preferred='yes'>
भन्दा माथि कोड हाल्नु भयो भने कन्ट्रोल प्यानल पेजको वायाँ पट्टी बस्छ । त्यस्तै अन्य कोडको माथी हाल्दा पनि टेम्प्लेट अनुसार दायाँ- वायाँ पर्न सक्छ ।
ReplyDelete
22. hello dear sir tapaile bhane jhee maile tarika apnaye per kohi chij ma exp:new post dabauda kheri kinho patanahi www.yahoo.com
khulidinchha kin ho plz bataidine kosis garidinuhola ...
ReplyDelete
23. गोकुल भाइ,
तपाईँले भन्न खोज्नु भएको कुरा राम्ररी बुझीन जस्तो लाग्छ। तर यदि यो अदृश्य कन्ट्रोल प्यानलले काम नगरेको हो भने तपाईँको कमेन्ट भन्दा ठ्याक्कै माथि मैले बिष्णुनन्द चाम्लिङ्ग जी लाई लेखेको जवाफ हेर्नुस र सोही अनुसार गर्नुस । कन्ट्रोल प्यानल बन्छ :)
ReplyDelete
24. हेल्लो सर नमस्कार तपाईं लाई धेरै धेरै धन्यवाद पोस्ट भने धेरै राम्रो पोस्ट गर्नु भएको रेई छ .र सर मेरो ब्लॉग मा जब सिंग इन ना गरी खोल्दा पनी सेट्टिंग को बार यानि (निशाना) दिखाई दिन्छ ? किन होला र सर मा १ दिन पाहिले पनी १ सानो कमेन्ट पठाएको थिए येदी टाइम लागे सर बताउने कोसिस गरिदिनुहोला ..
भन्ने पूरा आशः छ ./IM WINT........
ReplyDelete
25. दिलिप जी, धन्यवाद
तपाइको यो साइटबाट मैले धेरै कुरा सिकिरहेको छु । मै ले प्यानल वनाएँ । प्यानल पनि देखा पर्यो । तर प्रयोग गर्न खोज्दा
Oops! This link appears to be broken.
Suggestions:
Go to www.­blogger.­com
Search www.blogger.com for post create
Search on Google:
यस्तो मेसेज अाउछ । तपाइको कोड अहिले valid हुन छोडेको हा कि ?
ReplyDelete
26. G Shakya जी, ब्लगरले आफ्नो कोडहरूमा बेला-बेलामा केही सुधार वा हेरफेर गर्दा कुनै कुनै टेम्प्लेटमा यस्तो समस्या आउन सक्छ । तर यो तरिकाले अहिले पनि काम गरि रहेको छ । यदि पोस्टमा लेखिएजस्तै "Add a gadget मा क्लिक गरी “HTML/JavaScript” गर्दा इरर आएमा सो कोडलाई सिधै साइडबारमा नहाली Edit HTML बाट कम्पाइल गर्न सक्नुहुन्छ ।
यसको लागि मैले माथी विष्णुनन्द जी लाई लेखेको कमेन्टको उत्तर वा
"चाम्लिङ्ग जी,
कहीलेकाही कुनै कुनै टेम्प्लेटले यसलाई राम्ररी सपोर्ट गर्दैन ।......"
भन्ने भाग पढेर सोही अनुसार गर्नुस । पक्कै काम गर्ने छ :)
ReplyDelete
27. dilip ji its not working in my blog and i cannot find any those 4 line code in my tempelete which u commented on चाम्लिङ्ग जी, plz can u help me about it do u have any other idea?
ReplyDelete
28. dilip ji yo tapaiko blog ko jasari comment lai kasari box ma rakhne ra adminstrator ko comment box ko background ma kasari color rakhneho yeso batai dinu hunthyo ki?
ReplyDelete
29. दीपक जी, भिन्दा-भिन्दै टेम्प्लेटमा भिन्दा भिन्दै कोडग्रुप हुन सक्छन् । साथै भिन्दा भिन्दै कोडग्रुप सँग राख्दा यो कन्ट्रोल प्यानल पनि साइडवार, हेडर वा फुटर आदिमा देखिन सक्छन् । त्यसैले माथि दिएको वा त्यस्तै खाले (similar) कोडग्रुप खोज्न सक्नु हुन्छ । उदाहरणको लागि माथि दिइएका बाहेक:
&ltb:section-contents id='sidebar-right-1'>
&ltb:section class='tabs' id='crosscol' maxwidgets='1' showaddelement='no'/>
&ltb:section class='header' id='header' maxwidgets='1' showaddelement='no'>
&ltb:section class='tabs' id='crosscol' maxwidgets='1' showaddelement='yes'/>
&ltb:section class='header' id='header' maxwidgets='1' showaddelement='yes'>
आदि कुनै पनि कोडग्रुप खोज्न सक्नुहुन्छ । साथै माथिको maxwidgets='1' को सट्टामा '2', '3' वा '4' आदिपनि हुनसक्छ । यि वा यस्तै कोडग्रुप खोजेर ट्राई गर्दै हेर्न सक्नुहुन्छ :)
ReplyDelete
30. कमेन्टलाई बक्समा राख्ने र एडमिनको कमेन्ट लाई हाइलाइट गर्ने तरिका भने छोटकरीमा लेखेर सकिन्न । कुनै दिन फुर्सदमा एउटा पोस्ट नै लेखौँला है :)
ReplyDelete
31. thanks dai..... mero pani control pannel bhayo... Thank you so much.....
ReplyDelete
32. दाजु! मेरो html मा त यो कोड पो छ त, आफैँ खोजेर बनाएँ मैले
कोड माथि control pannelको कोड पेस्ट गरेँ .
ReplyDelete
33. dilip ji maile mero blogma read more ta rakhe tara sabai post ma read more rakhda barabar word rakhna chai k garne hola yeso bataidiye abhari hunethiye
ReplyDelete
34. यो रिडमोरको बारेमा मैले अब ब्लगरको आफ्नै “Read More” भन्ने पोस्टमा लेखेको छु । थर्ड पार्टी कोड राख्दा शब्द सङ्ख्या अटोमेटिक नै किटान गर्न सकिन्छ भने ब्लगरको आफ्नै कोडमा यो म्यानुअली हाल्नु पर्छ । यस बारेमा मेरो अब ब्लगरको आफ्नै “Read More” भन्ने पोस्ट र त्यसमा भएका कमेन्ट पनि हेर्नुहोला । कुनै कुरा क्लिएर नभए त्यही पोस्टकै कमेन्ट बक्समा लेख्नुस :)
ReplyDelete
35. दिलिप दाइ, मैले तपाइँले पोष्ट गर्नु भएको कोड अनुसार मेरो कन्ट्रोल प्यानल बनाएँ, तर ब्लगरको Navbar टेम्प्लेटबाट हटेन र अर्को कूरो मेरो कन्ट्रोल प्यानलको जुनसुकै
[New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Sign Out] मा क्लिक गर्दा पनि रिजल्ट Not Found Error 404 आउँछ,यसलाई अब के गर्न सकिएला,माथिको पोष्टको लागी धेरै -धेरै धन्यबाद......
ReplyDelete
36. इश्वरी जी,
१) ब्लगरको Navbar टेम्प्लेटबाट हटाउन मेरो यो पोस्ट मा भएको Navbar लाई हटाउनुहोस: भन्ने खण्ड हेर्नुहोस ।
२) कन्ट्रोल प्यानलको वारेमा भने यो पोस्ट मैले १ वर्ष भन्दा अगाडि लेखेको थिएँ र यस बीचमा ब्लगरले आफ्नो टेम्प्लेट कोडहरूमा धेरै परिवर्तन गरेकोले हाल माथिको कोडहरूलाई टेम्प्लेटमै थपथाप गर्दा मात्रै यसले काम गर्छ । यसलाई "Add a gadget गरी “HTML/JavaScript” मा यो कोड हाल्दा यसले काम गर्दैन ।
अत: मैले माथि "चाम्लिङ्ग जी, कहीलेकाही कुनै कुनै टेम्प्लेटले यसलाई राम्ररी सपोर्ट गर्दैन...." र "दीपक जी, भिन्दा-भिन्दै टेम्प्लेटमा भिन्दा भिन्दै कोडग्रुप हुन सक्छन् ।" भनेर लेखेको कमेन्ट अनुसार सो कोडलाई टेम्प्लेटमै सम्पादन गरेर राख्नुस मज्जाले काम गर्छ ।
ReplyDelete
37. दिलिप जी, हुन त भयो तर अन्तिमको [New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Sign Out]मध्ये Sign Out चाहिँ भएन त्यसमा करसर लैजाँदा हाइलाइट हुँदैन, क्लिक पनि हुँदैन...तपाईको सुझावको लागि चाहिँ तपाईलाई मुरी मुरी धन्यवाद...............
ReplyDelete
38. dai mero pani mathi ishwor jee ko jastai same problm ho tara maile tapai le vanna khojeko bujina plz just make me clear.....thanx
ReplyDelete
39. गिरी जी, सजिलो गरि भन्दा, ब्लगरको डिफल्ट टेम्प्लेटमा धेरै परिवर्तन आएकाले अहिले "Add a gadget" मा क्लिक गरी “HTML/JavaScript” मा हाल्दा यो कोडले काम गर्दैन । त्यसैले यसो गर्नुस:
पहिला ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा। (यदि ब्लगरको नयाँ इन्टरफेस प्रयोग गर्नुहुन्छ भने Dashboard>>Template>> Edit HTML मा जानुस)
अब “Edit Template” क्लिक गरेपछि कोडबक्समा तलका मध्य कुनै एक कोड खोज्नुहोस्:
<b:section class='sidebar' id='sidebar1' preferred='yes'>
<b:section class='sidebar' id='sidebar2' preferred='yes'>
<b:section class='sidebar' id='sidebartop'>
<b:section class='sidebar' id='sidebar' preferred='yes'>
प्राय: सुरुका तीन वटा मध्य कुनै एक वा दुइटा सम्म कोड भेटिन सक्छ ।
अब माथि पोस्टमा दिइएको कोडलाई ठ्याक्कै ती भेटिएका कोड भन्दा माथी पेस्ट गर्नुस् र टेम्प्लेट 'सेभ' गर्नुस।
प्राय:
<b:section class='sidebar' id='sidebar2' preferred='yes'>
भन्दा माथि कोड हाल्नु भयो भने कन्ट्रोल प्यानल पेजको दायाँ पट्टी
<b:section class='sidebar' id='sidebar1' preferred='yes'>
भन्दा माथि कोड हाल्नु भयो भने कन्ट्रोल प्यानल पेजको वायाँ पट्टी बस्छ । त्यस्तै अन्य कोडको माथी हाल्दा पनि टेम्प्लेट अनुसार दायाँ- वायाँ पर्न सक्छ ।
ReplyDelete
40. दिलिप जी, मैले 'अदृष्य कन्ट्रोल प्यानल' मेरो ब्लग मा राखेको काम गरेन । त्यसमा NOT FOUND, Error 404 भन्ने म्यासेज आउछ। के भएको होला?
ReplyDelete
Replies
1. शेखर जी,
मैले माथि कमेन्टमा लेखेजस्तै वितेको करिब २ वर्षको अवधिमा ब्लगरले आफ्नो पुरै नाप-नक्शा परिवर्तन गरेकोले हाल यो अदृश्य कन्ट्रोल प्यानल लाई 'ग्याजेट' बनाएर सिधै राख्न मिल्दैन । तर यो ह्याकले अहिले पनि काम गर्छ र यसबारेमा मैले भर्खरै यही पोस्टमा Update (18-01-2012) मा लेखेको छु ।
यही पोस्टको Update (18-01-2012) हेर्नुस र आफ्नो blogID र माथिका कोडग्रुपहरू दुरुस्त सार्नु भयो भने यसले पक्कै काम गर्छ :)
Delete
41. I can't do this. Dou you have any alternative idea sir?
ReplyDelete
42. thank u so much dilip dai mero vayo
ReplyDelete