28 February, 2010

होली मुक्तक !!!

बेइमान उवाच
उस्तै उस्तै भनेर के गर्नु यहाँ,
पित्तलको सट्टा सुन दिन कहाँ पो सकिन्छ र ?
मायाँ बस्यो भनेर के गर्नु साथी,
प्रेम पो गरेको, बिहेको ठेक्का लिन कहाँ सकिन्छ र !

तथ्य र कारण

आफू कालो भएर हो कि किन हो
केटी पनि मलाइ काली नै मन पर्छ
आफैंले सजाउन चाहेकोले होला सायद
सिउँदो पनि मलाइ उनको खाली नै मन पर्छ ।                 

                                                                   अनौठो कल्पना

Holi

प्रेमीका नहुनेले लेखेको ,
प्रेमपत्र कस्तो कस्तो ।
कपाल खुईलेको बुढाले,
काँईयो र तेल किने जस्तो ।

कोरा सत्य
शुन्यतामा मात्रै हैन,             
भिडमा पनि बिलाईदिन्छु म ।
आफू पिउँदिन त के भयो,
दुनियाँलाई पिलाइदिन्छु म ।

स्पष्टोक्ति holi
दिग्गज-दिग्गज नेताको देशमा 
शान्ति र न्याय नदारद छ ।
ब्लगमा मात्रै मनाउँछु है होली
किनकी पानीको हाहाकार छ ।

शुभ फागु !!!

Happy Holi !!!

10 comments:

  1. व्यंग्य कविता सरल र पुष्ट छन् । रस भरिएका गुदी जस्ता ।


    अन्त्यको श्लोकमा 'नदारद' हुन पर्ने ।

    कृष्णपौडेल

    ReplyDelete
  2. हा हा हा !!!

    ReplyDelete
  3. धन्यवाद कृष्णजी, मैले सच्याएँ है :)

    ReplyDelete
  4. हा हा हा.. वाचा र स्पष्टोक्ति त गज्जबकै रहेछन!

    ReplyDelete
  5. निक्कै रोचक अनि समय सापेक्ष मुक्तक रै छ, दिलिप जी धन्यबाद्!

    ReplyDelete
  6. ब्लगमा मात्रै मनाउँछु है होली
    किनकी पानीको हाहाकार छ । (हाह ...हाह ...)

    ...ह्यापी होलि .............. निकै रमाइला मुक्तकहरु ........

    ReplyDelete
  7. सधैंझैं चोटिला! जिब्रो फड्कारिने चटनीजस्तै!

    ReplyDelete
  8. Nice! hope you had a great HOLI ! :-)

    ReplyDelete
  9. असाध्यै रंगिन र होलीमय लागे मुक्तकहरु ! पानीले भने गर्नु गरेछ, असिनाले नहुने... है....!

    ReplyDelete
  10. मेरो girl friend ले आजभोली खालि बिहे गर्नु पर्छ भनेर tension दिरहेको बेला यो चाही सार्है चित्त बुझ्यो है मलाई अब यहि भनिदिनु पर्ला फेरी किचकिच गरि भनि
    उस्तै उस्तै भनेर के गर्नु यहाँ,
    पित्तलको सट्टा सुन दिन कहाँ पो सकिन्छ र ?
    मायाँ बस्यो भनेर के गर्नु साथी,
    प्रेम पो गरेको, बिहेको ठेक्का लिन कहाँ सकिन्छ र !

    ReplyDelete