10 September, 2009

अब ब्लगरको आफ्नै “Read More”

अक्टोबर महिनाको २३ देखि ब्लगर दस बर्षमा प्रवेश गरेको छ र ब्लगरले आफ् दस बर्ष पुगेको अबसरमा केहि नयाँ कुराहरु थप्ने जानाकरी दिएको थियो र केही भने प्रयोगमा आईसकेका पनि छन । यस बारेमा मैले पहिला यो पोष्टमा पनि केही लेखी सकेको छु। मैले सो पोष्टमा अनुमान गरे जस्तै आज ब्लगरले ‘रिड मोर’ वा ब्लगको मुख्‍य पृष्ठमा केही वाक्यहरु देखाएर बाँकी पेज भने ‘रिड मोर’ मा क्लिक गरेपछि खुल्‍ने अनुप्रयोगको सुरुवात गरेको छ ।

हुन त यसभन्दा अघि पनि हामीमध्य धेरैले गुगल वा ब्लगर बाहेकका अन्य प्रदायकका कोड वा ग्याजेट प्रयोग गरेर वा आफ्ना कोडहरुलाई ‘छेड-छाड’ गरेर आफ्नो पोष्टमा ‘रिड मोर’ अप्सन हालेका छौं । तर अब तपाई चाहनुहुन्छ भने गुगलकै आफ्नै ‘रिड मोर’ अप्सन प्रयोग गर्न सक्नुहुन्छ। यसको तरिका यस प्रकार छ:

१. पहिलो कुरा त हाल यो रिड मोर अप्सन ब्लगरको “Updated editor” मा मात्रै उपलब्ध भएकोले सबैभन्दा पहिला आफ्नो Dashboard मा जानुहोस अनि Settings >> Basic हुँदै Global Settings भन्दा मुनि हेर्नुहोस । त्यहाँ "Select post editor" को पछाडी "Updated editor" मा चेक मार्क लगाएर "SAVE SETTINGS" मा क्लिक गर्नुहोस । (यसको बिस्तृत तरिका यो पोष्टमा दिईएको छ)

२. अब तपाई अब तपाई आफ्नो post editor पेजमा जानु भयो भने तपाईले मेनुबारको अन्ततिर तलको चित्रमा जस्तै “Insert Jump Break” लेखेको एउटा नयाँ आईकोन देख्‍नु हुनेछ।

Read More
३. अब आफुले लेख्‍ने कुराहरु आफ्नो post editor बक्समा लेख्‍नुहोस र कति वाक्य मुख्य पेजमा देखाउने निर्धारण गर्नुहोस । अब माथिको चित्रमा जस्तै मुख्‍य पेजमा देखाउन चाहेका वाक्यहरुभन्दा पछाडि आफ्नो माउसको क्रसर राखेर “Insert Jump Break” मा क्लिक गर्नुहोस ।

४. बस, अब चित्रमा जस्तै तपाईको post editor बक्समा माउस क्रसर राखेको ठाउँ भन्दा मुनि एउटा लाईन देखिने छ । अब तपाईले आफ्नो पोष्ट पब्लिस गर्नु भयो भने सो लाईन भन्दा माथिका वाक्यहरु मुख्य पेजमा आउने छन र लाईन भन्दा मुनिका कुराहरु “Read more” मा क्लिक गरेपछि मात्रै देखिनेछन।
Edit Posts अब केहि रंग-रोगनका कुरा। यदि तपाई मुख्य पेजमा देखिने “Read more” को सट्टामा आफ्नै कुनै शब्दहरु राख्‍न चाहनुहुन्छ भने के गर्ने त ? । यो पनि सजिलो छ । यसको लगि आफ्नो Dashboard बाट Layout मा जानुहोस वाँया पट्टीको चित्रमा जस्तै “Blog Posts” भन्दा मुनि रहेको “Edit” दबाउनुहोस ।
अब खुल्ने नयाँ पेजमा तलको चित्रमा जस्तै “Post page link text:” भन्दा पछाडिको बक्समा “Read more>>” को सट्टा “पुरै पढनुस”, “बाँकी यता” वा आफुलाई मन पर्ने कुनै शब्द हाल्नुस र सेभ गर्नुहोस ।

Edit Posts after changeयो भन्दा पहिला हामीले प्रयोग गर्दै आएका थर्ड पा्र्टी ग्याजेट र यसमा अझै पनि केहि भिन्नताहरु छन । हुन त गुगलले यसमा पनि सुधार गर्ला तर हाल रहेका केहि फाईदा र बेफाईदाहरु:

फाईदाहरु

  • गुगलको आफ्नै कोड भएकोले छिटो लोड हुने ।
  • ईनेबल र डिसेबल गर्न सजिलो ।
बेफाईदाहरु:

  • पुराना टाँसोहरु पहिला जे जस्तो हालतमा थिए त्यस्तै देखिने ।
  • पुराना पूर्ण टाँसोको मुनि पनि “Read more>>” देखिने ।
  • पोष्टमा फोटो भएको अबस्थामा मुख्य पेजमा जत्ति कम शब्द वा वाक्य राखे पनि फोटोले ओगटने जत्ती भाग (खाली भएपनि) मुख्य पेजमा देखिने ।
  • हरेक पटक मुख्य पेजमा कति देखाउने र बाँकी भाग कति राख्‍ने मिलाउनु पर्ने ।

-------------------------------------------------------------------------
यो त भयो  गुगलको आफ्नो अप्सन। तर यदि तपाई आफ्ना पुराना र नयाँ पोष्टहरु हरेक पल्ट छापिँदा आफै केहि भाग मुख्य पेजमा र बाँकी “Read more>>” क्लिक गरेपछि देखाउन चाहनु हुन्छ भने म त्यसको कोड पनि यहाँ राख्दै छु। यो कोड राख्‍ने तरिका भन्दा पहिला यसका केहि फाईदा र बेफाईदाहरु:

फाईदाहरु

  • एकचोटी टेम्प्लेटमा कोडहरु मिलाएपछि यो कोड राख्‍नु भन्दा पहिला लेखिएका पुराना पोष्टहरु पनि आफैं मुख्य पेजमा केही भाग र बाँकी “Read more>>” क्लिक गरेपछि देखिने भएर बस्नेछन।
  • पोष्टमा फोटो वा फोटोहरु छन भने पोष्टको पहिलो फोटो ‘थम्बनेल’ बनेर आफै मुख्य पृष्टमा सानो आकारमा देखिन्छ ।
  • मुख्य पेजमा कति देखाउने र बाँकि कति देखाउने सम्पादन गर्न मिल्ने ।
  • मुख्य पेजमा देखिने फोटोको साईज आफैले निर्धारण गर्न मिल्ने ।
बेफाईदाहरु:
  • यो थर्ड पार्टी कोड भएकोले यसले पेज लोड हुने समयलाई केहि लम्बाउन सक्ने छ।
  • हाल्न र झीक्न अलिकता झन्झटिलो ।

यो कोड थर्ड पार्टी कोड भएपनि एक पटक राखेपछि माथि भनेजस्तै हालसम्मका जम्मै पुराना पोष्टहरुमा पनि आफैं लागु हुने भएकोले यसलाई धेरैले रुचाएका छन। यसको उदाहरण यो ब्लगमा देख्‍न सक्नुहुन्छ। यदि तपाई पनि आफ्ना पोष्टहरु छापिने बेलामा आफै केहि भाग मुख्य पृष्ठ र बाँकी “Read more>>” क्लिक गरेपछि देखिने बनाउन चाहनुहुन्छ भने यसो गर्नुस:

१. आफ्नो Dashboard मा जानुहोस अनि Layout हुँदैं Edit HTML मा। अब त्यहाँ “Expand widget templates” मा चेक मार्क लगाएर निम्न कोडहरु खोज्नुहोस (कोड खोज्न CTRL+F key थीचेर search गर्नु भयो भने छिटो र सजिलै भेटिनेछन):

 <data:post.body/>  (कुनै कुनै टेम्प्लेटमा <data:post.body>  पनि हुन सक्छ)

२. अब माथिको कोडको सट्टा ( अर्थात माथिको कोड डिलिट गरेर सो को ठाउँमा) तलको कोड कपि पेष्ट गर्नुहोस:

<b:if cond='data:blog.pageType == &quot;item&quot;'>
<data:post.body/>
<b:else/>
<div expr:id='&quot;summary&quot; + data:post.id'>
<data:post.body/>
</div>
<script type='text/javascript'>
createSummaryAndThumb(&quot;summary<data:post.id/>&quot;);
</script>
<div style='clear: both;'/>
<span style='padding-top:5px;;float:right;text-align:right;'><a expr:href='data:post.url' rel='bookmark'><b>Read more &gt;&gt;</b></a></span>
</b:if>

३. अब फेरि </head> खोज्नुहोस (याद गर्नुहोस यो “<head>”  हैन “</head>” हो ) ।

४. अब सो </head> भन्दा ठ्याकै माथि तलको कोडहरु कपि पेष्ट गर्नुहोस:

<script type='text/javascript'>
var thumbnail_mode = &quot;float&quot; ;
summary_noimg = 630;
summary_img = 440;
img_thumb_height = 170;
img_thumb_width = 200;
</script>
<script src='http://blogergadgets.googlecode.com/files/excerpt.js' type='text/javascript'/>

अब “SAVE TEMPLATE” दबाउनुहोस । बस तयार भयो तपाईको ‘स्वचालित रिड मोर ग्याजेट” । अब तपाईका नयाँ पुराना सबै पोष्टहरु आफै केहि भाग मुख्य पेजमा र बाँकी भने “Read more>>” क्लिक गरेपछि देखिने छ।

माथिको कोडमा रहेको
summary_noimg = 630; ले पोष्टमा तस्बिर नभएको बेलामा मुख्य पेजमा देखिने शब्द संख्या,
summary_img = 440; ले पोष्टमा तस्बिर भएको बेलामा मुख्य पेजमा देखिने शब्द संख्या
img_thumb_height = 170;  ले मुख्य पेजमा देखिने तस्बिरको उचाई (height) र
img_thumb_width = 200; ले मुख्य पेजमा देखिने तस्बिरको चौडाई (width) निर्धारण गर्छ
अत: सो संख्याहरुलाई आफ्नो ईच्छा र टेम्प्लेटको नाप नक्शा अनुसार सम्पादन गर्न सक्नुहुन्छ । 

अपडेट:

केही साथीहरुले गुगगलको “रिड मोर” ट्याग प्रयोग गरेपछि आफ्नो साईडबार तल झरेको बताउनु भएको छ ।

यो ब्लगरको नयाँ फिचर भएकोले यसमा यस्तै केही समस्या देखीएका छन र गुगलले सो सुधार पनि गर्दै छ रे (तर गुगलले कहिले सुधार गर्छ त्यो बेलासम्म कुर्ने कुरा पनि भएन Open-mouthed)

साईडबार तल झर्ने समस्या भने यसमा प्रयोग गरीएको “div” ट्याग र <!-- more --> ट्यागका कारणले हुन्छ । सजिलो भाषामा भन्ने हो भने, धेरै फर्म्याटीङ भएको र कहीलेकाही भने वेब बेस्ड कन्भर्टरबाट कन्भर्ट गरी हालिएका टेक्स्टका कारण पनि यो समस्या आउन सक्छ । यसको समाधानको लागि केवल एउटा क्लोजिङ “div” ट्यागलाई <!-- more --> भन्दा अगाडि राख्‍दा यो समस्या समाधान हुन्छ ।

त्यसको लागि आफ्नो Dashboard>>Edit Posts>> हुँदै यो रिड मोर प्रयोग गरिएको कुनै पोष्टको अगाडि रहेको “Edit” मा क्लिक गर्नुहोस ।

त्यहा क्लिक गरेपछि, उदाहरणको लागि मेरो यही पोष्टलाई लिने हो भने पोष्ट ईटिटरको "Compose" mode मा यो पोष्टको छुट्टयाईएको भाग करिव करिव यस्तो देखीन्छ:

Read more  div tag problem

अब तपाईले "Edit HTML" मा क्लिक गर्नु भयो भने त्यहा यो पोष्ट करिव करिव यसरी बसेको हुन्छ:

<div style="text-align: justify"> हुन त यसभन्दा अघि पनि हामीमध्य धेरैले गुगल वा ब्लगर बाहेकका अन्य प्रदायकका कोड वा ग्याजेट प्रयोग गरेर वा आफ्ना कोडहरुलाई ‘छेड-छाड’ गरेर आफ्नो पोष्टमा ‘रिड मोर’ अप्सन हालेका छौं । तर अब तपाई चाहनुहुन्छ भने गुगलकै आफ्नै ‘रिड मोर’ अप्सन प्रयोग गर्न सक्नुहुन्छ। यसको तरिका यस प्रकार छ: <!-- more --></span></div>

<div style="text-align: justify"> १. पहिलो कुरा त हाल यो रिड मोर अप्सन ब्लगरको “Updated editor” मा मात्रै उपलब्ध भएकोले सबैभन्दा पहिला आफ्नो Dashboard मा जानुहोस अनि Settings >> Basic हुँदै Global Settings भन्दा मुनि हेर्नुहोस ।</div>

अब माथी भएको <!-- more --></span></div> लाई </div><!-- more --></span> बनाउनुहोस र पोष्ट पब्लिस गर्नुहोस । (त्यहाँ अरु कोडहरु पनि हुनसक्छन तर ती कुनै कोड चलाउनु आवश्यक छैन, केवल </div> लाइ <!-- more --> भन्दा अगाडि तान्ने मात्रै हो)

सुरुमा अन्तिम (लेटेष्ट) पोष्टमा मात्रै यो ट्याग सारेर पब्लीस गरी हेर्नुहोस, नभएमा यो रिड मोर ट्याग हालेका सबै पोष्टमा यो </div> ट्याग लाई <!-- more --> भन्दा अगाडि राख्‍नु पर्ने हुन सक्छ ।

यस्ता सबै कोडिङका समस्याबाट बच्न म सबैलाई Windows Live Writer प्रयोग गर्न पनि सल्लाह दिन्छु ।

Happy Blogging !

43 comments:

  1. lau yo pani ramri ho. thanks for excellent information. Really happy!!!!

    ReplyDelete
  2. पुरानै कोड राम्रो छ प्रयोग गर्न पनि सजिलै छ ।

    ReplyDelete
  3. लौ राम्रो भएछ, त्यही "Read More" राख्न नआएर कति झन्झत खेप्नु परेको थियो पहिले !!

    ReplyDelete
  4. I also noticed it, I had tried it this morning, and it did not work for my blog.
    :(

    The part after "read more" disappeared!

    ReplyDelete
  5. मलाई त ब्लगरको आफ्नै भन्दा यो म्यानुअल कोड पो मन पर्यो
    जे होस् ब्लगरले यो बिकल्प निकालेकोमा बधाई
    साथै वर्डप्रेसको जस्तै स्ट्याटिक पेज राख्न निल्ने पनि छिटै बनाओस!

    ReplyDelete
  6. Nabin Ji!

    As we enjoy 'playing' with the original sets of code and are editing each and every possible sets of codes to customize our templates, some of the features designed and meant for those original templates may refuse to work for us.

    But, as they say if you you place:

    <b:if cond='data:post.hasJumpLink'>
    <div class='jump-link'>
    <a expr:href='data:post.url + "#more"'><data:post.jumpText/></a>
    </div>
    </b:if >


    before


    <data:post.body/>

    it will work.

    You can give a try !

    ReplyDelete
  7. निकै उपयोगी र सरल रहेछ ब्लगरको 'read more' ट्याग । तर अटोमेटिक सेटिङ भने कत्ती मन परेन । कविता पनि सोलोढोलो प्यारामा घुलेर बस्ने रहेछन् । एकचोटि कोड खेलाएर फेरि पुरानै रिस्टोर गरेँ । लेखहरू मात्रै हुने ब्लगको लागि भने अटोमेटिक read more ठीक हुने लाग्यो ।
    जानकारीको लागि धेरै आभार दाइलाई ।

    ReplyDelete
  8. I agree with Dhaiba ji. 'Read More' option is not good for contents like poems.

    Anyway, thanks for yet another informative post.

    ReplyDelete
  9. यो कोड राखे पछी पेज अलिक डिलो खुले पनि पेज अाकर्सक देखिन्छ,

    ReplyDelete
  10. Dilip Jee, Thank You!

    I have tried many things; none worked.
    My template is hacked so much and so many times that it is the weirdest thing in the world (the other camel!).

    Moreover, Since it is not SEO friendly, I am planning to have a change...

    Thank You anyway!

    ReplyDelete
  11. मलाई पनि यो भन्दा पुरानै राम्रो लाग्यो । पेज छिटो खुले पनि सानो पोस्टको लागी अलि नसुहाउने जस्तो ।
    जानकारीको लागी धन्यबाद दिलीप दाजु । अवस्य नयाँ केहि आएमा फेरी पढ्न पाइने नै छ ।

    ReplyDelete
  12. wow its a great information. i will try to play in my blogs. i am new with bloggers so let's see if i can implement them.
    Video tutorial for read more code for blogger
    May be some of you could make the video on this topic and we are ready to host. check the site for compatibility.

    ReplyDelete
  13. dai ramro cha mailey pani www.thenepalbhutan.blogspot.com bhanne blog kholeko chu dai k-hi paryo bhane help garnush hai. thanks
    Durga Adhikari

    ReplyDelete
  14. Ramrai Chai ta mero blog ma ta read more bhaine ta ho dai. yo ka bhako ne....

    ReplyDelete
  15. दाइ मैले पनि “रिड मोर” ट्याग प्रयोग गरे तर मेरोमा एउटा समस्या आयो मैले पोस्टहरु खुम्चीय मिलेनन् अर्थात् मैले पोस्टमा हानेका इन्टरले काम गरेन यसको कारण केहोला कृपया बताइदिनु होला www.udayapureyuwa.blogspot.com

    ReplyDelete
  16. भुवन भाई,

    भर्खर तपाईको ब्लग हेरें, त्यसमा लाईन ब्रेक त देखिन्छ त । 'ईन्टर हिट' ले काम नगरेको भए लाईन ब्रेक नदेखिनु पर्ने हो ।

    तैपनि एउटा सल्लाह: जुन ठाउँमा इन्टरले काम गर्दैन त्यहा एकचोटी "Edit HTML" मोडमा गएर br/ लाई "<" र ">" बीचमा राखेर प्रयोग गरेर हेर्नुहोस ।

    ReplyDelete
  17. सुझाबको लागि धन्यवाद दाइ,
    मेरो पनि धाइवा जी को जस्तै समस्या रहेछ आहिले ठिक भयो अटोमेटिक read more हत्या पछी ठीक भयो गजल., कविता, चुडकिला गयको ब्लगमा अटोमेटिक read मोरे ठिक नहुदो रहेछ

    ReplyDelete
  18. माफी चाहन्छु read more हटाय पछी हुनुपर्ने read more हत्या पछी भयको मा

    ReplyDelete
  19. अहाे दाजु साह्रै राम्राे कुरा सिकाउनु भयाे मैले यहि अप्सन खाेजेकाे िथए, गुगलकाे अप्सनले नयाँ तेम्प्लेत राख्दा त्याे अप्सन िदएकाे िथएन याे काेड राखे पछि त भैहाल्याे िन । www.hamroaviyan.blogspot.com यहि बलगमा प्रयाेग गरेकाे छु । धन्यबाद

    ReplyDelete
  20. Dai mero blog ma readmore automatic hunchha yaslai manuwal garnu ke garnu parchha
    mero blog: www.udayapurmobile.blogspot.com
    email : jituroila@yahoo.com

    ReplyDelete
  21. जितेन्द्र जी, तपाइको टेम्प्लेटमा पहिलेनै यो रिडमोरको कोडहरु 'बण्डल' भएको रहेछ । सबैभन्दा पहिला आफ्नो हालको टेम्प्लेटलाई व्याक अप गर्नुहोस ।

    अब आफ्नो Dashboard मा जानुहोस अनि Layout हुँदैं Edit HTML मा। अब त्यहाँ निम्न कोडहरु खोज्नुहोस

    <script type='text/javascript'>

    var thumbnail_mode = &quot;no-float&quot; ;
    summary_noimg = 530;
    summary_img = 440;
    img_thumb_height = 120;
    img_thumb_width = 180;

    </script>

    यो सबै कोडलाइ डिलिट गरेर टेम्प्लेट सेभ गर्नुहोस।

    अब तपाईले आफ्ना पुराना वा नयाँ पोस्टमा गुगललको म्यानुयल रिड मोर हाल्न सक्नुहुन्छ ।

    माथी भनेजस्तै कुनै पनि कोड चलाउनु भन्दा पहिला हालको कोडको व्याकअप राख्न भने नभुल्नुहोला

    ReplyDelete
  22. दिलिप सर किन हो मेरो व्लगमा Read More... नै देखिदैन मैले हजुरले भने अनुसार धेरै प्रयास गरे तर बस्दै बस्दैन किन होला ? एकपटक http://www.hamroshittye.tk/ हेर्नुहोला न है ।

    ReplyDelete
  23. विष्णु जी,
    तपाईँले ब्लगरको आफ्नै वा थर्ड पार्टी कोड कुन चाही ट्राई गर्नु भयो थाहा भएन ! । साथै तपाईँले माथि दिनु भएको ब्लगको ठेगाना पनि मिलेको छैन् ।

    तैपनि दुइटा कारण हुन सक्छन् । पहिलो कुरा थर्ड पार्टि कोड हाल्नु भएको हो भने, तपाईँको टेम्प्लेटमा पहिलै बन्डल भएर कोड आएको पनि हुन सक्छ ।

    ब्लगरकै कोड नचलेको हो भने एक पटक मैले माथि कमेन्टमा Nabin Ji! लाई लेखेको कोडहरु राखेर हेर्नुस :)

    ReplyDelete
  24. सर मैले व्लगर ले नै उपलब्ध गराएको Read More..राख्न खोजेको हुँ तर देखिँदे देखिँदैन । मैले माथि मेरो व्लगको ठेगानागल्ती लेखेछु । मेरो व्लग http://www.hamrosahittye.tk/ हो एकपटक हेदिर्नुहोला न है ।

    ReplyDelete
  25. विष्णु जी, तपाईँको टेम्प्लेटको सोर्स कोड हेर्दा माथिको 'थर्ड पार्टि कोड' पनि देखिन्छ। ब्लगरको आफ्नै Read More प्रयोग गर्न खोज्नु भएको हो भने सो राख्न जरुरी छैन।

    दुबै कोड राख्यो भने यसले काम गर्दैन । कि त ब्लगरको कोड मात्रै हाल्नुस, कि त थर्ड पार्टि कोड मात्रै हाल्नुस ।

    ReplyDelete
  26. दाजु मैले माथि हजुर ले भने जस्तो गरी म्यानुअल “रिड मोर” ट्याग प्रयोग गरे तर मेरोमा एउटा समस्या आयो मैले पोस्टहरु खुम्चीय मिलेनन् मेरो पोस्ट को केही लाइन मात्र देखियो पढ्न को लागि रिड मोर थिच्नु पर्ने नै भो यसको कारण केहोला कृपया बताइदिनु होला www.saugatsansar.blogspot.com

    ReplyDelete
  27. सुगत भाइ, तपाईँले म्यानुअल कोड प्रयोग गरेको भन्नु भए पनि भर्खरै तपाईँको ब्लगको सोर्स कोड हेर्दा त्यसमा "अटोमेटेड" रिड मोरको कोडहरु पनि देखिन्छन् ।

    दुइटै कोड वा ट्याग एकैपटक राख्न मिल्दैन । त्यसैले यदि तपाईँ म्यानुअल 'रिडमोर' वा ब्लगरकै आफ्नै 'रिडमोर' राख्न चाहनुहुन्छ भने त्यो 'अटोमेटेड कोड' हटाउनु होला ।

    ReplyDelete
  28. दाजु सुझाबको लागि धेरै-धेरै आभारी छु,शायद दुइबतै कोड भएरहोला एउटा मात्र चएन गर्नु पर्ला ।

    ReplyDelete
  29. Dilip sir nikai ramro tips ko lagi dherai dherai bhanyabaad chha hajurlai . maile pani mero blog ma prayog gari here ra yasle garda blog nikai 6ito khul6 so thank u once again Dilip sir.

    ReplyDelete
  30. दिलिप दाई , मैले automatic read more राखेको थिए तपाईंकै लेख अनुसार तर अहिले म्यानुअलनै ठीक लाग्यो अब कसरी फेरी म्यनुअल म फर्किने होला वा कसरी reset गर्ने होला दाई !!!

    ReplyDelete
  31. www.ramjhamsansar.blogspot.com

    ReplyDelete
  32. भीम भाइ,
    पुरानो कोड (थपेको कोड) डिलिट गरेर ब्लगरको आफ्नो तरिका अपनाउन सक्नुहुन्छ । थपेको कोड हटाउन यही पोस्टले पनि मद्दत गर्छ नै :)

    ReplyDelete
  33. दाइ, मेरो सानो समस्या !
    मैले नयाँ टेम्प्लेट राखेको छु भर्खरै, टेम्प्लेटमै Read More अटोमेटिक सेटिङ भएको रहेछ । कविताहरू पनि सोहोरिएर एकै ठाउँमा आउँदा नराम्रो देखिएको छ । म्यानुअल सेटिङ गर्न चाहन्छु । यसलाई हटाएर म ब्लगरकै आफ्नै Read More राख्न चाहन्छु ।

    समाधान के होला ?

    ReplyDelete
  34. धाइबा जी, पेज सोर्स हेर्दा अलिकता कम्प्लेक्स खालको टेम्प्लेट जस्तो छ । तर यो कमन कोड भएकोले सायद मुस्किल नहोला। यसो गर्नुस:

    ब्लगरको ड्यासबोर्डबाट Edit HTML मा जानुस र त्यहाँ निम्न कोडहरु खोज्नुहोस (कोड खोज्न CTRL+F key थीचेर search गर्नु भयो भने छिटो र सजिलै भेटिनेछन):
    <b:if cond='data:blog.pageType != "static_page"'>
    <b:if cond='data:blog.pageType != "item"'>
    <div expr:id='"summary" + data:post.id'><data:post.body/></div>
    <script type='text/javascript'>createSummaryAndThumb("summary<data:post.id/>");</script>
    <div class='readmorecontent'><a class='readmore' expr:href='data:post.url'><b>Read more »</b></a></div>
    </b:if>
    </b:if>
    यो पुरै कोडग्रुपलाई <data:post.body/> ले विस्थापित गर्नुस (अर्थात यो कोडगर्प डिलिट गरी त्यसको सट्टा <data:post.body/> राख्नुस)। अब फेरि तलको कोडग्रुप खोज्नुस:
    <script type='text/javascript'>
    summary_noimg = 800;
    summary_img = 750;
    img_thumb_height = 195;
    img_thumb_width = 260;
    </script>
    र यसलाई पुरै डिलिट गर्नुस। टेम्प्लेट सेभ गर्नुस । (यो चलखेल गर्नु अगाडि पुरानो टेम्प्लेटको व्याकअप भने राख्नुस है :)

    ReplyDelete
  35. धन्यवाद दाइ ।

    माथिको दुवै कोड खोज्दा फेला परेन । Expand Widget template गरेर खोजेको । अब अर्को उपाय लगाउनुपर्ला ।

    ReplyDelete
  36. धाइबा जी,
    Expand Widget template गर्नु पर्दैन तर कोडग्रुप यस्तै भएपनि प्यारामिटर वा डिजिट तलमाथि हुन सक्छ । त्यसैले फेरि एक पटक हेर्नु होला।

    डाटा हेरफेर भएपनि कोडग्रुपमा खासै परिवर्तन नहुने भएकोले सजिलोको लागि यसो गर्नुस:

    पहिलो कोडको लागि 'readmore' र दोस्रोको लागि 'summary_noimg' मात्रै खोजेर हेर्नुस त । पक्कै भेटिनु पर्ने हो ।

    ReplyDelete
  37. Hello Dilip sir ,,
    धेरै राम्रो कुरा सिकाउनु भो सर ,,,, अब एउटा अर्को कुरा पनि सिकाई दिनुस न.... यो ब्लग को navbar कसरि हटाउने ??? यो पनि सिकाई दिनु पर्यो सर

    ReplyDelete
  38. उमेश जी, navbar लाई हटाउन मेरो यो पोस्ट को Navbar लाई हटाउनुहोस: भन्ने खण्ड हेर्नुहोस् :)

    ReplyDelete
  39. Umesh Shrestha28/11/11 8:40 AM

    धेरै धेरै धन्देबाद छ है दिलिप सर फेरि अरु एउटा कुरा मा दुहा दिनु पर्यो हजुर लाई ... यो होमे page change गर्न सकिन्न र??? जुन यो होमे पगे हामीले न्यु पोस्ट गरेको आउछ नि त्यसको ठाउं मा हामीले पछी creat गरेको page लै राख्न मिल्दैन र??? यो चाही डिकी दिनु पर्यो सर ....

    ReplyDelete
  40. मैले खोजेको कुरा अाज पाए धन्यवाद छ दाइ हजुरलाइ

    ReplyDelete
  41. दिलीप सर
    मैले रिडमोर अप्सनको लागि तोकीएको कोड त हाले तर कुनै प्रतिक्रियानै भएन कृपया केही सल्लाह पाए आभारी हुने थिए मेरो व्लग हेरेर सल्लाह दिनसभए आभारी हुने थिए
    www.sampadasanskriti.blogspot.com

    ReplyDelete