22 June, 2009

ब्लगरहरुको अनिवार्य शस्त्र -Windows Live Writer-

Blogger, Wordpress, Typepad, LiveJurnal, Moveable Type वा आफ्नै डोमेन भएका ब्लगका लागि पनि उपयुक्त ।

हुनत यो कुनै नौलो कुरा होईन । तर विगतका केहि हप्तामा केहि नयाँ ब्लगर साथी-भाइहरुले मसंग ब्लग पोष्ट गर्ने, ब्लगमा तस्विरहरु राख्‍ने, तस्विरमा ‘वाटरमार्क’ राख्‍ने, ब्गल पोष्टमा कोडहरु राख्‍ने आदि बारेमा जानकरी माग्नु भएकोले छुट्टा छुट्टै जबाफ दिनु भन्दा सबैलाई कामलाग्ने गरी यस बिषयलाई एउटा टाँसो नै बनाउने बिचार गरेर यो पोष्ट लेख्‍दैछु ।

यदी तपाई ब्लगमा लेखीने टाँसोहरु सिधै ब्लगर, वर्डप्रेस वा अन्य कुनै प्रदायकको वेब पेजमै गएर लेख्‍ने गर्नु हुन्छ र सो भन्दा सजिलो उपाए अबलम्बन गर्न चाहनुहुन्छ भने यो सफ्टवेयर तपाईको लागि लाभदायक हुनेछ ।

यसले ब्लगर, वर्डप्रेस, वा अन्य कुनै पनि डोमेनमा ब्लग पोष्ट गर्न मिल्ने भएकोले यो सबै ब्लगरलाई उपयोगी हुन्छ ।

शुरुमा यसका केहि उपयोगीताहरुको बारेमा चर्चा गरौं । अर्थात तपाईले आफ्नो कम्प्युटरमा Windows Live Writer राख्‍नु भएपछि:

  • अफ लाईनमा बसेर ब्लग लेख्‍न र यसको साज-सज्जा निर्धारण गर्न सक्नुहुन्छ (पोष्ट गर्ने बेलामा मात्रै अनलाईन जाँदा पनि हुन्छ)
  • ब्लगमा आफुले भनेकै स्थान वा कुनामा फोटोहरु राख्‍न र फोटोमा पनि आफूले भनेकै ठाँउमा वाटरमार्क राख्‍न र फोटोको वरिपरि चाहेजत्ती खालि स्पेस दिन सक्नुहुन्छ ।
  • ब्लग पोष्टमा टेबुल, कोडहरु, ट्याग लाईन, नक्शा, पुरै फोटो एल्बम सजिलै अपलोड गर्न सक्नुहुन्छ।
  • हालको भर्सनले पुरानो ५०० औं पोष्ट समेत लाई खोल्न मिल्ने बनाएकोले, छापिएका पुराना पोष्हरुलाई चाहेजस्तो गरी डेस्कटप बाटै सम्पादन गर्न सक्नुहुन्छ ।
  • पोष्टहरुलाई कुनै पनि निश्चीत, दिन वा समयमा मात्रै ब्लगमा झुल्कीने गरी अग्रीम मिति र समय तोकी सर्भरमा अपलोड गर्न सक्नुहुन्छ ।
  • यसले तपाईको ब्लगर, वर्डप्रेस वा कुनै पनि टेम्पलेटको सेटीङलाई अद्याबधिक गर्ने भएकोले तपाईले १ वा १ भन्दा बढि जत्ती सुकै ब्लग पनि एउटै सफ्टवेयर बाट व्यवस्थापन गर्न सक्नुहुन्छ ।
  • यसका साथै फेशबुकको फोटो ब्लगमा सेयर गर्ने वा अन्य धेरै प्लगईनहरु तपाईले यसमा जोडन सक्नुहुन्छ ।

मलाई सबैभन्दा मन परेको विशेषता भने यसको WYSWYG (What You See What You Get) वा ‘जस्तो देखीन्छ, त्यस्तै छापिन्छ’ हो । माथि भने जस्तै यसले कुनै पनि ब्लगको टेम्लेटलाई ‘चिन्ने’ भएको र यसमा प्रिभ्यूको व्यबस्था भएकोले तपाईको पोष्ट तपाईले जस्तो डिजाईन गर्नु हुन्छ, वा जस्तो रुपमा चाहनुहुन्छ त्यस्तै देखीने गरी छापिने छ।

अब आउनुहोस यसलाई आफ्नो कम्प्युटरमा स्थापना गर्नेतर्फ। माईक्रोसफ्टले यो सफ्टवेयरलाई उसका अरु सफ्टवेयरहरु संग एकत्रीत गरेर मात्रै डानलोडमा राखेकोले ईण्टरनेटको गती कम छ भने तपाईले यो Windows Live Writer मात्रै वा यसको करिब ५.५ एमबीको standalone version मात्रै यहाँ बाट डाउनलोड गर्न सक्नुहुन्छ ।

यदी माथीको जोर्नी (लिन्क) बाट भएन भने मैले यसलाई सुबिधाको लागि अन्त पनि अपलोड गरेकोले यहाँयहाँ बाट पनि डाउनलोड गर्न सक्नुहुन्छ ।

नोट: यदी तपाईको कम्प्युटरमा विण्डोज एक्सपीको सर्भिस प्याक ३ वा Microsoft .NET Framework छैन भने तपाईले यसको सञ्चालनको लागि सो समेत डाउनलोड गर्नु पर्ने हुनसक्छ । Microsoft .NET Framework भने तपाईले सिधै यहाँ बाट डाउनलोड गर्न सक्नुहुन्छ ।

कम्प्युटरमा स्थापना पश्चात तल दिईएका स्क्रीनशट जस्तै गरी आफ्नो ब्लग कन्फिगर गर्नुहोस ।

1

शुरुमा यो १ नं को चित्रमा जस्तो डाइलग देखिनेछ, जसमा केवल 'Next' मात्रै दबाएर अगाडि बढ्नुहोस । त्यसपछि देखीने स्क्रीनमा भने तलको चित्रमा जस्तै ‘Other blog service’  मा टिक लगाएर 'Next' दबाउनु होला ।

2

अब देखीने स्क्रीनमा आफ्नो ब्लग ठेगाना, युजर नेम र पासवर्ड राखेर पून: 'Next' दबाउनु होला। अब तपाईको ब्लगको सेटीङहरु लाईव राईटरमा जम्मा हुन थाल्छन र केहि छिनपछि तपाईको स्क्रिनमा तपाइको ब्लग सेटीङ पुरै अद्यावधिक भएको जानाकारी आउने छ:

After setupचित्रमा जस्तै 'Blog nickname' को खाली भागमा ब्लगकै नाम वा अरु कुनै सजिलो नाम राख्‍नुहोस र 'Finish' दबाउनुहोस। बस अब तपाईको लाईभ राईटर तयार भयो ।

अब खुल्ने नयाँ पेजको "Enter a post title" लेखीएको ठाऊमा नया टाँसोको शीर्षक हाल्नुहोस, बीचको ठुलो खाली भागमा लेख्‍नुहोस र तलपट्टीको ‘Set categories’ बाट आफ्नो लेबल तोक्नुहोस र  सबैभन्दा माथी रहेको 'Publish' दबाउनुहोस, तपाईको टाँसो तुरुन्तै तपाईको ब्लगमा छापिने छ ।

यदी तपाई लेखीएको पोष्ट तुरुन्तै नछापी केहि दिन, हप्ता वा महिना पछि मात्रै तपाईको ब्लगमा देखीने गर्न चाहनुहुन्छ भने ‘Set publish date’ मा ब्लग अनलाईन छापीने मिति र समय तोक्नुहोस । यसरी भविष्यको मिति र समय तोकेर तपाईले आफ्नो टाँसोलाई 'Publish' गर्नु भयो भने सो पोष्ट ब्लगरको सर्भरको ‘ड्राफ्ट’ मा गएर बस्नेछ र तोकिएको मितिमा आफै तपाईको ब्लगमा टाँसीने छ ।

नोट: तपाईको नाममा एक भन्दा बढि ब्लग दर्ता भएकाछन भने, शुरुमा यसलाई कन्फिगर गर्दा तपाईले तलको जस्तो स्क्रीन देख्‍न सक्नु हुनेछ:

WLW multi blogयस्तो अबस्थामा तपाईले हरेक ब्लग सेटीङलाई माथीको तरीका अपनाएर एक एक गरी लाईव राइटरमा अद्याबधिक गर्नु पर्ने हुन्छ । ब्लग लेख्‍ने, सम्पादन गर्ने र पोष्ट गर्ने कार्यलाई झन्झटीलो हैन सरल, उपयोगी र विविधता पुर्ण बनाउनुहोस।

Happy Blogging!

21 comments:

  1. Hi Dilip Acharya! Your blog is very nice and informative. Wish you all the best. God is Great.

    http://www.thedynamicnature.com

    ReplyDelete
  2. धन्यवाद यो जानकारीमुलक पोष्टको लागी । यसले मलाई सहयोग पक्कै गरेको छ तर अझै तपाईंलाई ईमेलमा सम्पर्क गरेर झन्झट दिन भने बाँकी नै छ । झन्झट झेल्न तयार पारिराख्न भनेको क्या ।

    ReplyDelete
  3. मस्त छ जानकारी ।

    कति सजिलो रहेछ प्रविधि । यो त 'ह्याण्ड बुक' जस्तै लाग्यो । तुरुन्तै जोडिइहालेँ म पनि यसमा । Microsoft .NET Framework डाउनलोड हुन भने अलि कसरत गर्नुपर्ला मेरो कम्प्युटरले, स्पीडको अभावले गर्दा ।

    धेरै धन्यवाद छ दाइ । जडितज्यूले जस्तै झन्झट 'दान गर्ने' लहरमा म पनि बसेँ है त !

    ReplyDelete
  4. Thanks for this informative article. I have not used it yet, might try it once. seems a very good tool for decorating/ editing blog posts specially when offline!

    ReplyDelete
  5. thanks for the blog master...Dilip ji laai ....

    ReplyDelete
  6. साह्रै नै उपयोगी लेख पोस्ट गर्नु भएछ दिलिप जी, साच्चै ब्लगरहरु को लागी यो अनिबार्य शस्त्रनै रहेछ । मैले पनि धेरै अघी देखी सोचिराखेको थिए कि अफ लाईनमा बसेर ब्लग लेख्‍न के गर्नुपर्ला ? आज तपाईंले त्यो मेरो जिज्ञाशा पनि पुरा गरिदिनुभयो धन्यबाद !

    ReplyDelete
  7. अति उपयोगी जानकरिको लागि धन्यबाद दिलिप दाई । म पनि शुरु गर्दै छु यस्को प्रयोग ।s

    ReplyDelete
  8. धाइबाजी,
    पहिला यो लाईव राईटर मात्रै हाल्ने प्रयास गर्नुहोला। तपाइको कम्प्युटरले Microsoft .NET Framework नभएको सूछना दिएमा मात्रै सो डाउनलोड गर्नु होला। किनकि त्यो करिब २० एमबि जत्तीको छ (त्यो पनि मैले सबैभन्दा कम साईजको चाहि लिन्क राखेको छु)

    अझ विण्डोज एक्सपि चलाउनुहुन्छ भने त सर्भिस प्याक ३ हाल्नु भयो भने यस्ता धेरै समस्या समाधान हुन्छन ।

    ReplyDelete
  9. अहा! यति सजिलै आफ्ना ब्लगहरुलाई एकै झट्कामा कर्यापकुरूप पारेर सजिलै पोस्ट गर्न मिल्ने अश्त्रको प्रयोग हामी पनि किन नगर्ने? लौ अब प्रयोग गरिन्छ ।

    बरु अश्त्र प्रयोग गर्दा हुने कठिनाइ समाधानका लागि चाही दिलिप दाइका पछि पछि ठुलै हुल नै खडा हुने भयो कि कसो?

    .

    ReplyDelete
  10. दिलिप जि,

    मलाई watermark मात्र राख्ने software चाहिएको छ, कुनै सुझाव छ कि ? सरल र सानो साइजको open source software भए सार्है राम्रो हुन्थ्यो ।

    धन्यवाद

    ReplyDelete
  11. प्रज्वलजी,

    मैले देखेको सबैभन्दा सानो, सरल, निशुल्क र पोर्टेवल (ईन्स्टल गर्नु नपर्ने) वाटर मार्कीङ सफ्ट वेयर Image Water Marker हो।

    जम्मा २५ के. बी. को यो सफ्टवेयर पक्कै पनि तपाईलाई उपयोगी होला । सायद यो भन्दा सानो र कानुनन नि:शुल्क सफ्टवेयर उपलब्ध पनि छैन होला। तपाईले यो सफ्टवेयर सिधै यहाँ बाट डाउनलोड गर्न सक्नुहुन्छ ।

    ReplyDelete
  12. यो त दोहोरिएको पोष्ट परेछ ! जेहोस्, फेरि सम्झना दिलाउनुभएकोमा धन्यवाद !

    ReplyDelete
  13. पुनश्‍च: सुझावको लागि धन्यवाद दाइलाई । Microsoft .NET Framework रहेनछ मेरो कम्प्युटरमा । गुगल क्रोमबाट डाउनलोडमा कठिनाइ भयो, अहिले IE बाट गरेँ । अब ठीक भयो ।

    ReplyDelete
  14. Wow,

    It doesn't get any simpler and smaller than this, I absolutely love this watermark software (so far). Thanks a lot Dilip Ji

    ReplyDelete
  15. जे होस् दाइको बर्णन सुन्दा र साथीहरुको प्रतिकृया हेर्दा जिनिस राम्रै छ जस्तो छ..


    तर मैले चाहिं आफुले जानेजती सबै तरिकाले ट्राई गर्दा नि सकिन ... Windows Live Writer जोड्न खोज्दा Microsoft.NET Framework need to be installed भन्छ अनि Microsoft.NET Framework जोड्न खोज्दा its already installed भन्छ....

    अरु बिभिन्न शस्त्र जस्तै यो पनि एक भएको भए त बिस्तारै हेरे पनि हुन्थ्यो... अनिबार्य शस्त्र भएको कारणले गर्दा नबुझे पिछाडी पर्छु कि भन्ने पो डर भो... यसको कारण पत्ता लाईदिनु पर्यो दाइ...

    ReplyDelete
  16. install gari harnu parlaa. sakena bhane chai mail pathaula

    ReplyDelete
  17. मिलनजी, अनौंठो समस्या आएछ त!। मैले सबैलाई सजिलो होस भनेर यो .NET Framework को अलिक सानो साईजवाला भर्सनको लिन्क दिएको थिएँ। तपाईकहाँ राम्रै स्पिडको कनेक्सन होला । एकचोटी यसको latest version download upgrade गरेर हेर्नु होला । त्यो
    यहाँ छ।

    तर त्यो भन्दा पहिला एकचोटी Windows Installer 3.1 हालेर पनि हेर्नुहोला। .NET Framework पहिलै भएकोले यो Windows Installer 3.1 नभएर समस्या भएको पनि हुन सक्छ ।

    Windows Installer 3.1 यहाँ छ ।

    साथै, यस्तै काम गर्ने ओपनसोर्स सफ्टवेयर प्रयोग गर्ने हो भने Zoundry Raven पनि राम्रो विकल्प हो ।

    ReplyDelete
  18. दिलीप दाई,
    मेरो लागि यो टाँसो वरदान साबित भयो । यसको प्रयोग गर्दै जानेछु । तपाईलाई इमेल गरेर दिक्क लाउने मध्ये म पनि एक पर्छर्ुुे होस् तपाईले यस्तो व्यस्तताको बाबजुद पनि मेरो समस्याको सरल रुपमा हल गरि दिनुहुन्छ । म तपाईलाई फेरि पनि हृदयदेखि नै धन्यबाद दिन चाहन्छु ।

    ReplyDelete
  19. यस्ता महत्वपुर्ण ज्ञान अरुमा बाँड्न रुचाउनु भएकोमा धन्यबाद दिलिप जी, मेरो धिलै भए पनि आगमन स्वीकार्नुहोस।

    ReplyDelete
  20. दिलिपजी नमस्कार,
    म पनि कम्प्युटर र इन्टर्नेट मा चक्चक धेरै गर्ने मान्छे हुँ । तपाईंको ब्लग मैले सबैभन्दा धेरै हेरेको ब्लगमा पर्छ । कन्ट्रोल प्यानल राख्ने भएर अब पुरानो स्टाइलको ड्याशबोर्ड म परिवर्तन भो । म नयामा परिवर्तन गर्न चाहन्छु ।

    ReplyDelete