20 March, 2009

आयो ईन्टरनेट एक्सप्लोरर ८

IE8 करिव एक बर्ष अघि देखी तयारीमा रहेको र केहि महिना देखि बिटा भर्सन र RC मा समेत उपलब्ध भैसकेको माईक्रोसफ्टको ईन्टरनेट एक्सप्लोररको नया अवतार केहि घण्टा अगि मात्रै औपचारीक रुपमा रिलिज भएको छ ।

माईक्रोसफ्टकै नया अपरेटिङ सिस्टम विन्डोज सेभेनमा एकिकृत भएरै आउने यो एक्सप्लोरर हालको लागि विन्डोज एक्सपी र भिस्टाका सक्कली प्रयोगकर्ताले भने सिधै डाउनलोड गरेर प्रयोग गर्न सक्ने छन ।

हुन त बजारमा मोजिलाको फाएरफक्स, गुगलको क्रोम र एप्पलको सफारी लगाएत अन्य बिभिन्न वेब ब्राउजरहरु उपलब्ध छन, तर संसारमा चल्ने अधिकांश कम्प्युटरमा माईक्रोसफ्टको अपरेटिङ सिस्टम हुने र सो सिस्टममा ईन्टरनेट एक्सप्लोरर पहिले नै एकिकृत भएर आउने हुनाले हालसम्म पनि ईन्टरनेट एक्सप्लोरर सबैभन्दा बढि प्रयोग हुने वेब ब्राउजरमा पर्दछ ।

त्यसो त,ईन्टरनेट एक्सप्लोररको प्रयोगकर्ता घट्ने क्रम निरन्तर चलिरहेको र अन्य ब्राउजरका प्रयोगकर्ताको संख्या बढने क्रम जारी छ। तर पनि एउटा आंकडा अनुशार अहिले कुल ईन्टरनेट प्रयोगकर्ता मध्य करिव ७२.२% ले ईन्टरनेट एक्सप्लोरर, १७.२% ले फाएरफक्स, २.८% ले गुगल क्रोम र करिव १% ले सफारी र बाँकीले अन्य बिभिन्न ब्राउजर चलाउने गर्छन ।

यी सबैलाई छाडेर अब यो नया ईन्टरनेट एक्सप्लोररको विशेषता हेरौं। माईक्रोसफ्टका अनुसार यो नया अवतारमा निम्न बिषेशता छन :

गति: शुरुमा लोड गर्ने, नया पेज वा ट्याब खोल्ने बेलामा माईक्रोसफ्टका सबै पुराना भर्सन भन्दा यो हालसम्मकै छिटो रहने बताईएको छ।

safety गोप्य ब्राउजिङ: क्रोममा पहिले नै रहेको यो अप्सन अहिले ईन्टरनेट एक्सप्लोररले पनि प्रदान गरेको छ। यदि तपाई आफुले ब्राउज गरेको साईटको नामहरु र त्यसको ब्राउजिङ हिस्ट्री अर्को प्रयोगकर्ताले नदेखोस भन्ने चाहनुहुन्छ भने त्यसकोलागि यसमा “प्राईवेट ब्राउजिंग मोड” छ। यसको Safety मेनुबाट “in private browsing” मा क्लिक गरेपछि नया एक्सप्लोरर खुल्नेछ त्यसबाट गेरेका ब्राउजिङका कुनै निशान कम्प्युटरमा रहने छैनन ।

नक्शा र ठेगाना: तपाई कुनै स्थान बिशेषको जानकारी वेबबाट लिदैं हुनुहुन्छ भने साईटमा देखिएको ठेगाना वा ठाउँको नामलाई हाईलाईट गर्नु भयो भने तपाईले “Map with live search” भन्ने मेनु देख्‍नुहुन्छ त्यहा क्लिक गरेपछि अर्को ट्याबमा सो स्थानलाई नक्शैमा खोज्न सक्नुहुन्छ ।

सुरक्षा: यसमा रहेको ‘डोमेन एलर्ट फीचर’ ले तपाईलाई कुनै साईटमा प्रवेश गर्नु पुर्व नै सो साईटमा रहेको ‘खरावी’ को बारेमा अग्रिम जानकारी दिन्छ ।

greenshot_2009-03-20_08-13-02 खोजी, ब्लगिङ र सूचना: यदि तपाई ईमेलको लागि विन्डोज लाईभ मेल र ब्लग लेखनकोलागि विन्डोज लाईभ राईटर प्रयोग गर्नुहुन्छ भने, कुनै पनि वेबपेजमा भएको सूचना र सामाग्रीहरु सबैसंग बाँडने काम अब झनै सजिलो भएको छ । तपाईले कुनै पनि सुचना र सामाग्रीलाई राईट क्लिक गरी ईमेल वा ब्लगको माध्यमबाट सबैलाई बाँडन सक्नुहुन्छ भने कुनै पनि शब्द वा वाक्यलाई हाईलाईट गरी तपाइले तुरुन्तै “Search with google”  को प्रयोग गरी त्यसको बारेमा खोजी गर्न सक्नुहुन्छ ।

साथै एउटै वेबपेज फाएरफक्स वा अन्य कुनै ब्राउजरमा हेर्दा एक किसिमको र ईन्टरनेट एक्सप्लोररमा हेर्दा केहि भिन्न देखिने र एलाईनमेन्ट तल माथि भएको देखिने समस्याबाट पनि यो अवतार केहि मुक्त भएको छ। यसमा रहेको ‘Compatibility view’ ले एउटै पेजलाई पनि भिन्न भिन्न किसिमले हेर्न मिल्ने सुबिधा दिएको छ जसको मद्दतले तपाई पुराना ब्राउजरहरुलाई लक्ष गरी बनाईएका वेबपेजहर पनि जस्ताको त्यस्तै हेर्न सक्नुहुनेछ ।

विकिपेडिया, फेशबुक र सामाजिक संजाल: नया एक्सप्लोररलाई बढि उपयोगी र सामाजिक संजालसंग अझ नजिक बनाउनकोलागि यसमा Accelerators भन्ने नयाँ मेनु थपीएको छ र तपाई कुनै पनि वेबपेज खुलेको बेलामा राईट क्लिक गरी All Accelerators हुँदै Find more Accelerators मा जानुभयो भने त्यहा उपलब्ध धेरैका संख्याका Accelerators Gallery बाट; ‘Find on Facebook’, ‘Share on Facebook’, ‘Define with Wikipedia’, ‘Google maps’ र ‘Share on twitter’ जस्ता धेरै नया Add-ons हरु छान्न र राख्‍न सक्नुहुन्छ। एक पटक यी Accelerators राखीसकेपछि भने तपाईले कुनै शब्द वा शब्द समुहलाई हाईलाईट गर्ने बित्तीकै देखिने ‘एरो’ बाट आफुलाई चाहिने अप्सन छानेर प्रयोग गर्न सक्नुहुन्छ।

यसमा रहेको ‘Smart Address Bar’ ले फाएरफक्समा जस्तै तपाईलाई कुनै पनि ठेगाना टाईप गर्दा सम्भावित ठेगानाको सल्लाह दिने छ भने, फाएरफक्समा भन्दा भिन्न, यसले ठेगान मात्रै नदेखाई पेज टाईटल समेत देखाउने भएकोले तपाई आफुले खोजेको पेज एकदम छिटो चयन गर्न सक्नुहुन्छ।

Tab Grouping ले एकै पटक धेरै ट्याबहरु खोलीएका अबस्थामा एउटै स्रोतका ट्याबहरुलाई भिन्न रंग दिएर एकै ठाँउमा एकत्रित गरिदिन्छ भने वेब स्लाईसको सहयोगले तपाईले कुने पेज अपडेट हुने बित्तिकै जानकारी पाउन सक्नुहुन्छ ।

मैले पनि भर्खर डाउनलोड गरेर हेर्दैछु, Smart Address Bar मलाई निक्कै मन परेको छ भने Compatibility view का कारण अब पेजहरु फाएरफक्स र ईन्टरनेट एक्सप्लोररमा उस्तै देखिएका छन । हुन त,म आफैं पनि फाएरफक्स नै चलाउँछु तर यसका केहि नया सुधारहरुले गर्दा यसप्रती आकर्षीत भएको छु । तपाई पनि प्रयोग गर्न चाहनुहुन्छ  भने १६ .१ एम.बि. साईज रहेको यो एक्सप्लोरर यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

14 comments:

  1. नयाँ जानकारी बाँड्नु भएकोमा दाईलाई हार्दिक धन्यबाद |

    मैले नि यो नयाँ चीज भर्खर डाउनलोड गरें | तर अनुभवी आँखा नभएर होला... पूरानो र नयाँमा के फरक भएछ केही भेउ पाईन |मलाई ब्राउजरहरुको ख़ास गुदी थाहा छैन |

    पहिले पहिले म पनि ईन्टरनेट एक्सप्लोरर नै चलाऊँथें ... तर जुन दिन देखि गूगल क्रोम भेटें ... म यसको दीवाना भएको छू... शायद यो user friendly भएर होला |

    ReplyDelete
  2. एउटा कुरो...म नि हजूरको ब्लगमा झै साइडमा नेपाली क्यालेंडर हाल्ने सुरमा छू... के गर्नु पर्ला...? म त घुमेको घुम्यै भएँ...

    ReplyDelete
  3. मिलनजी,
    नेपाली क्यालेण्डरको कोडहरु यहाँ
    यहाँ
    पनि छन। त्यहा गएर तपाईले आफुलाई मनपर्ने स्टाईलको कोड छान्न सक्नुहुन्छ ।

    मेरो साईडबारमा भने मैले ति दुईटै साईटका कोडहरुसंग अलिकता ‘छेड-छाड’ गरेर दुबैलाई लाई मिक्स गरेर यस्तो रुप दिएको छु। यदि तपाईलाई ठ्याक्कै मेरै जस्तो देखिने कोड चाहिन्छ भने कृपया आफ्नो ईमेल उपलब्ध गराउनु होला वा मेरो “गफ-गाफ” मा लेख्‍नुहोला । म यो कोड तपाईलाई खुशीसाथ पठाई दिनेछु ।

    ReplyDelete
  4. हार्दिक धन्यबाद..हजूर ले दिनु भएको कोडले blogspot मा चै गज्जबले काम गर्यो..

    ReplyDelete
  5. मिलन जी ले भने झै मलाई पनि ब्राउजरहरुको भित्री गुदि त्यति थाहा छैन काम मात्रै चलाउछु । जे होस दिलिप जी र कृष्ण जी को ब्लगबाट नयाँ प्रबिधि र सरल तरिकाहरुको स्वाद लिन पाइएको छ । जानकारिको लागि धन्यबाद दिलिप जी ।

    ReplyDelete
  6. जानकारी का लागि धन्यवाद ! पहिले डाउनलोड गरेर हेरौँ, चलाऊँ अनि थाहा होला, कस्तो रहेछ भनेर !

    हुन त ब्राउजर राम्रै बनाउनुपर्ने हो, कारण खुबै प्रतिस्पर्धा देखिएको छ यसमै पनि । मेरो डिफल्ट त फायरफक्स नै हो, साइडवाइसाइड, एक्सप्लोरर, क्रोम, ओपेरा पनि चलाइन्छ ।

    ReplyDelete
  7. IE का obvious problem हरु ले गर्दा मैले झन्डै झन्डै IE चलाऊन नै छोडि सकें, तर तपाईंको कुरा सुन्दा यो interesting होला जस्तो छ । तर फेरी computer को speed घट्छ कि भन्ने डर छ । मैले त्यस्तै problem भएर पहिल पनि IE ७ बाट IE ६ मा downgrade गरेको थिए ।

    ReplyDelete
  8. अती उपयोगी जानकारी। दिलिपको बुझाउने शैलीको त जती कुरा गरे पनि कमी नै हुन्छ । धन्यबाद

    ReplyDelete
  9. जानकारी को लागी धन्यबाद मैले पनी एक्स्प्लोरर ८ नै प्रयोग गर्दै आएकोछु । केही नया बिशेषताहरू थापिएकोमा खुसी छू ... मलाई त सानै देखिको बानी नया कुरा लाउन , चलाउन हतारै लाग्छ भन'या दिलीप जी ! अनि तपाई र मिलन जी को सम्बाद मा नेपाली calender को कोड को कुरा चलेको रहेछ त्यसलाई पनी मेरो आफ्नो ब्लगमा टासी सके ....... त्यसको लागी पनी धन्यबाद ।
    एक प्रकार ले तपाई गुरु नै हुनु भो - तपाई सिकाउदै जाने - म सिक्दै ।

    ReplyDelete
  10. यो Tools मा रहेको Developer Tools चाँहि निकै रमाइलो लाग्यो है !

    ReplyDelete
  11. मलाई त यो Developer Tools रमाइलो भन्दा पनि खतरनाक लाग्यो । फाएरफक्सको 'page source'ले नै कुनै पनि पेजको करिव करिव पुरै स्थिति देखाँउथ्यो यसको Developer Toolsबाट हेरेपछि त गोप्य भन्ने केहि भएन ।

    BTW, IE8 ma 'caret browsing' पनि रहेछ, हुन त यो पनि नयाँ फीचर होईन तर कहिले काहि काम लाग्छ ।

    ReplyDelete
  12. नयाँ कुराको जानकारी ज्यादै सरल भाषामा दिनुभएको छ दाइ । गुगल क्रोम त अहिलेसम्म चलाएको छैन, इन्टरनेट एक्सप्लोररको पुरानै भर्सनमा चित्त बुझाउँदै आइएको थियो, अब नयाँ विकल्प भएपछि पछि पर्ने कुरै छैन । प्रविधिबारे अन्जान भए पनि बिस्तारै सरसङ्गतिले आफूमा पखेटा हाल्दै गरेको पो अनुभव सँगाल्दैछु म त । धन्यवाद छ है ।

    ReplyDelete
  13. An informative post!
    I normally use Google-Chrome and Firefox. IE has given me headaches in past. However, I will try the new release as I noticed few good features in it after reading your post.

    ReplyDelete
  14. उपयोगी जानकारी!

    कहिले के, कहिले के समस्या आउनाले IE चलाउन छाडेको धेरै महिना भईसक्यो। हेरौं, यो संस्करणले भने चित्त बुझाउन सक्छ कि?

    ReplyDelete