केही दिन अगाडि एकजना ट्वीटरबाट परिचित भएका साथीले मलाई डि.एम. गरेर ‘वरिष्ठ’ भनेको के वा को हो?’ भनेर सोधे । हुन पनि नेपालीमा ट्वीटर चलाउनेहरूले प्राय: ट्वीटरमा ‘वरिष्ठ’ भन्ने शब्द देखि रहन्छन् । विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यि कुनै विषयका ज्ञाता वा विशेषज्ञ हैन, प्राय: ट्वीटरकै मात्रै ‘वरिष्ठ’ हुन्छन् । मैले मित्रलाई १४३ अक्षर नबढाइ वरिष्ठको मोटामोटी जानकारी त दिएँ । तर उनले फेरि वरिष्ठ कसरी चिन्ने भनेर सोधे। अत: आजको पोष्टमा वरिष्ठ मात्रै हैन, ट्वीटरका कनिष्ठ र कर्तव्यनिष्ठ समेत कसरी चिन्ने भन्ने बारेमा लेख्दैछु। यो पढे’छि पक्कै पनि सबैले वरिष्ठ, कनिष्ठ र कर्तव्यनिष्ठको भेद था’पाउने छन् भन्ने हाम्लाई लाइरा’ च
ल हेरौँ कसरी चिन्ने त यिनलाई:
#वरिष्ठ
यिनका फलोअर र यिनले फलो गरेकाका सङ्ख्यामा दोब्बर जत्तिको अन्तर हुन्छन् ।
यिनका ट्वीटहरू भुईमा खस्न नपाउँदै रिट्वीट हुन्छन् ।
यिनीहरू आफ्ना सबै ट्वीटहरू रिट्वीट होस भन्ने चाहन्छन्,
..तर आफूले अरूका ट्वीट रिट्वीट गर्नु भनेको चाहिँ मानहानि हुने जस्तो ठान्छन् ।
सुनिन्छ यिनका आफ्नो नामका एक र फेक नामका अनेक आइडि हुन्छन् ।