17 January, 2013

नेपाली ट्वीटे नेताहरूको TL

त्यसो त नेपालका नेताहरु ट्वीटर प्रयोग गर्दैनन् र प्रयोग गर्ने केही पनि टाइमलाईनमा टिकेर सिधा सम्बाद गर्ने हिम्मत गर्दैनन् । केही नेताहरुको फेसबुक वा फेसबुक फ्यान पेज छ । त्यसमा पनि तिनका धुपौरे र भजनमण्डलीको ‘वाह! वाह !!’ ले मात्रै स्थान पाउँछन् र हामी जस्ता स्वतन्त्र अभीमत प्रकट गर्नेका विचारसँग तिनले वाद-विवाद गर्ने हिम्मत जुटाउनै सक्दैनन् ।

तर, तिनले ट्वीटर चलाए भने कस्तो होला त ? । माइक र मास देखे पछि आकाश पाताल गर्नेले १४० अक्षरको सीमामा के के भन्लान त ? ।

हिजो अरू साथीहरूको ट्वीट हेर्दा हेर्दै एकैछिन मन कल्पनालोकमा पुग्यो र त्यहाबाट मैले नेपाली नेताहरूको टाइमलाईन ठ्याक्कै कपि गरेर तल टाँसेको छु । ल हेर्नुस् नेपाली नेताको टाइमलाईन:

नेपाली नेताको ट्वीटर TL

झलनाथ @jhallu: मेरो विचारमा @babram पदमा रहेसम्म वार्ताको कुनै औचित्य छैन् ।


बाब्राम @babram: @congress र @Nekapa_Yemale लाई यही सरकारमा प्रवेश गरी यसैलाई सहमतिय सरकार बनाउन आग्रह गर्छु ।


बैद्यबा @dashmb: हा हा हा #कठपुतली ले सरकार बनाउने रे ! । कति हाँस्नु ।


प्रचन्न @gafadi : मने, यो राष्ट्रपतिको आफ्नो विवेकको कुरो हो भन्ने हाम्लाई लागिरा’छ । #म्याद थप


शुसील @dariwala: हामीलाई प्रधानमन्त्री चाहिएको हैन् (त्यही नपाएसम्म कुरो पनि मिल्दैन) :पि


मधेशी म @hindustani: राष्ट्रपतिले ज्ञानेन्द्र नहुने हो भने, कुरो नमिलेसम्म #म्याद थपि रहनु पर्छ भनेर हाम्ले पहिलै भन्या हो :डि


माकुने @bartamanpraiprekhsya: वर्तमान परिप्रेक्षमा यो #म्याद थप बढो जटिल प्रश्न बनेको छ ।


थापा @rajtantra: यस्तै #म्याद थप#अपराध पोषण नै गणतन्त्र हो भने यो भन्दा #राजतन्त्र धेरै राम्रो छ ।


देउबा @sherdai: अहल्या.....हडग....म भल भमदला लग लग ....बलबला लमलम ...... ।


ओली @kpoli: हैन, हाम्रा @sherdai ले बोलेको मात्रै नबुझ्ने भन्ठानेको त लेखेको पनि उस्तै :पि :पि


रामचन्द्र @baaje : RT: @kpoli हैन हाम्रा @sherdai ले बोलेको मात्रै नबुझ्ने भन्ठानेको त लेखेको पनि उस्तै :पि :पि लोल !


बाब्राम @babram: मैले छाँडे भने देशमा सङ्कट आउँछ !


झलनाथ @jhallu: सङ्कट त अब हाम्रो आन्दोलनको आँधी-बेरीले ल्याम्च Smile with tongue out


बैदेबा @dashmb: #कठपुतली तिम्ले छाडेर चाहिँ हैन, बसी रह्यौ भने चाहिँ अवश्य सङ्कट आउँछ


ओली @kpoli: @babram लोल! लोल!


प्रचन्न @gafadi : हाम्ले अहिलेसम्म जे जे आम्छ भन्या थेम ति आए पनि आएनन पनि ...त्यसैले सङ्कट पनि आम्न नि सक्छ, नआम्न नि सक्छ भन्ने हाम्लाई लाइ’रा छ... । 1/2


प्रचन्न @gafadi : ...कथंकदाचित त्यो सङ्कट भन्ने बस्तु आई हालेच भने’नि हामी सबैले सहमतिमा त्यसलाई तह लाउन सक्छम भन्ने नि हाम्लाई लाइरा’ छ 2/2


शुसील @dariwala: हैन यी @gafadi धेरै पिउँछन कि क्या हो, जैले यिनलाई जैले पनि लागि’रा मात्रै हुन्छ :पि


ओली @kpoli: RT: @dariwala: हैन यी @gafadi धेरै पिउँछन कि क्या हो, यिनलाई जैले पनि लागिरा मात्रै हुन्छ :पि । यो त म पनि डाउन हुने बोलीको गोली आयो त :डि


बैदेबा @dashmb: हा हा हा ऐले भने म पनि हाँसे :डि RT: @dariwala: हैन यी @gafadi धेरै पिउँछन कि क्या हो, जैले यिनलाई जैले पनि लागिरा मात्रै हुन्छ :पि


थापा @rajtantra: हा हा हा (मलाई ‘नि पैला त्यस्तै लाग्थ्यो) :डि


रामचन्द्र @baaje: RT: @kpoli लोल , @thapa :पि :पि


देउबा @sherdai: @kpoli , @thapa रोफ्ल्याए लोल !


ज्ञानेन्द्र @mailebujhe: लोल लोल हाम्लाई नि पहिला पहिला त्यस्तै लागिबक्सन्थ्यो J


थापा @rajtantra: @mailebujhe जदौ सरकार, हजुर गए’सि त साँच्चै सङ्कट आयो नि Sad smile


झलनाथ @jhallu: हैन, @baaje अब भने साँच्चीकै आन्दोलन गरौँ के !


रामचन्द्र @baaje: ल गरौं गरौं, म @dariwala @sherdai मिलेपछी आन्दोलन सशक्त हुन्छ


देउबा @sherdai: अहल्या.....हडग....म भल भमदला लग लग ....बलबला लमलम ...... ।


प्रचन्न @gafadi : यि @sherdai ले कोड भाषामा शङकास्पद षडयन्त्रमूलक कुरा गरे भन्ने हाम्लाई लाइरा’च ।


बैदेबा @dashmb: अरूले नगरे नि अब हाम्ले भण्डाफोड र सशस्त्र आन्दोलन गर्छौ । अनि कति दिन टिक्ला यो #कठपुतली


बाब्राम @babram: DM: @prabhu के गरौँ  ईधर त टिक्नै नदेलान जस्तो हो गया !


आजलाई यत्ति । नपुगेको थप्नुस है Smile


यो पनि हेर्नुस्: ट्वीटरका #वरिष्ठ, #कनिष्ठ र #कर्तव्य निष्ठहरू !!!

18 comments:

  1. प्रचन्न @gafadi रे ? हा ाहाहाहाहाहाहाहाहाहाहाह
    लास्टै हाँस उठ्यो
    टिएल मा नेताहरू अाए भने बोल्न पाउदैनन सर,

    ReplyDelete
  2. दिलिप दाईको व्लग पढ्नुपनी छुट्टै मज्जा छ । यी हाम्रा नेताहरु कहिल्य सोसिएल साइटमा आउलान् र यस्ता चमत्कारपुर्ण ट्वीट पढ्न पाइएला । :)

    ReplyDelete
  3. Sarai gajjap daaju haasera mariyo, लोल! लोल! , रोफ्ल्याए लोल !, DM, RT, ra :डि :पि ko use atti gajjap ke ;)

    ReplyDelete
  4. गज्जप...!!!! :डी

    ReplyDelete
  5. मस्त मस्त ट्वीट :पी

    ReplyDelete
  6. मुखर्जी @mukharjee: @jhallu @baaje @kpoli @sherdai @gafadi @dariwala @hindustani भरे लाजीम्पाटमा च्या भेटमा गफिम्ला। टाईमलाईनमा के हल्ला गर्नु?

    ReplyDelete
  7. बैद्धबा @dashmb: @mukharjee फुलिवाला जी । बरिष्ठहरूलाई मात्र च्या भेटमा बोलाउने?? हामीलाई बाल हान्ने? स्वाधीनताको आन्दोलन गरिन्छ।

    ReplyDelete
  8. @ गौरव खतिवडा : लोल ! लोल !! एक कदम अगाडि । क्या सटिक जबाफ आएछ @prabhu बाट ।

    @dashmb को ट्वीट पनि दामी छ :पि

    ReplyDelete
  9. हाहाहा, निकै हासो उठ्यो, फेसबुकमा कस्ता कस्ता कुरा लेख्छन्, मैले पोष्ट बनाउनुपलाई जस्तो छ । :P

    ReplyDelete
  10. awesome, wish they could face Twitter

    ReplyDelete
  11. सुपर्ब माइन्ड ब्लोइङग

    ReplyDelete
  12. सारै रमाइलो भयो , धन्यबाद हजुरलाई व्यंग्यात्मक लेखको लागि |

    ReplyDelete
  13. यो लेख बाबुराम ट्वीटरमा आउनु पहिले नै लेखिएको रहेछ, बाब्राम्ले पढेर रमाइलो मानी उता छिरेका हुन् कि क्या हो ? रमाइलो प्रस्तुति दिलिप दाइ ।

    ReplyDelete
  14. gajjap ra...mailo !

    ReplyDelete