02 October, 2012

ट्वीटेका ट्वीट र नट्वीट्टीएका भावहरु !

हामीहरू नियमित ट्वीट्टिन्छौ (ट्वीट लेख्छौ) र साथिहरूका १४० शब्दहरू पनि पढ्छौं । युनिकोडको विकास र इन्टरनेटको सुलभताले गर्दा नेपालीमै ट्वीट्टीने ट्वीटेहरूको सङ्ख्या पनि धेरै भइसकेको छ । अत: नियमित ट्विट्टीने ट्वीटेका केही ट्वीटहरू प्राय: दोहरिएर वा करिब करिब उस्तै शब्द र वाक्यमा देखिनु पनि सामान्य नै भएको छ । तर १४० अक्षरमा जे भनिन्छ स्थिति के ठ्याक्कै त्यस्तै नै हुन्छ त ? । हुन पनि सक्छ र नहुन पनि सक्छ । तर बारम्बार पुनरुक्त हुने केही ट्वीटहरू पढ्दा मेरो मनमा केही भावहरू आउँछन् । मेरो जस्तै ठ्याक्कै भाव नभए पनि तपाइको मनमा पनि कुनै ट्वीट पढ्दा यस्तै वा ट्वीटमा व्यक्त गरिएका भन्दा भिन्न र पूरण विपरीत स्थितिको पनि आभास आउन सक्छन् ।

आजको पोस्टमा मैले, आफैंले केही समयको अन्तरालमा पढेका केही ट्वीट र ती ट्वीट पढ्दा मेरो मनमा उठेको भावलाई जस्ताको त्यस्तै राखेको छु । कोही व्यक्ति विशेषको खिल्ली उडाउने वा चरित्र हत्या गर्ने उद्देश्य नरहेकोले सबै ट्वीटमा ट्विटेको ह्यान्डल र व्यक्तिगत नाम हटाएको छु । कुनै विशेष ट्वीट छुटेको देखिएमा तपाई आफैं पनि कमेन्टमा सो ट्वीट र सो ट्वीट पढेपछि उठने भाव लेख्न सक्नुहुन्छ ।

ल हेर्नुस, ट्वीटेले के लेख्छन र के लुकाउँछन त:-

लेखिएका ट्वीटहरू

लुकाइएका यथार्थहरू

आज टाइमलाइन किन सुनसान छ ?

मेरो लेटेस्ट स्टाटस रिट्वीट नै भएन भन्या ?

मान्छेहरू अझै फेसबुकमै छन् ।

मैले पनि भर्खरै हो ट्वीटर चलाउन जान्या ।

नेपालाँ त भर्खर विहान भो होला मेराँ त रातको ११ बजेको छ ।

म अमेरिकामा बस्छु क्या Open-mouthed smile

आज पाँच जनालाई ब्लक हानियो ।

बदमासहरुले हिँजै मलाई अनफलो गरेछन नि त ।

आज ट्वीटर चलाउँदा-चलाउँदा नि झ्याउ लाग्यो ।

बत्ति निभ्ने बेला भो, अब बन्द गर्नु पर्‍यो !

आज मेरो फलोअर संङ्ख्या ५ सय नाघेछ ।

कम्ता मेहनत गरियो त यसको लागि !

थाकियो, अब २-३ दिन ट्वीटर चलाउँदिन ।

अफिसको नेट बिग्रेको छ क्या Winking smile

ट्वीटेहरू आफूलाई फेसबुकेलाई भन्दा जानकार सम्झन्छन् ।

मलाई पनि पहिला पहिला त्यही भ्रम थियो ।

आजको TL @..... ले कब्जा गरेछ ।

मैले पनि खोज्या हो ...खै के लेखेर पो भर्ने हो ?

म परम स्वतन्त्रतामा विश्वास गर्छु ।

हिन्ट पहिल्यै द्या’छु। मेरा ट्वीट अश्लील पनि हुन सक्छन् ।

मेरा ट्वीट अश्लील लाग्नेले मलाई ब्लक हानुन् ।

१० जनाले ‘अन फलो’ गरि सकेछन्...बचेको इज्जत जोगाउनु पर्‍यो Angry smile

ट्वीटरमा २-४ जना त बाब्रामका सेवक नै छन् । म त ‘अर्कै’को नोकरी गर्छु ।

विदेशमा बस्ने सबै भाँडा माझ्छन् ।

मेरो भिसा न लागेपछि अरू के भन्नु त ।

म नेपालमै बस्छु....स्थिति जस्तोसुकै किन नहोस ।

मेरो पनि भिसा लागेन Steaming mad

विदेशमा बस्ने सबै भाँडा माझ्छन् ।

नेपालाँ बस्नेले चाहिँ जुठै भाडाँमा खान्छन त?

नेपालमा १५ दिन बस्दा लोडसेडीङ्गले कहिल्यै बत्ति देखिएन ।

विदेश आए’छि ओभर लोडले कहिल्यै घाम देखिएन ।

ट्वीटरमा मजा भएन, म अब फेसबुकमै फर्कन्छु ।

१४० अक्षरमा आकाश-पाताल जोड्न मुस्किल हुने रै’छ ।

कार्यालय आइ पुगेको अवस्था । कहिलेकाहीँ यत्ति लेखेन भने ट्विट्टीने बाहेक अरू केही काम रहेनछ भन्ठान्लान फेरि

१ प्लेट मम, पिजा र टु पिस चिकेनको खाजा खाँदै ।

चियामा चिउरा भिजार खा’को ट्वीटरमा कसले देख्छ र Party smile

कुनै ट्वीटेको नाम किटेको छैन् तैपनि भूलचुक लिनेदिने Smile है ।

20 comments:

  1. टुइटरमा के लेख्ने भनेर समस्या हुन्यो अब यि पढ्ने अनि टुइट गर्ने

    ReplyDelete
  2. कता कता मेरै मन चोरेको होकी जस्तो लाग्यो । लेखिएका ट्वीटहरू लेखिन्छ तर कहिले काही लुकाइएका यथार्थहरू आउछन् म मा पनि । मानविय यथार्थ @addkali

    ReplyDelete
  3. दिलिप सर ले मेरो ट्वीटको चाही लुकाइएका यथार्थहरू न भेट्नु भाँ जस्तो छ किन भने म जे हुदै छ त्यही लेख्ने परे...... बडाइ चढाइ गरेर लेख्न जानेको छैन....... " चियामा भात हालेर खाद चियामा भात हालेर खाने टाइम भो भनेर लेख्ने गरेको छु.... लोकल रौसी खाद लोकल रौसी खाने बेला भो भनेर अनि बुडी सँग झगडा हुँदा झगडा भो भनेर लेख्ने गरेको छु.....

    ReplyDelete
  4. ट्वीटरमा दिक्क लाग्यो भनेर कसैले ट्वीट गरो भने आफ्नो त G/BF छैन भनेको हो @sahiladai

    ReplyDelete
  5. ट्वीटरमा कसैले ब्लगर अफ द विक को कुरा लिएर काकाको नाम उडाए भने आफु बनिन भन्ने गुनासो हो । @sahiladai

    ReplyDelete
  6. ट्वीटरमा पानि पर्यो भनेर ट्वीट गर्नु भनेको म सँग छाता छैन भनेको हो । @sahiladai

    ReplyDelete
  7. ट्वीटरमा पानि पर्यो भनेर ट्वीट गर्नु भनेको म सँग छाता छैन भनेको हो । @sahiladai

    ReplyDelete
  8. बरिष्ठ पाराले "अब घर लागियो" भन्नु भनेको म अफिसमा काम गर्छु भनेको हो । जो अब धेरैले भन्छन @sahiladai

    ReplyDelete
  9. युनिकोड मा लेखेको के के भएछ, मैले कमेन्ट डिलिट गरे है सर

    ReplyDelete
  10. ट्वीटरमा छोरोले पर्खीरहेको होला भन्नु भनेको मलाई नै आमाले खानको लागी के बनार राखेकी होलिन भनेर आश गर्नु हो । @sahiladai

    ReplyDelete
  11. लेंदाईलाइ म्याक को कुरो गरेर जिस्काउनु भनेको मैले म्याक चलाउछु भनेर घमण्ड गर्नु हो :)) @Ravi

    ReplyDelete
  12. अगाडी डाक्टर लेख्नु भनेको ...कोहि सोझा सिझा केटिहरु जालमा पार्न सकिन्छ कि भनेर हो @Ravi

    ReplyDelete
  13. ट्वीटरमा नेक्सस को कुरा गर्नु भने एन्ड्रोईड त पहिले नै चलाको हो भन्नु हो । @sahiladai

    ReplyDelete
  14. LOL सात्तो खाए है दाजुले

    ReplyDelete
  15. कुरो सहि हो है:)

    ReplyDelete
  16. hahahaha manoranjan post reality ma bhannu parda ta malai ni thaha 6aina twit chalauna ra chalauna ni man lagdaina adhikarikedar.blogspot.com

    ReplyDelete
  17. पोस्ट भन्दा पनि रमाइला रमाइला कमेन्ट पो आएछन् त :))

    सबैलाई धन्यवाद् :))

    ReplyDelete
  18. अँ त, अनि लक्ष्मण गुरुङ भाइले भने 'जे छ त्यही लेख्ने' गरेको पक्कै हो। विशेष गरि रौसी खाने कुरा र सन्नी लियोन लाई खुल्ला खुल्ला "I Love You !" लेखेको भने मैले पनि धेरै पटक पढेको छु है :))

    ReplyDelete
  19. आबुई! यस्तो उखपात रमाईलो पो हुँदो र'छ त नि? मलाई त चलाउनै आएन क्या; फेस्बुक्मै थच्चेको छु ।

    ReplyDelete
  20. हामी पनि सिक्दैछम अलिअलि :)

    ReplyDelete