24 August, 2012

फेरि केही मोबाइल क्लिक !

कामको सिलसिलामा केही दिन अगाडि फेरि देश दर्शनमा निस्केको थिएँ । बाहिर निस्कँदा २० केजीको सुटकेस र १२ केजीको हाते ब्याग भारी नभए पनि क्यामेरा बोक्न चाहिँ साह्रै झन्झट लाग्छ । अनि प्राय: कुनै आकर्षक दृश्य देख्दा वा सुन्दर स्थानमा पुग्दा भने फेरि किन क्यामरा बोकिन छु भनेर थकथक लाग्छ । यसपाला पनि त्यस्तै भयो । हिँड्ने बेलामा बोकी हालौँ कि जस्तो लागेको थियो, तर फेरि धेरै पटक पुगिसकेको ठाउँमा के नै नौलो देखिएला र फोटो खिच्नु पर्ला भन्ने सोचेर क्यामरा नबोकी लागेँ देश दर्शनमा ।

ठाउँमा पुगेपछि भने यस पटक पनि फेरि चुकचुकाएँ ... आफूलाई चाहिने सबै कुरा बोक्दा किन बोकिनँ क्यामरा भनेर। किनकी धेरै पटक पुगेको ठाउँमा पनि यस पटक भने पहिले कहिल्यै नदेखेका दृश्यहरू देखिए । अनि खल्तीमा छाम-छाम छुम-छुम गरेर झिकियो मोबाईल र हानियो क्लिक! क्लिक !! ।

आजको पोस्टमा मलाई आकर्षक लागेका केही मोबाइल फोटोहरू ।

(फोटो ठुलो पारेर हेर्न कुनैपनि फोटोमा क्लिक गर्नुहोला, फोटो आफैँ ठुलो साइजमा अर्को पेजमा खुल्नेछ) 

Photos for Nepali Blog (10)

(केही समय अगाडि पोखरामा देखिएको यो फूल—साँच्चै हो नाममा के छ र?, नामै थाहा नभए पनि साह्रै मन पर्‍यो)

Photos for Nepali Blog (1)

(धुलिखेलमा सवेरै उठेर हेर्दा देखिएको सित-स्नानले स्निग्ध भएको यो फूल पनि कम चित्ताकर्षक थिएन)

Photos for Nepali Blog (7)

(पोखरा मै देखिएको ‘योमरी’ जस्ता लाग्ने यो बेनाम वनस्पति – फोटो नखिची धरै भएन नि!)

Photos for Nepali Blog (3)

(तिहारको आगमन छीट्टै हुँदैछ हो ? – सयपत्रीहरूले त त्यसै भन्दैछन् त :)

Photos for Nepali Blog (2)

(पहाड अग्लो कि घाँस ? :)—फूलकै मात्रै तस्विर खिच्नु भनेर कतै लेखिएको छ र ?:)


यो पनि हेर्नुस:  Random Clicks~केही मोबाइल फोटोहरू !!

6 comments:

  1. मोवाईल नै क्यामेराको भन्दा बढी रिजोलुसनको फोटो खिच्न थालेपछि त्यो भारी क्यामेरा किन बोकिरहनुपर्यो र । :)

    ReplyDelete
  2. सारै राम्रो फोटो हरु हेर्न पाए

    ReplyDelete
  3. पछिल्लो पटकको मेरो निष्कर्षः जे पोष्ट हुन्छ उत्कृष्ट नै हुन्छ । अरु के कमेन्ट गर्नु र । फूलहरुको नाम आए पो :(

    ReplyDelete
  4. पहिलो चित्रलाइ मैले कम्प्युटरको ब्याक ग्राउणमा राखें
    Binod

    ReplyDelete
  5. हैन हौ दाजु....अनि मुवाईलबाटै खिच्दा नि यति राम्रो आउँछ र भन्या? खिचाईको कौशलतालाई त अघिनै मानिसकेँ है ।

    ReplyDelete

  6. मन छुने फोटोहरु रहेछन ।

    ReplyDelete