"Let's Change Ourselves to Change the World." भन्ने नाराका साथ संसार बदल्ने हिम्मत लिएर अघि बढेका एक योगी छन् । स्वदेश र विदेशमा समेत प्रशस्त चेला-चेली र प्रशंसकहरू रहेका ती योगी डाक्टर विकासानन्दको फेसबुक पेज बेला बेलामा हेर्ने गर्थेँ । कुनै कुरा चित्त बुझ्थ्यो ‘लाइक’ गर्थेँ त कुनै कुरा चित्त बुझेन भने आफ्नो विचार राख्थेँ। सामाजिक सञ्जालमा रहेको पेज सबैको लागि खुला हुने र उनैको पेजमा ‘पब्लिक फिगर’ भन्ने लेखिएकोले अरू पेजमा जस्तै सो पेजमा पनि मेरो ‘पब्लिक उपस्थिति’ रहन्थ्यो । तर बीचमा केही समय यता आफूले मन पराएको र विमतिका शब्दहरू लेखको ‘स्टाटस’ मा के-के अन्तरक्रिया भएछन् त भन्ने जिज्ञासा जागेर हेर्दा आफूले लेखेको कमेन्ट डिलिट गरिएको देखेपछि अचम्म लाग्यो ।
नेपालको परिप्रेक्षमा हेर्दा नाम कमाएका भन्न मिल्ने यी ‘पब्लिक फिगरले’ म जस्तो सामान्य मानिसको कमेन्ट डिलिट गर्लान् भन्नेमा सुरुमा त विश्वास समेत गर्न मुस्किल भयो । तर पछि भने जब जब उनले लेखको कुरामा विमति गरेर ‘तपाईले लेखेको कुरा ठीक छैन’ भन्ने खालको तर्क गरिन्थ्यो ती तर्कहरू डिलिट हुँदा रहेछन् भन्ने थाहा लाग्यो ।
धेरै अगाडिको कुरा नलेखौँ । भर्खरैको कुरा गर्दा एकदिन उनले आफ्नो वालमा यस्तो लेखेका थिए:
Education without affection brings frustration.
So , our neen is not education but the vocation.
Dear cyber friends ! what is your assuption?
मैले हेर्दा, त्यो स्टाटसमा ५० भन्दा बढीले ‘लाइक’ ठोकी सकेका थिए र १४ जनाले ‘वाह!, वाह!! टाइपको’ कमेन्ट लेखि सकेका थिए । मैले धेरै चोटि हेरेँ, तर कुरा बुझिन् । अनि फेसबुकजस्तो खुला पेजमा रहेको योगगुरु र त्यसमाथी पनि ‘पब्लिक फिगर’ सँग सिकाई माग्नु पर्यो भनेर त्यसको तल कमेन्ट छाँडेँ:
“हुन त यो स्टाटसमा ५० जना भन्दा बढिले ‘like’ र कमेन्ट गरिसकेका रहेछन् तर ‘neen’ र ‘assuption’ भन्ने शब्द Oxford Dictionary मा पनि भेटिएन । कृपया मलाई कसैले यो अनुच्छेदको नेपाली अर्थ सम्झाइ दिनु भए आभारी हुने थिएँ ।
केही समय फुर्सद भएन र इन्टेरनेट चलाइएन । पछि एकदिन हेर्दा माथिको अनुच्छेद यसरी सच्याइएको रहेछ:
Education without affection brings frustration.
So , our need is not education but the vocation.
Dear cyber friends ! what is your assumption?
हेरेँ, पुरै अनुच्छेदले के भन्न खोजेको र विशेषगरी यहाँ ‘affection’ को कुरा के हो अझै क्लिएर भएन । तर कमेन्ट इडिट गर्न खोज्दा मेरो पुरानो कमेन्ट पुरै डिलिट गरिई सकेको रहेछ । आफूले लेखेको स्टाटस सम्पादन गर्न नपाईने हैन्, तर मेरो कमेन्ट डिलिट गर्नु पर्ने कारण भने मैले बुझिन । हाल मेरो कमेन्ट मेटिएको र सुधारिएको सो स्टाटस यहाँ छ ।
सायद यही ३-४ दिनको बीचमा उनको अर्को भारी भरकम ‘महानवाणी’ टाँसिएको थियो उनैको वालमा:
Those who learn more, make more mistakes.
Those who learn less, make less mistakes.
Those who learn none , make no mistakes.
हेरेँ, कुरा चित्त बुझेन् । “जत्ति पढ्यो (सिक्यो) उत्ति गल्ती हुने” यो के पढाई रहेछ भने एकछिन गम पनि खाएँ । पब्लिक फिगरको सार्वजनिक पेजमा किन नसोध्ने त भन्ने लागेर त्यसको तल सानो कमेन्ट छाडेँ:
Quotation sounds good. But everyone chooses a 'learned one' even to repair a broken tap. And in reality:
Those who learn more, make less mistakes.
Those who learn less, make more mistakes.
Those who learn none, make several mistakes.
Only those who do not learn properly may make more mistakes.
Just my vision:)
त्यसको सायद भोलिपल्ट हेर्दा त्यहाँ उनको एउटा कमेन्ट थपिएको रहेछ:
“Sir, in this case it appears to be either your intention is negative or you don,t understand English well.”
पढेँ, उनले प्रयोग गरेको आदरार्थी शब्दले भने निकै प्रभावित भएँ । मेरो आफ्नो अँग्रेजी कस्तो छ भन्ने त ज्ञान छँदै थियो बीचमा उनका धेरै अँग्रेजीका स्टाटस पढेपछी उनको विज्ञताको पनि आभास भइसकेको थियो । तैपनि त्यस विषयमा नअलमलिने विचार गरेर बुँदागत विषयमा फेरि एउटा कमेनट् छाँडेँ।
Your quotation is actually inspired from one funny quotation, which goes something like this:
The more you learn, the more you forget.
The more you forget, the less you know.
So why study?
But this is only for fun, and the reality is not like that. Similarly when you say:
“Those who learn more, make more mistakes.” It is also funny.
भैगो, नेपाली मै लेखौँ । मेरो अँग्रेजी कमजोर भएकोमा मलाई शङ्का र सङ्कोच दुबै छैन् । तर यदी तपाईँले भन्नु भएजस्तै:
जत्ति धेरै पढ्यो (सिक्यो) उत्ति धेरै गल्ती हुने भए दुनियाँका सबै स्कुल कलेज बन्द भै सक्थे । मेरो नकारात्मक सोच छैन् र कृपया यसलाई पनि ‘नेगेटीभ’ नलिनु होला। तर जत्ति धेरै सिक्यो उत्ती बढी गल्ती हुने भए यहाँ आफैँले पनि आफ्नो प्रवचन र किताबहरूबाट हामीलाई के सिकाउनु हुन्छ ? । के त्यसबाट हामीले झन् झन् बढी गल्ती गर्ने कला मात्रै सिक्छौँ त ? ।
मेरो सोच सकारात्मक छ र मलाई लाग्छ सिकेर वा पढेर हैन्, मानिसले नपढेर र नसिकेर नै गल्ती गर्छन् ।
म एक जना साधारण नेपालीको जिज्ञासाको जवाफ दिनु भएकोमा हजार कृतज्ञता सहित !
मैले यो कमेन्ट छाडेपछी मेरो कुरामा सहमती जनाउने पनि भेटिए । यही बिचमा उनलाई के लागेछ कुन्नि यसपाला भने आफैँले लेखेको माथिको कमेन्ट मेटेछन् । न मेरो जिज्ञासा कम भयो , न उनको स्टाटस, कम भयो त केवल उनको पेजमा उनैले लेखेको दुई लाइनको कमेन्ट । हाल उनको कमेन्ट मेटिएकोले लगातार दईटा मेरो कमेन्ट रहेको पेज यहाँ छ ।
मलाई फेरि पनि अचम्म लाग्यो । मेरो कुरा गलत भएको भए त्यसको नकरामा र उनको कुरा सही थियो भने त्यसको समर्थनमा मलाई बुझाउलान भन्ने लागेको थियो । तर उनले उल्टै आफ्नो कमेन्ट डिलिट गरेर अर्कै लिला गरे ।
त्यसपछि भने आज बिहान कै मात्रै कुरा हो । आज पनि उनको पेजमा एउटा धूँवादार स्टाटस थियो:
A fool assume him\herself a wise.
A wise assume him\herself a fool.
Hence the first stops leaning .
The second accelerates learning.
आफू परियो उस्तै, पढेपछि यो पनि चित्त बुझेन् तर उनले अघिल्लो पटक नै मेरो नेगेटिभ विचार भएको हुनसक्ने र अँग्रेजी कमजोर भएको औँल्याइ सकेकाले त्यो समेत विचारेर लेखेँ:
A fool assume him\herself a wise.
A wise assume him\herself a fool.
Hence the first stops leaning .
The second accelerates learning.
`I have some different vision about this statement, especially about the second line.
I think a wise man knows his shortcomings and so, he might assume himself as 'ignorant' but not fool.
नेपालीमा भन्दा:
मूर्खले आफूलाई बुद्धिमान सम्झन सक्छ (सम्झन्छ नै!) । तर
बुद्धिमानले आफूलाई ‘मूर्ख’ सम्झँदैन । जब बुद्धि (ज्ञान) छ भने उसले आफूलाई किन मूर्ख मान्छ र ? । अनि बुद्धि हुँदा हुँदै पनि आफुलाई मूर्ख मान्नु पर्ने वा सम्झनु पर्ने भए त्यो बुद्धि, बुद्धि नै हैन् । तर बुद्धिमानलाई आफ्नो अज्ञानताको बोध भएकोले ‘अज्ञानी’ भने अवश्य सम्झेला ! ।
मैले लेखेको यत्ति हो । न कतै उनको आचरण, स्वाभिमान वा गरिमामा ठेस लाग्ने कुरा गरेको छु, न उनको मान मर्दन गर्ने नै अभिप्राय थियो । सामाजिक सञ्जालको सौन्दर्य नै अन्तरक्रिया र कुराकानी हो भन्ने ठानेर कमेन्ट लेखेको थिएँ । तर एकैछिन पछि हेर्दा यो कमेन्ट पनि डिलिट गरिएछ । डिलिट गरिएपछिको पेज यहाँ छ ।
हुन त, उनको पेजमा मैले लेखेको कमेन्ट उनले डिलिट गरे भनेर कुनै दु:ख मनाउ छैन् । तर व्यक्तित्व सामाजिक, पेज सार्वजनिक र विषय पनि सबैको चासो रहँदा आफ्नो सहमतिमा आउने कमेन्ट मात्रै राख्ने र आफ्नो विचारसँग विमति राख्नेको भने कमेन्ट नै मेटाउनु भने त्यो उचाइमा पुगेको व्यक्तित्वलाई पक्कै नसुहाउला । अनि शिष्ट शब्दमा गरिएको सामान्य कमेन्ट पनि सहन नसक्नेले किन सामाजिक सञ्जालमा पेज बनाउनु ? । उनको पेज केवल प्रशंसकको लागि मात्र खुलेको र उनको कुरामा विमति जनाउँन नपाइने भनेर खोलेको भए भीन्दै कुरा ।
अन्तमा, ओशोको किताबमा कतै पढेको थिएँ “सक्कली चेला भेटियो भने नक्कली गुरु भाग्छन्” । किन हो किन आजकल यो वाक्याशं बराबर याद आउन थालेको छ ।
स्वघोषित डाक्टरले उनका कुरा मुक बनेर सुन्ने र मन पराउने व्यक्तिहरु मात्रै साथ लिने गर्या छन्, यीनले आफुलाई "डाक्टर" घोषणा गर्नु अघि रडियोकर्मी संग निकै हेलमेल गर्थे. कुरो चित्त नबुझेर एसो बिमतिका शब्द राखेको त खुल्क्या कुरा गर्न थाले! त्यस दिन पछी बिर्सेर नि यीनका कुरा पढ्न, हेर्न र सुन्न छाडे!! बाँकी त धेरैलाइ ज्ञात नै छ यी को हुन् र कसरि डाक्टर बने भनेर!!
ReplyDeleteदाजुको कुरो घत पर्यो है मलाई त । मैले नि 'Like' मार्देको छु यिनको पेजलाई । हेरौँ न त के के कुरो देख्न पाईँदो रै'छ ।
ReplyDelete"सक्कली चेला भेटियो भने नक्कली गुरु भाग्छन्”
ReplyDelete:)
Neen describes an art movement that uses or abuses technology, in particular computers to create unexpected and delightful artistic results
ReplyDelete1. The act of taking to or upon oneself: assumption of an obligation.
2. The act of taking possession or asserting a claim: assumption of command.
3. The act of taking for granted: assumption of a false theory.
4. Something taken for granted or accepted as true without proof; a supposition: a valid assumption.
5. Presumption; arrogance.
6. Logic A minor premise.
7. Assumption
a. Christianity The taking up of the Virgin Mary into heaven in body and soul after her death.
b. A feast celebrating this event.
c. August 15, the day on which this feast is observed.
source google
मैले दाइले लेखेको लेख पढेँ, दाइबाट शब्दहरु बारम्बार हेरिनु पर्छ र सुधारिनु पर्छ भन्ने जाने । अंग्रेजीका कुरा पनि छाडौ, थोरै भएपनि जान्ने कहिले हुन्छु त्यो पनि थाहा छैन । अन्तिममा भन्नु पर्दा मेरो विचारमा दाइ नक्कली मास्टर संग जुध्नु भएछ, स्कुलका ढोकामा पढे थे "मुर्ख संग बोल्नु भन्दा विद्वान संग झगडा गर्नु बेस" त्यो पनि मजाले भएन......सच्याएर पड्नु होला है ।
ReplyDeleteDilip ji this is time to study detail about so called YOOGI. We expect to read more about his reality. Raghu
ReplyDeleteyek dam chakhlagdo kura padhane mauka dinu bhao dilip sir kehi padhda .. dhyan diyera padhan yasle jagaruk gareko chhi ....
ReplyDeleteसंयोगबस मैले पनि आज नि तिनै गुरुको बारे एक पोस्ट लेखेको थिएँ जुन यहाँ छ http://maheshsagar.blogspot.com/2012/07/blog-post.html?utm_source=feedburner&utm_medium=feed&utm_campaign=Feed%3A+AsISeeTheWorld+%28as+i+see+the+world..................%29
ReplyDeleteDilip sir !
ReplyDeletegreat !
:)
interesting!! i liked his page after reading your post.
ReplyDeleteI always had doubts in Mr Vikasananda and few years ago I wrote this blog post, then I got literally swamped by his followers in the blog.
ReplyDeletehttp://mothshutup.wordpress.com/2008/02/25/manokranti-propaganda/
Thank You so Much Dilip Sir..
ReplyDeleteIt happens... :)
ReplyDeleteसच्चा प्रतिक्रियाको कदर गर्नुको साटो Delete गर्नु उनको मुर्खातानै हो....आफुले लेखेको कुरामा प्राप्त हुने स्वाभाविक प्रतिक्रियाको सम्मान गर्न नसक्ने त्येस्ताले पेज किन खोल्नु ?
ReplyDelete"सक्कली चेला भेटियो भने नक्कली गुरु भाग्छन्”
ReplyDeletetapai ko kura sahi ho
ReplyDeletewebdesign in nepal
ओशोको किताबमा कतै पढेको थिएँ “सक्कली चेला भेटियो भने नक्कली गुरु भाग्छन्” । किन हो किन आजकल यो वाक्याशं बराबर याद आउन थालेको छ
ReplyDeletetesto nakkali chela haru osho kai ashram haru ma prasasta painchan.ekpalta herne ki?
DeleteDILIP JEE,
ReplyDeleteSABDA SABDA KELAUNE HO BHANE TA MISTAKE JATA PANI BHETINCHHA. TAPAI MAA WISHDOM BHANDA 'KNOWLEDGE' RA 'CLEVERNESS' JYADA RAHECHHA. JE HOS LEKH LEKHNE HIMMAT GARNU BHAYEKOMA DHANYABAD.
Thank you a lot for sharing this with all people you really recognize what you are speaking about!
ReplyDeleteBookmarked. Kindly also consult with my website =).
We can have a link exchange arrangement between us
Here is my homepage :: cool articles
दाइ मलाई एउटा सहयोग चाहियो...माथि gray color मा, हेर्दा table जस्तो रहेको कसरी बनाउनु ? मैले window type writer मा हेरे त कतै पत्तां लगाउन सकिन,अनि blockquote पनि नलगाएको हैन तर भएन यो कसरी गर्नु होला ???
ReplyDeleteसुमन भाइ,
ReplyDeleteब्लगरको पोस्ट इडिटरमा Compose बाट आफुले लेख्नु पर्ने टेक्स्टहरू लेख्नुस र HTML मा गएर जुन जुन लाईनलाई व्याकग्राउण्ड हाल्नु छ त्यसलाई
<div style="padding-bottom: 0px; padding-left: 8px; padding-right: 8px; background: #e6e6e6; padding-top: 0px">
र
</div> बिचमा पार्नुस।
उदाहरणको लागि यदि “आज नेपाल बन्द छ” लेखेर त्यसलाई व्याक ग्राउड हाल्नु छ भने यसो गर्नुस:
<div style="padding-bottom: 0px; padding-left: 8px; padding-right: 8px; background: #e6e6e6; padding-top: 0px">
आज नेपाल बन्द छ </div>
यसमा भएको background: #e6e6e6 ले व्याकग्राउण्ड कलरको चयन गर्छ । कलर चेन्ज गर्न त्यसमा भएको कलर कोड चेन्ज गर्नुस र padding आदि घटाउन बढाउन पनि ती कोडहरूसँग खेल्न सक्नुहुन्छ ।
DilipJi
ReplyDeleteI read ur short story. They are interesting but I feel a little bit longer. Plz keep it up. If there is any other comments, I will mark and let u know.
dilip ji dr.yogi le aafai facebook chalaudainan aru kasaile chalauxa
ReplyDeleteNepal ko sabse sakaratmak bekti ko euta negative kura vetayo vane tesma negative kura thapne kati hunchan vanne kura ko praman ho yo. byakaran herne hoina tes kura ko sar herne ho. ani arko kura yogi ji ko fb ko post garne bekti arkai ho
ReplyDelete