08 May, 2012

राजनैतीक रङ्गमञ्च, ‘१० लाख दे !’ र अन्य मुक्तहरू

राजनैतीक रङ्गमञ्च

खलनायकको खलनायक सँगै घमासान छ।
छैन सम्बादको खेस्रा, सूत्रधार अन्तर्ध्यान छ ।
नायक विहीन रङ्गमञ्च झैँ चल्दैछ राजनीति,
सिंहासनमा जोकर विराजमान छ ।

बन्दैन संविधान

भत्ता बाँडेर मात्रै बन्दैन संविधान ।
सत्ता बाँडेर मात्रै बन्दैन संविधान ।
तिम्रा कलम अझै बन्द नै देख्छु म।
हाई काढेर मात्रै बन्दैन संविधान । 

स्थिति

जातिपाती हुन्न भन्ने नै जातीय राज्य बनाउँदै छ ।
नारा एकताको दिँदै ढोगी, खाडल आफैँ खनाउँदै छ।
फुट्दै छन् भाइ-भाइ, ‘नोकर’का जोरमा परी,
फुटाएर राज गर्ने ‘मालिक’ खुसी मनाउँदै छ ।

१० लाख दे

विस्फोटमा परेछ- १० लाख दे !
बम पड्की मरेछ – १० लाख दे !
राजनीति गरेछ- १० लाख दे !
विपत्तिले हरेछ – छैन भऽऽन्दे !

8 comments:

  1. विस्फोटमा परेछ- १० लाख दे !
    बम पड्की मरेछ – १० लाख दे !
    राजनीति गरेछ- १० लाख दे !
    विपत्तिले हरेछ – छैन भऽऽन्दे !

    गजब! साह्रै चित्त बुझ्यो ।

    ReplyDelete
  2. ३ घण्टा जति भो नेटमा भुलेको यो जाने बेला तिर दिलिप सर को मिठो लेख पढ्न पाए सारै खुशी लग्यो

    जातिपाती हुन्न भन्ने नै जातीय राज्य बनाउँदै छ ।
    नारा एकताको दिँदै, ढोगी खाडल आफैँ खनाउँदै छ।
    फुट्दै छन् भाइ-भाइ, नोकरका जोरमा परी,
    फुटाएर राज गर्ने मालिक खुसी मनाउँदै छ ।

    ReplyDelete
  3. राज्यका नजरमा जनता समान छैनन भन्ने प्रष्ट उदाहरण हो ।
    छात्रबृत्ती,नोकरी, बृद्ध भत्ता, राज्य सबैमा समान नदेख्ने राज्यले विपतमा परेका हरूलाइ के समान नजर देखाउन सक्थ्यो

    ReplyDelete
  4. Rajesh Ghimire8/5/12 3:38 PM

    जातिपाती हुन्न भन्ने नै जातीय राज्य बनाउँदै छ ।
    नारा एकताको दिँदै, ढोगी खाडल आफैँ खनाउँदै छ।
    फुट्दै छन् भाइ-भाइ, नोकरका जोरमा परी,
    फुटाएर राज गर्ने मालिक खुसी मनाउँदै छ ।

    मन छुने वर्तमान !!.......

    ReplyDelete
  5. अहो! क्या तागत त हजुरको लेखमा :)

    ReplyDelete
  6. गजब! साह्रै चित्त बुझ्यो । - १० लाख दे

    ReplyDelete