04 April, 2012

… नेपाल आयो (लघुकथा)

Boeing and Coffin

अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो ।

विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो।

त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो ।

पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो ।

करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो ।

अर्को पन्ध्र वर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो ।

सुनिन्थ्यो त्यसपछि उसलाई स्वदेशमै फर्कने रहर आयो ।

अर्को दशक बित्यो, तर ‘उता बस्नै मन छैन रे’ भन्ने मात्र खबर आयो ।

कहिले केटाकेटीको पढाइले अल्झेको त, कहिले सपरिवार नै फिर्ने खबर आयो ।

नेपालमै बस्छु, नेपालमै मर्छु भन्छ भन्ने इच्छा उसमा उग्र आयो ।

समय बित्तै गयो, तर ऊ हैन्, उ आउने खबर मात्रै आयो ।

धेरै वर्ष फेरि बित्दा एउटा वैराग्यको खबर आयो ।

सुनियो कि काठको बाकस भित्र हालिएको उसको लास नेपाल आयो ।

19 comments:

  1. Yastai Jindagi sangai ...yo kal r samay gujrado rahe6. . . sacheka kurale hune bala kehi 6ain Dilip Dai...

    ReplyDelete
  2. कुराहरु यस्तै हुन् !

    ReplyDelete
  3. kur kthk tar choyo man ka nasha haru

    ReplyDelete
  4. अचेलको चलन चल्तीको कुरा ।

    ReplyDelete
  5. मन पर्यो । लाष्टाँ चैँ किन किन अलि बैराग लाग्यो । मुखै अमिलो भयो ।

    ReplyDelete
  6. साच्चै सही कुरा गर्नु भो। यस्तै पारा होला जस्तो छ खै...

    ReplyDelete
  7. यथार्थ प्रस्तुति! विदेशीएका धेरै नेपालीको वास्तविक नियति यहि हो।

    ReplyDelete
  8. विदेश बस्ने र मनमा सधै नेपाल फर्कन्छु भन्नेलाई साच्चिकै डराइदिनु भो, कतै यो मेरो यथार्थ नबनोस :((

    ReplyDelete
  9. विदेश बस्ने र मनमा सधै नेपाल फर्कन्छु भन्नेलाई साच्चिकै डराइदिनु भो, कतै यो मेरो यथार्थ नबनोस :((

    ReplyDelete
  10. wau man chunay yathartha...

    ReplyDelete
  11. yastai ho sapanaharu bancha ani bhatkinchhan.

    ReplyDelete
  12. reality ho yo

    ReplyDelete
  13. I also felt its some thing like my story.

    ReplyDelete