19 February, 2012

चार मुक्तक !

रामले चला’को देश

पेट्रोल नपाउँदा नि सडक सधैँ जाम छ ।
ग्यासै नभए पनि थाल-थालमा माम छ ।
भो विश्वास ईशमा, माने अब मैले पनि,
यो देश चलाउने स्वयं भगवान राम छ ।

सवाल भत्ताको

हरेक बैठक निष्कर्ष विहीन भा’छ ।
हरेक गोष्ठी बेकार मै गा’छ ।
तैपनि निरन्तर चली रहने रै’छन यी सब,
किनकी जे भए’नि भत्ता चैँ आ’ छ ।

खोजी सरकारको

विजुली विनाको अन्धकार छ ।
इन्धनको सधैँ हाहाकार छ ।
खोज्दैछु म  खेतका गह्रा-गह्रा, आली-आलीमा,
सायद, कुनै दुलो भित्र लुकेको सरकार छ !

हालत

अर्थतन्त्र चलाउने मानिएको, हिसाब जान्दिन भन्छ ।
देश बनाउने ठनिएको, गाउँ नै धान्दिन भन्छ ।
गज्जब तमासमा चलेको छ राजनीति
कानुन बनाउन छानिएको, अदालत मान्दिन भन्छ।

6 comments:

  1. एक से एक जोडदार भएका छन् मुक्तकहरु ! देश प्रष्टै बोलेको छ | देश चलाउने ठाउँमा त २ जना रामै छन् क्यारे !

    ReplyDelete
  2. यो देश चलाउने स्वयं भगवान राम छ । समय सुहाउदा छन् मुक्तकहरु

    ReplyDelete
  3. अर्थतन्त्र चलाउने मानिएको, हिसाब जान्दिन भन्छ ।
    जोडदार मुक्तकहरु.. भो देखियो सबै देश चलाउनेहरुको पारा..।

    ReplyDelete
  4. हा हा! खै, के लेख्ने प्रतिक्रिया !

    ReplyDelete
  5. काइदाका मुक्तक ! एस्तो लेख्न चै कसरी आउछ है ?:)

    ReplyDelete
  6. कानुन छ तिम्रो त्यो साथमा
    त्यसैले बोक्छौ बन्दुक हातमा |

    भासण गर्छौ ईमान्दारीको
    अनि जाल रच्छौ गद्दारीको |

    त्यसैले आज देश सुकेको छ
    तर नेताको पेट भने फुकेको छ |

    यिनै माथीको कबीता पड्दापड्दै मलाई पनि दुइ सब्द लेख्न मन लागेर लेखेको हुँ है दिलिप जी Mind नगर्नुहोला जे होस् मुक्तक सोचें भन्दा बढी राम्रो धन्यबाद |

    ReplyDelete