रामले चला’को देश
पेट्रोल नपाउँदा नि सडक सधैँ जाम छ ।   
ग्यासै नभए पनि थाल-थालमा माम छ ।    
भो विश्वास ईशमा, माने अब मैले पनि,    
यो देश चलाउने स्वयं भगवान राम छ । 
सवाल भत्ताको
हरेक बैठक निष्कर्ष विहीन भा’छ ।   
हरेक गोष्ठी बेकार मै गा’छ ।    
तैपनि निरन्तर चली रहने रै’छन यी सब,    
किनकी जे भए’नि भत्ता चैँ आ’ छ ।
खोजी सरकारको
विजुली विनाको अन्धकार छ ।   
इन्धनको सधैँ हाहाकार छ ।    
खोज्दैछु म  खेतका गह्रा-गह्रा, आली-आलीमा,    
सायद, कुनै दुलो भित्र लुकेको सरकार छ !
हालत
अर्थतन्त्र चलाउने मानिएको, हिसाब जान्दिन भन्छ ।   
देश बनाउने ठनिएको, गाउँ नै धान्दिन भन्छ ।    
गज्जब तमासमा चलेको छ राजनीति    
कानुन बनाउन छानिएको, अदालत मान्दिन भन्छ।    

एक से एक जोडदार भएका छन् मुक्तकहरु ! देश प्रष्टै बोलेको छ | देश चलाउने ठाउँमा त २ जना रामै छन् क्यारे !
ReplyDeleteयो देश चलाउने स्वयं भगवान राम छ । समय सुहाउदा छन् मुक्तकहरु
ReplyDeleteअर्थतन्त्र चलाउने मानिएको, हिसाब जान्दिन भन्छ ।
ReplyDeleteजोडदार मुक्तकहरु.. भो देखियो सबै देश चलाउनेहरुको पारा..।
हा हा! खै, के लेख्ने प्रतिक्रिया !
ReplyDeleteकाइदाका मुक्तक ! एस्तो लेख्न चै कसरी आउछ है ?:)
ReplyDeleteकानुन छ तिम्रो त्यो साथमा
ReplyDeleteत्यसैले बोक्छौ बन्दुक हातमा |
भासण गर्छौ ईमान्दारीको
अनि जाल रच्छौ गद्दारीको |
त्यसैले आज देश सुकेको छ
तर नेताको पेट भने फुकेको छ |
यिनै माथीको कबीता पड्दापड्दै मलाई पनि दुइ सब्द लेख्न मन लागेर लेखेको हुँ है दिलिप जी Mind नगर्नुहोला जे होस् मुक्तक सोचें भन्दा बढी राम्रो छ धन्यबाद |