15 August, 2011

चीन यात्राका केही दृश्यहरू !

कामको सिलसिलामा केही दिन देखि चीनमा छु र त्यसैको कारणले ब्लग पनि अपडेट गर्न भ्याएको छैन ।

त्यसो त चीनको विकासको गति देखेर विदेशीहरू मात्रै हैन, स्वयं चीनियाँ जनताहरू पनि आफैँ छक्क पर्ने गर्छन् र केही चीनियाँहरू विकासको यो गतिलाई ‘आश्चर्य’ भनि भन्ने गर्छन् । आर्थिक सुधार र भौतिक विकासका कारण एउटा शक्तिशाली राष्ट्रको लहरमा उभिन सफल चीनको विकासको मुक्त कण्ठले प्रशंसा गर्नै पर्छ । केही वर्षको फरकमा मात्रै हैन् केही महिनाको अन्तराल पछि आउँदा पनि केही न केही सुधार वा परिवर्तन देखिन्छ यहाँ ।

यसपाला काठमाण्डौबाट छङ्गतुको लागि उड्ने बेलामा मेरो सिटको छेउमा एकजना अधवैसे अमेरिकन महिला थिइन् । उनि आफ्नो चीनमा पढ्दै गरेको छोरालाई भेट्ने बहानामा नेपाल घुमेर चीन जाँदै थिइन् । उडानको क्रममा भलाकुसारी गर्दा तीनले मलाई “तिमी अमेरिका गएका छौ ?” भनेर सोधिन । मैले आफू अमेरिका नगएको तर त्यहाँको तामझाम र चहल-पहलको बारेमा भने निक्कै सुनेको बताएँ । त्यसपछि उनले मलाई चीनको कुन कुन सहरमा गएको छ भनेर सोधिन। मैले उनलाई आफू पुगेको केही सहरहरूको नाम बताएपछि उनले मलाई भनिन ‘तिमी ती सहरहरूमा गएका छौ भने अमेरिका जानु पर्दैन... “ आफूलाई फ्लोरिडाको बताउने ती महिलाले भनिन् “...अब चीनको सहरलाई अमेरिकी सहर सँग हैन, अमेरिकाका नगरहरूलाई चिनियाँ सहरहरू सँग दाँज्ने बेला भइसकेको छ ”

म आफैँ यूरोप वा अमेरिकी सहरहरूमा नपुगेकोले त्यहाँ के कस्तो छ भन्ने मलाई थाहा छैन्, तर मैले देखेको चीन भने तलको तस्विरमा भएको जस्तै छ । क्यामरा नबोक्ने पुरानो बानी र प्राय: जसो तस्विर गाडी भित्रबाट खिचाएकाले फोटोको गुणस्तर कमसल छ, तर चीन भने कम्तिमा पनि यो फोटोहरूमा भन्दा राम्रो भने पक्कै छ:

Morden China (2)

(छङ्गतु सहरका गगनचुम्बी घरहरू)

Morden China (6)

(सहर बाहिरको एक दृश्य-- आधुनिकता सँगै प्राकृतिक सुन्दरताको संयोग)

Morden China (7)

(सिआनको रात्रि दृश्य- प्रविधी र परम्पराको बेजोड फ्यूजन)

Morden China (14)

(भौतिक पूर्वाधारको एउटा नमूना -- हपेइ-थेनचिनको हाइवे)

Morden China (9)

(एउटा पारम्परिक चिनियाँ नगर द्वार)

Morden China (13)

(थेनचीनको सहरी सडक)

IMG_0031

(र बाटो छेउको यो संरचना... )

बाँकी पछि !Hot smile

14 comments:

  1. Amazing !!
    सीमामा अङ्कमाल गरेको नेपालको लागि चिनियाँ सम्रिद्धिको यो लहर 'सङ्गत गुनाको फल' कहिले हुने हो खोइ ?

    ReplyDelete
  2. अाफु नपुगे पनी तर्बीरहरू मार्फत छङ्गतु घुमार्इ दिनु भएकोमा धेरै धेरै धन्यवाद

    ReplyDelete
  3. साचै नै चीन ले यति छोटो समयमानै ठुलो प्रगती गरिसक्यो...अब नेपालले कहीले येस्तो प्रगती गर्ने होला खै...चीन का फोटोहरु देखाइदिनुभएकोमा धन्यवाद

    ReplyDelete
  4. sarai ramro lagyo..... photo haru...
    nepal yasto kahile hune ho??

    ReplyDelete
  5. सुन्दर तस्बिरहरु मार्फत छङ्गतु घुमाइदिनु भएकोमा धन्यबाद! बुढेसकाल सम्म भनेपनि नेपाल यस्तै भाको देख्न पाए पनि भाग्यमानी हुनेथियौ होला।

    ReplyDelete
  6. हामीले त हेरेर घुटु घुटु थुक निल्नु सिबाए के गर्न सक्छौ र हाम्रो त देशै सतीले सरापेको भन्थे साँच्ची हो कि के हो ???

    ReplyDelete
  7. फोटाहरुको सुन्दरता क्याप्सनले गर्दा अझ खुलेको छ । हामीले तपाईको आँखाबाट चीन घुमेऔं । निकै खुशी लागेको छ ।

    ReplyDelete
  8. दुनियाँ राजनीतिक तिक्डमबाजी र बारुदको खेती गर्न तछाड मछाड गरिरहेको बेलामा "सुतेको ड्रागन" समृद्धीको शिखर तर्फ साच्चीनै लम्किरहेको रहेछ।

    ReplyDelete
  9. सुन्दर तस्बीरहरु! यात्रामा अलिकति भएपनि संगै हिँडाउनुभएकोमा हार्दिक धन्यबाद!

    ReplyDelete
  10. चिनिया संसारमा देखिएका यि विकास र उन्नतिलाई सुन्दर तस्विरका रुपमा प्रस्तुत गर्नु भा'कोमा म खुशी छु, _____र नेपालमा पनि यस्तो केहि होस् कामना हाम्रो, कसो ।

    ReplyDelete
  11. Agadi Badne Deshlai, kahi kashaile pani rokna sakdaina. Keep it up, CHINA.

    ReplyDelete
  12. dadako chin braman khatara bhayecha ni - wow !!!

    ReplyDelete
  13. ma pani china jadai 6u tesaile very intesting lago..... thank you

    ReplyDelete