03 July, 2011

Google Plus केही टिप्स, Invitation र केही जानकारी !

गुगलको महत्वाकांक्षा

धेरै दिन देखि विभिन्न “कोड नेम” बाट चर्चा परिचर्चा पाउँदै आएको गुगलको महत्वाकांक्षी सामाजिक सञ्जालको पेज गुगल ‌प्लस केही दिन अगाडि सीमित प्रयोगकर्ता माझ सुरु भएको छ । संसारभरिका प्रयोगकर्ताद्वारा सबैभन्दा बढी खोलिने पेज, सामाजिक सञ्जाल फेसबुकका कारण विस्तारै दुई नम्बरमा पुग्न थालेकोले आफ्नो स्थान जोगाइराख्न गुगलले प्रयोगकर्तालाई खिच्ने कुनै उपाए गर्नै पर्ने स्थिति गुगल सामु थियो । यही महत्वाकांक्षी प्रोजेक्ट नै अघिल्लो हप्ता “गुगल प्लस” का नामले सार्वजनिक भएको छ । गुगलको सर्च पेज, जिमेल आदिबाट सिधै प्रवेष गर्न मिल्ने र हाल फेसबुकमा रहेका भन्दा केही भिन्न र उपयोगी अनुप्रयोगका कारण गुगल प्लस, मेरो विचारमा यसका पुराना असफल प्रोजेक्टको लहरमा पुग्दैन र प्रयोगकर्तामाझ छीट्टै लोकप्रिय हुनेछ ।

त्यसो त सर्च ईञ्जिन हुँदै, ईमेल प्रदायक, ब्लग आदि विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको गुगलको यो भन्दा पहिलाका अर्कुट, वेभ र बज आदि एक हिसाबमा असफल भैसकेका थिए र हाल सुरु गरिएको गुगल प्लसलाई करिब करिब फेसबुककै नक्कल भन्ने एकथरी आरोप पनि लाग्न थालेको छ । तर फेसबुकले इमेल सुरु गर्न मिल्छ भने प्रतिस्पर्धाको बजारमा गुगलले सामाजिक सञ्जाल सुरु गर्नै नमिल्ने भन्ने कुरा तर्क सङ्गत देखिन्न ।

पहिलो झलक:

फेसबुक चलाउन बानी परेकाकालागि गुगल प्लस झ्वाट्ट हेर्दा सञ्चालनका लागि कुनै अलमल हुने त देखिन्न । गुगलप्लसको मुख्य पेज वा "Home" करिब करिब तलको चित्रमा जस्तै देखिन्छ: (चित्रलाई ठूलो गरेर हेर्न त्यसैमा क्लिक गर्नु होला—चित्र आफैँ अर्को ट्याबमा खुल्ने छ)

Googleplus

तिन कोलममा विभाजित पेजमा बीचको भागमा सन्देश र सूचना छन भने दायाँ र बायाँ कोलममा यसका अनुप्रयोगहरू । तर रङ्ग संयोजनको हिसाबमा सेतो र हल्का खैरो रङ्ग बढी प्रयोग भएकोले गुललप्लस फेसबुक भन्दा सफा र कम झीलिमिली देखिन्छ ।

अनुप्रयोगहरु:

पेजको माथि भएको "Home" ले मुख्य पेजमा पुर्‍याउँछ भने "Photos" बाट साथीहरूले पिकासा वा अन्य माध्यममा सेयर गरेका तस्बिर हेर्न सकिन्छ। "Profile" मा क्लिक गरेर आफ्नो प्रोफाइल हेर्न र सम्पादन गर्न सकिन्छ भने "Circles" बाट साथीहरुको विवरण हेर्न नयाँ साथीहरु थप्न वा साथीहरुलाई विभिन्न वर्गमा विभाजन गरेर राख्न सकिन्छ ।

Friends, Family, Acquintances आदि वर्ग विभाजन गरेर नयाँ साथी राख्ने प्रक्रिया र आफूलले चाहेमा त्यस्ता नयाँ Circles हरू थप्न र सम्पादन गर्न मिल्ने सुविधाले शन्देसहरु कुनै निश्चित वर्गले मात्रै हेर्न सक्ने बनाउन र आवश्यक व्यक्तिलाई मात्रै आवश्यक सूचना दिन सजिलो बनाएको छ ।

Share what's new... लेखेको कोठामा कुनै सन्देश टाइप गरेपछि “Add circles or people to share with...” मा क्लिक गरी आफूले चाहेको एक व्यक्ति, ग्रुप वा सबैलाई सो सन्देश पठाउन मिल्ने सुविधा फेसबुको भन्दा निक्कै सरल र उपयोगी छ । तलको चित्र हेर्नुस:

google plus share

त्यस्तै Stream भन्दा मुनि रहेको Friends, Family, Acquintances आदि कुनैपनि निश्चित ग्रुपले प्रेषण गरेको सन्देश, सूचना वा तस्बिर मात्रै हेर्न पनि यसबाट सम्भव छ र सरल पनि ।

स्टाटसको विविधता

सन्देशकै कुरा गर्दा जहाँ फेसबुकमा एकपटक शन्देस लेखेपछि त्यसलाई सम्पादन गर्न नमिल्ने अवस्था छ (केही सेकेन्डभीत्र मात्रै सम्भव छ) भने गुगलप्लसमा आफूले लेखेको कुनैपनि सन्देशलाई कुनै पनि बेला सम्पादन गर्न सकिन्छ । साथै पुरानो लेखिसकेको सन्देशको पछाडिको 'एरो' (ड्रप डाउन मेनु) मा क्लिक गरेर कुनै पनि स्टाटस लाई "Disable comments" र
"Disable reshare" को मद्दतबाट कमेन्ट गर्न र सेयर गर्न नमिल्ने पनि बनाउन सकिन्छ । जुन नौलो र उपयोगी छन: (तलको चित्रमा हेर्नुस)

Google  Status features

सर्कलको लचकता

पुराना र नयाँ बनाइने साथीहरुलाई माथि भने झैँ कुनै पनि वर्गमा राख्ने सुविधामा ड्र्याग एण्ड ड्रप अर्थात सिधै तान्ने र राख्न मिल्ने भएकोले कुनै पनि बेला एक वा एकभन्दा बढी परिचितलाई कुनै एउटा ग्रुपबाट अर्कोमा हाल्न वा हटाउन एकदमै सजिलो छ ।

Add and remove

Circle secrecy

अर्को रमाइलो कुरा के छ भने तपाईँको एकाउन्ट भीत्र के-के सर्कल छन र तपाईले आफ्ना साथीहरुलाई कुन ग्रुपमा राख्नु भएको छ भन्ने कुरा तपाईँलाई मात्रै थाहा हुन्छ र तपाईसँग जोडिने व्यक्तिलाई खाली तपाईले उसलाई आफ्नो सर्कलमा जोडेको जानकारी मात्रै दिन्छ तर कुन समूहमा राख्नु भएको छ भन्ने थाहा हुँदैन । त्यस्तै गरी अर्कोतर्फबाट तपाईँलाई आफ्नो सर्कलमा जोडिएको जानकारी आउने छ तर कुन सर्कलमा भन्ने जानकारी भने गोप्य नै रहनेछ ।

प्रयोगको सरलता

हुन त भोलिका दिनमा मुख्य पेजमा नगइकनै गुगलप्लस चलाउन मिल्ने धेरै ग्याजेट र ब्राउजर एडअन आउने नै छन् । तर हालको लागि भने यदि तपाईँ जिमेल हेर्दै हुनुहुन्छ भने जिमेलको माथीपट्टि दायाँ भागबाट पनि तपाईँले सन्देश आदान प्रदान गर्न र नयाँ सूचना आएको जानकारी तुरुन्तै प्राप्त गर्न सक्नुहुन्छ । जिमेल भीत्रैबाट फसबुक र ट्वीटर समेत चलाउन सकिने अवस्थामा गुगलप्लस पनि जिमेल भीत्रै बाट चलेपछि अब जिमेलको एउटा पेज मात्रै खोल्दा पनि सबै सामाजिक सञ्जालमा आवद्द हुन सकिने भएको छ ।

Google   within gmail

भिडियो र भ्वाइस च्याटको सुबिधा:

त्यसो त गुगल प्लस सुरु हुने बित्तिकै फेसबुकले पनि स्काइपसँग मिलेर भिडियो च्याटको सुविधा दिने भन्ने खबरले बजार तातीसकेको छ । तर गुगलप्लसमा भने सुरुमै यो सुविधा उपलब्ध छ । पहिलो कोलमको Chat भन्दा मुनि रहेका कुनै पनि व्यक्तिसँग टेक्स्ट च्याट गर्न सकिन्छ भने यदि यहाँ पनि केही व्यक्तिको अगाडि देखिने र कसैको अगाडि लुक्ने हो भने Chat>>Circles मा गएर आफूले देखिन चाहेको व्यक्तिहरूले मात्रै देख्ने गरी पनि बस्न सकनुहुन्छ ।

G  chat

यसको च्याट जिमेलकै च्याट जस्तै पेजको तल्लो दायाँभागमा देखिन्छ भने यदि भिडियो च्याट गर्ने हो भने तेस्रो कोलममा भएको “Start a Hangout” मा क्लिक गर्न सक्नुहुन्छ । यदि तपाईँले पहिलो पटक यो भिडियो च्याटको प्रयोग गर्दै हुनुहुन्छ भने कम्प्युटरमा एउटा सानो गुगलको प्लगइन स्थापना गर्नु पर्ने हुनसक्छ । साथै यो भिडियो च्याटमा पनि कोसँग देखिने र कसले नदेखिने गरी बस्ने भन्ने निर्णय तपाईँ आफैँले गर्न सक्नुहुन्छ:

टेक्स्ट डेकुरेसन:

कसैलाइ सन्देश लेख्दा, कमेन्ट गर्दा वा सूचना दिँदा गुगलप्लसमा टेक्स्ट डेकुरेसन पनि गर्न सकिन्छ । जस्तै तपाई कुनै कुरा बोल्डमा लेख्न चाहनुहुन्छ भने शब्दको अगाडि र पछाडि *(asterisks) टाइप गर्न सक्नुहुन्छ । त्यस्तै कुनै पनि शब्दको अगाडि र पछाडि टाइप गरिएको _ (underscore) ले सो शब्दलाई बीचबाट काट्छ भने भने – (hyphens) ले इटालीक बनाउँछ । जस्तै:

*Book*         =   Book
_Sadhu_       =   Sadhu
-incorrect-    =   incorrect

जाँदा-जाँदै अर्को एउटा सामान्य टिप्स:

G  Settingsयदि तपाईँले भर्खरै गुगलप्लस खोल्नु भएको छ भने त्यसमा नयाँ साथी बन्ने बित्तिकै, कुनै नयाँ सन्देश आउने बित्तिकै र हरेक नयाँ सूचनाको खबर तपाईको ईमेल ठेगानामा जान्छ । त्यसैले सुरुमै पेजको माथिल्लो दायाँ भागमा भएको सेटिङ्ग ‘गिएर’ मा क्लिक गर्नुस र Google + Settings मा थीच्नुस । अब खुल्ने पेजमा Receive notifications भन्दा मुनि रहेको सबै चेकमार्क हटाउनुहोस् :

 

G  Notification

नयाँ साथीलाई निम्ता कसरी दिने त:

हुन त हाई ट्राफिकका कारण, नयाँ साथीलाई निम्ता दिने सेटिङ्ग छीन-छिनमा डिसएबल- र कुनै कुनै बेला मात्रै इनेबल भएको छ । तर यदि तपाईँको गुगलप्लस खुलिसकेको छ र तपाई अरुलाई निम्ता दिन चाहनुहुन्छ भने यसो गर्नुस:

· Share what's new... लेखेको बक्समा Invitation वा केही लेख्नुस ।

· Add circles or people to share with... मा आफूले निम्ता पठाउन चाहेको व्यक्ति व व्यक्तिहरूको जिमेल ठेगाना लेख्नुस।

Inv

· Share मा क्लिक गर्नुस । (तपाईको साथिको इनबक्समा Google+ को नामबाट एउटा इमेल जानेछ )

· अब तपाईको साथीले ईमेलको मेसेज बडिमा भएको “View or comment on xxxxxxxx's post » वा Learn more about Google+ मा क्लिक गरेर आफ्नो गुगलप्लस सक्रिय गर्न सक्छन् ।

हाललाई https://plus.google.com/ मा गएर आफ्नो एकाउन्ट सक्रिय गराउने प्रक्रियामा भाग लिन वा Invitation को लागि आफ्नो नाम र जिमेल ठेगाना https://services.google.com/fb/forms/googleplus/ बाट  दर्ता गराउन सकिन्छ ।

Share and Enjoy !Thumbs up

28 comments:

  1. तपाई को सरल जानकारी को लागि धन्यवाद ! गुगलप्लस को पर्खाइ मा रहनु भएको र झलक पाइसक्नु भएको साथीहरुको लागि, यो ब्लग उपयोगी हुन्छ जस्तो लाग्छ !

    मलाई गुगलप्लस को विशेषत 'सर्कल' भन्ने 'फिचर' साह्रै मनपर्यो । त्यसबाहेक ह्याङआउट अनि च्याट गर्ने सुविधा पनि गज्जब नै लाग्यो । एकपटक असफल हुँदैमा सँधै असफल नै भइन् भन्ने नहोला, प्रारम्भिक प्रतिक्रियाहरु पढ्दा गुगल प्लस सफल हुने देखिन्छ । जिमेल होस या गुगल जहाँ बाट पनि 'नोटिफिकेशन' हेर्न सकिने आफ्नो कुरा सम्बन्धित 'सर्कल' मा सेयर गर्न सकिने कुरा का कारण पनि गुगलप्लस ले सफलता पाउने देखिन्छ ।

    अहिले सम्म अलि चित्त नबुझेको कुरा भनेको, 'गुगल एप्स' मा यो 'गुगलप्लस' चलाउन पाइएको छैन !

    ReplyDelete
  2. Thanks for sharing. I did not know about the text decorations.

    There should be an option of daily digest kind of notification system, without cluttering the inbox.

    ReplyDelete
  3. la gajjabko jankari rahe6 Thankx Dai .. Ab Google + Account khulyo bhane chalauna paeyala..... ani banki partikriya janaula..

    ReplyDelete
  4. appreciated your work sir..you have contributed your valuable time for us..thank you so much...Dilip sir.

    ReplyDelete
  5. गूगल प्लसको प्रतिक्षा गरिर'को बेलामा दिलीप सरको यो टिप्स धेरैलाई मार्गदर्शक बन्ने मलाई लाग्यो, धेरै धेरै धन्यवाद! यी सामाजिक संजालहरुको प्रतिस्पर्धाले हामी प्रयोगकर्तालाई मज्जा आउने भो। :)

    ReplyDelete
  6. मलाइ पनि गुगल प्लसले चाही केही धमाका गर्छ कि भन्ने लागी रहेको छ । उपयोगी र ज्ञानबर्धक जानकारीको लागि यहालाई हार्दिक धन्यवाद ।

    ReplyDelete
  7. This is simply great bt wasn't able to sign up for google plus because google exceeded the capacity. hoping to use it soon :)

    ReplyDelete
  8. यी समसामयिक टिप्सहरु खूब चाखले पढें | कुनैदिन गुगल प्लसमा पनि भेट हुने सम्भावना बढ्दो छ ! यहाँलाई धेरै धेरै धन्यवाद !

    ReplyDelete
  9. यो पोष्ट त युजर गाइडै पो भयो मलाई त । यही हेरेर गुगलप्लस चहारिरहेछु । धन्यवाद ।

    ReplyDelete
  10. can u send me the invite

    ReplyDelete
  11. @ Sandip: Give me your gmail address, I'll surely send it to you :)

    ReplyDelete
  12. सरल जी प्लसबारे झन् सरल बयान ।
    मलाई मन परेको चाहिं सर्कलको साथै फोटो उही आकारमा आउने प्रविधि हो । फेसबुकको बडो बोझिलो र 'हल्लादार' पेजभन्दा यो निकै 'लाइट' पनि लाग्यो । तर यो पनि बिस्तारै बहुप्रयोगमा आएपछि त्यस्तै भीडमभीड त बन्ने होइन भन्ने लागेको छ । अहिलेको लागि भने चल् भाइ ! :)

    ReplyDelete
  13. thanyou very much dilip ji for sharing these helpful tips..
    can u please invite me, my id is thevishal2@gmail.com
    thanyou :)

    ReplyDelete
  14. @ Vishal Shrestha:- Please check your gmail inbox :) !

    ReplyDelete
  15. dilip daai jankari ko lagi derai derai danyabad. malai yas ma invite garidinu sisneri.village@gmail.com ma.

    ReplyDelete
  16. @ Rc grg, निम्तो पठाएको छु । जिमलेमा हेर्नुहोस् :)

    ReplyDelete
  17. Maile google plus ma login garna khojeko bhayena ra Anil Jee le invitation send garnu bho ra accept garera garda ni ajai khuldaina ke bhayera hola ? yesto bhancha:=> [You must be over a certain age to use this feature}

    ReplyDelete
  18. सुरेन्द्र जी,
    तपाईँको प्रोफाइलमा सायद डेड अफ बर्थ (झुक्किएर वा जानेरै पनि) साँच्चीकै नराखी अरु कुनै राख्नु भएको जस्तो लाग्यो । गुगलप्लस चलाउन सायद कम्तिमा पनि १३ वर्षको हुनु आवश्यक छ । यदि तपाईँले हतारमा डेट अफ बर्थ इन्ट्रि गर्दा सो भन्दा कम उमेर देखिए यस्तो हुन सक्छ :)

    ReplyDelete
  19. अब मिलाऊन मिल्छ कि मिल्दैन होला ?? ???
    सुरेन्द्र

    ReplyDelete
  20. सुरेन्द्र जी,
    यो अलि 'टिपिकल' समस्या पर्‍यो । ठ्याक्कै यस्तै समस्या न ब्यहोरेकोले भन्न सकिएन । कोसिस गर्नुहोस :)

    ReplyDelete
  21. धन्यवाद
    सुरेन्द्र

    ReplyDelete
  22. dilip sir malai ni invite garnu na google plus ma
    my add proud2b.am@gnail.com

    ReplyDelete
  23. Gurung Ji, Invitation is sent. Please check your Gmail.

    ReplyDelete
  24. म त सुरुमा अलिक अल्मलिएको थिए। पहिला यो लेख देख्ने बित्तिकै केही प्रयास गरे। निकै सजिलो भयो। केही नयाँ आयो की यहाँकै मुख ताक्ने बानी नै परे जस्तो छ है मेरो त.. हा हा धन्यबाद है दिलिप सर

    ReplyDelete
  25. Dilip sir, Malai pani invite send garnus na.
    himalibabu@gmail.com

    ReplyDelete
  26. @ Himali Babu,
    Invitation sent, enjoy G+ :)

    ReplyDelete
  27. Dilip Sir,
    Thank you so much for inviting me on Google +
    -himalibabu

    ReplyDelete