22 July, 2011

केही मुक्तकहरू !

मेरो प्रेम

प्रेमलाई सबैले अन्धो भन्छन्,
प्रेमी सबैलाई पागल लाग्छ ।
अन्धो प्रेमको म पागल प्रेमीलाई,
तिम्रो केश पनि बादल लाग्छ ।

बोतलको महानता

तिमी रङ्गहीन भएर पनि मलाई रङ्गीन बनाइ दिन्छौ ।
तिमी सामान्य हुँदा-हुँदै मलाई अजीव बनाइ दिन्छौ ।
वाह! साथी तिमी कत्ति महान् छौ,
तिमी आफैँ रित्तिएर मलाई सजीव बनाइ दिन्छौ ।

वास्तविकता

मलाई 'नि थाहा छ तिमी,
एकान्तमा टोलाएको ।
चञ्चल-चञ्चल नयन तिम्रा,
मलाइ देख्दा लोलाएको ।
भीडमा सधैँ नचिने झैँ गर्दै,
बेहोसीमा बोलाएको ।

कोरा सत्य

शून्यतामा मात्रै हैन,
भीडमा पनि बिलाइदिन्छु म ।
आफू पिउँदन त के भयो,
दुनियाँ लाई पिलाइदिन्छु म ।

आँखाको भाषा

मैले सोध्न नसकेको प्रश्नको,
उनले नबोलीकनै जबाफ दिइ सक्दा पनि,
मनमा सधैँ शङ्का उठ्छ ।
कतै आँखाको भाषा पढ्दा गल्ती त भएन ।

9 comments:

  1. सबै साह्रै राम्रो लाग्यो। त्यसमा बोतलको महानता चाही किसिम कै रहेछ।
    धेरै राम्रो छ सर।

    ReplyDelete
  2. दाई बडा मिठा मुक्तक छन् है ....

    ReplyDelete
  3. मलाई नि थाहा छ तिमी,
    एकान्तमा टोलाएको ।
    चञ्चल-चञ्चल नयन तिम्रा,
    मलाइ देख्दा लोलाएको ।
    भीडमा सधैँ नचिने झैँ गर्दै,
    बेहोसीमा बोलाएको ।

    बब्बाल छ! तपाइलाई नि पर्या'थ्यो कि क्या हो??

    ReplyDelete
  4. लौ लास्टको त लास्टै गो'दाइ ! हुन् त सबै एक से के छन !

    ReplyDelete
  5. Tanka Neopaney23/7/11 2:27 AM

    साच्चैँ है दाजु, कसो कसो परेर आखाँको भाषा पढाईमा गल्ति भयो भने त हँ !!! हैन ए साथी हो, कुनै ईन्स्चिच्युट भए खबर गरूम है सिक्नु पर्ला जस्तो भो त यो भाषा त ।

    ReplyDelete
  6. एउटै थालीमा फरक फरक पारीकार झैं स्वादिला छन् सबै मुक्तकहरु।

    ReplyDelete
  7. जोडदार गए यसपाली पनि!रंगिन भाव बोकेका छन् सबै मुक्तकले !

    ReplyDelete
  8. haha ... beautiful lines !

    ReplyDelete