21 April, 2011

फेरि केही ब्लग टिप्सहरू !

धेरै भएछ ब्लग टिप्स विधामा केही नलेखेको । खासमा म आफैँलाई ब्लगलाई झिलिमिली पार्ने वा अनावश्यक कोड र स्क्रिप्टहरूको भारी बोकाएर उल्टै बल्गलाई कुरूप पार्ने प्रक्रिया मन पर्दैन । त्यसैले छिटो छरितो खुल्ने ब्लगलाई सामान्य अवस्थामा कसैले प्रयोग नगर्ने ग्याजेटको भार बोकाउने तरिकालाई “ब्लग टिप्स” भनेर पस्कन पनि रुचाउँदिन । फेरि कतिपय कुराहरूको बारेमा भने “यो त सबैलाई थाहा होला !” वा “ यस्तो सजिलो कुराको बारेमा के लेख्नु पर्ला र ?” भन्ने लागेर पनि केही उपयोगी कुरालाई ब्लगमा राखिएन पनि ।

बीचमा केही समय देखी केही नयाँ साथीहरूले ब्लगमा केही उपयोगिता थप्ने वारेमा सोध्नु भएकोले च्याटबक्समा लेखेर नमिल्ने केही सामान्य अनुप्रयोगको बारेमा आजको पोस्टमा लेख्दै छु:

कोडडहरू सँग खेल्नुभन्दा पहिला भन्नै पर्ने केही कुराहरू: ब्लग टेम्प्लेट सम्पादन गर्नु भन्दा पहिला पुरानो टेम्प्लेटको व्याकअप राख्नुहोस । ब्लग टेम्प्लेटको व्याकअप कसरी राख्ने भन्ने वारेमा मेरो यो पोस्ट  मा भएको  “पुरानो टेम्प्लेटको बचत:” भन्ने खण्ड हेर्नुहोला ।

Back to Top वा माथी जानुहोस: ब्लगमा पोस्टहरूको सङ्ख्या बढेपछि वा ब्लगमा सामाग्री धेरै भएपछि पाठकले पोस्टहरू पढ्दै ब्लगको पुछारमा आएपछि फेरि ब्लको माथी जानु पर्‍यो भने पुरै पेज स्क्रोल गर्नु झन्झटीलो हुन्छ । यस्तो वेलामा पाठकको सजिलोको लागि ब्लगको पुछारतिर Back to Top को बटन वा लिन्क राख्न सकिन्छ ।

यदि तपाईँ पनि आफ्नो ब्लगमा Back to Top को बटन राख्न चाहनुहुन्छ भने आफ्नो ब्लगरको Dashboard बाट Design मा जानुहोस र Add a Gadget मा क्लिक गर्नुहोस। अब खुल्ने पेजमा HTML/JavaScript clip_image001 मा थीच्नुहोस । अब खुल्ने विण्डोमा Title खाली नै राखेर Content मा भने तलको कोड कपि गरेर पेस्ट गर्नुस । अन्तमा SAVE मा क्लिक गर्नुस ।

कोड:

<a style="display:scroll;position:fixed;bottom:5px;right:5px;" href="#" title="Back to Top "><img src="https://lh5.googleusercontent.com/_RAKcmJQWQf4/ScZZAPji1WI/AAAAAAAAA6w/e38wlD2-d-Y/to%20up.png"/></a>

Light bulbयाद गर्नुस:

यदि तपाईँ Back to Top को सट्टामा “माथी”, "Top of the page" वा अरु कुनै शब्द राख्न चाहनु हुन्छ भने माथिको कोडमा रहेको शब्द परिवर्तन गर्नुहोस । साथै तपाईँ यो बटनको लागि आफ्नै कुनै चित्र प्रयोग गर्न चाहनुहुन्छ भने रातो रङ्गको इमेज लिन्कको सट्टा आफ्नै चित्रको लिन्क राख्न सक्नु हुन्छ ।

Newer Post, Home र Older Post को सट्टा आइकन प्रयोग गर्नुस: ब्लगपेजको पुछारतिर मेन पेज मै हुनुहुन्छ भने Older Posts र अन्य कुनै पोस्ट पेजमा हुनुहुन्छ भने Newer Post, Home र Older Post भन्ने टेक्स्ट बटन देखिन्छ । यदि तपाईँ चहानुहुन्छ भने यो टेक्स्ट बटनलाई ईमेज वा आइकनमा परिणत गर्न सक्नुहुन्छ । (तलको चित्र हेर्नुस)

Home etc iconize

यो टेक्सटलाई चित्र वा आइकनमा परिणत गर्ने हो भने पहिला आफ्नो ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा।

अब Expand Widget Templates मा चेकमार्क लगाउनुहोस र निम्न कोडहरु खोज्नुहोस: (कोड खोज्न CTRL+F key थीचेर search गर्नु भयो भने छिटो र सजिलै भेटिनेछन)।

Newer Post लाई आइकनमा परिणत गर्न यो कोड खोज्नुस:

<data:newerPageTitle/>

र यसलाई तलको कोडले विस्थापित गर्नुस (अर्थात माथिको कोड डिलिट गरी तलको कोड कपि पेस्ट गर्नुस)

<img alt='Next' border='0' src='http://lh6.ggpht.com/_RAKcmJQWQf4/SdCIP77S5GI/AAAAAAAABGQ/y01JfY9OnkA/s128/Next.png?imgmax=800' title='नयाँ पोस्टहरू'/>

Older Post लाई आइकनमा परिणत गर्न यो कोड खोज्नुस:

<data:olderPageTitle/>

र यसलाई तलको कोडले विस्थापित गर्नुस ( अर्थात माथिको कोड डिलिट गरी तलको कोड कपि पेस्ट गर्नुस)

<img alt='previous' border='0' src='https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJroyC5mbh6P0VZ_0TbuqMsy735wWl8fBy4vWVgOA0wUD1AuOOW5lJ4e_WEmMXNtbH57bz8kzZHeh-5npyBqWjwXqaAaj0FKbbI6UCRxjQf0qv92sEoxGGHZB0HDJEHGKw0v8FcQ24bXs4/s128/previous.png?imgmax=800' title='पुराना पोस्टहरू'/>

अब Home लाई लाई आइकनमा परिणत गर्न यो कोड खोज्नुस:

<b:if cond='data:blog.homepageUrl != data:blog.url'> <a class='home-link' expr:href='data:blog.homepageUrl'><data:homeMsg/></a><b:else/>

र यसलाई तलको कोडले विस्थापित गर्नुस ( अर्थात माथिको कोड डिलिट गरी तलको कोड कपि पेस्ट गर्नुस)

<b:if cond='data:blog.homepageUrl != data:blog.url'><a class='home-link' expr:href='data:blog.homepageUrl'> <img alt='home' border='0' src='http://lh3.ggpht.com/_RAKcmJQWQf4/SdCIPMzuM1I/AAAAAAAABGI/JXgApjNHrj8/s128/Home.png?imgmax=800' title='गृहपृष्ठ'</a></b:if>

याद गर्नुस् , यदि तपाईँले अन्य कुनै प्रयोजनको लागि टेम्प्लेट कोडहरू 'तोड-मरोड' गर्नु भएको छ भने यो कोडग्रुप ठ्याक्कै यस्तै नभेटिन सक्छ । तर यसमा आवश्यक कोड:

<a class='home-link' expr:href='data:blog.homepageUrl'><data:homeMsg/></a>

हो । र पुरै कोडग्रुप नभेटे यही कोड खोज्नुस् र त्यसलाई

<a class='home-link' expr:href='data:blog.homepageUrl'> <img alt='home' border='0' src='http://lh3.ggpht.com/_RAKcmJQWQf4/SdCIPMzuM1I/AAAAAAAABGI/JXgApjNHrj8/s128/Home.png?imgmax=800' title='गृहपृष्ठ'/></a>
गर्दा पुग्छ ।

नोट: यहाँ माथी रहेका 'नयाँ पोस्टहरू', 'पुराना पोस्टहरू' र 'गृहपृष्ठ' आदिलाई यदि चाहनुहुन्छ भन्ने आफूलाई मन पर्ने अन्य कुनै शब्दहरूले विस्थापित गर्न सक्नुहुन्छ । साथै तपाईँ यी बटनहरूका चित्रको सट्टा आफ्नै कुनै चित्र प्रयोग गर्न चाहनुहुन्छ भने माथीका इमेज लिन्कको सट्टा आफ्नै चित्रको लिन्क राख्न सक्नु हुन्छ ।

ब्लग लिन्क लाई आफै नयाँ ट्याबमा खुल्ने बनाउनुस: हामीहरू कहिलेकाहीँ आफ्नो पोस्टमा आफ्नै अरू कुनै पोस्ट, सहयात्री ब्लगरको ब्लग वा कुनै पत्रिका वा तेस्रो साइटको लिन्क राख्ने गर्छौँ । सामान्यतया ब्लग पाठकले सो लिन्कमा क्लिक गर्दा तत्काल खुलेको पेजको सट्टा सोही ट्याब वा विण्डोमा अर्को पेज खुल्छ । यसले गर्दा पाठक सो पेजबाट तेस्रो पेजमा पुग्छन् । तर यदि तपाईँ आफ्नो ब्लगमा रहेका लिन्कमा क्लिक गर्दा तपाईँको ब्लग खुलै रही क्लिक गरिएको लिन्क आफैँ नयाँ ट्याब वा विण्डोमा खुल्ने बनाउन चाहनुहुन्छ भने यसको लागि एकदमै सरल तरिका छ ।

ब्लगको पोस्ट पेजमा राखिएका लिन्कहरू आफैँ अर्को नयाँ ट्वाब वा विण्डोमा खुल्ने बनाउन यसो गर्नुस:

१) आफ्नो ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा गएर यो कोड खोज्नुस:

<head>

२) अब सो कोडको ठ्याक्कै मुनि यो कोड थप्नुहोस:

<base target='_blank' />

३) SAVE TEMPLATE मा किलिक गरेर यसलाई बचत गर्नुस ।

अब तपाईँका पोस्ट पेजमा भएका सबै लिन्कहरूमा किलिक गर्दा ति लिन्कहरू आफै नयाँ पेजमा खुल्नेछन्

Happy Blogging !



यो पनि हेर्नुस:

केही ब्लग ह्याकहरु --Some Old Blogger Tricks--

30 comments:

  1. सबैभन्दा तल्लो उपाय भने अलि चित्त बुझ्दो नहोला ! माथि मेनु थिच्दा, सबै मेनु बेग्ला बेग्लै ट्याब मा खुल्दा नराम्रो हुन्छ ! हुन त यो कुरा, ब्लगपोष्ट मा मात्र लागु हुने हो या, सबै तिर लागु हुनेहो, थाहा भएन तर पनि तलको तरिका चाँहि नअपनाउँदै राम्रो होला !
    :)

    ReplyDelete
  2. सबैभन्दा माथीको उपाय त अती राम्रो लाग्यो । मैले धेरै दिनदेखि यो उपाय खोजिरहेको थिएँ । हार्दिक धन्यवाद है तपाइलाइ ।

    ReplyDelete
  3. दिलीप सर
    हजुरको यो लेख साह्रै मन पर्यो।
    कुनै पनि कुरा वा ज्ञान सानो ठुलो हुदैन सर
    जानी राखे जे पनि राम्रो।
    कहिले काही धेरै पढेको डाक्टरले न जानेको कुरा केही न पढेको
    सिकर्मीले जानेको हुन्छ र डाक्टर झुक्नु पर्छ।
    हजुरले पनि ब्लग सम्बन्धी टिप्स हरु जे सुकै भए पनि Share गर्नुहोस।
    अरुलाई काम नलागे पनि म जस्तो केही नजान्ने लाई पक्कै काम लाग्छ होला।

    ReplyDelete
  4. उपयोगी टिप्सहरु।

    ReplyDelete
  5. dai malai yo blog jyadai man parchha yasta rochak kura paskadai garnuhola

    ReplyDelete
  6. Dilip sir, tips haru didai jau. Nepali blog sansar lai aja ramro banau. Samay milayera yeslai pani blog wall ma rakhne chhu.
    Nepalean

    ReplyDelete
  7. Thanks for your tips Dilip sir.

    ReplyDelete
  8. dilip ji tapaiko tyo back to top le kina ho kam nai gardaina.

    ReplyDelete
  9. दाजु!धेरै धेरै धन्यबाद है तपाईंलाई मेरो तर्फबाट यो ठूलो सहयोगको लागी.....

    ReplyDelete
  10. दाजु!धेरै जानकारी त पाएँ तर आज अर्को एउटा प्रश्न गर्न मन लागेकोछ्, त्यो के भने नि दाजु! मैले तपाईंले भन्नु भए बमोजिम menu bar त बनाएँ तर त्यो मेनुहरुमा कसरी बिषयगत ढङले बिषय राख्ने ?जस्तो लघु-कथा, गजल्, मुक्तक आदी मेनुमा बिषयगत बिषय हरु कसरी राख्ने ?गाह्रो भो..... सिकाइ दिनु हुन्छ भन्ने आशा गरेकोछु ।

    ReplyDelete
  11. कृष्ण जी, ब्लगरमा नयाँ पोस्ट लेख्ने बेलामा ब्लगरको पोस्ट इडिटरको तलतिर वायाँपट्टी भएको "Labels:" मा आफ्नो विधाको नाम जस्तै "गजल", "लघुकथा", "फोटो" आदि लेख्नुस । पुरानो पोस्टहरुमा पनि "Edit Post" वा "Edit" को माध्यमबाट कविताको Label मा कविता, गजलमा गजल आदि लेख्नुस अनि यो बिषयगत रुपमा बस्नेछ ।

    ReplyDelete
  12. dilip ji bloggerko mero baremma ma view my complete my profile bhanda muni facebook google twiter wordpree ko button kasari rakhna sakiyela yeso bataidinuhunthyo ki?

    ReplyDelete
  13. मुकेश जी,

    मेरो ब्लगमा भएको यो प्रोफाइल ग्याजेट ब्लगरको डिफल्ट "About me" मा थपथाप गरेर बनाएको हैन, आफैँले बनाएको हो । त्यसैले ब्लगरको "About me" मुनि यी लिन्कहरू राख्न मिल्दैन् ।

    यो २-४ लाइनमा लेखेर सक्कीदैन, कुनै दिन फुर्सद भएमा यही बारेमा एउटा पोस्ट लेखौँला :)

    ReplyDelete
  14. ल मैले त यो पोष्ट पढ्ने बितिकै आफ्नो ब्लगमा सोही अनुरुप राखें । तर दोश्रो टिप्समा दाया बायाले काम गर्यो होम चाहि राख्न जानिनँ मेरो टेम्प्लेटमा खोजी गर्दा यहाँ लेखिएजस्तो भेटिएन । अलमलमा परियो जे होस् टिप्सको लागि धेरै धन्नेबात ।

    ReplyDelete
  15. broda tapaile yo blogger ko template aafai design garnu bhako ho ki downloadded template ho ?? yedi downloaded template ho bhane kun template ho??? tapaile kasari design garnu bhako yo template??

    ReplyDelete
  16. nepalicricfiootball

    मेरो यो टेम्प्लेट मैले आफैँले बनाएकै त हैन, तर ब्लगरकै २ कोलमवाला 'डेनिम' टेम्प्लेटलाई 'छेड-छाड' गरेर आफूले चाहेजस्तो रुप दिएको भने पक्कै हो । :)

    ReplyDelete
  17. dai, शब्दहरुलाई दायाँबाट बायाँसम्म कसरी सार्दै लेख्न सकिन्छ दाई ? moving text bhan6an kyare tyaslai...???? kunai status haru daya baata baya tarpha kari lekhne ???

    ReplyDelete
  18. पेशल भाइ, सायद Scrolling text कुरा गर्नु भएको होला । टेक्स्टलाई स्क्रोल गर्न <marquee> र </marquee> को बीचमा आफूले स्क्रोल गराउन चाहेको वाक्य राख्न सक्नुहुन्छ । जस्तै तपाईले “मेरो ब्लगमा स्वागत छ” लेखेर त्यसलाई स्क्रोल गराउनु छ भने यसो गर्नुस:
    <marquee> मेरो ब्लगमा स्वागत छ </marquee>

    ReplyDelete
  19. thank you dai.......
    tapai mero blog henu hun6 bhane...
    http://peshalwagle.blogspot.com/

    ReplyDelete
  20. dai tapaile mathi lekhnu bhaeko agadi, pachhadi ra home pagemaa image rakhnako lagi... mero html maa tyo code nai 6aina ... kasari garna sakin6???

    ReplyDelete
  21. पेशल भाइ,
    मलाई लाग्छ तपाईँले "Expand Widget Templates" मा चेकमार्क लगाउन भुल्नु भएको छ । यो एकदमै वेसिक कोडग्रुप भएको र साधारणतया कुनै पनि टेम्प्लेटमा रहेने भएकोले तपाईकोमा पनि पक्कै छ।

    माथि पोस्टमा लेखेजस्तै Design हुँदैं Edit HTML मा। गएर "Expand Widget Templates" मा चेकमार्क लगाएर खोज्नुस् मज्जाले भेट्नुहुन्छ ।

    ReplyDelete
  22. ekdam ramro post lekhnu bhayeko rahixa.....maile tyo Go to Top bhanne widget use gere Thank U..

    ReplyDelete
  23. उपयोगी टिप्सहरुकोलाई दाजुलाई धेरै धेरै धन्यबाद

    ReplyDelete
  24. दिलिप सर नमस्ते मैले हजुरले भने अनुरुप लेबल अनुसार राखे तर जुन लेबलामा राखेको हो तेस्को सिरिसक क्लिक गर्दा आएन किन होला ?
    ब्लगरमा नयाँ पोस्ट लेख्ने बेलामा ब्लगरको पोस्ट इडिटरको तलतिर वायाँपट्टी भएको "Labels:" मा आफ्नो विधाको नाम जस्तै "गजल", "लघुकथा", "फोटो" आदि लेख्नुस । पुरानो पोस्टहरुमा पनि "Edit Post" वा "Edit" को माध्यमबाट कविताको Label मा कविता, गजलमा गजल आदि लेख्नुस अनि यो बिषयगत रुपमा बस्नेछ ।

    ReplyDelete
  25. कृष्ण जी, एकचोटी मेरो ब्लग विधालाई ट्याबमा राख्‍नुहोस –Easy CSS Menu भन्ने पोस्ट र सो पोस्टका सबै कमेन्टहरू पनि । सायद तपाँइको समस्या समाधान होला ।
    तपाईँले कुन ब्लगमा लेबल राख्नु भएको हो, सो ब्लगको ठेगाना दिनुस त म पनि एकचोटी हेर्छु :)

    ReplyDelete
  26. http://thenepalromania-krishna.blogspot.com/

    ReplyDelete
  27. hello dai namaskar , blog ko css tab ma information haru kasari rakhnay ho ? ani css tab ko size badhauna k garnu par6a plz bhandinu na ..

    ReplyDelete
  28. रोशन भाइ,

    एकचोटी मेरो ब्लग विधालाई ट्याबमा राख्‍नुहोस –Easy CSS Menu भन्ने पोस्ट र सो पोस्टका सबै कमेन्टहरू पनि हे्रनुहोला । सायद तपाइले सोध्नु भएको सबै प्रश्नको जवाफ त्यहीँ नै होला ।

    ReplyDelete
  29. Blogging sambandhi dherai kura jaankaari diyeko ma dhanyabaaad mero blog maa pani blogging ko barema kehi kura haru chan interest lagema hernu hola.
    http://anyonlinejobs.blogspot.com/

    ReplyDelete