12 March, 2011

Random Clicks~केही मोबाइल फोटोहरू !!

अघिल्लो २ हप्ता निकै व्यस्त रहियो । ब्लग लेख्ने वा हेर्ने त कुरै छाडौँ, केही दिनको लागि त इन्टरनेट र कम्प्युटरको पहुँचसम्म थिएन । कामको सिलसिलामा फेरि 'देश दर्शन' मा हिँडेकोले इन्टरनेट र करिब करिब समाचारको दुनियाँबाट समेत केही हदसम्म टाढिएको थिए ।

सामान्यतया पढ्ने वा नयाँ कुराको जानकारी राख्ने बाहेक अरू सोखहरू कम हुँदै गएको र समाचार र जानकारीका लागि छापा वा कागजी किताब भन्दा अन्तर सञ्जालमै निर्भर रहने बानी पर्दै गएकोले सूचना प्रविधिबाट टाढा हुँदा केही खालीपन हुने भएपनि प्रकृतिसङ्ग भने झनै निकटता बढ्ने स्थानहरूमा पुग्दा त्यसको छुट्टै स्वाद मिल्ने पनि गर्छ ।

तथाकथित सहरी जीवन र धूलो-धूवाँबाट पर, केही दिनकै लागि भएपनि प्रकृतिको निकट पुग्दा चल फिर गर्ने प्राणी मात्रै हैन, हिमाल, पहाड र नदि नालामा समेत अभेद्य वा अदृश्य जीवन लुकेको आभास हुन थालेको छ अचेल।

चेतनाको स्तर वा आयाम फरक होलान्। तर रूख बिरुवाले अनुभूति, पहाडले अभिव्यक्ति र नदिले ईशारा गर्छन भनेर कसैले भन्यो भने अचेल मलाई विश्वास गर्न गाह्रो नलाग्न थालेको छ । भौतिक विज्ञानले चेतनाको सुक्ष्मतम अभिव्यक्तिलाई समेत पदार्थकै दर्जामा राखे पनि आध्यात्मिक दृष्टिबाट हेर्ने हो भने 'पदार्थ' भनेर किटिएका हरेक तत्वमा पनि चेतनाकै चरम अस्तित्व भेटिन्छ । सायद यस्तै प्रतिनिषेधात्मक र अन्तर्विरोधात्मक परिस्थितिको बीचको तालमेललाई एउटै सूत्रमा उनेर ओशोले कतै भनेका छन :" पकृति परमेश्वरको देखिने अंश हो र परमात्मा प्रकृतिको अदृशय भाग" ।

फोटोग्राफि वा प्राविधिक हिसावले मेरा तस्विरहरू अब्बल छैनन् तर यिनमा पक्कै पनि प्रकृतिको गहन चेतनागत रहश्यको झलक भने मल्छ नै होला । आजको पोस्टमा मैले देश दर्शनको क्रममा मोबाइलबाट खिचेका केही तस्विरहरु:

Cloud

(निलो आकाश, सेतो बादल, पहाडी थुम्का र अदृश्य चेतना- प्रकृतिको महाअभिव्यक्ति)

Road Nepal

(पर्वत अनन्त, मार्ग अनन्ता !- यो बाटो कहाँ जान्छ होला ?)

बादल,पहाड र नदि

(कहीँ अस्ताएको सूर्यको अनुभूति, कतै चरम प्रकाशको प्रकटन- घाम-छायाँको खेल)

10032011155

(न प्रकृति जटिल छ न त प्राकृतिक जीवन- प्युठानको एउटा गाउँ)

Rapti

(म बोल्दैछु, सु्न्ने भए सुन- आफ्नै धूनमा बग्दै राप्ती नदि)

8 comments:

  1. तपाइँ सँगै म पनि यो ब्लग मार्फत 'देश दर्शन' मा हिडिरहेछु - अझ बढी यात्रा बर्णन र फोटाहरु राख्न नविर्सनु होला !

    ReplyDelete
  2. साह्रै गजबका फोटोहरु खिच्नु भा रहेछ। अनि क्याप्सन उस्तै सुन्दर।

    ReplyDelete
  3. aha kati ramrao pics. nepal sundha chha tesai bhaneka hoinan.

    ReplyDelete
  4. सलललल राप्ती, अनन्त पर्बतमाला, हरिया थुम्का, निलो आकाशमा सेतो बादल, कतै घाम कतै छाया ...........
    प्राकृतिक सुन्दरता र भाबुक मनको बिचित्र सम्योजन एक अर्को उत्कृष्ट टाँसो ।
    मुलुक बाहिर रहेका हामीहरुलाई देश-दर्शन को अनुभुती गराउनु भएकोमा धन्यवाद दिलीप सर।

    ReplyDelete
  5. ekdaumai man chhune photo haru....thank you so much dilip daju

    ReplyDelete
  6. (म बोल्दैछु, सु्न्ने भए सुन- आफ्नै धूनमा बग्दै राप्ती नदि) Typical caption and amazing combination....:)

    ReplyDelete
  7. तस्बिर कस्तो हुन्छ भनेर सोधे अब म 'मीठो' भन्ने जवाफ दिन सक्छु ।

    ReplyDelete
  8. अत्यन्तै सुन्दर तस्बीरहरु,त्यस्तै राम्रा अनुभूतिहरु पनि |

    ReplyDelete