21 January, 2011

केही मुक्तक--केही झट्का !!

भाँडहरु यता नाच्ने, उता आदेशको कमान छ ।
काम हैन ठूलो स्वर गर्ने मात्रै यहाँ महान छ ।
शिवरात्री जस्तै भा'छ देशको राजनीति अचेल,
जो जत्ति नाङ्गियो, उसको उत्ति नै सम्मान छ ।

दाँत फुक्लेकोलाई कसार छ जिन्दगी ।
छत नहुलेलाई असार छ जिन्दगी ।
कतै मधुमेहलाई लालमोहन त,
कतै टन्सील माथि अचार छ जिन्दगी ।

नयाँ सम्बाददाताले सम्पादकलाई भने
"दलका नेताको बैठक बस्दै छ रे !"
अभ्यस्त सम्पादकले समाचार बनाए
"बिना निष्कर्ष वार्ता टुङ्ग्यो अ रे !"

केशलाई तिम्रो बादल भन्छन् तिम्लाई देख्ने कविहरू,
लाग्छ तिमी ढल्कि दिँदा वर्षात हुन सक्छ ।
निस्पट्ट अँध्यारो छ, सोध्न बाध्य भएँ म नि,
के तिमीले मुण्डन गर्दा प्रभात हुन सक्छ ?

...र अन्तमा यो पनि

ऊ भन्दैथ्यो उसको देश बिगारेरे दुस्मन ले ।
म सोच्दैथे सायद उस्काँ मेरा जस्ता नेता छैनन् ।

13 comments:

  1. सप्पै फास्ट फर्वाड भै'सके हाम्रो देशमा !

    नयाँ सम्बाददाताले सम्पादकलाई भने
    "दलका नेताको बैठक बस्दै छ रे !"
    अभ्यस्त सम्पादकले समाचार बनाए
    "बिना निष्कर्ष वार्ता टुङ्ग्यो अ रे !"

    ReplyDelete
  2. Excellent, I enjoyed very much.

    ReplyDelete
  3. दामी! दामी!! दामी!!!

    ReplyDelete
  4. जोडदार गयो है यसपाली पनि | दोश्रो र तेश्रोले त घमासान झड्का दिएका छन् |

    ReplyDelete
  5. " दाँत फुक्लेकोलाई कसार छ जिन्दगी ।
    छत नहुलेलाई असार छ जिन्दगी ।
    कतै मधुमेहलाई लालमोहन त,
    कतै टन्सील माथि अचार छ जिन्दगी । "

    wa wa... Dherai Ramro prastuti dada .. .

    ReplyDelete
  6. गज्जब गयो दिलिप जी । सबै दाम्मी लागे ।

    ReplyDelete
  7. पढेर सोच्नु र सोचेर पढ्नु, दुबै तरिकमा दम्दार लाग्यो । साच्चै, यस्तो पो छ है हाम्रो समय ।

    ReplyDelete
  8. तेस्रो र चौथो टुक्रा विस्फोटक गयो दाइ !
    रमाइलो लाग्यो ।

    ReplyDelete
  9. आहा ! क्या स्वादिलो ! यी शब्दका आचारहरुमा जिरे खुर्सानी नै मिसाउनु भएको रहेछ ! निकै चोटिलो लाग्यो -दिलिप दाइ !

    ReplyDelete
  10. धेरै चोटिला झट्का रहेछन | मनपर्यो |

    ReplyDelete
  11. दिपक सर धेरै राम्रो झट्का !............. हामीलाई त छोयो तर के गर्नु हाम्रा रजनीतिक गैंडाहरुलाई छुने होइन।

    ReplyDelete
  12. कमेन्टमा दीलिप हुनु पर्नेमा दिपक हुन गएकोमा सच्चाएको छु।

    ReplyDelete
  13. क्या बात!!

    ReplyDelete