08 January, 2011

नाता ! (लघुकथा)

केही दिनअघि मैले उसलाई एकजना आफ्नै उमेरको नातेदारसँग हिँड्दै गरेको देखेको थिएँ । आपसी परिचय नभए पनि मलाई थाहा थियो कि त्यो अर्को व्यक्ति उसको फुपूको छोरा थियो ।

मैलो कमिज र पुरानो पाइन्ट लगाएर हिँड्दै गरेको त्यो व्यक्तिको पहिरनले नै उसको आर्थिक स्थितिलाई दर्साइरहेको थियो । त्यो अपरिचित व्यक्तिसँग छुट्टिसकेपछि मैले उसँग सोधेको थिएँ "...अनि ऊ तिम्रो भाइ कि दाइ ?"

"दाजु न भाइ, म त बाऊको एक्लो छोरो तिमीलाई थहा छैन र ...?" उसले जवा दिएको थियो । "... उ त मेरो फुपूको छोरा पो हो ..." । "फुपूको छोरा पनि त दाजुभाइ नै हुन् नि हैन र ?" । मेरो प्रश्नको उसले एकैछिन रोकिएर जवाफ दिएको थियो "...अँ...त्यसरी हेर्दा त भाइ नै पर्छ क्यारे..." ।

आज पनि मैले उसलाई बाटोमा एकजना उसकै उमेरको अपरिचित तर समृद्ध व्यक्तिसँग हिँड्दै गरेको देखेर सोधेँ " अनि उ को नि ?" । "उँहा मेरो दाइ हो" उसले झट्ट जबाफ दियो । "हैन तिमी त एक्लै छोरा हैन र?" मैले सोधेँ । "हो, तर मामाको छोरा भनेको त आफ्नै दाइ नै त हो नि ..." उसले सटीक जबाफ दियो ।

10 comments:

  1. आहा ! ठ्याक्क ठाउँमै !

    ReplyDelete
  2. मज्जाको रहेछ ! साधु ... साधु

    ReplyDelete
  3. अत्यन्तै सटीक र मार्मिक लघुकथा | उस्तैखाले नाता पनि आकाश पाताल पार्ने स्वार्थीहरु समाजमा छन् | त्यसैले यो यथार्थ कथा हो भन्न मिल्छ |

    ReplyDelete
  4. उसले सटीक जवाफ जस्तै सटिक रहेछ कथापनि । सबै पैसो कै कमाल हो । राम्रा जति सबै आफ्ना, नराम्रा जति सबै अरुका !

    ReplyDelete
  5. आफ्ना लाइ आफ्नो भन्न हच्कनेहरुलाई - दह्रो प्रहार !

    ReplyDelete
  6. यो कथा हैन यथार्थ हो । गज्जब लाग्यो ।

    ReplyDelete
  7. what a writing...what a story. Really impressed.
    Sudarshan

    ReplyDelete
  8. छन् गेडी सबै मेरी।
    छैनन् गेडी सबै टेडी।

    ReplyDelete
  9. मिठो शिर्षकको जोक रहेछ मन छोए जस्तो छ।

    ReplyDelete
  10. पाखण्डीहरुलाई चोटीलो प्रहार। बर्तमान समाजको यथार्थ प्रतिबिम्ब।
    धन्यवाद दिलीप सर।

    ReplyDelete