18 November, 2010

पाँच उटपट्याङ मुक्तकहरु

प्रश्न

न सृजनशील न दृढ-सङ्कल्प,
न कोही योग्य नायक आए ।
छानी छानी ल्याएको पनि
कसरी सबै नालायक आए ? ।

पछुतो

तिमी हाँस्यौ, म हाँसे,
माया बस्यो घरबार भो ।
अहिले सोच्छु सायद त्यो सब,
बिना सोच हतार-हतार भो ।

पहिचान

विवेक र पहिचान हुन्छ भन्थे,
पशुमा नि अपनत्वको ।
खातेलाई घुक्ने कुकुर, भुक्दैन नेताकन,
सायद गर्छ ख्याल स्व-भाव र समत्वको ।

निकम्मा साक्षी

साक्षी थिए रे तीनका प्रेमका,
जुन, तारा, हिमाल पनि । 
कोर्ट म्यारिज गर्न खोज्दा,
आएनन् रे कुनै पनि ।

संविधान

रामे, हर्के, विर्खे सबको एउटै मात्रै खोज भा’छ ।
त्यही एउटा नभएर देश लाई नै बोझ भा’छ  ।
नलेखिदाँ यो संविधान दु:ख भो जनतालाई त,
म्याद थप्दै भत्ता खाने सबलाई भने मोज भा’छ ।


यो पनि हेर्नुस:
केही उटपट्याङ मुक्तकहरु
फेरि केही उटपट्याङ मुक्तकहरु

17 comments:

  1. हाम्रो नेपाल मा :D !!!

    ReplyDelete
  2. हुनु भन्दा नहुनु भयो नयाँ नेपालमा
    जाजरकोट र डोटी रोयो नयाँ नेपालमा ।
    अन्याय अत्याचार भ्रष्टाचार कै खेित
    न्याय सुशासन कहाँ गयो नयाँ नेपालमा ।।

    ReplyDelete
  3. मलाई यी कुरा चै एकदम समय सापेक्ष लग्यो है....

    ReplyDelete
  4. कुरो गरि साद्धे भो र भन्या अब !! बुझ्ने'हरुलाई त सिधै बङ्गारामा नै लाग्ने खाले रैछ नि ..... झिल्का मन पर्यो....मन त कति पर्यो पर्यो :) भो- नकुरोगरम !!

    ReplyDelete
  5. पहिचान र पछुटोमा खितिति दाँतै जडेर पठाउनुभएछ । लौ गज्ज्ज्जब !!!!!

    ReplyDelete
  6. हैन दिलिप ब्रो, भर्खर माया बसिराबेला तपाईं चाँही पछुतो मानेर तर्साइदिने भन्या हाम्लाई...सुजनजीलाई कुरा लाइदिउला फेरी ;)

    ReplyDelete
  7. ६सयज्ञ थरि गधा ६०१ थरि चाल, यस्तो पाराले कसरी बन्छ नयाँ नेपाल??? सय थरी बाजा एउटै ताल......................

    ReplyDelete
  8. प्रश्न र संविधानले दह्रो व्यंग्य गर्यो !

    ReplyDelete
  9. धाइबाजीकै कुरामा सही थापेँ, पछुतो र पहिचान चाहिँ गज्जबमध्येका गज्जब लागे।

    ReplyDelete
  10. साक्षीहरुले हँसाए है । अरुपनि गजबका ।

    ReplyDelete
  11. प्रश्न र पहिचान चट्याङ लागे ।

    ReplyDelete
  12. सबै राम्रा लागे, प्रश्न र निकम्मा चाहिँ साक्षी गज्जब लागे !!!

    ReplyDelete
  13. गज्जब स्वादिला लागे सबै ।

    ReplyDelete
  14. सबै स्वादिला । पछुतो र संविधानले राम्ररी ब्यंग्य र यथार्त बोले ।

    ReplyDelete
  15. रामे, हर्के, विर्खे सबको एउटै मात्रै खोज भा’छ ।
    त्यही एउटा नभएर देश लाई नै बोझ भा’छ ।
    नलेखिदाँ यो संविधान दु:ख भो जनतालाई त,
    म्याद थप्दै भत्ता खाने सबलाई भने मोज भा’छ ।

    यस्तै हुदै छ यहाको चलन !

    ReplyDelete
  16. i liked the last one...others are also nice

    ReplyDelete
  17. हाँस्न ढिलो गरेको भए अहिलेसम्म घरबारै पो हुन्नथ्यो कि ! त्यसैले हाँसेकोमा 'पछुतो' गर्नुपर्ने जस्तो त देख्दिन त!

    ReplyDelete