14 October, 2010

ब्लगरमा के सुधार चाहनुहुन्छ ?--भन्नुस वा भोट हाल्नुस--

1अघिल्लो महिनाको २३ तारीखका दिन ब्लगर ११ वर्षको भएको छ। ११ बर्ष अगाडि Pyra Labs को नाममा दर्ता भएको ब्लगर, सन १९९९ को अगष्ट २३ का दिन देखि सञ्चालनमा आएको थियो । पछि सन २००३ मा Pyra Labs गुगलले लिएपछि भने यसको रूप-रंगमा वृहत् सुधार र प्रयोगमा नाटकीय रूपमा वृद्धि भयो ।

यसो त ब्लगरमा केही समयको अन्तरालमा नयाँ-नयाँ अनुप्रयोगहरू जोडिने र साजसज्जा देखि प्रयोगात्मक हिसाबमा अझै उपयोगी र झन् नवीनता थपिने क्रम जारी नै छ र यही विकास क्रमका कारण विगतमा HTML edit गरेर वा थर्ड पार्टि JavaScript वा कोडहरू राखेर मात्रै गर्न मिल्ने धेरै कामहरू अहिले केवल केही क्लिकको भरमा गर्न सकिन्छ । विगतमा टेम्प्लेट वा त्यसका कोलमका साइज र रंगहरु परिवर्तन गर्न समेत निकै जटिल प्रक्रिया बाट जानु पर्ने क्रम अब करिब करिब रोकिएको छ र सुरु-सुरुमा हामीले विभिन्न थर्ड पार्टिको कोड राखेर मात्रै लीन मिल्ने धेरै सुविधाका लागि ब्लगरकै आफ्नै ग्यारेजहरू बनीसकेका छन् ।

यस बाहेक ब्लगरले बेला बेलामा यसका प्रयोगकर्ताहरूसँग ब्लगरको प्लेटफार्मलाई अझ उपयोगी वा विविधतापूर्ण बनाउन के गर्न सकिन्छ भनेर सुझावहरू संकलन गर्ने गरेको छ । पोहर साल ब्लगरको दसौँ जन्मदिवसको अवसर पारेर ब्लगरले यस्तै किसिमको सुझाव संकलन र आफूलाई मन परेको सुझावमा मत प्रदान गरेर सहमति जनाउन मिल्ने गरी सबैलाई समेट्ने प्रयास सुरु गरेको थियो । यस बारेमा मैले मेरो यो पोस्टमा केही कुरा लेखेको थिएँ र सो सुझाव संकलन पश्चात् मैले सो पोस्टमा अन्दाज गरेका धेरै सुविधाहरू थप भए पनि ।

गएको साल ब्लगरका प्रयोगकर्ताहरूले यस्तै क्रममा सुझाव दिएका र माग गरेका निम्न सुविधाहरू हाल तयार भए वा थपिए:

  • New Template Designer (ब्लगर आफैँले टेम्प्लेट परिवर्तन गर्न मिल्ने सुविधा)
  • Spam Comment Filtering (ब्लगमा स्प्याम कमेन्ट फिल्टर गर्ने नयाँ प्रविधि)
  • Built-in Blog Stats (ब्लग भिजिटर र हेरिएका पोस्टहरुको बारेको सूचकांक)
  • Improved Post Editor (नयाँ वा पुराना पोस्ट सम्पादकको सुधार)
  • Static Pages (सजिलो ‘स्थिर-पन्ना’ को सुविधा)
  • Jump Breaks (रिड मोर को सुविधा)
  • Background Image Uploads (व्याक ग्राउण्डमा आफूले चाहेको तस्विर राख्ने सुविधा)
  • Accurate Post Previews (पोस्टको पूर्व समीक्षा गर्ने सुविधा)
  • Photo Captions (तस्विरमा अनुशीर्षक राख्ने सुविधा)
  • More Default Templates (थप टेम्प्लेटहरूको उपलब्धता)

गत वर्ष जस्तै यस पाला पनि ब्लगरले आफ्नो वर्ष गाँठको अवसर पारेर प्रयोगकर्ताहरू सँग यसलाई अझ सुधार गर्न वा यसमा नवीनता थप्न अनि प्रयोगात्मक विविधता ल्याउन के के गर्न सकिन्छ भनेर सुझाव र सल्लाह लीने जमर्को गरेको छ ।

यदि तपाईँ पनि ब्लगरमा केही नयाँ सुविधा, अनुप्रयोग थप्न, विविधता ल्याउन चाहनुहुन्छ वा ‘यसो गर्दा कस्तो होला’ भन्ने खालको कुनै राय दिन चाहनुहुन्छ भने आ-आफ्नो विचार वा ‘आइडिया’ यो पेजमा गएर बाँड्न सक्नुहुन्छ ।

मुख्यकुरा, ब्लगरलाई कुनै राय, सुझाव वा सल्लाह दिनको लागि यीनमा प्रयोग हुने कोड, स्क्रिप्ट वा प्रविधिका जटिल पक्षका बारेमा कुनै जानकारी हुनु जरुरी छैन् । तपाईँ आफूलाई लागेका कुरा वा मन परेका सुविधाको वारेमा सरलतम भाषामा माग राख्न वा सुझाव दिन सक्नुहुन्छ । वा सो पेजमा भएका ‘आइडिया’ मा आफ्नो भोट हाल्न सक्नुहुन्छ । मैले यो पोस्ट तयार गर्दाको समयसम्मको कुरा गर्दा ब्लगरलाई यसपाला विभिन् विषयमा ५१२ सुझाव दिइएका छन र त्यसमा १६,८०९ जनाले भोट हालेका छन् ।

मैले आफूले खोजेका केही कुराहरूको बारेमा पहिलै अरु-कसैले सुझाव राखि सकेकाले मैले पनि आफूलाई मन परेका केही ‘आइडियाहरु’ मा भोट हालेँ ।

हालसम्मको सुझाव र भोटको गिन्ती हेर्दा ब्लगरमा सबैभन्दा बढीले माग गरेका ५ वटा नयाँ उपयोगहरू निम्न रहेकाले आगामी केही महिनामा ब्लगरमा यी नयाँ सुविधा वा अनुप्रयोगहरू सुरु हुन सक्नेछन् :

१. पाठकले गरेको कमेन्टमा ब्लगरले सीधै जवाफ दिन मिल्ने सुविधा । (हाल वर्डप्रेसमा विद्यमान)

२. ब्लगरमा फेबिकन राख्ने सुविधा ( यो सुविधा हाल HTML edit गरेर लिन सकिन्छ-मेरो यो पोस्ट हेर्नुहोस) ।

३. ब्लगरमा सञ्चालित ब्लगका लागि ‘मोबाइल भ्यू’ को सुविधा ( यो सुविधा हाल थर्ड पार्टीबाट लिन सकिन्छ- आकारजीको यो पोस्ट हेर्नुहोस)

४. ब्लग एडमिन वा ब्लग सञ्चालकको कमेन्टलाई हाइलाइट गरेर देखाउने सुविधा ( यो पनि हाल HTML edit गरेर बनाउन सकिन्छ। उदाहरणको लागि—मेरो ब्लगमा मैले लेखेका कमेन्टहरु भिन्नै कलर व्याक ग्राउन्डमा देखिन्छन् )

५. "Show "related posts" वा पोस्टको अन्तमा उस्तै खालको पोस्टहरू देखाउने अनुप्रयोग ।

3अत: तपाई पनि ब्लगरमा कुनै सुधार चाहनुहुन्छ वा केही नयाँ उपयोगिताहरू थप्न चाहनुहुन्छ भने सिधैँ यो पेजमा गइ आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरी पेजको वायाँपट्टी भएको "Suggest a New Feature" र "Suggest a New Gadget" मा क्लिक गरी "New Ideas" बाट नयाँ आइडिया दिन सक्नुहुन्छ वा अरुले दिएका र आफूलाई मन पर्ने आइडियामा भोट हालेर ब्लगर प्लेटफार्मलाई अझ आकर्षक, उपयोगी र सरल बनाउन सक्नुहुन्छ ।

ब्लगरलाई नयाँ आइडिया दिन वा कुनै मन परेको आइडियामा भोट हाल्न यहाँ जानुस ।

Happy Bloggging!
and Happy Vijaya Dashami !!

18 comments:

  1. जानकारी को लागि धन्यबाद - दिलिप दाइ !.... अब विचार गरेर आफुलाई लागेको आइडिया दिनु पर्ने भो !

    ReplyDelete
  2. निकै राम्रो जानकारी रहेछ । यसका लागी धन्यवाद है तपाइलाइ ।

    ReplyDelete
  3. अति उत्तम जानकारीको लागि धन्यबाद दिलीप दाजु । यो रमाइलो पोस्ट संगै बिजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

    ReplyDelete
  4. Dilip ji,
    I like how you have multiple tabs on your blog and I can navigate through a section seamlessly simply by clicking on it. I would like to implement it on my blog as well, but I'm a little hesitant thinking I'm going to mess something else up. Any suggestion?
    Thanks.

    ReplyDelete
  5. ब्लगरहरूका लागि नयाँ जानकारी पस्किनु भएको रहेछ, खुसी लाग्यो । नीति निर्माणमा आफ्ना लागि आफैँले सघाउन पाउने कुरो धेरै राम्रो हो । यस्ता खालका जानकारीको निरन्तरता रहि रहोस् ।

    ReplyDelete
  6. Prayash Ji,

    If you meant to have the CSS Navigation Menus, please review my this post.

    ReplyDelete
  7. thank you it is good material to read this post increases my knowledge

    ReplyDelete
  8. this is wonderful post that fills all requirement of article

    ReplyDelete
  9. nice post useful information

    ReplyDelete
  10. dai blog post lai 2 bhag garna k garnu parla?i mean post haru lai 2 vinna vinnai section ma rakhna ko lagi k garnu parla kripaya bataidinu hola.thanks

    ReplyDelete
    Replies
    1. I think I didn't got you properly. If you mean to say, showing a small part of the post in the main page and remaining full portion after clicking in "Read More" please see This Post.

      Delete
  11. i mean i hav left side bar,right side bar and the middle portion in my blog.so whenever i create a new post and publish it is seen always in the middle.i just wanna make the middle page or blog post area into 2 parts so i can publish two different kind of posts as per the categories.i dont know if its possible but i wud like to make it.for more clearance once see this site theaznepal.com where apart from left and right side bar the middle portion is divided into 2 parts where on one there are tv serials and on the other section there are news videos or news articles.so thats what i mean dai.plz help me if it can be.
    thank you

    ReplyDelete
    Replies
    1. गिरी जी,
      यसको लागि दुइवटा तरिका छन् ।

      पहिलो (केही झन्झटिलो तरिका): तिन कोलम भएको ब्लग टेम्प्लेटमा पोस्ट सेक्सन भन्दा माथि दुइटा ग्याजेट राखेर आफ्नै पोस्टको चुनिएका लेबलहरू मात्रै देखिने RSS वा पोस्ट टाइटल देखाउनुस ।

      दोस्रो: म्यागाजिन वा न्यूजपेपर आदि नाममा आउने कुनै थर्ड पार्टि टेम्प्लेट हाल्नुस। इन्टरनेटमा राम्ररी खोज्नु भयो भने जस्तो खोज्यो त्यस्तै 'रेडिमेड'टेम्प्लेट भेटिन्छ ।

      नि:शुल्क टेम्प्लेट कहाँ खोज्ने र कसरी हाल्ने भन्ने बारेमा सायद मेरो यो पोस्ट केही सहयोगी हुनसक्ला !

      Delete
  12. dai iam really sorry for having additional question for every reply but what u mean,to add 2 more gadgets from 'edit template'>expand widget> and so on or just to add a gadget from lay out section(like java scripts or something other) i dont understand plz if u dnt mind.ani next how to minimize the space between every posts since i hav hidden all share buttons,link to this post,comments in the post footer,so the space is being created which seems to be very large and doesnt seems well managed.plz help..........

    ReplyDelete
    Replies
    1. Well, try simple method first:

      1. Yes, just click on "Add a gadget" (scroll down) and click on "Feed".

      2.In the "Feed URL" box enter label wise feed (like of "Poems", "Videos" etc.

      To get label-wise feed try this kind of url:
      http://dacharya.blogspot.com/feeds/posts/default/-/कम्प्युटर कुना (In this example only the posts under the label "कम्प्युटर कुना" will be listed)

      Do change the bold texts to match your blog address and labels.

      3. After pasting your label-wise feed, click on "continue" and do the necessary selections, change the title and done. your label wise Feed will be shown.

      If you want to show more than 5 titles you may need to use feedburner or other third party utilities.

      For your second question, noting can be said without looking at you blog and total template codes 1

      Delete
  13. Dilipji namaste,
    Maile banayeko blog www.ctenepal12.blogspot.com jastai arko euta sansthako blog banauna maile chahe tara kehi gari banayeko kura nai view blog garda dekhinna. ke garne hola? www.projjwalcollegiate.blogspot.com banayeko kehi dekhinna.

    ReplyDelete
    Replies
    1. पुरु भाइ,

      तपाईँले भन्नु भएको www.projjwalcollegiate.blogspot.com मा "Dynamic Views" ईनेबल गरिएको छ र कुने पोस्ट छैनन् त्यसैले त्यस्तो देखिएको हो। त्यसैले "Dynamic Views" डिसएबल गरेर www.ctenepal12.blogspot.com जस्तै बनाउन खोज्नु भएको हो भने ब्लगरको ड्यसबोर्डबाट Design>> Template Designer मा जानुस र “Picture Window” भन्ने टेम्प्लेट छानेर “ Apply to Blog” गर्नुस् । (ब्लगरको नयाँ इन्टरफेस प्रयोग गर्नुहुन्छ भने ड्यासबोर्डबाट Template >>Customize गरेर टेम्प्लेट छान्नुस वा “Template” भन्दा मुनि रहेको Picture Window बाट आफूले चाहेको टेम्प्लेट रोज्नुस)

      Delete