17 August, 2010

लौ तयार भयो नेपाली ब्लग सर्च इन्जिन !

Search Nepali Blogपृष्ठभूमि:

नेपाली ब्लगको मात्रै खोजी गर्ने एउटा सर्च साइटको आवश्यक्ता रहेको कुरा केही समय अगाडि देखि नै महसुस भएको हो । गुगलले खुला गरेका गुगलकै खोजी संयन्त्र वा प्लेटफार्म प्रयोग गरेर आफ्नो छुट्टै वा आफूले चाहेजस्तो सर्च साईट बनाउन मिल्ने भए पनि बनाउने तालमेल भने मिलेको थिएन। माथि भनेजस्तै गुगलकै नि:शुल्क प्लेटफार्ममा आफूले चाहेको मात्रै साइट खोज्न मिल्ने र भनेको जस्तै रंगरुपमा साइट तयार गर्न मिल्ने र यसको लागि खासै प्राविधिक ज्ञान नचाहिने भए पनि धेरैदिन देखि समयाभावका कारण यो काम गर्न भ्याइरहेको थिइँन ।

नेपाली ब्लग सञ्जाल

इन्टरनेटको सुलभता र नेपाली युनिकोडको विकासका कारण नेपाली ब्लगहरुको सङ्ख्या पनि दिनदिनै बढ्ने क्रममा छन् । सङ्ख्यात्मक वृद्धि मात्रै खासै उल्लेख्य उपलब्धि हैन र नेपाली ब्लगको प्रमुख समस्या अर्थात् सक्रिय पाठकको अभाव अझै यथावत नै छ। तर पनि हेरक क्षेत्रमा सङ्ख्यात्मक वृद्धि सँगै प्रतिस्पर्धा र प्रतिस्पर्धा सँगै गुणात्मक सुधार आउने नियम अनुसार नेपाली ब्लगको गुणस्तरमा पनि यो सङ्ख्यात्मक वृद्धिले पक्कै पनि सकारात्मक भूमिका खेल्ने नै छ भन्नेमा व्यक्तिगत रूपमा भने म विश्वस्त छु।  

नेपाली ब्लगरहरुको मूल घर अर्थात् http://bloggers.com.np मा करिब ११०० जत्ति ब्लग सूचिकृत भएका छन्, भने हाम्रो सर्कल मा विगत ६ महिनाको अवधि सम्ममा अद्यावधिक भएका ब्लग करिब ५०-५५ जत्ति छन् । नेपाली ब्लगहरुको फिड अपडेट हुने अर्को साइट नेपाली भाषाका ब्लगहरु  र http://bloggerofnepal.blogspot.com/मा सूचीकृत भएका र विगतका ६ महिना भित्र अपडेट भएका ब्लगलाई सक्रिय ब्लग मान्ने हो भने करिब ८०-९० ओटा ब्लग यस “सक्रिय ब्लग”को दायरामा पर्छन् ।

हुन त यी र यस्तै साइटहरूमा सूचीकृत भएका ब्लग मात्रै नेपाली ब्लग पक्कै होइनन्, ती बाहेकका केही व्यक्ति र संस्थाहरुले समेत कसैले नि:शुल्क वेबस्पेस त कसैले आफ्नै डोमेन किनेर समेत ब्लग चलाएका छन् । तर पनि, मेरो मोटामोटी अनुमान अनुसार नियमित अपडेट हुने र नेपाली ब्लगको सङ्ख्या करिब १००-१५० को हाराहारीमा छ र यो बढ्ने क्रममै छ ।

नेपाली ब्लग सर्च किन ?

अब कुरोको चुरो तर्फ लागौँ । सक्रिय ब्लगको सङ्ख्या १५० नै मान्ने र एकजना सक्रिय ब्लगरले घटिमा महिनाको दुइटा ब्लग लेख्छन् भन्ने न्यूनतम आकलन गर्ने हो भने पनि वर्ष दिनमा नेपाली ब्लग भण्डारमा कम्तिमा पनि ३६०० ओटा नयाँ टाँसो थपिन्छन् । त्यो बाहेक ‘कम सक्रिय’ र ३ महिने वा ६ महिने ब्लगरहरुको पनि त्यत्ति नै अनुपातमा हिसाब गर्दा र यसको बढदो प्रयोगको अनुमान गर्दा हरेक वर्ष ७०००-७५०० नयाँ पोस्ट नेपाली ब्लगमा थपिदैँ जान्छन् ।  यस्तो अवस्थामा कुनै दिन कुनै एउटा विषयमा नेपाली ब्लगरहरु मध्य कसैले केही लेखेका थिए वा थिएनन भनेर हेर्नु पर्‍यो भने निकै समय खर्चिनु पर्ने हुन सक्छ । 

हुन त गुगल, याहु, बिङ जस्ता अनेकौँ सर्च इन्जीन यस्तै खोजी कार्यका लागि नै हुन । तर २१ पुस्ताले २१ शताब्दी निरतन्तर पढे पनि नसक्कीने सामाग्री जम्मा भैसकेको इन्टरेटको सञ्जालमा खोज्न मिल्ने भए पनि आफूले चाहेकै कुरा झ्वाट्टै भेट्न मुस्किलै हुन्छ ।

त्यही नेपाली ब्लग खोजी सरल बनाउने उद्देश्य लिएर नै यो साइट बनाइएको हो । त्यो बाहेक कपि-पेस्टका कारण हैरान भएका ब्लगरहरुलाई पनि आफ्नो ब्लग कहाँ कसले कपि पेस्ट गरेको छ भन्ने पत्ता लगाउन पनि यो साइट सहयोगी हुनसक्छ । किनकि यो नेपाली ब्लग खोजी साइटले खाली नेपाली ब्लग भित्रका शब्द वा सामाग्री मात्रै खोज्छ र नेपाली ब्लग बाहेकका अन्य साइट लाई वास्ता गर्दैन । जसका कारण नेपाली ब्लग खोजी छिटो र सरल हुन जान्छ । मतलब तपाईँले यो साइटमा  ‘नेपाल सरकार’, ‘सगरमाथा’ वा ‘महाभारत’ लेखेर खोज्नु भयो भने यसले तपाईँलाई नेपाल सरकारको आधिकारीक पेज, सगरमाथा सम्बन्धि प्रसिद्ध साइट वा महाभारत किताब भेटिने ठाउँमा हैन नेपाली ब्लगरहरुले सो सम्बन्धमा केही  लेखेका रहेछन भने केबल तीनै ब्लग पेजमा मात्र लैजाने छ ।

नेपाली ब्लग सर्च:

तपाईँले कुनै बेला एकजना नेपाली ब्लगरले ओजोन तहको विनाशको बारेमा लेखेको पोस्ट पढ्नु भएको थियो तर कसले लेखेको र कुन ब्लगमा थियो बिर्सनु भयो । वा तपाईँलाई कुनै नेपाली ब्लगरले ‘यति’ वा ‘बुद्ध दर्शन’को बारेमा केही लेखेका छन् कि छैनन् खोज्नु पर्यो‘ वा छोटकरीमा नेपाली ब्लगमा कुनै कुरा लेखिएका छन् वा छैनन् भनेर खोज्न मात्रै हैन, तपाईँले पहिले कतै पढेको तर अहिले ठ्याक्कै याद नआएको विषयवस्तु खोज्नलाई पनि सजिलो होस भनेर यो सर्च साइट बनाइएको हो ।

अबका दिनमा तपाईलाई नेपाली ब्लगमा प्रयुक्त कुनै पनि शब्द, वाक्य वा ‘कि वर्ड’ खोज्नु पर्‍यो भने वा नेपाली ब्लगमा यो कुरा लेखिएको छ कि छैन होला भन्ने जान्नु पर्‍यो भने तपाई सिधैँ नेपाली ब्लग खोजी मा जान सक्नुहुन्छ ।

निर्माण, सञ्चालन र सुधार:

केही धेरै समय दिएको भए वा केही बढी मेहनत गरेको भए यो साईट अझै बढी उपयोगी र सरल हुन्थ्यो होला। तर सुरुवात पहिला गरौँ अनि सुधार गर्दै जाउँला भनेर अहिलेलाई जे जस्तो हालतमा छ त्यस्तै हालतमा यसलाई खुल्ला गरेको छु ।

हाल यसमा http://bloggers.com.np, हाम्रो सर्कल, नेपाली भाषाका ब्लगहरु आदिमा सूचिकृत करिब साढे एघार सय नेपाली ब्लग र अन्य केही नेपाली ब्लगहरु समेत गरी करिब १२०० वटा नेपाली ब्लगहरु सामेल गरिएको छ । अर्थात् ती १२०० वटा ब्लगहरु मध्य कुनै पनि ब्लगमा प्रयुक्त कुनै पनि शब्द वा “कि वर्ड” यसबाट खोज्न मिल्छ ।

हुन त मैले मेरो व्यक्तिगत जानकारीमा आएका बढी भन्दा बढी नेपाली ब्लगहरुलाई मैले यसमा समाविष्ट गर्ने प्रयास गरेको छु। तर यदि कसैको ब्लग यसमा समाविष्ट नभएको भए वा कसैले भर्खरै नयाँ ब्लग खोल्नु भएको छ भने कृपया जानकारी गराउनु होला । म यसलाई समय समयमा अपडेट गर्ने छु । यसलाई अझ कसरी बहुउपयोगी बनाउन सकिन्छ भन्ने बारेमा केही सुझाव भएमा पनि कृपया लेख्नु। होला ।

ल त, अब देखि नेपाली ब्लग खोजी गर्न परेमा वा नेपाली ब्लगमा प्रयुक्त कुनै शब्द, वाक्य वा जानकारी चाहीएमा  सिधै http://searchnepaliblog.blogspot.com/ मा जानु होला ।

नोट: यहाँ ‘नेपाली ब्लग’ भन्नाले नेपालीहरु द्वारा कुनै पनि भाषामा लेखिएको ब्लग र अरु कोही पनि व्यक्ति द्वारा नेपाली भाषामा लेखिएको ब्लग भन्ने बुझ्नु पर्छ ।

Happy Blogging!
Happy Searching!!

65 comments:

  1. Great work!
    This serves as one of the milestone in the development of Nepali Blog Circle.

    All the best!

    ReplyDelete
  2. Take care of the TOS of Google JS API!

    ReplyDelete
  3. दिलिपजीलाई धेरै धेरै धन्यवाद !

    ReplyDelete
  4. धेरै अप्ठेरो र ठूलो काम गर्नुभएछ। धेरै धेरै धन्यवाद। मैले पनि एउटा यसो ब्लग भन्न मिल्ने हो नि नमिल्ने http://dipakbhattarai.com.np/ or http://kalitimes.blogspot.com/ मा कहिलेकाही केही म्याटर हाल्ने गरेको थिएँ। त्यसलाई यसमा राख्न मिल्छ कि मिल्दैन।

    ReplyDelete
  5. राम्रो काम दिलिपजी। केही हद सम्म सजिलो हुने छ यसले। के गर्नु पर्नु पीर पर्‍या छ यहाँ..

    ReplyDelete
  6. नेपाली ब्लगको लागि एउटा गतिलो उपलब्धि मान्नु पर्छ ! दिलिप दाइ !
    धन्यबाद यहाँ लाइ !

    ReplyDelete
  7. दाई धेरै उपयोगि सामाग्रि निर्माण गर्नु भएछ। राम्रो नराम्रो त्यो त प्रयोग गरेपछि थाहा होला तर तपाईको जमर्कोलाई सलाम ठोक्दछु।

    ReplyDelete
  8. दाजु मेरो ब्लग सर्च ईनजिन मा देखिन अनि नयाँ ब्लगरको लागि सबमिट योर ब्लग भनेर एऊटा पेज राखिदिनु भएको भए सबैलाई सजिलो हुने थियो कि।

    ReplyDelete
  9. http://bloggerofnepal.blogspot.com/
    This site has not been mentioned in the above article which may be important as I guess.

    ReplyDelete
  10. Dilip ji,

    Kudos, and thanks for the "Walk the walk". I'm sure this would be yet another milestone in Nepali blogging.
    BTW,
    पहिले कुरो भैसकेको जस्तो लाग्छ, तर मलाई ठ्याम्मै याद भएन, नेपाली ब्लगर भन्नाले नेपालीमा लेख्ने ब्ल्गर मात्र हो को नेपाली मुलको ब्लगर हो ? Just curious :)

    ReplyDelete
  11. यो महान कार्यको लागि दाईलाई धेरै धेरै धन्यबाद । यसले नेपाली ब्लगरहरुलाई निकै राहत मिल्नेछ अवस्य नै ।

    ReplyDelete
  12. NEPALI LITERARY WEBSITE -

    www.anss1993.blogspot.com

    .
    .

    ReplyDelete
  13. यो सानो काममा मलाई हौस्याउनु हुने सबैमा हार्दिक आभार । हेरौँ समय मिलेमा यसलाई सकेसम्म परिमार्जन र अझ उपयोगी बनाउने कोसिस गर्ने नै छु ।

    दीपक भट्टराई जी, तपाईँको दुबै ब्लग यसमा समावेस गरी सकेको छु ।

    नेपाली साहित्यलाई माया गर्ने भाइ :), तपाईँको ब्लग पनि अब सर्चमा देखिन्छ है । नयाँ ब्लगर वा यसमा नसमेटिएका ब्लगको हकमा यही पोस्ट वा सो सर्च साइटको कमेन्ट बक्समा कमेन्ट हालेपछि समय मिलेको बेलामा म ती नयाँ साइटहरु पनि खोजीमा सामेल गराउने छु ।

    मुन्ना जी, http://bloggerofnepal.blogspot.com/ को रिफरेन्स पनि पोस्टमा इडिट गरेको छु । तर सो पेजमा धेरै ब्लगको फिडहरु एकदम पुरानो मात्रै देखिएको छ किन होला ?

    प्रज्वल जी,

    मेरो विचारमा नेपालीहरूले कुनै पनि भाषामा लेखेका ब्लग र अरु कसैले नेपाली भाषामा लेखेका कुनै पनि ब्लगलाई नेपाली ब्लग भन्दा फरक पर्दैन होला :) । कमसेकम मैले भने यही हिसाब लगाएर राखेको छु । त्यसैले नेपालीहरुले नेपाली, मैथिली, हिन्दी, अंग्रेजी र नेवारी भाषामा लेखेका ब्लग साथै केही, भुटानी,सिक्किम, दार्जलिङ, आसाम र भारतका विभिन्न भागमा बस्ने नेपाली भाषीहरुले नेपाली भषामा लेखेका ब्लगहरु पनि यसमा राखेको छु/राख्दै छु ।

    Assam Nepali Sahitya Sabha को नामबाट कमेन्ट लेख्नु हुने मित्र, तपाईको ब्लग पनि सर्च पेजमा अपडेट गरेको छु तर सर्चमा देखिन केही समय लाग्न सक्छ ।

    सबैमा पुन: धन्यवाद ।

    ReplyDelete
  14. यो त अबश्य राम्रोकामको थालनि हो दिलिपजी, यस ब्लाग साइतले पनि गुगलको सहायक काम गर्न सकोस...सफल अनि प्रगतीको कामना छ....!!!
    धेरै धेरै धन्यबाद....!!!

    ReplyDelete
  15. लौ दिलिपजी, मैले त आफुले कुनै समयमा 'मेरोसंसार'मा कमेन्ट दिएको थिए.. त्यहि खोजि आज मेरो पहिलो सुरुवात भो 'नेपाली ब्लग खोजि' मा..मुरी मुरी धन्यवाद....!!!

    "skduwal
    July 15th, 2010 at 9:46 AM
    हैन, नेपालीहरु किन नकारात्मक सोच मात्र दिमागमा ल्याउँछ, कति नै आफैले सबै थाहा पाए जस्तो…! अनि Gyan भने चारोले पनि के भन खोजेको हो त्यो उसलाई नै थाहा होला सायद, तर नेपाल बाट युरोप अमेरिका पढ्न जाने प्राय: नेता तथा भ्रष्ट उच्चपदस्थ कर्मचारीहरुका छोराछोरीहरु मात्र जान सक्छ भने कुरा सुन्दा यात उ पनि त्यहि क्यतागरिको हुनु होला यात नेपाली नै हैन..!. कुनै पनि कुराको जानकारी नै न लिई जे पायो त्यहि लेख्नु मुर्खता हो. नेपालका धेरै जसो युबाहरु किन विदेशिए…? त्यसको बारेमा सोचेको छ कहिले..? अनि अमेरिका जाने उच्चपदस्थ कर्मचारीहरुका छोराछोरीहरु मात्र हैन अहिले यहाँ, आफ्नो घरबार बेची पनि आफ्नो छोराछोरीलाइ नेपाल जस्तो घिनौना राजनीति बाट टाढा पठाई त्यसको भविष्य राम्रो होस् भन् चाहन्छ."

    ReplyDelete
  16. Thanku Sir , Its Great Work For Nepali Blogs And Blogger, Thanku so much For http://searchnepaliblog.blogspot.com/

    ReplyDelete
  17. sarai ramro kam garnu bhayo dilip ji. Dherai dherai Dhanyabad.

    ReplyDelete
  18. Great work Dilip dai! As all the friends have said, it's surely a significant milestone in Nepali blog world.
    Thank you for the effort!

    ReplyDelete
  19. no words to appreciate your work dai..
    its really really great...

    ReplyDelete
  20. दिलीप जी नमस्कार
    तपाइले साच्चै नै स्वागत योग्य काम गर्नु भएको छ . हिजो सम्म एउटा नेपालि शब्दको खोजी गर्दा गुगल को सहारा लिनु पर्थ्यो , र त्याहा नेपालि भन्दा हिन्दि भाषा हरुका लेखको बिचमा नेपालि भाषा पुन खोज्नु पर्थ्यो र धेरै समय बर्बाद हुन्थ्यो. तर अब सजिलो हुन्छ होला भन्ने मा म बिस्वस्त छु धेरै कुराहरु अझझै पनि कमि छन . दीलिप जी एक पटक http://www.shreepunya.com लाइ पनि हेर्नुहोला धन्यबाद.

    ReplyDelete
  21. greatttttttttt workkkkkk......i enjoyed the search!!!

    ReplyDelete
  22. Appreciated your work dai...

    ReplyDelete
  23. Ma pani Nepali blogger nai ho http://www.musicbid.co.cc mero blog ho.

    ReplyDelete
  24. सराहनीय प्रयास दाइ । अझ एउटै छाना हुँदै एउटै कोठामा भएको अनुभूति हुँदैछ ब्लगरहरू ।

    ReplyDelete
  25. यो महान कार्यको लागि दाईलाई धेरै धेरै धन्यबाद । View also my blog http://www.hamrosahittye.tk/ or http://www.meromaya.tk/
    Ani daju Blogger ma "View more" Option rakhna janina kasari hola? please mero email address nishan_kalu@yahoo.com wa nishan_kalu.mypost@blogger.com ma Post gardinu hola.

    ReplyDelete
  26. दिपेन्द्र जी, तपाईँको ब्लग पनि यो सर्चमा देखिने छ अब।

    विष्णु जी, तपाईँको दुबै ब्लग हेरेँ र छिट्टै दुबैलाइ यो खोजी संयन्त्रमा पनि राख्ने छु। "View more" वा 'रिड मोर' कसरी राख्ने भन्ने बारेमा मैले अगाडि नै एउटा पोस्ट लेखिसकेको थिएँ । कृपया यो पोस्ट हेर्नुहोला ।

    ReplyDelete
  27. सर धन्यवाद है । मैले हजुरको व्लगबाट धेरै कुरा सिक्ने अवसर पाएको छु । अझै धेरै कुराहरुको जानकारीका लागि हजुरलाइ घचघचाइरहने छु अफ्ठ्यारो नमान्दिनुहोला है ।

    ReplyDelete
  28. नेपाली ब्लगर ईतिहासमा एउटा नौलो उपलब्धी अनि कोसेढुङ्गा को नमुना हो यो नेपाली ब्लगर सर्च

    ReplyDelete
  29. निकै सराहनीय कार्य! नेपाली ब्लग जगतको विकासमा एउटा कोसेढुङ्गा हो दिलिप सरको यो प्रयास।
    जय ब्लगिङ!!

    ReplyDelete
  30. Dilip jee..
    hajur le yo khojne banaunu bhako kunai/kasto khal ko HTML code Bata use bhako ho ?
    kina ki maile testai HTML/..... aru kunai COde ko IDea liyera Feri Sano Application banaune soch gare ko chu kasto %? hola ?

    ReplyDelete
  31. @ Anonymous:- I don't know what kind of application you are trying to develop, but what I used here is just Google's Custom Search service. Which is free and open to all.

    Please go to This Page and login with your gmail id and password to create it. BTW, there is no ready made Code and you need to manually insert sites or keywords to get one :).

    Good Luck !

    ReplyDelete
  32. ok thank you dilip jee..

    ReplyDelete
  33. नेपाली ब्लगको खोजी गर्ने एउटाछुट्टै सर्च साइटको सुबिधा उपलव्धगराउनुभाकोमा हजुलाई धेरैधेरै धन्नेबादछ!!यसले हामीजस्ता ब्लगर जगतमा पहिलोकदमराख्ने नेपाली ब्लगरहरुलाई निकै राहत मिल्नेछ अवस्य नै ।मैले पनि एउटा यसो ब्लग creat गरेको छु http://saugatsansar.blogspot.com/त्यसलाई यसमा (नेपाली ब्लगसर्च साइटमा) राख्न मिल्छ कि मिल्दैन होला?

    ReplyDelete
  34. सुगत भाइ, तपाईँको ब्लग यसमा समावेश गरी सकिएको छ । तर सर्चमा देखिन केही समय भने लाग्न सक्छ ।

    ReplyDelete
  35. Please add my newly created blog in the seach list . my blog link is http://thepankajpost.blogspot.com

    ReplyDelete
  36. सर, यो १२०० GCS बनाउँदा १२०० वटा ब्लगहरू कसरी अपलोड गर्नु भयो जानकारि पाउन सकिन्छ ? म sidebar मा यो राख्न मिल्ने बनाउन खोज्दै छु, तर हाल hamrocircle र nepali bloggers र अर्को लिष्टको नाम राख्दा त्यति प्रभावकारी हुन सकेको छैन ।

    ReplyDelete
  37. पंकज जी, तपाईँको साइट पनि त्यसमा राखेँ है ( सर्चमा देखिन केहि समय बने लाग्न सक्छ )

    रबिन्द्र जी, GCS मा यी साइटहरु हाल्नु कुनै गाह्रो छैन् । मैले माथी पोस्टमै पनि लेखेको छु यसको लागि कुनै गहन प्राविधिक ज्ञान चाहिँदैन भनेर। खाली यो १२०० वटा साइट लिस्टिङ गर्न मात्रै अलिकता समय लाग्ने हो GCSमा अपलोड गर्न भने एकदमै सजिलो छ ।

    तपाईँले आफ्नो Custom Search बनाउनु भयो भने "Add Sites" "Includes sites in bulk" भन्ने अप्शन देख्नुहुन्छ। त्यसैबाट सबै साइट 'एकमुष्ट' हाल्न सक्नुहुन्छ (नोटप्याडमा एक लाइनमा एउटा मात्रै साइट हालेर मिलाएर राख्ने दु:ख भने गर्नै पर्छ :) ।

    "नेपाली ब्लग सर्च" लाइ साइडबारमा राख्न मिल्ने बनाउन खासै मेहनत गर्नु पर्दैन... २-३ दिनमा फूर्सद भयो भने म नै बनाएर यही पोस्टमा अपडेट गर्छु :)

    ReplyDelete
  38. धन्यवाद सर प्रतिकृया को लागी ! मैले प्रयास गरेको थिएँ र केहि हद सम्म सफल भए झैँ लागेको छ । एक पटक मेरो साइटमा हेर्नुस त ! मैले सबै १२०० राख्नको साटो ति ३ वटा लिस्ट मात्र लिष्ट गरेको छु, त्यसले extract linked pages गरे पछी ति सबै साइट को लिङ्कमा पनि खोज्दो रहेछ । म पोष्ट हेर्दै गर्छु । धन्यवाद फेरी पनि !

    ReplyDelete
  39. my blogsite is
    www.paniphoto.blogspot.com
    plz add this.

    ReplyDelete
  40. कृपया एक पटक visit गरेर हेर्नुहोस www.dipakbhattarai.blogspot.com

    ReplyDelete
  41. ।मैले पनि एउटा यसो ब्लग creat गरेको छु http://dipakbhattarai.blogspot.com/त्यसलाई यसमा (नेपाली ब्लगसर्च साइटमा) राख्न मिल्छ कि मिल्दैन होला?

    ReplyDelete
  42. दिपक जी,
    मिल्छ ...मज्जाले मिल्छ । १-२ दिनमा म त्यो सर्चपेजको कोडलाइ अपडेट गर्छु :)

    ReplyDelete
  43. दिलीप सर नमस्कार
    यो पाना लाई पनि जोडन मिल्छ कि सर ? कष्ट गर्नु होला सर मिल्ने भए, अनि सर नेपाली ब्लगर, हाम्रो सर्कल मा जोडिन के गर्नु पर्दछ, मैले एड गर्ने प्रयास गरे तर किन हो एड भएन मेरो ब्लगको कुनै कमजोरी छ कि सर? सुझाव को आसामा छु।
    http://dipak1yatri.blogspot.com/

    ReplyDelete
  44. तपाईँको ब्लग यो सर्च पेजमा जोडीइ सकेको छ :)

    नेपाली ब्लगरमा जोडिन
    यो पेज
    र हाम्रो सर्कलमा जोडिन
    यो पेज मा मा गएर आफ्नो ब्लग डिटेल भरेर फर्म सबमिट गर्नु होला ।

    दुबै साइट व्यस्त ब्लगर साथीहरूले सञ्चालन गर्नु भएकोले त्यसमा तपाईँको ब्लग देखिन भने केही समय लाग्न सक्छ ।

    ReplyDelete
  45. Dai mero blog, www.unlimitedhorizon.co.cc, www.foodtechnology.tk and www.uh-entertainment.co.cc lai pani search list ma rakhdinu vaye aavhari hune thiye..Dai mero blog, www.unlimitedhorizon.co.cc, www.foodtechnology.tk and www.uh-entertainment.co.cc lai pani search list ma rakhdinu vaye aavhari hune thiye..

    ReplyDelete
  46. क्षितिज जी,
    तपाईँको www.unlimitedhorizon.co.cc र www.foodtechnology.tk यसमा समावेस भएका छन् । www.uh-entertainment.co.cc भने डोमेन नै रजिष्टर नभएकोले लिस्टमा राखिएको छैन। उक्त डोमेन रजिष्टर गरेर खबर गर्नुहोला, अवश्य पनि नेपाली ब्लग सर्चमा राखिने छ ।

    ReplyDelete
  47. mero Zindhgai ek kuwako pani rahe6
    Mero Zindhaga euta bandhug ko goli rahe6
    kahile yetaa kahile utaa
    ma abhaagi ko koi chhain agaadi pachhadi

    ReplyDelete
  48. Pls Add My Blogsite Link www.chautaree.com and www.merochauteree.blogspot.com

    ReplyDelete
  49. सबिन जी,
    तपाइँले माथि दिनु भएको ब्लग ठेगाना मिलेको छैन। तर तपाइँको ब्लग http://merochautaree.blogspot.com/ भने यसमा जोडिएको छ है :)

    ReplyDelete
  50. दिलिप सर मेरो ब्लग गूगल सर्च मा देखिएन किन होला?http://nepalman.blogspot.com

    ReplyDelete
  51. सुवास जी,

    आफ्नो ब्लगरको Dashboard बाट Settings>> Basic>> हुँदै दायाँ पेनमा रहेको Privacy मा क्लिक गर्नुस। यदि त्यहाँ "Not listed on Blogger. Not visible to search engines." देखिन्छ भने त्यसको पछाडि भएको "Edit" मा क्लिक गरी उपलब्ध दुबै विकल्पमा "Yes" मा चेकमार्क लगाएर 'सेभ सेटिङ्स' गर्नुस । :)

    नेपाली ब्लग सर्चमा भने तपाँईको ब्लग ठेगाना इन्ट्री गरिदिएको छु... १-२ दिनमा देखिने छ ।

    ReplyDelete
  52. dherai ramro kura haru rahe6an sir

    ReplyDelete
  53. मेरो http://www.sanosansar.net/ वा http://hamro-sanosansar.blogspot.com लाई पनि समावेश गरिदिनुस है दिलिप दाई :)

    ReplyDelete
  54. blog ko barema dherai kuraharu padna paiyo Dilip dai lai danyabadha. Ma pani yauta blog banauni socha ma chu yasko lagi k garnu parla?

    ReplyDelete
  55. great
    yasma manually halnu vayako raichha yo sarai jhanjhat kura pani hajur le tyar parnu vayako raichha thank you but my blog www.variousofblog.blogspot.com may not installed here so sir installed me thats why i will be member of this blog

    ReplyDelete
  56. sir please one time visit that bloggerofnepal's link that may not work or they may change template

    ReplyDelete
  57. दिलीप सर नमस्ते
    मेरा पनि एउटा व्लग जस्तो छ । जसलाई सर्च इन्जिनमा अपडेट गरिदिनुहुन्छ की ? कृपया कष्ट पाउनु भयो की ? sampadasanskriti.blogspot.com

    ReplyDelete
  58. http://liladharkoirala.blogspot.com
    काेईरालाकाे चाैतारी यसलाई पनि समेन्ट सकिन्छ कि ।

    ReplyDelete
  59. म पनि ब्लगर हु http://janakdangol.blogspot.com/ ! मेरो ब्लग पनि परेको छ ?

    ReplyDelete
  60. This comment has been removed by the author.

    ReplyDelete
  61. https://123deepa.blogspot.com/2021/07/blog-post_21.html

    ReplyDelete