11 July, 2010

के तपाईँको ब्लग खुल्न धेरै समय लाग्छ ?

Dilip Acharya speed“मेरो ब्लग लोड हुन धेरै समय लाग्छ, के गर्ने ?”, “मेरो ब्लग एकदमै ‘स्लो’ भयो कसरी ठीक गर्ने?” । मेरो ब्लगको च्याटबक्स र ईमेलमा प्राय: दोहरीरहने प्रश्नहरु हुन यी।

केही समय अगाडि लिइएको एउटा अनौपचारिक सर्वेक्षणका अनुसार, सामान्यतया १५ सेकेन्ड भित्रमा खुल्ने पेजका पाठकहरु पेज लोडको यो गतिबाट सन्तुष्ट हुने, ३० सेकेण्डसम्म लोड भएमा त्यसलाई सामान्य मान्ने, पुरै पेज खुल्न ४५ सेकेण्ड जत्ति लागेमा उदेक मान्ने र कुनै ब्लग वा पेज लोड हुन १ मिनेट भन्दा बढी लागेमा पाठकहरु सो पेजबाट ‘तर्सने’ कुरा उल्लेख गरिएको थियो । पेजको विषय वस्तु जतिसुकै राम्रो भएपनि पेज एकदमै ढिला लोड भएमा पाठकहरु अधीर भएर अर्कै पेजतर्फ हिँडेन कुरा समेत सो सर्वेक्षणमा उल्लेख भएको थियो । अत: सामान्य हिसाबमा हेर्दा, ब्लगको विषयवस्तु राम्रो भएर मात्रै हुँदैन, तपाइँको पेज पनि निश्चित समयावधिमा पुरै खुली सक्नुपर्छ । त्यसैले ब्लगर वा कुनैपनि साइटका सञ्चालकले आफ्नो पेजको गतिमा ध्यान दिनै पर्छ । पुराना पाठक टिकाउन र नयाँ पाठकलाई आकर्षण गर्न यसको पनि प्रमुख भूमिका रहन्छ ।

त्यसो त म आफैँ पनि यस बारेमा जानकार हैन र ब्लग वा कुनै पेज ढिला लोड हुनुमा विभिन्न कारणहरू हुन सक्छन् । तैपनि ब्लग लोड ढिला गर्ने केही प्रतक्ष कारणहरू र त्यसका सम्भाव्य समाधानहरूको बारेमा सामान्य चर्चा गर्दैछु यो पोस्टमा ।

वेब २ को विकासँगै ईन्टरनेटका पेजहरु स्टाटिक डाटाका संग्रह मात्रै हैन, डाईनामिक कन्टेन्टका स्रोत बन्न थाले । यस अबस्थामा Javascript, Iframe, CSS, Flash आदिजस्ता धेरैकुराको प्रयोग बढ्न थाले। यी नयाँ अनुप्रयोगरुले पेजमा नयाँ नयाँ विकल्प र आकर्षण थप्न सकिने भएपनि तीनकै अधिक प्रयोगबाट नकारात्मक प्रभाव पनि पर्न थाल्छन् । नितान्त प्राविधिक रुपमा नगै सामान्य तरिकाले बुझ्दा पेज लोड ढिला हुने समस्यलाई निम्न तरिकाबाट कम गर्न सकिन्छ :

१) गृहपृष्ठमा पोस्टको सङ्ख्या सीमित राख्नुस: कुनैपनि ब्लगको मुखपृष्ठ वा होमपेजमा धेरै पोस्टहरु राखेमा सो साईट वा ब्लग लोडहुन बढी समय लाग्छ । सामान्यतया ब्लगको मुख पृष्ठ वा ‘होम’ मा ५-७ वटा भन्दा बढी पोस्ट नराख्दा राम्रो हुन्छ ।

२) हल्का वा सरल टेम्प्लेटको प्रयोग गर्नुहोस्: ब्लग वा पेजमा भएका विषय वस्तु भन्दा पनि, पेज लोडलाई मन्द गर्न टेम्प्लेटको अझै प्रमुख भूमिका रहन्छ। ब्लगर वा वर्डप्रेसका आफ्ना टेम्प्लेटहरु तुलनात्मक रुपमा अन्य थर्डपार्टी टेम्प्लेट भन्दा छिटो खुल्ने गर्छन् । सुरुमै विभिन्न जाभास्क्रिप्ट, व्याकग्राउण्ड इमेज र ‘फूलबुट्टा’ सहित आउने टेम्प्लेट अक्सर बल्ग पेजलाई ढिला लोड गराउन सहायक हुन्छन् । त्यसैले टेम्प्लेट रोज्दा यस विषयमा ध्यान दिनुहोस। कुनैपनि उपयोगीताकालागि यदि ब्लगर वा वर्डप्रेसका आफ्ने ग्याजेट छन् भने थर्ड पार्टी ग्याजेटको सट्टा सोही प्रयोग गर्नुहोस् ।

३) पोस्टमा राखिने तस्बिरको आकार र संख्या: चित्र र तस्बिरहरुले कुनैपनि पोस्टलाई आकर्षक र रोचक बनाएपनि ठूला आकारका चित्र र तस्बिरहरुको अधिक प्रयोगले पनि ब्लगपेज खुल्ने समयलाई लम्बाउन सक्छ । त्यसैले आवश्यक मात्रामा मात्रै तस्बिरहरु अपलोड गर्नुहोस । तस्बिरहरु अपलोड गर्दा पिक्सल रेट घटाएर राख्नुहोस ।

४) अनावश्यक ग्याजेटहरु हटाउनुहोस: ब्लगर वा साइट सञ्चालकले याद गर्नु पर्ने अर्को महत्वपूर्ण कुरा के हो भने घडी हेर्न, रेडियो सुन्न वा युट्युबको मजा लिन कुनैपनि पाठकहरु हाम्रा पेजमा आउँदैनन् । सामान्यतया पत्रिका वा अन्य मिडियाभन्दा पृथक विचार वा फरक स्वादकालागि पाठकहरु ब्लगमा प्रवेश गर्छन् । त्यसैले ब्लगलाई ग्याजेटहरुको भार बोकाएर यसको कुनै सार्थक परिणाम आउँदैन् । अत्यावश्यक ग्याजेट बाहेकका अन्य ग्याजेटहरु ब्लगमा नराख्दा नै ब्लग लोड छीटो हुने गर्छन् ।

हुन त ग्याजेटहरुको चयनको बारेमा आ-आफ्नै धारणा हुनसक्छन् । तर मैले देखेका केही अनावश्यक ग्याजेट र तीनका ‘अनावश्यकता’ यस प्रकारका छन्:

घडी: ब्लगमा राखिने विभिन्न रंग रुपमा आउने घडीको कुनै उपयोगिता छैन। सामयन्यतया, ईन्टरनेट भनेको कम्प्युटर वा मोबाईल बाटै हेरिन्छन र यी दुवै संयन्त्रमा घडी मात्रै हैन ‘वर्ल्ड टाईम’ पनि हुने नै गर्छन् ।

क्यालेण्डर: मेरो बिचारमा ब्लगमा रहने यो अर्को अनावश्यक ग्याजेट हो। कारण जसरी हरेक कम्प्युटर र मोबाईलमा घडी हुन्छन् त्यसरी नै तीनमा क्यालेण्डर पनि हुने नै गर्छन् । अङ्ग्रेजी वा नेपाली महीनाका तिथी समेत देखाउने कम्प्युटर सफ्टवेयरहरु उपलब्ध भैसकेका अबस्थामा ब्लगमा राखिने क्यालेण्डरको कुनै महत्व होलाजस्तो मलाई लाग्दैन् । र सामान्य अबस्थामा बार, महिना वा गतेको पहिचान गर्न र “अहिले कति बजेछ हेरौँ !” भनेर हाम्रो ब्लगमा कोही आउँदैनन् भन्दा फरक नपर्ला।

युट्युब भिडियो: युट्युब वा अन्य कुनै साइटमा उपलब्ध भिडियोको कोडहरु ब्लगको साइडबारमा हाल्ने बित्तिकै, हरेक पल्ट ब्लग खुल्दा सो भिडियो पनि लोड हुनै पर्छ। फेरि हामीले आ-आफ्नो चयनको आधारमा राखेका भिडियोहरु हाम्रो ब्लग भिजिटरलाई पनि मन पर्छ नै भन्ने पनि छैन्। त्यसैले यदि तपाईँ भिडियो ब्लग नै चलाउनुहुन्छ भने भिन्दै कुरा, नत्र अन्य ब्लगका साइडबारमा युट्युबको भिडियो राख्नु भनेको पेजलाई सुस्त बनाउनु मात्रै हो । यसमा यादराख्नु पर्ने कुरा के छ भने आफूलाई चाहीएको भिडियो हेर्न दर्शकहरु सिधै युट्युब वा अन्य भिडियो साइटमै जान्छन् र कुनै यस्तै भिडियो सेयर गर्नुछ भने फेसबुक, ट्विटर वा अन्य सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ ।

फल्यास, व्यानर र एनिमेशन: पेजलोडलाई ढिला गर्ने यो अर्को प्रमुख कारकतत्व हो । हुन त सोच वा चयन आ-आफ्नै हो, तर ब्लगलाई झीलिमिली बनाउन बल्गको साइडबार, हेडर वा फुटरमा राखिने एनिमेशन वा फ्ल्यास आदिले प्राय: ब्लगलाई आकर्षक भन्दा पनि भद्दा र ढिला मात्रै बनाएको पाएको छु ।

व्याक ग्राउण्ड संगीत, रेडियो र टि.भी: कुनै ब्लग खोल्ने बित्तिकै, स्वचालीत रुपमा बज्ने रेडियो, टेलीभिजन र व्याकग्राउण्ड संगीत कहाँ कहाँ छन् भनेर खोज्दै र बन्द गर्दै गर्नु पर्दा भिजिटरलाई उदेक लाग्ने मात्रै हैन यस्ता अनुप्रयोगले ब्लग खुल्ने समयलाई अनपेक्षीत रुपमा बढाउने गर्छन् ।

मैले माथि नै भनिसकेँ, अहिलेका ‘स्मार्ट भिजिटर’ हरू रेडियो सुन्न, टिभि हेर्न वा कुनै खवरकालागि सिधै सो सेवा प्रदान गर्ने आधिकारीक साइटमा जान सक्षम छन् र हाम्रा ब्लगमा ती बाहेकका अन्य सामाग्रीका लागि मात्रै आउने गर्छन् ।

फोटो एल्बम: ब्लगका साईडबारमा राखिने स्वचालीत एल्बम वा स्लाइड सो राख्दा पेज केहीहद सम्म आकर्षक त देखिन्छ । तर प्रत्येक तस्बिर वा पुरै स्लाइडका लिन्कपनि हरेक पटक पेज खुल्दा वा रिफ्रेस गर्दा पुरै लोड हुनु पर्ने हुनाले यसले पनि पेज लोडको समयलाई नराम्ररी असर गर्छ। फेरि यहाँ पनि ब्लगरको चयनका तस्बिरहरु भिजिटर सबैलाई मन पर्छ नै भन्ने पनि केही छैन् ।

यसबाहेक मैले देखेका अनवश्यक ग्याजेटहरुमा राशीफल, मौसमको भविश्यवाणी, गेमहरु आदि पनि पर्छन् । समष्टिमा तेस्रो पार्टी, अर्कै सर्वरमा निर्भर वा असम्बन्धित कुनै पनि ग्याजेट वा अनुप्रयोगहरु ब्लग लोड हुनकालागि समयावधि बढाउनेमा प्रमुख कारकतत्व हुन र यीनलाई न्युन गर्दा ब्लग छिटो खुल्छ नै ।

Happy Blogging!

22 comments:

  1. उपयोगी जानकारीको लागी धेरै धेरै धन्यबाद यहांलाई | ब्लग आफैंले खोल्दा त्यति समस्या त देखेको छैन मेरो ब्लगमा, तर अरुले खोल्दा कस्तो छ कुन्नि ? उतिसाह्रो गजेट राख्न नजान्ने हुनाले अज्ञानको लाभ पो मिलेको हो की ?

    ReplyDelete
  2. म पनि यी कुराहरुलाई मनन् गरेको छु। बिचार पुर्याउने नै छु र सके सम्म छिटो र छरितो बनाउने प्रयास गर्ने छु। जानकारीको लागी धेरै धेरै धन्यबाद है दिलिप सर..

    ReplyDelete
  3. उपयोगी जानकारीको लागि धन्यवाद दाजू...

    ReplyDelete
  4. उपयोगी जानकारीको लागि धन्यवाद Sir

    ReplyDelete
  5. कुरा त एकदम ठिक नै हो ! आफ्नो बारेमा भन्नुपर्दा सकेसम्म, छिटो छरितो बनाउने कोशिस त गरिरहेको छु, त्यही पनि केही त्यस्तै कुराहरु ले गर्दा, अक्सर अन्य ब्लगहरु भन्दा तुलनात्मक रुप मा ढिलो खुल्छ भन्ने प्रतिक्रियाहरु पाइरहेको छु ।

    अनि अर्को कुरा, यो गुगल को फ्रेन्ड कनेक्ट तथा फेसबुक का प्लगिनहरु ले पनि साइट ढिलो खुलिरहेको हुन्छ । सकेसम्म, गुगल को फ्रेन्ड कनेक्ट तथा फिडजिट जस्ता विगेटलाई ब्लग को अन्तिम तिर राख्नु नै राम्रो हुन्छ ।

    अनि माथि भनिएजस्तै, युट्युब का भिडियो र रेडियोहरु अचानक बज्ने ब्लगहरु खुल्न निकै समय लाग्छ !!!

    ReplyDelete
  6. Dilip dada ra aakar dada ko kura thikai ho, mero pani blog ekdamai dhila khulne garne gar6, ajha dherai gadget bhayera pani ho , aaba haluka banauparne bhayo..

    ReplyDelete
  7. उपयोगी जानकारीको लागी धन्यवाद, सर ।

    ReplyDelete
  8. एकदम रसिलो जानकारी । सबै ब्लगरहरुले यस्तो समस्या बेहोरिरहेका छन्, तपाईको पोष्ट यतिखेर सान्दर्भिक बन्यो । तपाईले उल्लेख गर्नुभएका हरेक कुरालाई मैले मनन पनि गरेको छु । कतिपय ब्लगर साथीहरुको ब्लगमा जान्छु त्यहाँ प्रयोग भएका ‘फूल बुट्टा’हरुले टाउको दुखेर आउँछ । कतिपयले त टिभी कार्यक्रमहरु, ब्यानर एनिमेशनहरु पनि राख्नुभएको छ तपाईले भनेझैँ ब्लगमा सो हेर्न को नै आउँला र ?

    ट्याम्पलेटको सन्दर्भमा पनि मेरो पनि चित्त बुझेको छैन् । मैले अहिले वर्डप्रेसबाट ब्लगरमा कन्भर्ट गरेको ट्याम्पलेट प्रयोग गरिहेको छु । ब्लगरले अहिले केही नयाँ टेम्पलेटहरुको निर्माण गरेको छ, आफ्नो ट्याम्पलेट आफैँ बनाउने सुविधा थपेको छ तर अझै पनि मलाई त्यसको रुपाङ्कन मन परेको छैन तसर्थ थर्ड पार्टी ट्याम्पलेट नै प्रयोग गर्दै आइरहेको छु । आशा ब्लगरले आगामी दिनहरुमा आर्कषक ट्याम्पलेटहरु राख्नेछ ।

    तस्वीरको सन्दर्भमा मलाई पनि थोर बहुत केही जानकारी छ । तस्वीर ठूलो साइजको छ भने त्यो लोड हुन समय त लाग्छ नै फलस्वरुप तस्वीर ठूलो राख्नाले ब्लगको रुपाङ्कन नै विग्रिर्ने गर्छ । यस्तो समस्याबाट बच्न Photoshop अथवा Microsoft Office Picture Manager को प्रयोग गर्न सकिन्छ । फोटोसप भन्दा Microsoft Office Picture Manager चलाउन सरल छ । यसको रिसाइजमा तस्वीरलाई कुन साइजमा ढाल्ने (Document size, Web size, Email size आदी) सबै अप्सनहरु उपलब्ध छ । यसले तस्वीरको साइजलाई कम त पार्छ नै तस्वीरको MB लाई KB मा कन्भर्ट गर्ने गर्दछ । सानो तस्वीर पोष्टको छेउमा राखेको नापनक्सा नै आकर्षक देखिन्छ नी । फलस्वरुप पोष्ट लोड हुन नी समय लाग्दैन । :D

    मेरो ब्लग पनि लोड हुन ढिलो हुन्छ होला । मैले राखेका केही अनावश्यक फूलबुटाहरु हटाउने नै छु । तर ट्याम्पलेट चाहिँ थर्ड पार्टी नै मन परेको छ । होमपेजका केही पोष्टहरु पनि घटाउनु पर्ला । आशा गरौं कम समयमा खुल्छ कि ?

    दाई, एकदम गतिलो पोष्टको मज्जा लिन पाइयो यस्तै ब्लग टिप्सहरु हप्तामा एकचोटी पस्किनु भए हामीहरु आभारी हुने थियौं । नेपाली ब्लग टिप्स दिने ब्लगहरु छैनन् तपाईको बाहेक त्यसैले त्यो अभाव खड्किएको हो हाम्रा लागि । नयाँ ब्लग टिप्सको आशामा छु ।

    ReplyDelete
  9. ब्लगरबाट डेरा सरेर वर्डप्रेस पसे देखी पेज छिटो खुल्नेमा निकै सुधार भएको थियो । तपाईंको सल्लाह मानेर मैले मेरो होमपेजमा १० को साटो ७ वटा मात्र पोस्ट राखेको छु, यसले थप छिटो हुन्छ होला ।

    वर्ल्ड कप पछी बल्ल ब्लगहरु चाहर्न थालेको, धेरै पछी पो परिसके छु :)

    -Prajwol-

    ReplyDelete
  10. एकदम सान्दर्भिक जानकारी, अझ विशेष गरि ब्लगको भित्तामा अनेक थोक राख्न र लिपपोत गरिरहन मन पराउने ब्लगरका लागि त झनै उपयोगी हुने रहेछ।

    ReplyDelete
  11. दिलिप दाईको ब्लग टिप्स एकदम मन प¥यो । मेरो ब्लग पनि ढिलो खुल्छ .... दाईले दिएको टिप्स प्रयोग गर्नु पर्ला .....

    ReplyDelete
  12. सामान्य कुरा भए पनी बिचार नपुग्ने कारणले गर्दा दाइले भनेका समस्याहरु अक्सर आउन गर्दछन् । जे होस टीप्स राम्रो छ । व्यवहारमै लागु गर्न पर्ला ।

    ReplyDelete
  13. एकदमै सहि र उपयोगी कुराहरु । मलाई पनि पहिले त लिप्पोत्मा निकै चाख थियो तर बुझ्दै जादा सबै नकाम लाग्न थाले। अझै पनि हटाउनु पर्ने कुराहरु छन् मेरोमा पनि। जानकारीको लागि धन्यबाद दिलीप दाई।

    ReplyDelete
  14. दाई नमस्कार तपाईँको यो पोष्ट सारै मन प¥यो । मेरो ब्लगमा पनि यी कुराहरु अब तुरुन्त सुधार गर्ने छु । तर दाई यहाँ थर्ड पार्टी टेम्प्लेटको बारेमा चर्चा हुँदा म भने निकै अनविज्ञ रहेछु जस्तो लाग्यो । यस्को निम्ति के गर्नु पर्ला मलाई ब्लगरको आफ्नै टेम्प्लेट मन परेको छैन । के टेम्प्लेटहरु फ्रीमा डाउन लोड गर्न सकिन्छ ? यस्लाई कसरी अपलोड गर्ने र व्यवस्थीत गर्न के गर्नु पर्ला ? अनि अर्को प्रश्न ब्लगर वा वर्डप्रेश प्रयोग गर्ने कतिपय व्यक्तिले .com, .com.np जस्ता डोमन नेमहरु पनि प्रयोग गरेको देखेको छु ? यो कतिको आवश्यक छ ?? के पुरै वेब साइट स्पेश नकीने यसरी नै डोमेन नेम मात्र किन्नु कतिको उपर्युक्त हो ? कृपया यस्को बारेमा पनि एउटा पोष्ट राख्नु भए हामी जस्ता सीकारु ब्लगर आभारी हुने थियौँ ।

    ReplyDelete
  15. नाम उल्लेख नगर्नुहुने भाइ,

    थर्ड पार्टी टेम्प्लेट कहाँ खोज्ने, कसरी हाल्ने र कसरी ब्गगरकै टेम्प्लेटलाई सम्पादन गर्ने भन्ने बारेमा मैले केही समय अगाडि यो पोस्टमा लेखिसकेको छु। त्यसैले थर्ड पार्टी टेम्प्लेट बारे जान्न यही पोस्ट हेर्नुहोला ।

    ब्लगरकै सब-डोमेनमा ब्लग चलाउने कि आफ्नै डोमेन दर्ता गरेर चलाउने भन्ने बारेमा सबैको भिन्दा भिन्दै दृष्टिकोण हुनसक्छन् । यसका फाइदा र बेफाइदाहरु पनि छन् । म भने हालसम्म ब्लगरकै सब डोमेनमा ब्लग चलाइरहेको छु र व्यक्तिगत हिसाबमा मलाई यो नै ठीक लाग्छ । समय मिलेमा यस बारेमा कुनै पोस्ट लेख्ने नै छु ।

    ReplyDelete
  16. Good Job.

    Euta check garne site ko link pani halnu bhaeko bhaya sun ma sughanda hune thiyo.

    ReplyDelete
  17. दिलिप दाई तपाईँलाई धेरै-धेरै धन्यबाद,अतीउपयोगी जानकारीको लागि ।

    ReplyDelete
  18. एकदमै उपायोगी जानकारी मैले पनि मनन त गरें तर तपाईंले जे नराख भन्नु भएकोछ सबै मेरो ब्लगमा त्यही नै छन् कसो गरौ ?

    ReplyDelete
  19. nice post....it really helps us to reduce load time of our blogs...keep it up..!!!!!!!

    ReplyDelete
  20. upayogi kura ko lagi dherai dherai dhandebad dina chahanchhu...tapailai... maile ni rahar rahar mai blog banayeko thiye.. tara yo blog bata hamile arthik faida pani lina sakinchha???

    ReplyDelete
  21. एकदमै राम्रो टिप्स । मन पर्यो ।

    ReplyDelete
  22. मेरो ब्लग गुगल सर्चमा भेटिएन । के गर्ने होला ?

    ReplyDelete