01 June, 2010

...अनि ब्लगर अवाक् हुन्छ !

नेपाली ब्लगको दायरा दिन प्रतिदिन बढ्दै छ । ईण्टरनेट माथिको सहज पहुँच र नेपाली युनिकोडको सरलताले गर्दा प्रत्येक दिन जसो नयाँ नयाँ ब्लगहरु खुल्दैछन् । यो सब विस्तार र विकास सँगै ब्लग जगतमा केही यस्ता रमाईला घटनाका संयोगको अनुभव तपाईले पनि पक्कै गर्नु भएको होला । हेर्नुस र केही छुट-पुट भएको भए तपाई पनि थप्नुस; के कति कारणले ब्लगरहरु अवाक हुँदा रहेछन । सोच्नुस त, यस्तो अबस्थामा तपाई के गर्नुहुन्छ ?

१) सहयात्री ब्लगरले लगातार तेस्रो पटक तपाइलाई थोप्पै  मन नपर्ने विषयमा लेखेको छ । कमेण्ट गर्न पटक्कै इच्छा छैन, तर उसले तपाईको एउटै पोस्टमा २ पटक कमेण्ट लेखि सकेको छ ।

२) तपाईले एउटा सामान्य विषयमा टाँसो लेख्नु भएको छ। तर एउटा बेनामी पाठकले पोस्टमा उठाउँदै नउठाएको विषयलाई लिएर कमेण्ट बक्समा भारी-भरकम शब्दका साथ तपाईको विचार गलत भएको तर्क प्रस्तुत गर्दै पोस्ट भन्दा लामो कमेण्ट लेखेको छ ।

३) अघिल्लो दिन, दिनभर तपाइलाई फुर्सद भएन, राती घरमा बत्ती निभ्यो। बिहान उठेर हत्तपत्त तयार पारेको एउटा तात्तातो विषयको टाँसो पोस्ट गर्न खोजेको त अर्को सहयात्री साथीले त्यही विषयमा दुरुस्तै टाँसो टाँसेर ४-५ वटा कमेण्ट पनि कमाईसकेको रहेछ ।

४) तपाईले २ दिन लगाएर १० ओटा किताब पल्टाएर अनि गुगल र विकिपेडीया सक्दो खोजी गरेर "यो चाहीँ गज्जब लेखेँ है" भन्ने खालको पोस्ट टाँसेको ३ दिन भैसक्यो । एउटा कमेण्ट समेत आएको छैन ।

५) अर्को पटक, त्यस्तो दु:ख गरेर लेखेको पोस्टको त कसैले प्रशंसा गरेनन् 'ल ज्जा आज यही हालिदिन्छु' भनेर सोच्दै नसोची तपाई एउटा पोस्ट ठेल्नुहुन्छ । एक घण्टा भित्रै पन्ध्र कमेण्ट र सत्र "लाइक" वर्षी सकेको हुन्छ ।

६) तपाईले ब्लग सुरु गर्नु भएको पाँच वर्ष भैसकेको छ र तपाई आफूलाई 'सिनियर ब्लगर' ठान्नुहुन्छ । आज तपाईको च्याट बक्समा एकजना भर्खरै ब्लग खोलेको र सबै पोष्ट यता-उताबाट संकलन गरेर पाना भर्नेले "Hey dude…Nice starting… keep it up !" लेखेर गएको छ ।

७) यता तपाई कुन विचारधाराको मान्छे हो भनेर तपाई आफैंलाई नै 'क्लिएर' छैन। उता तपाईकै ४ वटा पोस्ट पढेर ४ जना फरक फरक व्यक्तिले तपाईलाई 'माओवादी', 'कांग्रेसी','एमाले' र 'राजावादी' को समेत तक्मा भिराएर कमेण्ट बक्स भरीसकेका छन ।

८) तपाईले एउटा कविता लेख्नु भएको छ र सो कविता 'कविता' बन्यो कि बनेन भन्नेमा आफैं भ्रमित हुनुहुन्छ । एकजना 'जानकार' पाठकले कमेण्ट बक्समा 'वाह ! क्या राम्रो गजल!। मतला, मकता लगाएत सबै सेर सशक्त छन, काफियाको प्रयोग जोडदार छ, रदिफको चयन उत्कृष्ट छ..., ..." भन्ने टिप्पणी छोडेको छ ।

९) तपाई ईण्टरनेटमा घुम्दा घुम्दै एउटा विक्लुलै नयाँ ब्लगरको ब्लगमा पुग्नुहुन्छ। ब्लगमा एउटै पनि पोस्ट छैन, तर १० जना पुराना भेटरान ब्लगरहरु "फलोअर" बनि सकेका छन ।

१०) तपाईले दुई वर्ष अगाडि एउटा लेख लेख्नु भएको थियो । समय र परिस्थिति बदलीइ सकेकोले आफैलाई पनि कहिले र के लेखेको थिएँ भन्ने हेक्का छैन। आज अचानक त्यो दुई वर्ष पुरानो पोस्टमा एकजना 'फ्यान' ले "एकदमै समसामयीक र प्रासंगिक पोस्ट" भनेर कमेण्ट छोडेको छ ।

११) एकजना ब्लगरको ‘तातो पोस्ट’मा तपाईले आफ्नो विचार कमेण्ट मार्फत राख्नु भएको थियो । एक हप्ता पछि फर्केर हेर्दा केही 'प्रबुद्ध पाठकहरु' ले सहयात्रीको पोस्ट नै नपढी, तपाईको कमेण्टको विरोधमा मात्रै १० ओटा नयाँ प्रतिक्रिया लेखिसकेका रहेछन ।

१२) हिजो तपाईलाई <h1> र </h1> को बीचमा शब्द राख्दा के हुन्छ र <b> </b> ट्यागले के गर्छ भनेर एकजना नयाँ ब्लगरले सोधेका थिए ।आज तपाई ति नयाँ ब्लगरको पेजमा जानुहुन्छ, त्यहाँ आज HTML, JavaScript र CSS को बारेमा १० ओटा नयाँ tutorial त्यो पनि एकै दिनमा पोस्ट गरिएका छन् ।

१३) एक हप्ता अगाडि तपाईले एउटा संवेदनशील विषयमा पोस्ट टाँस्नु भएको थियो । बीचमा फुर्सद नभएर आफ्नै ब्लग पनि हेर्न भ्याउनु भएन । आज ईन्टरनेट खोल्दा १५ कमेण्ट आएको देखेर तपाई हत्तपत्त 'फुल पोस्ट' हेर्नुहुन्छ । पन्ध्रै वटा कमेण्टमा "हा हा हा..." , "हि हि हि...", "हु हु हु ..." लेखिएको छ ।

१४) अवाक भएर, "रमाइलै त हो" भनेर यसपाला तपाई "हाँसो ठट्टा" अन्तर्गत केही रमाइला व्यङ्ग्यहरु टाँस्नुहुन्छ । एक घण्टा भित्रै "अत्यन्तै सान्दर्भिक!", "सही विश्लेषण…" र "धरातलीय यथार्थको उचित व्याख्या…" भन्ने सत्र टिप्पणी प्राप्त हुन्छ ।

20 comments:

  1. हे हे "अत्यन्तै सान्दर्भिक" लाग्यो ।
    कता कता मैलाई जिस्काउनु भा'को त होईन झैँ लाग्यो नि त :P

    ReplyDelete
  2. chinese spam ले हरेक 15 दिन पुरानो post हरुमा comment गरेको गरेकै गर्छ ।।।

    english bata nepali unicode ma convert nagari nep-english ma type garchha! (ओहो आँफै परियो त ! )

    ReplyDelete
  3. हा हा हा...हि हि हि...हु हु हु......हे हे हे......

    यतिनै लेखेर छोडौँ कि दाई??? फेरि मनले मानेन के गर्नु । मन छोयो मेरो त । यसो सोचेको खै अरू कुनै फरक अवस्था दिमागमै आएन । आएछ भने फेरि कमेन्ट हान्छु है त । मनमनै हाँस पनि उठी'राछ तपाईको लेख पढेर । खासमा यस्तै नै हुन्छ प्रायजसो!!

    ReplyDelete
  4. हा हा हा...हि हि हि...हु हु हु......हे हे हे.....

    Yes, this is the truth. thats how we are growing... :D

    Overall, again this post is "सान्दर्भिक"... ha ha ha

    @nkm, very much true...chinese spam ले हरेक 15 दिन पुरानो post हरुमा comment गरेको गरेकै गर्छ ।।।

    ReplyDelete
  5. Yes, this is the fact which we face everyday!

    ReplyDelete
  6. JPT comments beside spam ta chadai cha, yeuta le ta kasto na ramro basha use gareko cha, tyo pani keti ko mail ID use garera. Any way hahaha this time i thought i wrote one intresting topic where my friends will share their memories, but no one did, when i listed in 2nd itme in Fb then 2 frens did comments hehehehe :) anywayz guys, hahahah yo link malai aakar le deko ahile hera bahenra ( acharya ji i do see u r blog time to time just hehehe as i expect comments i hardly do comments on others ) :( LOL
    any way akar knows why i mention it here hehehe

    ReplyDelete
  7. अब ब्लगर नै परियो। एक दुइ वटाले छोयो कि मलाई पनि तर यथार्त र वास्तविकता यहि नै हो ।
    ब्लगमा हुने मनोमानीमा शब्दधारको रमाइलो प्रस्तुति । हा हा हा

    ReplyDelete
  8. हा हा हा...

    अवाक् हुनुको विकल्प नै छैन !! खासमा माथि आकारजीले भनेझैँ हामीहरु यसरी नै grow गर्दैछौँ :)

    ReplyDelete
  9. १२, १३, १४, नम्मर संग मेरो सहमती छ, ब्लगर न परीयो,

    जस्तालाइ त्यस्तै गर्नु पर्छ, उताबाट कमेण्टमा हा हा। हिहिहिह अायो भने अाफुले कमेण्ट गर्दा पनि त्यस्तै गर्यो,

    यस्तै छ यहाँको चलन,

    ReplyDelete
  10. अवाक् भएपछि मुसुमुसु हाँस्दै पढ्ने र थपक्क बाहिरिने होला नि ।

    ReplyDelete
  11. hahaha atyantai Sandharbhik lagyo post bhanera comment aauda awak nahunu hola hai!

    ReplyDelete
  12. hehehehe.
    tyasto ta dherai patak bhayo malai ta.

    ReplyDelete
  13. दाईको ब्लगर मनोविश्लेषण साह्रै सान्दर्भिक लाग्यो हैं । जे भए नि आफु त ब्लग साधनामा लागिरहेछु, प्राप्ती के हुन्छ थाहा छैन ? एकप्रकारको सुखको अनुभूत चाहिँ पक्कै गरेको छु मैले । यस्तै अवाक्कपनहरु कहिलेकाँही तड्पन हुन्छ प्रत्येक पल अनि एक ब्लगर मित्रले एउटा छोटो कमेन्ट ठेलिदिनुहुन्छ मेरो पोष्टमा झन् टाँस्न मनलाग्छ हा...हा...हा...हा

    अँ साच्चै माथि नवीन जीले भन्नुभएको चाइनीज स्पामले चाहिँ घायल पा¥यो है मलाई पनि । मेरा पनि पुरानापोष्टहरुमा कमेन्ट गर्न छाडेको छैन् । निराकरण के गर्ने भन्ने बारे बेखबर छु........माथिको जस्तै अवाक्क !! । दाई गजबको टाँसो सलाम छ मेरो ।

    ReplyDelete
  14. मेरो विचार मा धेरै जस्तो त spam कमेन्ट ले गर्नु गर्छ
    aani English ma lekeko ho ki Nepali ma tyo pani bujhnai garho.

    Good post दिलीपजी ... nice start keep it up ...
    LOL

    ReplyDelete
  15. हेहेहेहेहेहेहे । ब्लगरको हैसियतले भोग्नुपर्ने र भोगेको वास्ताविकतालाई मुसुमुसु हाँस्दै पढे मैले । घत परेरै मुस्कान छायो दीलिपजी।

    ReplyDelete
  16. ल है यो त धरातलीय यथार्थको उचित ब्याख्या भयो ! सत्रौं कमेन्ट लेख्ने रहर थियो, सोह्रौं हुनपुगेछ|

    ReplyDelete
  17. गज्जबको ब्लगर-मनोविश्लेषण! एकदम रमाईलो लाग्यो।

    ReplyDelete
  18. ब्लग खोलेको ४-५ बर्ष भाईसक्दा पनि न कुनै फलोअर छन न कुनै राम्रो कमेन्ट हुँदा....................अनी ब्लग्गर अवाक हुन्छ

    ReplyDelete
  19. मैले यो तपाईले पोष्ट गर्ने बित्तिकै ससर हेरको थिए तर केही लेखिन। आझ फेरी राम्रो सग पढे, बेस्करी हासो पनि लाग्यो, कयौ कुराहरु मिल्न पनि गयो।। साह्रै गहिराईमा नेपालि बल्ग मनोबिज्ञानलाई बुझ्नु भएको प्रमाण हो यो। हेर्दा ठट्टा लाग्छ, लौ एक पटक जोक्सनै गरिदिउ जस्तो भनेर लेखेको जस्तो लाग्ला तर तपाईको गहन अध्यन बिचारक दृश्य हो यो।

    ReplyDelete
  20. hello firend malai tapaiko blog bahut hi man pareo ra ma din ko 1,2 bar ta kholchu pani naya ke cha bhani ani maile pani ek blog banaye ko chu yesma kehi kami hunshacha yedi bhayema plz plz maile bataune satt garidinu hola ..mero blog ko add.ho www.arghakhachionline.blogspot.com
    ra mero email id ho : gokulsharma97@gmail.com

    ReplyDelete