19 December, 2009

तीन सुत्रकथा

महान नेता

महान नेताले नागरिक हितकोलागि दिनभर शहरलाई अस्तव्यस्त बनाउनु भयो । कतै भुसतिघ्रे लगाएर प्राध्यापक कुटाउनु भयो, कतै ढुंगामुडा गरेर गाडीका सिसा फुटाउनु भयो । साँझमा दिनभर भएको जन-धनको क्षतिको विवरण जुटाउनु भयो। अनि यो सरकारले शान्ति स्थिति कायम राख्‍न नसकेकोले आफैंले सरकार बनाउन पाउनु पर्ने कुरा उठाउनु भयो ।

राष्ट्रभक्ति

कवि सम्मेलनमा कविज्यूले राष्ट्र प्रेमले ओतप्रोत भएको एकदमै मनछुने कविता बाचन गर्नु भयो । श्रोताहरु उनको राष्ट्र प्रेम देखे मुग्ध भए, निर्णायकहरु उनको वीर रसको भाव सुनी स्तब्ध बने । तुरुन्तै उनको राष्ट्रभक्तिको कदर गर्न दुई हप्ता पछि दोशल्ला ओढाउने निर्णय भयो ।

कार्यक्रको दिनमा कविज्यूको सट्टा अर्कै व्यक्ति पुरस्कार थाप्न आए, अनि कविज्यू आफ्नो डि.भि. को उपयोग गर्दै अघिल्लै हप्ता अमेरिका तर्फ उडेको बताए ।

यथार्थ र आदर्श

के.एफ. सी. को फास्ट फुड खाँदै गर्दा, एकजना विदेशी साथीले युट्युबमा हेरेको गढीमाई मेलाको भिडियोको चर्चा उठायो। यस्तो हिंसा बन्द गर्नु पर्ने जोडदार तर्क जुटायो। मैले आफू मांसहारी भएसम्म यस्तो कुराको विरोध गरेर बुद्धि बिलास नगर्ने बताउँदा बताउँदै नजिकै आईसकेको चाडको लागी टर्की जुटाउन हत्तार भएको भन्दै आफ्नो बाटो ततायो ।

23 comments:

  1. हा हा....महान् नेता चैँ एकदम गज्जबको छ दाइ...

    ReplyDelete
  2. सटीक छ दाइ! हाम्रो समाजका ढोंगीहरुलाई दह्रो झापड दिएको छ।

    ReplyDelete
  3. 'महान नेता' साँच्चै गजब लाग्यो ।

    ReplyDelete
  4. दाम्मी दाम्मी गयो दाजू!!दिल खूस हुवा!!!!!

    ReplyDelete
  5. यथार्थ र आदर्श कुरा चहीँ गज्जब लाग्यो, हा हा हा हा
    http://www.ddusworld.co.cc/

    ReplyDelete
  6. "महान नेता" को "राष्ट्रभक्ति" , "यथार्थ र आदर्श" सबै देखियो ।
    ३ लाइन ले पनि मज्जा को कथा बन्दोरहेछ । अब माथि को कथाहरु मा कस्तो प्रतिक्रिया दिउँ आफैँ अलमल मा परियो । मन खोलेर हाँस्दैछु, अशेष दाइ ले भने झैँ ये दिल खूस हुवा, दिलिप दाइ ! हा हा हा
    :)

    ReplyDelete
  7. यी तीन वटै छोटा कथाहरुले हजारौं शव्दमा व्याख्या गर्दा पनि कमि हुने निक्कै कसिलो व्यंग्य बोकेको छ, अझ दोस्रो कथाले त विवशता पनि उजागर गरेको छ । असाध्य मन परे ।

    ReplyDelete
  8. sadaa jhai shasakta . samajkaa kusanskar biruddha kuriti biruddha .

    ReplyDelete
  9. तीनवटै कथा सटिक छन्। दोस्रो कथा चाहिँ यो वा त्यो बाहनामा विदेशिन पुगेका हामी आफै माथिको पनि व्यंग्य हो कि :)

    ReplyDelete
  10. महान नेता
    राष्ट्रभक्ती
    यथार्थ र आर्दश

    तीन वटै लघुकथा मलाई समय सान्दर्भिक लाग्यो ।

    महान नेतामा नेताको चरितार्थ जस्ताको त्यस्तै पस्कनुभएको छ । यस्तै समाजका खलपात्रहरुले नै गर्दा नेपालले अर्थपूर्ण निकास नपाएको ।

    राष्ट्रभक्तिमा स्रष्टाहरुको द्वैध मानसिकतालाई मज्जाले क्याप्चर गर्नुभएको छ तपाईले । लेख्दा एकथोक लेख्छन् अनि व्यवहार भने चाहिँ गर्छन्.....यस्तै हो ।

    यथार्थ र आदर्शमा पनि चित्त बुझ्यो मेरो । दहीचिउरे मानसिकताको पर्दाफास भएको छ ।

    ReplyDelete
  11. मैले पहिले नै यो ब्लगमा छोडेको कमेण्ट फेरी प्रयोग गर्न पर्ने भयो :D "तपाइको शब्द प्रयोग
    को efficiency लाई मान्नै पर्छ है, थोरै खर्चेर धेरै ब्यक्त गर्न सक्ने ।"

    Prajwol

    ReplyDelete
  12. अलिकति लामो भको भए त लघुकथा ।।। यसलाई चाँहि के भन्ने नि दिलिप दा ???

    तर मैले पनि यस्तो सानो कथा रचेको छु नाम नथाहा भएनि ।।.....

    http://ametya.wordpress.com/2007/12/16/oho/

    ReplyDelete
  13. दिलिप जी ले प्रस्तुत गर्नु भएको लघु कथामा ति माहान नेताको आदत र कवीको खोक्रो आदर्शले भरिएको राष्ट्रभक्ति अहिलेको समाजको यथार्थपन हो !

    ReplyDelete
  14. सटिक प्रश्तुती!! छोटो तर लामो अनि जोडदार झटारो। साह्रै चित्त बुझ्यो। तपाईले भने जस्तै महान नेता साच्चै महाननै छन।

    ReplyDelete
  15. भावनात्मक हिसाबमा महान नेताको राष्ट्र भक्तिको आदर्श र यथार्थ, हरेक एक से एक छन |

    तर पछिल्लो कथामा "बिदेशी" शब्दको प्रयोग अनाबश्यक लाग्यो | पहिलो कथा भने कविता जस्तै छ, जति शब्द, वाक्य चाहिने हो त्यति मात्र प्रयोग गरिएको छ | Perfect one...

    ReplyDelete
  16. तिनवटै कथाले तिब्र झटारो हाने दिलीप दाई हाम्रो राजनीति, देसभक्ति र नेपाली यथार्त र आदर्शमा ।

    ReplyDelete
  17. दाजु,१ हरफमै सबै कुरा खोल्दिनु भो।

    ReplyDelete
  18. Very well penned as usual...careful selection of words that speak volumes.

    ReplyDelete
  19. महान् नेताले त कमाल नै गरेको छ । महान् माननीय नेताज्यू एकाएक 'हाननीय महोदय' त्यसै हुनुभएको होइन ।
    एक श्वासमै पाखण्डीपनको गन्ध छुटेको छ । गजब छ दाइ पहिलो चाँही ।

    ReplyDelete
  20. सकेसम्म छोटो मा आफ्नो निरिक्षण् सटिक रुपले राख्नुहुने दिलिप ब्रो लाइ धन्यबाद र बधाई

    हामि सबै यस्तो 'पाखण्ड' को खिसी गर्छौ तर के यी सबै हाम्रै रुपहरु हैनन ?

    ReplyDelete
  21. हा ! हा !! हा !!! रमाइलो लेख पढ्न पाइयो ।

    ReplyDelete
  22. तिनवटै कथाहरू राम्रा र समयसान्दभिक लाग्यो।



    ----
    फुर्सत हुँदा http://merasirjanharu.blogspot.com/ यसमा पनि हेर्नुहोला नि ।

    ReplyDelete
  23. धेरै दिन पछी ब्लगको दुनियामा छिरे आज | ब्लगहरु पढ्न नपाउदा निक्कै नै खल्लो लागेको थियो |

    तपाइको यी तिन सुत्र बास्तबमै यथार्थ सुत्र हुन् | पहिलो सुत्र नेपालमा प्राय: दिनहु लागु भैराखेको सुत्र हो भने दोस्रो पनि कम छैन | तेस्रो ले विश्व संसार मै भैरहेको घटनाहरुको बारेमा स्मरण गरायो साथै मानिसको भनाइ र गराइको बारेमा स्प्रस्ट पारेको छ |

    ReplyDelete