12 July, 2009

अब आउँदैछ गुगलको अपरेटिङ सिस्टम

चित्र आफ्नै अनुमानको आधारमा बनाईएको हो । सर्च ईन्जिन र ईमेल प्रदायक हुँदै नि:शुल्क र खुल्ला सफ्टवेयरहरुको विकास र वितरण गर्दै आएको गुगलले अब सोर्स कोडहरु खुल्ला राखीने नि:शुल्क अपरेटिङ सिष्टम पनि विकसीत गर्न लागेको छ । "Chrome Operating System" नाम दिइएको गुगलको यो सिस्टम छिट्टै तयार हुँदैछ।

नयाँ अपरेटीङ सिस्टम किन?

हुन त माईक्रोसफ्टका अपरेटीङ सिस्टमले हालको कम्प्युटर बजारको ९०% जत्ती बजार ओगटे पनि अहिले पनि लिनक्स र अन्य केहि सशुल्क र नि:शुल्क अपरेटीङ सिस्टमहरु बजारमा उपलब्ध छन । तर विभीन्न व्यक्ति वा समुह मिलेर कम्युनिटी ईफर्टको रुपमा बनाईने अपरेटीङ सिष्टम भन्दा एउटा संसार प्रसिद्ध कम्पनीले बनाउने सिस्टममा केहि भिन्नता त पक्कै होलान। गएको हप्ता गुगलले आफ्नै आधिकारीक ब्लग मार्फत यो नयाँ अपरेटीङ सिस्टमको जानकारी दिएपछि यसले संसारभरी एउटा तरंग नै ल्याएको छ ।

म लिनक्स चलाउन त्यत्ति पोख्त छैन, तर साँच्चै भन्ने हो भने कम र्‍याम वा अन्य रिसोर्सहरु पनि एकदमै न्यूनतम रहँदा पनि चल्ने र भाषिक विभिधता र सरलताका कारण म लिनक्स अपरेटीङ सिस्टम प्रति निकै आकर्षीत रहन्छु । माईक्रोसफ्टको कमजोरी वा अवगुणका कुरा गर्ने हो भने अहिलेको लागी मुख्य रुपमा यिनलाई लिन सकिन्छ:

  • कोडहरु खुल्ला नहुनु ।
  • चलाउनलको लागी बढि भन्दा बढि र्‍याम वा अन्य रिसोर्सहरु चाहिनु ।
  • कमजोर सुरक्षा प्रणाली ।
  • खोल्न र बन्द गर्ने बेलाको मन्द गती ।
  • महंगो हुनु ।

भर्खरै जडान गरीएको नयाँ कम्युटरमा पनि सिस्टम बुट गर्न करिव १ मिनेट जत्तीको समय लाग्नु र प्रयोगको आबधि बढ्दै जाँदा यो समय पनि बिस्तारै लम्बिदैं जानु माईक्रोसफ्टका उदेक लाग्ने अबगुणहरु हुन

के हुनेछ त गुगलको अपरेटीङ सिस्टममा ?

माईक्रोसफ्टका कमि कमजोरीहरुलाई नै गुगलले भने मुख्य लक्ष बनाएर आफ्नो अपरेटीङ सिस्टमको बिकास गर्दैछ । गुगलकै शब्दमा भन्ने हो भने उसले आफ्नो अपरेटीङ सिस्टम लाई:

  • हलुका,
  • छरितो,
  • कम संसाधनमा चल्ने,
  • सबै सोर्स कोडहरु खुला रहने बताएको छ ।

गुगलको आधिकारीक ब्लगमा गति, सरलता र सुरक्षा यो अपरेटीङ सिस्टमको प्रमुख ध्येय रहने उल्लेख छ ।

गुगलले यसलाई विल्कुल नया डिजाईनको हुने र प्रयोगकर्ताले भाईरस वा सुरक्षा प्रणालीको बारेमा ध्यान दिई रहुनु नपर्ने गरी तयार गरीने जानकारी दिएको छ । कमसेकम संसाधनयुक्त पुराना कम्प्युटरहरुमा पनि चल्ने गरी यसको परिकल्पना गरीएको छ र प्रयोगकर्ताले कम्प्युटर खोलेको केहि सेकेण्डमै यो अपरेटीङ सिस्टम खुल्ने संकेत गरेको छ ।

यसको विशेषता

सोर्स कोडहरु खुला राख्‍नुको साथै यसमा थर्ड पार्टी डेवलपरले पनि आफ्नो एप्लिकेशन बनाउने र जडान गर्ने सुबिधा रहने छ ।

यसका डाटाहरु कुनै मास्टर सर्वरमा राख‍न सकिने र ईन्टरनेट सुबिधा भएको खण्डमा संसारको कुनै पनि ठाउँबाट खोल्न, सम्पादन गर्न सकिने छ ।

गुगलकै भनाई उधृत गर्दा, हाल बजारमा उपलब्ध अपरेटीङ सिस्टमहरु बेवको विकास हुनुपूर्व बनेका छन त्यसैले समयको गति र आधुनिक प्रविधिलाई समन्वय गर्न सक्ने अपरेटीङ सिस्टमको अहिले जरुरत रहेको छ ।

आफ्नो कम्प्युटरमा गुगलको ओ. एस. जडान गरेपछि, हाल बजारमा चल्ने माईक्रोसफ्टका ओ. एस. जस्तो जडान गरी सकेपछि पनि विभिन्न अनुप्रयोगहरुलाई व्यबस्थित गर्न घण्टौं लाग्ने समस्याबाट पनि प्रयोगकर्ताहरु मुक्त हुनेछन ।

कहिले आउँदै छ त?

गुगलको अपरेटीङ सिस्टमका बिटा भर्सनहरु केहि महिनामै उपलब्ध हुने भए पनि सन २०१० को जुन देखी भने यसको आधिकारीक वितरण सुरु हुने प्रारम्भिक अनुमान छ । पिसी कम्पनी डेल र एचपी आफ्ना नया नोटबुकमा गुगलको अपरेटीङ सिस्टम राखेर बिक्री बितरण गर्न पनि तदारुकता देखाएका छन ।

जसरी जीमेल, गुगल म्याप, ब्लगर र क्रोम ब्राउजरले नि:शुल्क रहेर पनि उत्कृषटताको परिचय दिएको छ त्यसै गरी यो नयाँ आउने अपरेटीङ सिस्टमले पनि निकै हदसम्म अपरेटीङ सिस्टमको बजार ओगटनेमा कुनै शंका छैन । जे होस, भोलीका दिनमा आफ्नो टेलीभिजनको स्विच अन गर्ने बित्तीक्कै स्क्रिनमा चित्रहरु देखीएजस्तै कम्प्युटर पनि अन गर्ने बित्तीकै फ्याट्ट खुलेछन भने त राम्रै हो नि कसो ? ।

17 comments:

  1. धन्यबाद दिलिप जी,जानकारी मुलक लेख को लागी । साच्चै प्रबिधी बिकास को होडमा गुगल सबै भन्दा अगाडी छ भन्दा फरक नपर्ला । मलाई लाग्छ जीमेल, गुगल म्याप, ब्लगर र क्रोम ब्राउजर यो शताब्दी कै उत्कृष्ट आविस्कार हुनुपर्छ र अब चाडै आउने अपरेटिङ सिस्टम क्रोम ओ एस पनि उत्कृष्ट नै हुनेछ । प्रतिक्षा गर्नै पर्ला नि

    ReplyDelete
  2. केही समययता प्रविधिका 'जहावाजहरू'को सङ्गतिबाट यो नयाँ आउनेवाला अपरेटिङ सिस्टमको प्रसङ्गले जमघट तताएको छ । अधैर्य बनाएको छ गुगलको हल्लीखल्लीले ।

    हामीले पनि प्रयोग गर्न सक्ने गरी आओस् । जीमेल, ब्लगरजत्तिकै दायाँहाते बनाउन पाइयोस् ।

    गुगलको अपरेटिङ सिस्टमलाई स्वागत त छँदैछ, दाइको जानकारीको झुप्पालाई पनि अँगालोभरिको आभार छ ।

    ReplyDelete
  3. जानकारीको लागी धन्यवाद दिलीपजी , फ्याट्ट फ्याट्ट खुल्ने भए त गजबै भै गो नि राम्रो मात्रै कहाँ ?

    ReplyDelete
  4. दिलीप जी र दीपक जी को भाषा मा भन्ने हो भने "फ्याट्ट फ्याट्ट" खुल्ने भए त मोज नै हुने'छ नि !

    अनि धाइबा जी ले भने झी - त्यो 'ओ एस' "जीमेल, ब्लगरजत्तिकै दायाँहाते बनाउन पाइयोस् ।"

    टेक्नोलोजी को बारेमा भरपूर्ण पहुच राख्नु हुने - दिलीप सर लाइ "धन्यबाद " जानकारी शेयर गरीदिनु भकोमा |

    ReplyDelete
  5. यो त एकदम खुशीको कुरा सुनाउनु भयो ...गूगल ओ. एस. सजिलो र निशुल्क भए पछी अब कसले माइक्रोसफ्ट पर्खी बस्छ र ? अब मैले नि गूगल ओ. एस.को रिलिज पर्खेर बस्ने भएँ |

    सो जानकारी पनि समय मै यो ब्लगमा हेर्न पाईएला नै...

    यति राम्रो जानकारीको लागि धन्यबाद छ है !

    ReplyDelete
  6. Thanks for a good informative post!

    I too expect that the upcoming OS by Google will be faster than the current Microsoft's OS. However, it's hard to believe that this product will bring Microsoft to its knees. simply because Google has struggled to deliver consistently. At one side, Gmail, Google Maps, and, obviously, the Google search engine are revolutionary products whereas; on the other side, Knol (google's take on Wikipedia), Orkut (which popularity is restricted to India and Brazil) and Google video (which despite of being wonderful, failed to impress many and, Google had to buy you-tube to sustain in the online video market). As Microsoft is a formidable competitor, Google will have to struggle hard to penetrate into the traditional OS market. For example: Chrome despite of being excellent browser, has not been able to increase its user base over 2%.

    Having said all this, I personally look forward to the Chrome OS and do hope that this can achieve another milestone like the Google search engine!

    ReplyDelete
  7. नयाँ O.S चाहीँ राम्रो र पूर्ण होस र गरिब मूलुकका मानिसहरु पाईरेटेड सफ्टवेयर प्रयोग गर्न पर्ने समस्या बाट मुक्ती मिलोस। तर माईक्रोसफ्टका अपरेटीङ सिस्टमबाट मानिसलाई आफूतिर तान्न भने गाह्रो अबस्य हुने छ गुगललाई। गुगललाई शुभकामना त छदै छ, साथमा दिलिपजिलाई पनि धन्याबाद जानकारीको लागि।

    ReplyDelete
  8. जानकारीका लागि धेरै-धेरै धन्यबाद!

    ReplyDelete
  9. Google OS, Release bhayo bhane try garnuparla

    ReplyDelete
  10. महत्वपूर्ण अग्रीम जानकारीको लागि धन्यबाद दिलिप जी ।

    ReplyDelete
  11. अहिले नेटबुक एकदमै पपुलर छ, Asus कम्पनीले सुरु गरे देखी अहिले सबै जस्तो कम्पनी सानो साइजको नेटबुक बनाउने होडबाजीमा नै लागि परेका छन । अहिले सस्तोमा $२५० जस्तो पर्ने नेटबुकमा माईक्रोसफ्टको OS नहालेर गूगलको निशुल्क OS हाले त्यो नेटबुकको पैसा झन कती धेरै कम हुन्थ्यो । सबैलाई कम्प्युटर भन्ने नारा शायद अब पूरा हुन्छ कि !

    ReplyDelete
  12. अग्रिम र महत्वपूर्ण जानकारीको लागि धेरै धेरै धन्यवाद ! दिलिप जी ! छिटो छरितो र सबै अवगुणहरुको समाधान सहित गूगलको अपरेटिंग सिस्टमले बजार पिटोस भन्ने कामना गर्छु!

    ReplyDelete
  13. महत्वपूर्ण जानकारीको लागि मुरी मुरी धन्यवाद ! दिलिप दाजु !

    ReplyDelete
  14. यहाँनेर दिपेन्द्रजीको भनाईप्रती म पनि सहमत छु।

    वहाँले भन्नु भए जस्तै Knol र Orkut अनी गुगलको क्रोमले पनि उत्कृष्ट हुँदा-हुँदै पनि चाहिने जत्ती लोकप्रियता भने कमाउन सकेको छैन । फेरी माईक्रोसफ्टको ओ. एस. महंगो भएको कुरा हाम्रो जस्तो देशहरुमा त थाहा पनि हुँदैन :)( किनकी एउटा २५-३० हजारको कम्प्युटर किन्दा हाल चलेको लेटेष्ट ओ. एस., फोटोसप, पेज मेकर लागाएत कोरल ड्र समेत 'फ्रि'मा पाईन्छ हामीकहाँ)

    अर्को कुरा किनेरै प्रयोग गर्नेका लागि पनि, यसका जे जस्ता अबगुण भए पनि, ति सबमा 'बानी परिसकेका' कारण प्रयोग गर्न सजिलो लाग्छ । म कहिलेकाही रहर मेटन लिनक्स प्रयोग गर्छु तर पनि अहिले माईक्रोसफ्टको ओ. एस.हरु भारी-भरकम, महंगा र मन्द गतिका भएको कुरा लेख्‍न समेत तिनै माईक्रोसफ्टको ओ. एस र सफ्टवेयरहरु प्रयोग गरी रहेको छु ।

    तर प्रज्वलजीले औंल्याउनु भएको नेटबूकको बढ्दो प्रयोगले पनि केहि प्रभाव भने पार्न सक्ने छ यसको बजारमा ।

    हुन त स्पिड केहि कम भए पनि विण्डोज एक्सपिको होम ईडिसन चल्ने नेटबूकहरु पनि मैले देखेको छु । तैपनि गुगलका फ्रि र ओपनसोर्स ओ एस आएभने यसले हालको मूल्यलाई पनि अझ कम गर्नेमा कुनै शंका छैन ।

    एकै चोटि नयाँ कुराले बजार व्याप्त हुन त मुश्किल छ तर मलाई लाग्छ भविश्य "ओपन सोर्स" कै हुनेछ ।

    टिप्पणीका लागि सबैमा धन्यवाद ।

    ReplyDelete
  15. अहिलेसम्म मैले त माइक्रोसफ्टको मात्र चलाएको छु । अरुको मलाई त्यति अनुभव छैन । गुगलको अवश्य चलाइन्छ होला ।

    टाँसोको लागि धन्यवाद ।

    ReplyDelete
  16. नयाँ अ.सि.को बारेमा जानकारी दिनुभएकोमा दिलीपजीलाई मुरी मुरी कोटी कोटी स-ह्रदय धन्यवाद!

    ReplyDelete
  17. Regarding the price, PC developers can sell Microsoft OS at cheaper because they can bundle various sponsored packages with it :(Trial softwares). For example when I got my laptop, it had few many trial softwares built into it.
    Whereas those options may not be available to Linux OS. Google may sponsor its OS to vendors since it is going to push it.

    ReplyDelete