01 June, 2009

अब आयो Bing !

Bing तपाईले अब आफ्नो ईन्टरनेट ब्राउजरको ठेगाना टाईप गर्ने ठाउँमा www.live.com टाईप गरेर ईन्टर दबाउनु भयो भने तपाई www.bing.com मा पुग्नु हुनेछ । यदि तपाइ कुनै सूचना वा सामाग्री खोज्ने धुनमा यो नयाँ साईट अर्थात ‘बिङ’ मा पुग्नु भयो भने नआत्तीनुहोस, यो माईक्रोसफ्टले नै रिडाईरेक्ट गरेको र उसकै नयाँ सर्च ईन्जिन हो ।
मतलब ईन्टरनेट सर्चको दुनियाँमा गुगल र याहुसंग घमासान प्रतिस्पर्धा गर्न माइक्रोसफ्टले नया सर्च ईन्जिन शुरु गरेको छ । कोड नेम "कुमो" राखेर केहि महिना अघि देखी परीक्षणमा रहेको यो सर्च ईन्जिन आजै मात्रै सार्बजनिक भएको हो ।

यसका अरु विविध फिचर सहित, पुरानो सर्च हिस्ट्रीको नतिजाको आधारमा नया कुरा खोजीने प्रबिधि अपनाईएकोले यो सर्च ईन्जिन लोकप्रिय र छरितो पनि हुने दावी माईक्रोसफ्टले गरेको छ ।
अमेरीकाकै रिकर्डलाई हेर्ने हो भने पनि अघिल्लो महिनाको सर्बेक्षणले ईन्टरनेट सर्चको लागी ६८ प्रतिशतले गुगलकै सहारा लिने र त्यसपछि याहु अनी मात्रै माईक्रोसफ्टमा सामाग्री खोज्ने भेटीएको छ ।
फेरी गुगल र याहू झन झन नया नया फिचरहरु राख्न जोडतोडले लागेकाले तीनिहरुसंग प्रतिस्पर्धा गर्न माईक्रोसफ्टलाई धौ धौ परेको पनि थीयो, त्यसैले हाल करौडौंको लगानीमा यो नया सर्च ईन्जिन तयार गरीएको खबर आएको छ ।
भर्खरै रिलिज भएकोले यसका फिचरहरु बारेमा सबै जानकारी त लिन भ्याएको छैन तर खोजी गरिएको पेजहरुको, सो पेजमा नगईकनै ‘प्रीभ्यू’ हेर्न मिल्ने प्रबिधि भने मलाई मन पर्‍यो ।
उदाहरणको लागी तपाईले “पशुपति” लेखेर बिङमा खोज्नु भयो भने पशुपतिसंग सम्बन्धित पेजहरु  अन्य सर्च ईन्जिनमा जस्तै क्रमबद्ध तरिकामा देखीने छ, तर तपाईले आफ्नो माउसलाई बिस्तारै कुनै पनि ठेगानाको दायाँ पट्टी लग्नु भयो भने यसले सो पेजको छोटो ‘प्रिभ्यू’ र पेजका अन्य सामाग्रीका बारेमा समेत छिटो जानकारी दिनेछ । यसले गर्दा आफूले खोजेको सामाग्री सो पेजमा भए नभएको पूर्वानूमान गर्न सजीलो पर्छ । Search preview ईन्टरफेश अलि सफा र सरल पनि छ।
Mouse overईमेज सर्चमा भने, खोजी गरीएका तस्विरहरुलाई zoom गर्न मिल्ने गरी दायाँ पट्टी राखीएका अनूप्रयोगहरु र जुन तस्विरमा माउस लगिन्छ त्यहिको मात्रै बिस्तृत जानकारी देखिने व्यबस्थाले गर्दा ईमेज सर्च एकदमै सफा र छरीतो देखिन्छ । ‘Zoom small’ गरेर खोजी गर्दा एउटै पेजमा बढि भन्दा बढि तस्बिर देखीन सक्छन भने तस्बीर सम्बन्धी जानकारी समेत हेर्न “Show image details” दबाउन सकिन्छ ।
ईमेज सर्चको लगि वायाँ पट्टी आउने ‘साईज’,‘लेआउट’, ‘कलर’, ‘स्टाईल’ आदि विकल्पहरुले आफूले खोजेको तस्विरमा छिटो पुग्न मद्दत गर्ने छ भने भिडियो सर्चको लागी पनि ‘लेन्थ’, स्क्रिन साईज’ र ‘सोर्स’ समेतको चुनाव शुरुमै गर्न मिल्ने प्राबधानले भिडियो सर्चलाई पनि सजिलो बनाएको छ ।
ईमेज सर्च भित्र कुनै व्यक्ति विशेषको तस्बिर खोज्दै हुनुहुन्छ भने देब्रे पट्टीको “PEOPLE”  मा क्लिक गरी ‘just face’, ‘head & shoulders’  ‘other’ जस्ता विकल्प समेत चुन्न सक्नु हुन्छ भने भिडियो सर्च गर्दा, सर्च पेजबाटै (माउस ओभर गरी) भिडियोको ‘प्रिभ्यू’ समेत हेर्न सक्नु हुन्छ। जुन सर्च ईन्जिनमा बिल्कुल नयाँ प्रयोग हो ।
अरु धेरै कुरा हेर्न बाँकि नै छ, तर पहिलेको सर्च ईन्जिन भन्दा ‘युजर फ्रेण्डली’ भएको चाहि मान्नै कर लाग्छ । बाँकि, अब बिङमा भएका वा त्यो भन्दा नयाँ फीचरहरु केहि समयपछि अन्य सर्च ईन्जिनमा पनि देखिने छन भनेर पूर्वानुमान गर्दा पनि गलत नभईएला कसो ?

15 comments:

  1. मलाई चाहिं इमेज सर्चमा जुन तस्विरमा माउस लगिन्छ त्यहिको मात्रै बिस्तृत जानकारी देखिने व्यबस्था र छेउमा सर्च हिस्ट्री देखाउने व्यवस्था मनपर्यो | तर हरेक साधारण खोजि मै पिछाडी पुच्छर झुन्डीएर भने हैरान बनायो..| यो नयाँ कुरामा बानि पर्न केहि समय लाग्ला नै ...

    जे होस् यति राम्रो जानकारी यति छिटो र सजिलो भाषामा जोरजाम गरिदिनुभएको मा दिलिपदाइलाई हार्दिक धन्यबाद |

    ReplyDelete
  2. यसो सर्रसर्ति हेर्दा त राम्रै देखिएको छ, अलि अरुभन्दा भिन्नै देखिने प्रयास गरेको छ । पेज को बारेमा जानकारी पनि सर्च पेज मै देखाऊने र इतिहास पनि देखाउँदोरहेछ । सर्च इन्जिन को लडाइमा यसले कुन स्थान ल्याउला भन्न मुश्किल नै छ । जसरी इन्टरनेट एक्सप्लोरर छाडेर अरु ब्राउजर चलाउन मान्छेहारुलाई गाह्रो लागेको छ, त्यसैगरि गुगल छोडेर यो चलाउन पनि धेरै गाह्रो लाग्ने सम्भावना देखिएको छ ।

    अनि गुगल र माइक्रोसफ्ट भन्ने बित्तिकै ओपनसोर्स कम्युनिटिको ध्यान पनि खुबै तानिन्छ । अनि माईक्रोसफ्ट उनिहरुको नजरमा तानाशाह रहेको र गुगल ले फ्रि एन्ड ओपन सोर्स को कन्सेप्ट मा काम गरिरहेको ले, गुगललाई अहिले उछिन्न कसैलाई पनि सम्भव छैन ।

    ReplyDelete
  3. Google Keeps them at work!

    :)

    ReplyDelete
  4. काम एउटै भए पनि नयाँ र बहुपयोगीतायुक्त सुविधाले नै बजार पिट्छ । माइक्रोसफ्टको यो 'हाते सर्च इन्जिन' ले पनि तहल्का पिट्ने हनुमान गर्न सकिन्छ । तर गुगलमा बानी बसेका हात भने यत्तिकैमा चटपटाइहाल्लान् भनेर हल्का सोचिहाल्नु पनि हतार होला । नयाँ र विविध सुविधाभन्दा प्रचलित सुविधामै रत्तिएको मन सहज अनुभव गर्छ । तर प्रविधिको उपयोगीतावादी जमात हो, भीड लहरिन सक्छ ।

    दाइको द्रुत खबरको जोहोलाई निकै धन्यवाद सदा झैँ ।

    ReplyDelete
  5. र्सवप्रथम अभिवादन टक्र्याउँछु दाई । आफ्नो ब्लगमा टाँसोमा केही राख्न आटेको थिएँ । मेरो ब्लग लिष्टमा तपाईका यो टाँसो नहेरीकन आफ्नो टाँसो राख्न मन लागेन ।

    मलाई र्सच इन्जिन सहज लाग्यो । विशेषगरी फोटो खोज्न मलाई यसले सजिलो पार्ने भयो । किनभने फोटो प्रिभिउ पनि गजबले दिँदो रहेछ ।

    अन्य यस्तै लेखको पनि आश गर्दछु । आजलाई यति नै ।

    ReplyDelete
  6. नया र उपयोगी जानकारी रहेछ यो पनि ! तर आकर्षक र सुबिधा दिने कोशिश गरिएको भए पनि गूगल जतिको प्रभावकारी हुनेमा चाहि शंका नै छ । यहाँ मैले "दिलीप आचार्य" लेखेर गूगल र बिंग दुवैमा तस्वीर खोजी हेरे - तपाइकै चाहि गूगलले दश वटाभन्दा बढ़ी मिलायो, यसले जम्मा एउटा मात्र !

    ReplyDelete
  7. मिलनजी, यो फोटो प्रीभ्यू र भिडियो प्रिभ्यू अनी फोटोमा पनि 'अनुहार' मात्रै फोकस गरेको तस्विर खोज्न मिल्ने सुबिधा नयाँ नै हो र यसले हाम्रो खोजीलाई सजिलो बनाउने नै छ ।

    आकारजीको कुरामा, म आफैं पनि ओपनसोर्स रुचाउने हुनाले र Bing ले यस्तो बनायो भने पछि अरु प्रतिस्पर्धिले पनि झन नया नया कुरा समेटने बजारको चलनले गर्दा गुगललाई उछिन्न गाह्रै होला जस्तो लाग्छ। तर यो नया प्रबिधि पछि माइक्रोसफ्टको 'सर्च शेयर' पक्कै पनि हालको १० भन्दा मुनिको आंकडा पार गर्न सफल हुनेछ जस्तो लाग्छ ।

    नबिनजीको 'Google Keeps them at work!' भन्ने वाक्य छोटो भएपनि एकदमै घत लाग्ने लाग्यो । पक्कै पनि यस्तै हुनु पर्छ ।

    धाइवाजी, राजेशजी नया सुबिधा त छ, तर 'बानी' र आदत भन्ने कुरा पनि गजब हुन्छ, एउटा चिजमा रस बसेपछि हात आफैं त्यतातित पनि लाग्छ।

    कृष्णजी, कुनै पनि सूचना वा सामाग्री खोज्दा नतिजाको हिसाबमा हेर्ने हो भने गुगल याहु र अन्य सर्च ईन्जिन भन्दा धेरै गुणा अगाडि छ । तपाईले जस्तै मैले पनि "नेपाल" लेखेर गुगल, याहू र बिगंमा पनि खोजें :

    गुगलमा 27,300,000
    याहूमा 12,100,000
    र बिङमा जम्मा 970,000 नतिजा मात्रै भेटिन्छन ।

    सबैलाई धन्यवाद सहित !
    दिलीप

    ReplyDelete
  8. नया जानकारीको लागी दिलीप जी लाइ धन्यबाद ! र मैले पनि यो नया स्वाद चाखी भ्याए - मिठै लाग्यो |
    प्रविधि को जानकारी दरिलो रुपमा राख्नु हुदो रहेछ अनि लगतै शेयर पनि - खुसी लाग्यो |

    ReplyDelete
  9. कमालको कुरा रहेछ दिलीपजी , कैलेकाही के के खोज्नु पर्ला । हे हे हे !

    ReplyDelete
  10. Preview feature राम्रो लाग्यो, तर गुगल लाई माथ गर्न अरुलाई धेरै हम्मे पर्छ जस्तो लाग्छ मलाई । खै यता तिर कसैलाई केही कुरा ईन्टरनेटमा खोज भन्नलाई "why don't you search that" नभनेर "Why don't you google that" भन्छन । गुगल र सर्च भनेको त synonym जस्तो नै भै सक्यो अब त ।

    अझ झन गुगल को Android OS भएर आउंदै छ कम्प्युटरका लागि, माईक्रोसफ्ट को Windows लाई अर्को नयाँ संकट आइलाग्ने भयो फेरी :)

    ReplyDelete
  11. मलाई पनि खुब मन पर्‍यो। सुरुमा भएकोले होला अली कस्तो कस्तो लगिराखेको छ शायद Google को ह्याङले होला। बानी पर्ला किनकी नयाँ भएकोले पक्कै पनि राम्रो होला।

    ReplyDelete
  12. हेराइको हिसाबले अरु भन्दा अलि सफा र आकर्सित पक्कै देखिएको हो तर गुगल को तुलनामा चाहि अलि कमै जस्तो लाग्यो जे होस नयाँ पनि भएरहोला बिस्तारै प्रयोग गर्दै गर्दा राम्रो लाग्छ होला। जानकारिको लागि धन्यबाद दिलिप जी ।
    मेरो ब्लगमा एउटा कुराले समस्या पारिरहेको छ जब् ब्लग खोल्न पुग्छु अनि operation abort भनेर आउछ मेरो मात्रै होइन कि अरु ब्लगमा केहि कुरा लेख्न खोज्दा पनि यस्तै हुन्छ । यस्को लागि केहि उपाए छ कि दिलिप जी? जानकारिको प्रतिक्षामा छु ।

    ReplyDelete
  13. मेरो पनि क्रोम ब्राउजरमा सर्च गरेको बिङ् भनेर आयो । अचम्ममा परेको थिएँ एकछिन त के आयो भनेर । तपाईँको यो टाँसो पढेपछि छर्लङ्गै भयो । धेरै धन्यवाद दाइ यो जानकारीका लागि ।

    तर गुगलमा नखोजि चित्तै बुझ्दैन । अरूले देखाएको भन्दा गुगलमा अरू अझै छ होला जस्तो लागीरन्छ सधैँ !!

    ReplyDelete
  14. माथी प्रज्वलजीको कुरा पढेपछी मलाई एउटा घटना याद आयो।

    केहि दिन अगाडि मेरो कार्यालयमा एकजना सहकर्मी साथीको फाईल (कम्प्युटर फाईल हैन, कागजे फाईल) नभेटिएर हैरान हुँदा, त्यो साथीले मलाई "ल, सबैजना मिलेर मेरो क्याबीनमा 'गुगल सर्च' गरौं " भनेथ्यो ।

    हामीलाई गुगुलले साँच्चै मोहनी नै लगाएको छ। तर म स्वयं ओपनसोर्स को प्रसंशक रहेकोले मलाई यो सम्मोहन मन पनि मर्छ ।

    ईमेज सर्चमा भने, सबै ईमेज एउटै पेजमा आउने र 'नेक्स्ट'- 'नेक्स्ट' नगरी पेज स्क्रोल गर्दै तल गई हेर्न मिल्ने पनि यसको राम्रो पक्ष जस्तो लाग्छ ।

    सिकारु जी,

    यो 'operation abort' को समस्या ईन्टरनेट एक्सप्लोररमा देखीन थालेको छ र यो तपाईको मात्रै हैन । मैले धेरै फोरम र 'ग्रुप' हरुमा पनि यसको चर्चा भएको देखेको छु ।

    कुनै राम्रो निकास भेटेपछि म लेख्‍नेछु । हाललाई भने फायरफक्स वा गुगल क्रोम प्रयोग गर्न सल्लाह दिन्छु । साथै ईन्टरनेट एक्सप्लोर ८ चलाउनुहुन्छ भने एकचोटी
    Tools>>Compatilibity View Settings मा गएर "include update website lists from microsoft" मा चेक मार्क लगाएर हेर्नुहोस ।

    ReplyDelete
  15. निकै रोचक छ मलाई त राम्रो लाग्यो सुचना दियकोमा धन्यवाद\ म ढिलो आय पनि thank u for giving us knoweledge

    ReplyDelete