16 January, 2009

blogger.com मा नि:शुल्क ब्लग खोल्नुहोस !

नयाँ ब्लगरहरुको लागि सजिलो होस भनि लेखिएको यो बल्गको सुरुको भाग यहाँ छ । यदि तपाई वर्डप्रेस (wordpress.com) मा नि:शुल्क बल्ग खोल्ने तरिकाको खोजीमा हुनुहुन्छ भने त्यो यहाँ छ .

यो भागमा blogger.com  (ब्लगर) मा नि:शुल्क बल्ग खोल्ने तरिका क्रमैसंग दिईएको छ ।

सबैभन्दा पहिला blogspot.com को बारेमा साधारण जानकारी । यदि तपाईले blogspot.com मा ब्लग खोल्नु भयो भने तपाईको ब्लग ठेगाना abcd. blogspot.com को प्रारुप वा blogspot.com मा अन्त हुने हुन्छ । यदि तपाईको नाम कुमार छ भने तपाईले kumar.blogspot.com वा यस्तै खालको ठेगाना लिन सक्नुहुन्छ । यसमा kumar भन्ने ठेगाना कसैले लिई सकेको छ भने तपाईले kumarsharma, kumarshrestha वा अन्य कुनै खाली रहेका नाम राखेर ब्लग खोल्न सक्नुहुन्छ ( यो उदाहरण मात्रै हो, तपाईको ब्लगमा तपाईको नाम आउनै पर्ने कुनै जरुरत छैन र तपाईको नाम कुमार भए पनि तपाईले meromankokura.blogspot.com वा अन्य आफुलाई मन पर्ने तर कसैले दर्ता नगराईसकेको जुनसुकै नाम राख्न सक्नुहुन्छ ।

अगाडिको पोष्टमा भने जस्तै blogspot.com मा ब्लग दर्ता गर्न एउटा ईमेल एड्रेस चाहीन्छ। हुन त आजकल कुनै पनि ईमेलले काम गर्छ तर यदि blogspot.com मै ब्लग खोल्ने हो भने जिमेल आईडि वा जिमेल लिनु भयो भने पछी अन्य कामको लागी पनि सहायक हुन सक्छन । यदि तपाईसंग जिमेल छैन भने तपाईले यहाँ बाट नि: शुल्क जिमेल लिनुहोस र त्यसपछि ब्लग खोल्न तलका तरिका अपनाउनुहोस :

1 १) सबैभन्दा पहिला यो वाँया पट्टीको चित्रमा जस्तै https://www.blogger.com/start मा जानुहोस र “Sign in to use Blogger with your Google Account” लेखिएको ठाउँमा आफ्नो जिमेल आईडी र पासवर्ड हालेर "SIGN IN" मा क्लिक गरी प्रवेश गर्नुहोस ।

२) अब खुल्ने पेजमा Display name मा आफ्नो नाम लेख्‍नुहोस, Acceptance of Terms भन्दा पछाडि रहेको “I accept the Terms of Service” मा चेक मार्क लगाएर "CONTINUE" मा क्लिक गर्नुहोस ।

new 2
३) त्यसपछि खुल्ने Name your blog भन्ने पेजमा “Blog title” मा आफ्नो ब्लगको नाम राख्‍नुहोस र Blog address (URL) लेखीएको खालि भागमा तपाईले रोज्नु भएको ठेगाना खाली भएको नभएको हेर्नुहोस । त्यहा भएको http:// र .blogspot.com को बीचमा रहेको खाली ठाउँमा आफुले रोजेको नाम हालेर “Check Availability” मा क्लिक गर्नुहोस । (यहाँ नेर एउटा कुरा याद गर्नुहोस, तपाईको ब्लगको नाम, तपाईले चाहेको बेलमा पछि कुनै पनि समयमा फेर्न सक्नुहुन्छ तर ब्लगको ठेगाना भने एक पटक लिईसकेपछि फेर्न मिल्दैन)
new 3
४) तपाईले खोज्नु भएको ठेगाना कसैले दर्ता नगराएको भएमा “This blog address is available.” भन्ने मेसेज आउने छ र यदि कसैले सो दर्ता गराई सकेको भएमा “Sorry, this blog address is not available” भन्ने मेसेज आउने छ र तपाईलाई लगभग त्यस्तै खाले अन्य नामको विकल्प दिईने छ । ति मध्य कुनै वा, सो चित्त नबुझे कसैले दर्ता नगरेको अक्षरहरु वा नाम हालेर आफुलाई चित्त बुझ्ने ठेगाना भेटेपछि “CONTINUE” मा क्लिक गर्नुहोस ।

५) अब तपाई Choose a template लेखिएको नयाँ पेजमा पुग्नु हुनेछ । यो तपाईको ब्लगको नाप-नक्शाको प्रारुप तयार गरीने पेज हो । यहाँ भएका केही template वा पेजका नमूनामा आफुलाई मनपर्ने नमूना छान्नुहोस (मनपर्नेमा चेक मार्क लगाएर) र फेरि “CONTINUE” मा क्लिक गर्नुहोस ।

new 4
६) अब तपाइ “Your blog has been created!” लेखिएको पेजमा पुग्नु हुनेछ ।यो पेजमा केवल "START BLOGGING" मा एक पटक क्लिक गर्नुहोस ।

new 5
७) अब तपाइ माथीको चित्रमा देखाईए जस्तै पेजमा पुग्नु हुनेछ। अब Title: लेखिएको ठाउँमा आफ्नो रचनाको शीर्षक लेख्‍नुहोस र तलको ठूलो खाली भागमा आफ्नो रचना। तल पट्टी दायाँ भागमा रहेको “Labels for this post:” लेखिएको ठाउँसंगैको खाली भागमा आफ्नो रचनाको विधा (कथा, कविता, समाचार आदि) लेख्‍नुहोस (यो वैकल्पिक कोष्ट भएकोले खाली नै राख्‍न पनि सकिन्छ) र "PUBLISH POST" मा थीच्नुहोस । तपाईको पहिलो पोष्ट तपाईको आफ्नै ब्लगमा छापिने छ ।

Happy Blogging !

यो पनि हेर्नुस:

के तपाई पनि ब्लग चलाउन चाहनुहुन्छ ?
वर्डप्रेसमा नि:शुल्क ब्लग खोल्नुहोस !

22 comments:

  1. how to get the mony in blog

    ReplyDelete
  2. blog khole pachhi kin blog ko mati sirana ma tool bar kasari banaune ani ' Follow Share Report Abuse Next Blog»' kasari hataune blog bata ke janakari garauna saknu hunchha hola jawafako pratixama chhu

    ReplyDelete
  3. दिल कुमार जी,

    ब्लगको "टुल बार" भनेर सायद तपाईँले CSS Navigation Menu को कुरा गर्नु भएको जस्तो लाग्यो । यस बारेमा मैले पहिला नै ब्लग विधालाई ट्याबमा राख्‍नुहोस –Easy CSS Menu भन्ने पोस्ट लेखेको छु । त्यही पोस्ट अनुसार गर्नु होला ।

    ' Follow Share Report Abuse Next Blog»' आदि हटाउन भने मेरो केही ब्लग ह्याकहरु
    --Some Old Blogger Tricks--
    भन्ने पोस्टमा भएको Navbar लाई हटाउनुहोस: भन्ने भाग पढेर सोही अनुसार गर्नु होला :)

    ReplyDelete
  4. मेरो ब्लग मा अरुको पोस्ट कशरि आयो ?मैले बुझिन , म मेरो रचना पनि अन्त छापियोश भन्ने चाहन्छु .तर कसरी ?क्रीपया ब्तईदिनुहोला भन्ने आशामा छु .

    ReplyDelete
  5. रमेश जी,
    कुरा राम्ररी बुझिँन । भर्खर तपाईँको ब्लग हेरेको त्यसमा एउटा "यो कथा वास्तविक हो" भन्ने मात्रै पोस्ट छ । कसको रचना कुन ब्लगमा आएको हो बुझिएन।

    तपाईँको रचना अन्त (आफ्नो बाहेक अरूको ब्लगमा) छाप्न उक्त ब्लगका एडमिन वा सञ्चालक लाई सम्पर्क गर्न सक्नुहुन्छ। अरूको ब्लगमा आफ्नो रचना पोस्ट गर्न उक्त ब्लग सञ्चालकको सहमतिमा मात्रै सम्भव हुन्छ :)

    ReplyDelete
  6. उदेक लाग्दो कुरा के भने मेरो ब्लोग्मा दुईटा कथा थियो र तपाईले एउटा मात्र भने पछी मैले पनि हेर्दा एउटा मात्रै रहेछ.एउटा कसरी हरायो?अनि मेरोचाहिँ भएको पनि गायब हुने अरुको रचना चै मेरो अनुमति बिनानै मेरो ब्लगमा कसरी छापियो ?म त छक्क परे , कुरा बुझ्नु भो दिलिपजी? अनि म कम्प्युटर को प्रखर ज्ञाता होईन है सिक्दै छु त्यसैले मेरो समस्याको समाधान गर्नु हुने छ भन्ने आश छ .सरोकारको लागि धेरै धन्यवाद छ .बाकि पछी पुन: लेख्ने छु .नमस्कार

    ReplyDelete
  7. रमेश जी, तपाईँको ब्लगमा पोस्ट थप्न वा डिलिट गर्न तपाईँले वाहेक कसैले सक्दैन। यदि तपाईँले अरु कसैलाई आफ्नो पासवर्ड दिनु भएको छ वा अरू कसैलाई ब्लगको एडमिन बनाउनु भएको छ भने भीन्दै कुरा, नत्र अरू कसैले तपाईँको ब्लग 'चलाउन' सक्दैन् ।

    तपाईँलाई कसैले आफ्नो ब्लग चलाएको जस्तो लाग्छ भने यसो गर्नुस:
    आफ्नो युजर नेम र पासवर्ड हालेर ब्लगमा प्रवेश गर्नुस र Dashboard>>Settings>> हुँदै Permissions मा जानुस र "Blog Authors" भन्दा मुनि हेर्नुस । त्यहाँ तपाईँ बाहेक अरु कसैको नाम, फोटो आदि छ भने त्यसलाई 'रिमुभ' गर्नुस । छैन भने My Account>> Change password मा गएर आफ्नो ब्लगको पासवर्ड परिवर्तन गर्नुस ।

    ReplyDelete
  8. नमस्कार !सल्लाहको लागि धन्यवाद ,मैले तपाईले भने जस्तो गरेर हेरे तर त्यस्तो केहि छैन ,मेरोब्लग मा आएको रचनाहरु नो रिप्लाई बाट आएको छ कोस्टकमा [रमेश ]लेखेको छ .यो कसरी भयो कृपया ब्तईदिनु होला म केहि रचना हरु तपाईकोमा प्रकाशित गर्न चाहन्छु के यो हुन सक्छ ?

    ReplyDelete
  9. रमेश जी,

    तपाईँको पोस्टहरू इमेलाबाट पोस्टीङ भएका छन् । ईमेल पोस्टीङ “ईनेबल” गर्दा सो ईमेल ठेगाना गोप्य राख्नु पर्छ अन्यथा सो ठेगाना थाहा हुने जो-कसैले पनि ब्लगमा रचना पोस्ट गर्न सक्छन् ।

    ईमलेबाट हुने पोस्ट डिसेबल गर्न Settings>>Email & Mobile मा गएर त्यस भन्दा मुनि रहेको "Email Posting Address" मा हेर्नु होला र त्यसलाई “Disabled” गरेर “Save Settings” मा क्लिक गर्नुस् ।

    ReplyDelete
  10. रमेश जी, मेरो ब्लगमा अवश्य रचना प्रकाशित गर्न सक्नुहुन्छ । यदि मेरो ब्लगमा रचना प्रकाशीत गर्न चाहनुहुन्छ भने मेरो dacharya@facebook.com मा मलाई लेख्न सक्नुहुन्छ । कृपया नेपालीमा लेख्ने खण्डमा नेपाली यूनिकोडमा आफ्नो रचना पठाउनु होला ।

    म केही दिनको लागि बाहीर रहेकोले रचना प्राप्त भए पनि आगामी हप्तामा मात्रै प्रकाशीत हुनसक्ने कुरा भने अग्रीम जानकारी गराउन चाहन्छु ।

    ReplyDelete
  11. दिलिप जी तपाईले भने जस्तो पनि गरेर हेरे त्यहाँ डीसबल नै छ ,बाँकि तपाईको जिम्मा है टिप्सको लागि धन्यवाद ...

    ReplyDelete
  12. दिलिपजी नमस्कार ! म आफ्नो विचार तपाईको ब्लगमा प्रकाशित गर्न त चाहान्छु तर युनिकोड भन्दा म संग एउटा अर्को नेपाली लेख्ने प्रविधि छ त्यस वाट लेखेर पठाउदा हुदैन र ? यदि हुन्छ भने लेख्नु पर्यो ,किन कि मेरो ब्लगमा त कसैले हेर्दैन ,मेरो विचार अरुले पनि पढून् भनेर नै लेख्ने हो क्यार . अर्को कुरा नेपालीमा पूर्णविराम कसरी लेख्ने होला ? अन्त्यमा मलाई यो बिधि युनिकोड भन्दा सजिलो लाग्छ किनकी यसमा एउटा कि थिच्दा थुप्रै सम्भाब्य उत्तर हरु आउछ र म जस्तो थोरै जान्नेहरु लाई यो धेरै सहयोगी छ .उत्तरको प्रतिक्षामा . धन्यबाद

    ReplyDelete
  13. मलाइ लाग्छ तपाई पनि गुगलले बनाएको वा अरू कुनै पद्धतिको युनिकोडमै लेख्नु हुन्छ । जे होस यो कमेन्टमा लेखिएको जस्तो 'अक्षर' मा पठाउनु होला ।

    तपाईले कुन 'इनपुट' प्रयोग गर्नुहुन्छ थाहा भएन, हामीले चलाउने मदन पुरस्कार पुस्तकालयले तयार गरेको इनपुट सिस्टममा भने पूर्णविरामको लागि किवोर्डमा रहेको "." (प्रश्नवाचक चिन्ह सँगै रहेको कि) प्रयोग गरिन्छ :)।

    ReplyDelete
  14. sir hajur le nisulka blog kholne tarika ta sikaunu bhayo tara maile kholda 14 dalar ko dimand garyo kina hola plz?

    ReplyDelete
  15. गौतम जी,
    मैले यो पोस्ट लेखेको ३ वर्ष भइसकेछ । त्यस बीचमा ब्लगरमा धेरै परिवर्तन आएका छन् र नयाँ ब्लग खोल्ने तरिका मैले माथि लेखेजस्तै ठ्याक्कै नमिल्न सक्छ । तर यो अझै पनि नि:शुल्क नै छ र ब्लगरमा ब्लग चलाउन अहिले पनि पैसा तिर्नु पर्दैन ।

    यसो गर्नस:

    - माथि पोस्टमा दिएको लिन्क अर्थात https://www.blogger.com/start मा जानुस। (आफ्नो जिमेलको युजर नेम र पासवर्ड हालेर प्रवेश गर्नुस)

    - Title र Address भर्नुस (यहाँ नेर एउटा कुरा याद गर्नुहोस, तपाईको ब्लगको Title तपाईले चाहेको बेलमा पछि कुनै पनि समयमा फेर्न सक्नुहुन्छ तर ब्लगको Address भने एक पटक लिईसकेपछि फेर्न मिल्दैन) ।

    - अब Template चयन गर्नुस र ...

    - Create blog! मा क्लिक गरेर अगाडि बढ्नुस । तपाईँको नि:शुल्क ब्लग तयार हुनेछ र तपाई Your Blog has been created! Start posting .... भन्ने मेसेज देख्न सक्नुहुन्छ ।

    ReplyDelete
  16. i want per page in the many post. but the post is only a page publish and i want make blog same the arbindas khesra. his blog adderess as-arbindar.blogpost.in .how can i make it? please aneswer send by rudrabahadur7@gmail.com

    ReplyDelete
  17. दिलिप सर तपाइको सहयोग ले ब्लग हल्का सिक्दै गर्दा मेरो एउटा प्रस्न राख्न मन लाग्यो तेसैले सिकाईदिनु हुन्थ्यो कि ? सर यो अरुको पोस्ट लाई कसरि आफ्नो ब्लग मा अरु ले देख्ने गरि अपडेट गर्ने जस्तै समाचार, तपैले सिकैदिएको खण्डमा हामि जस्ता नजानेकाहरुलाई पनि राम्रो दबाई हुनेथियो धन्यवाद l

    ReplyDelete
  18. राजेश जी, कुरा राम्ररी बुझीन, अरूको पोस्ट वा समाचार साइटको 'अपडेट' देखिने बनाउन खोज्नु भएको हो ?

    ReplyDelete
  19. Extactly right that sir.so please sir help me.

    ReplyDelete
  20. खै त सर गर्नु reply भएन नि त ?

    ReplyDelete
  21. राजेश जी,

    अरूको ब्लगको अपडेट साइडबारमा देखिने गरि राख्न:
    ब्लगरको ड्यासबोर्डमा जानुस र Layout>> Add a Gadget>> गरेर "Blog List" मा क्लिक गर्नुस। अब Add a blog to your list मा क्लिक गरेर आफूले देखाउन खोजेको ब्लगको URL हरू भर्नुस। अन्तमा 'सेभ' गर्न नभुल्नु होला ।

    त्यस्तै अरू कुनै साइटको लागि:
    Layout>> Add a Gadget>> गरेर "Link List" र
    पत्रिकाहरूको फिडको लागि:
    Layout>> Add a Gadget>> गरेर "Feed" मा क्लिक गरि आफूले चाहेको पत्रिकाको फिडहरू भर्नुहोला !

    ReplyDelete
  22. thank u very much dilip sir.And dilip sir how to add FM radio on side bar ?

    ReplyDelete