25 November, 2008

बुद्ध, अवतारवाद र रामबहादुर बम्जन

नेपालको लुम्बिनीमा करिव २५ सय बर्ष अगाडी बुद्धको आविर्भाव हुनु पक्कै पनि यौटा युग प्रवर्तक र दिव्य घटना थीयो। बुद्ध जन्मे, साधना गरे, मानव चेतनाको शिखरमा पुगे र ज्ञान प्राप्त गर्न सफल भए । तात्कालिन अबस्थामा एकजना राजकुमार भएर पनि सांसारिक मोह त्यागेर साधनाको बलमा बुद्धत्व प्राप्त गरेर उनले यौटा नया युगको शुरुवात गरे।

गौतम बुद्धको महापरिनिर्वाणको करिव २५ सय बर्ष पछाडी एकचोटि नेपालको भूमिमा फेरी बुद्धको पूनरागमनको चर्चा चलेको छ—राम कुमार बम्जनको रुपमा। यसबारेमा ईण्टरनेट, पत्र‍‍-पत्रीका र मित्रहरुका ब्लगहरुमा पनि निक्कै चर्चा र परिचर्चा भैसकेको छ । कतिपय व्यक्ति र संस्थाहरु उनलाई बुद्धको अवतार प्रमाणित गर्न दिलोज्यानले लागेकाछन भने, एकजना मानव चेतनाको परम शिखर छुन साधनारत बुद्धत्व प्राप्तिको बाटोमा अग्रसर किशोरलाई 'ठग' भन्दै अल्पबुद्धिको परिचय दिने जमात पनि ठुलै छ ।

म व्यक्तिगत रुपमा बुद्धत्व भनेको शास्त्रको सूचना संग्रह होईन परमानूभूतिको दिव्य अनूभव हो भन्ने मान्यता राख्‍ने भएकोले यस बारेमा तटस्थ सोच राख्दैछु । मेरो विचारमा राम कुमार बम्जनलाई बुद्धको अवतार भन्नु र ठग भन्नु दुबै गलत हुन।

सर्व प्रथम त बम्जन हाल साधनारत छन र शरिरमा लगाउने लुगा समेत एकसरो कपडा बेरेर गुजारा गर्ने र भौतिक संसारबाट टाडा बसेर साधना गर्ने मानिसलाई ठग भन्नु गलत मात्रै होईन अल्पज्ञान र कुण्ठाको पराकाष्टा नै हो । दुनीयाको कुनै पनि ठग २-३ बर्ष अन्न पानी नलिई साधना गरेर बस्दैन र कुनै व्यक्तिले बुद्धत्व प्राप्त गर्दा अरु मान्छे कसरि ठगिन्छन भन्ने मैले बुझ्न सकेको छैन ।

रह्यो कुरा उनी बुद्धको अवतार हुन वा होईनन भन्ने बारेमा। यस बारेमा चर्चा गर्नु अगाडी बुद्धको बारेमा केहि चर्चा गरिनु आवश्यक छ।

गौतम बुद्धले आफ्नो जिवनकालमा प्रवचन र मार्ग दर्शनको काम गरे पनि उनले कुनै पनि शास्त्र, ग्रन्थ वा मार्गको लेखन गर्ने काम भने गरेनन् र आफ्नो मुर्ति वा चित्र समेत बनाएर पूजा नगर्ने निर्देश दिए। तर उनको महापरिनिर्वाणको करिव पाच सय बर्ष पछाडी र उनका अनुयाईहरुले उनको यो महानकार्य र विशिष्ट मार्गको लोप हुने डरले उनका वचन, शन्देस र आख्यानका संग्रह गर्ने कार्य शुरु गरे। यसै क्रममा बिभीन्न ग्रन्थहरुका निर्माण भए।

यिनै ग्रन्थहरु र परम्परागत आख्यानमा भगवान बुद्धले 'मैत्रेय' को रूपमा आफू फेरि आउने बचन दिएको कथन भेटिन्छन । अनि अहिलेसम्ममा जापान, चिन देखि नैरोबी सम्म पनि आफूलाई मैत्रेय घोषणा गर्ने धेरैजना निस्किसकेका पनि छन । तर न त ति कुनैलाई सर्बमान्यता मिल्यो न त यसको प्रमाणीकता जाँच्ने कुने कशि नै छ हामिसंग।

म जन्मले हिन्दू भएपनि राम, कृष्ण आदिका सत्यतामा भन्दा गौतमबुद्धको अस्तित्वप्रति मलाई पूर्ण विश्‍वास छ र प्रसंगकै क्रममा पश्‍चीममा थोयोसॉफ़िकल सोसाईटी द्वारा मानव चेतनाकै ईतिहासमा सबैभन्दा ठुलो प्रयोग गरेर बुद्धको आत्मालाई जे कृष्णमूर्तिको शरिरमा अबतरण गर्न खोजिएको कुरा पनि यहा उल्लेख गर्न चाहन्छु ।

जे कृष्णमूर्तिलाई उनको आमाको कोखमा हुँदा देखीनै देखी विशेष प्रकारले बुद्धको 'बाहक' बन्न तयार गरी राखियो तर यो महा प्रयोग शुरु हुनुभन्दा अगाडी उनि आफैंले चेतनाको शिखर छोईसकेकाले कृष्णमूर्तिले (करिव ३० को दशकतिर) बुद्धको बाहक बन्न अस्विकार गरिदिए पछि यो महा प्रयोग थन्कियो ।

त्यसपछि अर्को चर्चामा रहेको आख्यान हो ओशोको, ओसो रजनिश १९८८ को डिसेम्बर महिनामा बुद्ध को चेतना को वाहक बनेको र समकालीन जापानी ज़ेन साध्वि के. इशिदा ले उनमा मैत्रेय बुद्ध की चेतना रहेको पुष्टि पनि गरिन ।

यि दुई घटना पछि बढि चर्चामा आएको घटना राम बहादुर बम्जनकै हो ।

पछिल्लो समयमा रामकुमार बम्जनको प्रवचन प्रतक्ष सुन्न नपाए पनि ईण्टरनेटको माध्यमबाट उनको यौटा चर्चा सुन्दा उनले सम्बोधि प्राप्त नभएसम्म ध्यानमा लाग्ने कुरा बताएकाछन र आफुलाई बुद्धको अवतार भएको बताएको कतै सुनेको छैन मैले । फेरि बुद्ध धर्मका आख्यानहरुमा मैत्रेयले सात दिनमै सम्बोधी प्राप्त गर्ने कुरा उल्लेख हुनु र राम कुमार बम्जन अझै साधनारत हुनुले पनि यसलाई जोडेर हेर्नु तर्क संगत देखीदैंन ।

कुरा अझ स्पष्ट राख्दा बुद्धत्व कसैको पेवा होईन र यो राजनीतिको कुर्सी जस्तो एकजना बसेपछि अर्को बस्नै नमिल्ने पद पनि होईन। अस्तित्वको सृष्टिमा सम्पुर्ण मानव भीत्र वुद्ध बन्न सक्ने क्षमता बिद्यमान छ र बुद्ध बन्नकोलागी 'गौतम बुद्ध' को अवतार हुनुपर्ने वा बुद्धमार्गी हुनुपर्ने समेत कुनै नीयम छैन । बुद्ध स्वंयले आफ्नो अन्तिम शन्देशमा ‘अप्प दिपो भव:’ (अर्थात आफ्नो दिप आफैं बन) भनेर गएका छन ।

सुन्दाखेरी यो कुरा तर्कसंगत नलाग्न सक्छ, तर सिद्धार्थ गौतम आफै पनि 'बुद्धिष्ट' त थिएनन्। तात्कालिन अबस्थामा यौटा हिन्दू परिवारमा जन्मेका सिद्धार्थले कुनै पनि शास्त्र वा ग्रन्थमा अवर्णित नितान्त नया मार्ग पहिल्याएर निर्वाण प्राप्त गरे र उनको पछाडी मात्रै यो मार्गका शास्त्र, पुराण र ग्रन्थका आयामहरु शुरु भए (जुन कुरा माथि उल्लेख गरि सकिएको छ)। त्यसैले मेरो विचारमा रामबहादुर बम्जनलाई गौतम बुद्धको अवतार बनाउनु पर्ने कुनै जरुरत छैन । म रामबहादुर बम्जनलाई गौतम बुद्धको अवतार हैन आफैंमा यौटा नया बुद्धको बनेको देख्‍न चाहन्छु र उनको भित्र अवतृत हुँदैं गरेको बुद्धत्वलाई मेरो सादर नमन: ।

8 comments:

  1. एकदम चित्त बुझ्यो तपाईंको कुरा । बम्जनलाई बुद्ध भनेर प्रचार गर्नु एकातिरको कुरा हो भने उनले बुद्धत्व प्राप्तीको निम्ती साधना गर्नु अर्को कुरा हो । हुनत अहिले हिँसा , काटमार , लुटपाट जस्ता दैनिकीबाट आजित भएका मान्छेहरुले बुद्धत्व प्राप्तीको बाटोमा कठोर साधना गरिरहेको यौटा बालकलाई 'सानो बुद्ध ' भन्नु स्वभाविक पनि होला तर रामबहादुर बम्जनलाई म पनि बुद्ध भन्ने पक्षमा भने छैन । उनि बुद्धत्व प्राप्तीको मार्गमा छन र बुद्धत्व प्राप्त गर्नुभनेको बुद्ध ( सिद्धार्थ गौतम ) हुनु पट्टक्कै हैन । बुद्ध ( सिद्धार्थ गौतम ) र बुद्धत्वमा फरक बुझेमात्रै पनि बम्जनलाई बुझ्न अलि सजिलो हुन्थ्यो कि ?

    ReplyDelete
  2. तपाई को कुरामा बिलकुल सहमत छु । हतार मा कुनै पनि दर्जा भिडाउनु हाम्रो मुर्खता ठहरिनेछ ।

    ReplyDelete
  3. I agree with your points ( I think, I did the same while commenting on the same issue at Aakar's blog). The Buddha boy obviously seems to be special. However, to conclude that he is divine is a possibility but at the same time, highly unlikely too. The recent history also suggests it. We should proceed with open mind and try to be a little more patient. NOT all the miracles are fake ones!

    ReplyDelete
  4. दिलिप दाइसंग शतप्रतिशत सहमत छु!
    'बुद्ध' कुनै पद होईन। सिद्धार्थ गौतमसंग जोडिएर बढी चर्चामा आउने शब्द भएकाले धेरै भ्रम सृजना भएको छ। यहि भ्रमले अवतारवादलाई गौतम बुद्ध (सिद्धार्थ गौतम)जस्ता घोर अवतारवाद विरोधीका शिरमा राखिदिएको छ। यो भन्दा ठूलो बिडम्बना के हुनसक्छ?!

    रामबहादुर बम्जनलाई शान्ति दिएर एक्लै छोडिदिए हुन्थ्यो मान्छेहरुले।

    ReplyDelete
  5. रामबहादूर बमजनले गरेको तपस्या आफ्ना लागि हो कि मिडियामा छाउनका लागि हो भन्न कुरा नै बुझिएन । मिडियाले यसो हाइलाइट नगरिदिए सत्य कुरा बाहिर आउँथ्यो कि !!!!!

    ReplyDelete
  6. ram bd le yo des ko lagi nai tapasya garako ho ma yasma samahat chu kina vane maile pani haare uslae tapasya garako thank for posting dai

    ReplyDelete
  7. दिलिप दाईको कुरामा म पनि सहमतछु ध्यान बस्दैमा सबैबुद्ध हुदैनन् अनि उनिलाई बुद्धको अवतार भन्नपनि मिल्दैन
    राम कुमार बम्जन एक साधक हुन् उनि बुद्धत्व ज्ञान प्राप्त गर्नको लागी साधनारत हुन् र बुद्धत्व प्राप्त गर्नको लागी बिपशाना ध्यानमा महापरिनिर्वाण भयपछी मात्र बुद्धत्व प्राप्त हुन्छ !

    ReplyDelete
  8. म पानी एकदम सहमत छू हजूर को कुरा मा .

    ReplyDelete