04 November, 2008

अब उडने कार पनि ...

Udne car ‘व्याक टु द फ्यूचर’, ‘हेरि पोर्टर’ वा यस्तै अन्य कुनै विज्ञान चलचित्रमा मात्रै देखिने 'उडने कार' को कल्पना अब भने साकार हुने भएको छ । त्यसो त, समय समयमा नासाका वैज्ञानिकहरु र अन्य केहि यस्तै खाले संस्थाहरु यस किसिमको कार को निर्माणमा जुटेको खवरहरु आउने गर्छन, तर वास्तविकतामा सबै कुरा ठीक ठाक चलेर प्रशासनीक स्विकृति पनि मिल्यो भने भने अबको २ बर्षमा आकासमा कारहरुको आवागमन सामान्य कुरा हुने छ ।

यसलाई विज्ञानको चमत्कार भन्नुस वा मानिसको अति उच्च मनोकांक्षाको परिणाम; लण्डनको Moller International को यौटा टिम हावामा उडने कार विकशित गर्न लागी परेको छ। Ferrari 599 GTB मोडेलमा आधारित हुने सो कार आगामि २ बर्ष भित्र तयार हुने जानकारी पनि दिईएको छ ।

बाटोमा १०० माईल र हावामा १५० माईल प्रती र घण्टाको गतिमा उडने 'Autovolantor' नाम दिईएको सो कार हालको लागी ५,००० फिट सम्मको उचाईमा उडन सक्ने छ । यो उडने कार हालको लागी ८०० अश्‍वशक्तिको रहने र यसमा ८ वटा पंखा जडान भएको हुनेछ, जसको मद्दतले यो हावामा हेलिकप्टरको समान उडने छ ।

यसो त साईन्स फिक्सन चलचित्रमा यस्ता कारहरु हामीहरु धेरैले देखेका हुनसक्छौं र यस्तो कार बनेमा जिवन निक्कै सहज हुने कल्पना पनि । तर यथार्थमा भने यस कारको विकास संगसंगै यसले ल्याउन सक्ने हवाई ट्राफिक समस्या, वायु तथा ध्वनि प्रदुषणको समस्या र आकाशमै कुनै प्राविधिक समस्या भएमा त्यसले निम्त्याउन सक्ने दूर्घटनाको वारेमा पनि चर्चा चल्नु स्वभाविक नै हो ।

यो कारको डिजाईन र निर्माण प्रारम्भ भए लगत्तै यसबाट लिन सकिने लाभ र यसले निम्त्याउन सक्ने जटिलताको वारेमा चर्को बहस शुरु भएको छ । त्यसैले यो कार आम उपभोक्ताले कहिले देखि प्रयोग गर्न पाँउछन वा ‘पाँउछन कि पाँउदैनन्’ भन्ने कुराको भने अझै टुङ्गो लागेको छैन ।

तर जे भए पनि विशेष ईन्धनको मद्दतले चल्ने भनीएको र अनुमानित मुल्य करिव पाँच लाख पाउण्ड रहेको यो कारको निर्माणले मानिसको आर्को यौटा सपना भने पुरा भएको छ।

(स्रोत: विभिन्न पत्र-पत्रीका र ईण्टरनेट)

7 comments:

  1. कार र जहाज, जे भने पनि भै'गो नि !

    ReplyDelete
  2. उहि भन्नु मात्रै त होला नि !! रोडमै कुद्‍ने सबैखालका कार त देख्‍न पाको छैन । उड्ने कार त कहिले हो कहिले ??

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete
  4. aakar ji le bhane jhai jaahaj lai nai car bhane bhai gayo ni , hai na ra?
    .......yi sab prabidhiko chamtkar ho ni !

    ReplyDelete
  5. जे होस सबै बनेको चिज उपयोग गर्न नपाएपनि बन्यो भने देख्न सम्मपए ठुलै कुराहो हुन त अहिले सुन्न पाउनै ठुलो कुरा भएको छ हैन र?

    ReplyDelete
  6. यातायात प्रयोजनकै हिसाबले बरु एक्लाएक्लै मान्छे कम्तिमा एक उडाईमा १०० माईल सम्म उड्न सक्ने प्रविधि बनाउने तर्फ सोचे अलि लाभकारी हुन्थ्यो कि ?

    ReplyDelete
  7. गुड्ने कार नै पहुँचबाहिरको कुरा भइरहेको र केहीको पहुँचमा भए पनि राम्ररी सम्हाल्न नसकिरहेको हाम्रो जस्तो पिछडिएको मुलुकमा उड्ने कारको कुरा आश्चर्यले जिब्रो टोक्नेमा सीमित हुन पुग्ला । तर विश्वव्यापी फड्को गौरवको कुरा हो । यो विश्व हाम्रै हो । त्यस्ता सकारात्मक प्रगतिको नतिजा सानो मुलुकसम्मले कुनै न कुनै रूपमा उपभोग गर्न पाउन सकून्, यति नै सदिच्छा राख्‍न सकिन्छ ।
    प्रविधिगत रूपमा एकपछि अर्को फड्कोले सम्भावनाको अनन्त बाटो देखाउने गर्छ नै । विश्वका सबै नागरिकको पाइला त्यसमा पुग्न पाउनु-नपाउनु, बेग्लै कुरा हो । प्रविधिबारे दिलीपजीको प्रसङ्गले विश्वग्रामको रोचकता भने मुस्ल्याएर ल्याएको छ ।

    ReplyDelete